[Show all top banners]

waka
Replies to this thread:

More by waka
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 मेरै जिबन दाउमा थापी झेल गरीछौ (gajal)

[Please view other pages to see the rest of the postings. Total posts: 31]
PAGE: <<  1 2  
[VIEWED 24982 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-06-08 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी एउटा गजल टासेको छु ,अशा छ सुझाब पाउछु

कैदी जस्तै यि मन भरी नेल बेरिछौ
दुई चार हात बाजी मारी खेल फेरिछौ


एकान्त खोजी आँफैलाई कैद गरे
अतितका याद्ले मनको जेल घेरिछौ


हतारले आशु पुछ्न पुग्थे हात तिम्रा
मौन भई आज आँखाको भेल हेरीछौ


बल्दा बल्दा डढेको झुम्रो के सक्थे
प्रकाश छर्न पानी मिसेको तेल फेरिछौ


छक्का पन्जा थाहा थिएन कहिले
मेरै जिबन दाउमा थापी झेल गरीछौ



 
Posted on 03-10-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल

भूपेन्द्र महत, कोलोराडो


आफ्नै करङ बजाइ पराइ मनका धुन छान्नेलाई
आफ्नै मान्छे भनुँ कसरी बिरानो हुन जान्नेलाई

सम्झँदा पोल्छ, मुटुनै घोच्छ, बिर्सन सक्तिन
हाँसि हाँसि आँफैले रचेको मायाको खुन तान्नेलाई

अभिमानको भर्र्याङ् चढी कहिले सगर पुगिदैन
के भनुँ मलाई नै अन्न भित्रको घुन ठान्नेलाई

हजार गल्ती गरे नि साखिली भयौ आखिर
दोषी मलाई बनाइयो कस्ले छुन्छ रुन जान्नेलाई

सफलताले शिखर चढोस भन्ने कामना तैपनी
खार आउने गरी तातो तेलमा गुन झान्नेलाई
 

www.khasskhass.com


 
Posted on 03-10-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Waka-jyu लाई सार्वजनिक हुनुभएकोमा बधाई !

यो "दोहोरो काफिया" स्थापित नभएको प्रयोगात्मक शैली भएकोले यसलाई अहिल्यै "गजल" भन्ने बेला भा'छैन । अहिलेलाई यस्ता रचनाहरुलाई "गीत" विधामा राख्नु ईमान्दारिता हुनेछ ।

उर्दुमा पनि सबै प्रकारका अगजल (अपूर्ण गजल, गैर-गजल ) रचनाहरुलाई "नज्म" वर्गमा राखिन्छ । हामीले पनि त्यसै गरेर त्यस्ता रचनाहरुलाई "गीत" वर्गमा राख्नुपर्छ भन्ने आग्रह हो मेरो । हुन त एक ठाउँमा मैले मेरो एउटा त्यस्तै अपूर्ण गजललाई "उपगजल" भनेर प्रकाशित गरेको छु । "गजलिका" अर्को एउटा वैकल्पिक नाम हुनसक्छ । तर स्त्रीजातीलाई होच्याउने भाव त्यसमा निहित भएकोले यो संज्ञा मलाई मन परेन ।

जे होस् अपूर्ण गजललाई जबर्जस्ती "गजल" भनेर नभनम् भन्ने मेरो राय हो । कमसेकम मलाई गुरु थाप्नेले यो कुरामा सम्वेदनशिल भईदिन पर्‍यो । नत्र मेरो छवि नै अर्कै हुन्छ के । ;-)

Nepe


 
Posted on 03-10-08 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले माथी refer गरेको मेरो उपगजल यहाँ प्रकाशित भएको थियो ।

 

http://sahitya.freenepal.com/13poem_gajal_deepak.htm

 

यसमा मैले झण्डै झण्डै दोहोरो काफिया प्रयोग गरेको छु । तर मैले भूपेन्द्रजीको जस्तो consistent दोहोरो काफिया नभएर बरु inconsistent दोहोरो काफिया प्रयोग गरेको छु । त्यसैले यसलाई “inconsistent काफियावादी वा “flip-flop काफियावादी वा “Pendulum काफियावादी गजल भन्दा ठीक पर्ला । जे भए पनि यसलाई मैले शुद्ध गजल नभनेर ईमान्दारिता चाही जनाएँ भन्नु पर्ला ।

 

उपगजल

 

धेरै भई पोखिने कुरा होइन आँसु

थोरै भई रोकिने कुरा होइन आँसु

 

यत्ति हो यसको मात अलि बेग्लै

नत्र कसले भन्छ सुरा होइन आँसु ?

 

वरपरकालाई पत्तै नदिई खस्छ

छिन्द्रिङ छिन्द्रिङ खस्ने चुरा होइन आँसु

 

कसले पारेको त टुक्रा कलेजीको

नभन नभन छुरा होइन आँसु

 

हर्कको यो साथी, मर्काको यो साथी

अरु साथी जस्तो कुरा होइन आँसु

 

बिटुलियो गोहीको आँसुले भने

गंगाजलले चोखिने कुरा होइन आँसु

 

जत्ति कुरा सुनेका छौ आँसु बारे

कुनै कुरा हो, कुनै कुरा होइन आँसु

 

बग्न दे निर्बाध, बज्न दे दीपक राग

बस् यो बिर्सिदे- तानपुरा होइन आँसु

 

Nepe


 
Posted on 03-10-08 6:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष-गुरु, गलत अर्थ नलागोस है ! म सकारात्मक अर्थ मै "फलामको चिउरा" भनेको। फलामको चिउरा चपाउन अभ्यस्त भएपछि चामलको चिउरा चपाउन पक्कै सजिलो हुन्छहोला। :-)

 अनलाइन तथा प्रत्यक्ष भेटघाटमा नेपेगुरुबाट पाएका गजल सम्बन्धि ज्ञानहरु अति नै अमूल्य छन्। अब त आफै पनि यति महत्वाकांक्षी भइएछ कि अगिल्लो हप्ता लेखेको गजल पछिल्लो हप्ता आफैले हेर्दा दिक्क लाग्ने हुनथाल्यो। वास्तवमा ५-६ वटा पूर्ण भैसकेको गजल त मैले आँखा चिम्लेर पुरै डिलेट गरेको छु। जति फेर हेर्दा नि सोँचाइको दायरा लेखिसकेको गजल भन्दा बाहिर नजाने, कहिलेकाहीँ त फ्रस्टेशन नै हुने भन्या। बरु नामोनिशान मेटिने गरि डिलेट नै गरिदिएपछि नयाँ सृजना फुर्छ कि भनेर के। थाह छैन, मेरो यस्तो बढी महत्वाकांक्षाले आफैलाई कहाँ पुर्‍याउने हो।

नेपेगुरुको अनुहारमा मुस्कान ल्याउन नसक्ने गजल टाँस्दै टाँस्दिन भनेर बसेको, बसेको बसेइ भइयो। अब यो अहम चूर्ण होला जस्तो छ।   टाँसिसकेपछि चैँ हातमा ढुङ्गा-मुढा लिएर डिफेन्स गर्ने बानी छ आफ्नो फेरि।

भउतेको हल्लै बढी !

 

 

 


 
Posted on 03-10-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपे गुरु ,
हजुरको अमुल्य सुझाब मेरा लागि मार्गदर्शन सरह छन । यसरी नै सुझाबको आशा सधैं रहने छ ।
अब भने अली दिबिधामा परे ,जोश त पक्कै छ तर कुन बाटो जाने ,गजल्कै बिधनलाई आत्मासाथ गर्ने कि प्रयोगात्मक
गजल (गीत,उपगीत जे होस् )लाई। रहरै रहरमा नयापन भनेर अरु ४ वटा लेखी सकेको थिए अबलाई थाहा छैन के गर्दा राम्रो हुन्छ । झन हजुरले हिजो दियको बिश्रामको समेत् बिचार  गरी आज एउटा अभ्यास गरेको थिए ,जस्लाई म यहाँ राख्दै छु । हजुरले अबश्य उचित सुझाब दिनु हुने छ ।
शिरिश जि सार्वजनिक गरिदिनु भएकोमा धन्यवाद ।
भुपेन्द्र

परपर सम्म उज्यालो छर्छु भन्थ्यो,मन्दिरामा बलेको दियो
आधि बेहरी ठुलै चली भागा भाग ,शहरमा चलेको थियो

पूरानो भएर हो कि सिङौरी खेलेर हो धुजाधुजा भयो रे
टाल्नै नसक्ने भो अनगिन्ती प्वाल ,बिचरो त्यो गलेको सियो

कागत भरी खोइ के के कोरी माटो रोप्छु भन्थे रे कोही कोही
टोक्नु न बोक्नुको फल फलेछ आज ,चाहेरै फलेको कि यो

दांईको बेला आयो अब अन्नबाली राम्रो सित भित्र्याउनु छ
गोरुहरु छाडा भए टेठो चाहियो, गाढन त्यो ढलेको मियो

कहिले दयामा ,कहिले मायामा बल्लबल्ल बटुलेको पैचो
के पकायो के बाड्यो भान्छेले किन होला,कसैले नि नलेको चियो     


 
Posted on 03-10-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते

त्यै फलामको चीउरा देखेर त वाकाको बयान गरेको नि मैले ! खुबी नभएको मान्छे कहा हुन् र उनी ?

Continuit; दिन सकियो भने त दुई जनाले पेडेल गर्ने एउटा साईकलको दोब्बर रफ्तार हुन्द होला  ! हेर्दै जाम उनले कुन रफ्तारमा गर्दै जालान् !

उनको लेखाई हेर्दा एकै बसाईमा लेख्या जस्ता छन् है रचनाहरु !

मैले नि नेपेलाई gold standard मान्या कुरा अर्को थ्रेडमा लेख्या थिएं  - कोशिस भन्दा बढ्ता गर्न सकिएला जस्तो छैन !


 
Posted on 03-11-08 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish, Bhaute and Wakajyu,

 

सर्वप्रथम त शिरीषले मलाई धान्न नसकिने स्ट्यान्डर्ड दिएकोमा त्यसलाई ससम्मान फिर्ता गर्न चाहन्छु । एक दुई सुनका टुक्रा होलान् मसंग देखाउन, तर अधिकांश त चाँदी, तामा र कति त फलामका टुक्रा पनि छन् है, भला फलामका जस्ता लाग्ने टुक्राहरु घरमै ग्यारेजमा लुकाएर राख्ने गर्छु ।

 

अब अलिकति पाण्डित्याँई छाटम् है गजल-लेखनको बारेमा । जस्तो मैले एडमिट पनि गरें, फलामका टुक्राहरुलाई घरमै थन्क्याएर राख्नु बेस ।

 

शेर लेखन भनेको पहिलो चरणमा धाउ (ore) को ठूलो थुप्रोलाई पगालेर (smelting) धातु निकाल्ने, दोश्रो चरणमा फलामे धातुलाई पिटी पिटी सुन बनाउने काम हो । भनन् न, यो लोहार र सुनार दुबैको सिप चाहिने काम हो ।

 

एक शेर निर्माणको लागि एक स्वतन्त्र, स्वायत्त र ठोस विचार/भावना/कथा/टिप्पणी पहिलो कच्चामाल हो । अनि त्यसलाई पगालेर त्यसको सार (जुन चार पाँच शब्दमा व्यक्त गर्न सकिने हुनुपर्छ) खिच्ने काम दोश्रो काम भयो । त्यसपछि त्यसलाई बहर र काफियामा ढाल्ने (तीन चार नयाँ थप शब्दहरु राख्दै, तानतुन पार्दै) काम अन्तिम भयो ।

 

यो पद्धति (order तलमाथी हुन सक्छ) हरेक शेरमा लगाउनु पर्छ ।

 

चार पाँच शब्दहरुमा उखान टुक्का जस्तो सुनिने गरी व्यक्त गर्न सकिएन भने त्यो भावना/विचार अझै शेरको लागि उपयुक्त हुने गरी बुझ्न बुझाउन (distil गर्न) सकिएको  छैन भनेर बुझ्नु । त्यो नभएसम्म distillation जारी रहनुपर्छ अर्थात् यसरी भन्दा पो हुन्छ कि, त्यसरी भन्दा पो हुन्छ कि भनेर केवल चार पाँच शब्दमा व्यक्त गर्ने प्रयास गरेको गरेई गर्नुपर्छ ।

 

त्यसैले शेरको प्रसुतिकाल लामो र प्रसववेदना तिव्र हुन्छ । यो अरु कुरा जस्तो होईन ।

 

सारांशमा राख्नुपर्दा तलका तीन कुराहरु यसका अपरिहार्य रचनाचरण हुन्

 

१) चिन्तन-मनन

२) अभिव्यक्ति अभ्यास

३) परिमार्जन, परिमार्जन, परिमार्जन

 

गजल रचनाका विविध पक्षबारे भएका तर्कवितर्कका थ्रेडहरु साझामा थुप्रै छन् । शिरीषको ASAD त्यसको एउटा राम्रो स्याम्पल हो । Waka-jyu र अन्य पुराना मित्रहरुलाई पनि पुनर्भ्रमणको लागि निम्ता छ:

 

http://www.sajha.com/sajha/html/openthreadall.cfm?StartRow=1&PageNum=1&forum=4&threadid=22595

 

स्मरणिय रहोस्, म त्यहाँ गुरु भन्दा पनि स्वयं एक सिकारु र अभ्यासीको रुपमा धेरै छु र जिन्दगीभर त्यस्तै रहने छु पनि ।

 

Nepe


 
Posted on 03-11-08 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिश जि
यस् बिधामा म शिकारु नै छु ,यहाहरुको देखासिकी बाटनै यसो कोशीस गरेको हुँ ,
बरु अब चाँही कताकता नशा जस्तो भाईरहेछ यो । गजल मोह

नेपे गुरु
यहाँको अंमुल्य सुझाबले बामे सर्न थालएको छु ,शायद हजुरको सुझाब यसरी नै
पाइ रहेमा एकदिन हिडन पनि सकुला भन्ने आश पालेको छु ।

भउते जि
यहाँको गजल पढने तेती मौका पाएको छैन ,जावोस न हजुर यसो .


 
Posted on 03-11-08 6:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waka-जी,

मैले अलिक पहिले केही प्रयाशहरु गरेको थिएँ। नेपेगुरु र शिरिष गुरुलाई गुरु थापना गरेर सुरुगरेको। निकै फलिफाप भएको थियो। लेख्न नजाने नि अचेल पढ्न चैँ जान्ने भा'छु। तपाईँको जस्तै मेरो गजलको क ख ग घ, यहाँ सुरु भएको थियो। सुरुमा मच्चियो, अहिले थच्चियो जस्तो भा'को छ। अचेल मरेकाटे केही फुर्दैन। फुरे पनि आफैलाई चित्त बुझ्दैन, अनि टाँस्न मन लाग्दैन।  ट्याम हुँदा यसो पाल्नु भे' हुन्छ नि। अलेली गजल सम्बन्धि ज्ञान ज्ञुनका कुरा पनि भा'छन के रे सायद।

http://www.sajha.com/sajha/html/openthread.cfm.cfm?StartRow=1&PageNum=1&forum=2&threadid=22112

नेपेगुरुको हात पक्डिनुस्, शिरिषगुरुको साथ लाग्नुस-- बस् ढुक्क हुनुस्।


 
Posted on 03-12-08 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

शिरिशजी,नेपे गुरुको सहयोगमा तपाईंको गजलको महफिल निकै बेर हराए र धेरै पाए ,निकै राम्रा र गहकिला खजानाहरु रहेछन ,मन त्रिप्त भो

भउते जि ,वाह क्या बात हे ,गजब रहेछ नि । फेरी मच्चिनु पर्‍यो है । तपाईं पनि मेरो गुरु अब देखी


 
Posted on 03-12-08 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाहा छैन कस्तो भो ,तैपनी उनि दिएको छु ,
चिनो ,छिनो ,सिनो पछी शब्द नपाएकोले छानो ,मानो ,पानो को साहारा लेको छु। मान्य  हुन्छ कि हुँदैन ।
झन बुझ्यो झन कठिन रछ यो गजल ,र पनि हरेश खाको छैन । सदा झै सुझाबको आशामा ।
भुपेन्द्र

 

 

टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु
 
बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु
 
बाटो पर्दा कतै नजर पर्ला घरमा भनी  
सुकुमबासी भै भात्किएको छानो पठाकोछु
 
सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली  तिमीलाई 
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु

  

 


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters