[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 एउटा शाषक ढल्यो आज .....

[Please view other pages to see the rest of the postings. Total posts: 25]
PAGE: <<  1 2  
[VIEWED 20782 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-29-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा शाषक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

खुलेको छ नारायणहिटी, रत्नपार्क झैं बन्नुहुन्न
जाति-धर्म सबै एकै तेरो-मेरो भन्नुहुन्न
मिली बनाउँ देश अब, द्वेष नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!


हेर्दै गरौं नेतागणलाई, अन्धविश्वाश गर्नुहुन्न
सचेत हामी जनता छौं, उनको भर पर्नुहुन्न
देशमा फेरि अर्को देश-द्रोही नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

एउटा शाषक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

 

Last edited: 29-May-08 10:18 AM

 
Posted on 05-30-08 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेदाजु, सुझाव र सल्लाहको लागि धेरै धेरै धन्यवाद !! मातृभाषामा सपथ र जातिय पहिरन पक्कै पनि राम्रो हो !! त्यही हो, सानो नेपाललाई संघिय बनाउने कुरो आलि कता कता बिझे जस्तो भएको छ, राजनितीका कुरा मैले नबुझेको नि हुन सक्छ है

Nepwanted and Sarkozy, All these things depends upon one's perception. I always like to be positive. Thanks for reading though.

Dipika, Crazy and Som Da, Thanks for reading and appreciating.

Somwhereonthedearth jyu, ma kahile dekhi tapai ma promote bhaye ? ha ha
 
Posted on 05-30-08 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-31-08 2:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा हालसालै ठुलो परिवर्तन भयो। अढाई शताब्दी पुरानो राजतन्त्र ढल्यो अनि सन्सारका अधीकान्स मुलुकमा भएको गणतन्त्र आयो। कति दुखी होलान। धेरै खुशी नै छन। अनि खुशी हुदै खबरदारी गर्नु पर्ने आवश्यक्ता देख्छन। किनभने नया नेताहरुले अझै बिश्वास जित्न सकेका छैनन। यस्तै सन्दर्भमा 'चेली'को नया कबिता आएको छ। साझामा। एुटा शाषक ढल्यो आज शिर्षकमा। चेली भन्छिन-

"एउटा शाषक ढल्यो आज, अर्को नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् "

राजाले शाषन गरे। करिब २४० बर्ष। कति समय प्रतक्ष अनि बाकी समय अप्रतक्ष। राजा शाषक अनि जनता शाषीत। यो त ठिक भएन नि। जनताको र देशको भलो हुने कार्य गर्नु पर्नेमा आफ्नो र परिवार अनि आफ्नो भजन किर्तन् गर्नेहरुको मात्र भलो गरे। त्यसै कारणले त त्यो शाषक ढल्यो। तर नयां चाही कस्तो हुने होला? फेरि पनि उस्तै हुने पो हो की। एुटा कुरो चाही पक्कै छ। कसैको परिवारमा जन्मेकै आधारमा नेता हुन भने रोक्किनेछ। नेपालीको आशा छ। शषक होइन राजनेता चाहीएको छ। जनताले दुख्ख पाउदा दुख्ख महसुस गर्ने। ग्यालेक्सी डिस्कोमा तान्डव निर्त्य देखाउने होइन।

१० बर्षे उनिहरुकै शब्दमा जनयुधले अशान्ती अघाएका नेपालीको शान्तीको कामनालाई भर्खर अन्माउन लागेकी दुलहीको सङग्या दिदै 'चेली' भन्छिन शान्ती प्रक्रिया सफल होस। कतै कुबाटो तिर नलगोस। हामिलाई अब कुनै आमाको काख रित्तेको हेर्नु छैन। हाम्रा तमाम नारिको सिउदो खाली भएको हेर्नु छैन।

अनेकौ जातजाती र धर्म भएको नेपाल अबको नयां नेपालमा मिलेर बस्नु पर्छ। सबैको समान मानसम्मान, अधिकार हुनु पर्छ। अनि सबै मिलेर देश सुन्दर बनौनु पर्छ। जहा काम गर्नेले माम पाओस। मधेशीले आत्मसम्मान पाओस। मगर्, किरात, थारुले पनि मन्त्री बन्ने आवसर पाओस। थारुको घरमा जन्मेको भरमा सानैमा स्कुल को साटो मालिकको घरमा कम्लरी बस्न नपरोस। सुन्दर् शान्त होस नेपाल। देश ब्यवस्थीत होस भन्ने भावन ब्यक्त गरेकि छन। चेलीले।

हुनत चेली भन्दा नारी शब्द सम्मानजनक् हुन्छ जस्तो लग्छ स्त्री जातीलाई। तर पनि किन हो उनले आफ्नो नाम चेली नै रोजिन। पुरानो नेपालमा जस्तो कसैको करकापमा परेर होइन आफु खुशीमा उनले आफ्नो छानेको हुनुपर्छ। हुनत नामले मात्रै त सबै थोक भन्दैन। उनका शब्दहरु गहकिला छन। गर्हौ छन। मर्मस्पर्शी छन। अनि देशको मायाले ओतप्रत छन।

नेपाली जनता अब २१ौ शताब्दीका जनता हुन। निकै सचेत छन। जसरि राजालाई घुडा टेक्न बाध्य पारे, अनि काङ्रेस र एमाले लाई सचेत पारेका छन। त्यसै गरि अब अौने कसैले पनि जनतालाई पहिले झै भेडा नसम्झे हुन्छ। जनताको इक्षा बिपरित जानेलाई छोड्ने छैनन। नेताहरुले जे जे भन्छन, केलाएर हेर्नु पर्छ। तेत्तिकै पताउनु हुन्न भन्दै अर्को हरफमा चेली लेख्छीन-

"हेर्दै गरौं नेतागणलाई, अन्धविश्वाश गर्नुहुन्न
सचेत हामी जनता छौं, उनको भर पर्नुहुन्न"

 

अनि उनको अर्को चाहना छ। जुन आम जनताको पनि चाहना हो। कोहि पनि देश् द्रोहि नजन्मियोस। समयमै हामी सचेत, चनाखो हुनुपर्छ र खबरदारी गर्दै गर्नु पर्छ। सोझो अर्थमा भन्नु पर्दा। जनताले लगाम समत्नु पर्छ अनि मात्र नेताहरुलाई काम गर्न दिनु पर्छ। दाया बाया गरे भने लगाम तानेर सही बाटोमा ल्याउनु पर्छ।

"शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस्"

साझाका पाठक धेरैलाई यो लाईनले मन खुबै छोएछ। र त त्यसको उल्लेख नगरि मन शान्ती नै भएन। पहिलो प्रतिक्रिया दिदै 'बिर्खे माईला'ले शान्तीको महत्व बुझि हाले। त्यसै भने 'राहुलभाइले'। यसैमा स्वर मिलाए  'कमोफ्लगेड्'(उनिकोड नेपालीको उल्थाहै यो), 'pinna07'। उता 'rithte' लाई मन परेको हरफ चाही मिलेर देश बनाउ, झगडा नगरौ भन्ने थियो। ritthe भन्छन्

"मिली बनाउँ देश अब, द्वेष नजन्मियोस्
शान्ती छोरी बेहुली बनी, अन्तै नअन्मियोस् !!

निक्कै राम्रो !
माथि राख्दै गर्नु है !"

'नेपे'ले अलि सुझाउ देका छन। तेरो होइन हाम्रो भनौ भनेर। 'दीपीका'लाई चाही, नेताहरुलाई अन्धबिस्वास गर्नु हुन्न भन्नेले प्रभाव पारेछ। तरपनि सबै एुटै बिचार सङ सहमत हुनै पर्छ भन्ने छैन। एकजना 'nepwanted' kaa अनुसार अहिलेको परिवर्तनले नहुनु बर्बाद भैसक्यो। ग्यानेन्द्रको बहिर्गमन सङै शान्ती पनि गैसक्यो। ग्यानेन्द्रको पालामा शान्ती थिएन भन्ने उनले बिर्सेछन। अनि अबको शाषक प्रचण्ड हो- ग्यानेन्द्र जस्तै भन्ने उनको बिचार। त्यो त हेर्न बाकी छ। यो एुटा नकरात्मक चिन्तनपनि हो। अधिकान्सले सकरात्मक चिन्तन राखौ भनिरहेको बेलामा 'सारकोजी'ले सम्झाउदै भनेका छन HIV positive त खतर्नाक हुन्छ।

अौदै गर्ने अरु प्रतिक्रिया हेर्न बाकी छ।


 
Posted on 05-31-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलीनानी,

 

यो संघियता भन्ने जिनिसलाई म पनि अलिकता सावधानीपूर्वक हेरिरहेछु, वास्तवमा ।

 

नेपालमा संघियताको वास्तविक नभएर सांकेतिक महत्व मात्र रहेको अर्थात् देशलाई जातिय विभाजन नै गर्नुपर्ने अवस्था नरहेको, केवल सबै जनजाती र समुहलाई समान सम्मान, अवसर र अधिकारको प्रत्याभूति गरे पुग्ने अवस्था छ, जुन एकात्मक राज्यमा पनि सम्भव छ भन्ने कुरा त यो सम्विधानसभा (अहिलेको सम्विधानसभा एकात्मक राज्यको नै प्रडक्ट न हो ) मा लगभग सबै समुहको प्रतिनिधित्व हुन सकेको कुराबाट आरम्भिक रुपले प्रमाणितै भईसक्यो नि । किन चाहियो संघियता नै ?

 

तर माओवादी लगायत थुप्रैले लिंडेढीपी गरेको र वैधानिक मान्यता समेत पाएको अवस्थामा नाम मात्रको भने पनि संघियता राख्नुपर्ने वाध्यता पनि छ । त्यसैले मैले आंलकारिक संघियता (अंचल वा प्रदेशको नाम मात्र फेर्ने) राख्नुपर्छ, स्वायत्तता समेत हुने पूर्ण संघियता ( प्रदेशको अलग्गै पार्लियामेन्ट समेत हुनेसम्मको) मा जान हुँदैन/ जान सकिदैन भन्दै आएको छु । पूर्ण संघियतामा जाने हो भने जातिय हुनु हुँदैन, जातियमा जाने हो भने पूर्ण संघियता हुनुहुदैन भन्ने मेरो मान्यता छ । हेरम । मलाई लाग्छ पनि के भने सम्विधानसभाले आखिरमा गएर जातिय संघियतालाई ईन्कार गर्नेछ । हुन त यो अहिले hoping against hope जस्तो देखिन्छ ।  तर म आसावादी छु ।

 

Nepe


 
Posted on 06-02-08 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pops ज्यूको मीठो विश्लेषणलाई धेरै धेरै धन्यबाद !!
"हुनत चेली भन्दा नारी शब्द सम्मानजनक् हुन्छ जस्तो लग्छ स्त्री जातीलाई" निश्चय पनि !! तर नारी शब्द आफैंमा महान् हुन्छ र शब्दको भावमा परिपक्वता झल्किन्छ जस्तो लाग्छ मलाई !! नारी शब्द त मेरी आमाको लागी हो, म जो अझै अपरिपक्व छु, बच्चै छु, अनि जसले अझै धेरै धेरै कुरा हरु सिक्न बाँकि छ, उसकालागी "चेली" नाम नै ठिक होला की ??

नेपेदाजु, धन्यवाद । आशावादी म पनि छु, हेरौं के हुन्छ !!



 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters