[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 गजल !!

[Please view other pages to see the rest of the postings. Total posts: 30]
PAGE: <<  1 2  
[VIEWED 23274 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 05-30-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजल!!

या  नजदिक हुनु या  टाढा हुनु
सुन होइन खून झै गाढा हुनु।

उर्बशीहरुको उर्बर महफिलमा
न  सीता   हुनु   न   राधा हुनु।

पर्खि बसे आउँदैन पालो अब,
सके  पुरै  न सके   आधा लिनु


गुण्डा अण्डाको फन्डा बेच्दैछन

काम छैन अब सिधा साधा हुनु।
 

या  नजिक हुनु या  टाढा हुनु
सुन होइन खून झै गाढा हुनु।


 
Posted on 06-01-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वानप्रस्थाश्रममा जाउँ जस्तो लागिरहेछ !

नेपे जी,

गए हुन्छ तर त्यै आश्रमको छिडीमा गुरुकुल थापना गरिने छ !

म तपाईका छरपष्ट गजलहरु खोज्न पट्टी लागें !


 
Posted on 06-01-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

या नजिक हुनु                    या              टाढा           हुनु
सुन होइन    खून झै गाढा हुनु।

wa Rahuldai wa, wa wa wa ..........kyaa khub...!!!

 
Posted on 06-02-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

It was hard to find your ghazals by search alone, because most of them are pictures.

I do not think I will be able to go to individual threads and look for each and every one.

You must have electronic collection that you can share.

 


 
Posted on 06-02-08 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन होइन खून झै गाढा हुनु

 

Very intriguing!

 

म यसको अर्थ लगाउन संघर्ष गरिरहेको छु ।

 

सुनपातलो, भाँचिने वा सम्पत्तिको सम्बन्धको अर्थमा लाग्छ होला, तर यो खून झै गाढा भन्नाले रगतको नाता जस्तै बलियो अर्थमा हो कि रगतको रङ्ग जस्तै बाक्लो अर्थमा होला भनेर नि ।

 

जे होस्, यसरी घोत्लिन पर्ने उपमाहरुको आफ्नै मजा हुन्छ ।

 

*** *** *** *** *** *** ***

 

Shirish,

 

Sajha’s new search engine (google) sucks. I can’t find anything with it.

 

I will see what I can do. Will let you know.

 

 

Nepe

 


 
Posted on 06-02-08 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन सम्पतिको रुपमा जगेर्ना गरि राख्ने अर्थमा होला ! खुनसंग राईम गराउन खोज्दा त्यस्तो भएको पनि हुन सक्छ ! 

बरु -

"पानी होईन खुन झैं गाढा हुनु " (blood is thicker than water") कस्तो हुन्थ्यो होला ! अहिले चांहि blood is thicker than gold को माने आउछ (this is strictly my opinion नि फेरि- interepretation गर्न पाउनु हाम्रो अधिकार हो है फेरि )

जे होस् थुप्रै पाठक जनले मन पराएको हुंदा डेमोक्राटिकली चांहि ठीकै होला !

+

‌+

गजलको शास्त्रीय नियमलाई मध्य नजर राखेर हेर्दा यो प्रस्तुतीलाई गजल भनी हाल्न म तैयार भएको छैन - यद्यपि यस्तो फर्म्याटको उदाहरण भेटीए पनि !! काफीयामा खोट देख्छु म त !!

राहुलजी - नभनम् नभनम् भनेर रोक्दा रोक्दै रोक्नै सकिन ! पहिले नि एक थरीका मान्छेले "बडा अरुलाई सच्याउदै हिड्छस्" भनेर माया गरेका थिए- अलि बढ्तै :-D

 

Last edited: 02-Jun-08 06:04 PM

 
Posted on 06-02-08 7:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्ब प्रथम त यस धागोमा, यस गजल्-अगजलमा आफ्ना अमुल्य टिप्पणी दिनु हुने सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु। मन पराइ दिनु भयो, धन्यवाद। खोट देखाइ दिनु हुने प्रती अझ आभारी छु। अन्यथा सुधार कहाँ बाट हुन्छ?

 

नेपे दाई,
सुनलाई धन र रगत ( खून लाई ) मानबिय संबेदनाको रुपमा लिएको हुं। भौतिक दुनियाँमा हराएका हरु लाई झक्झकाउने सन्देश दिन खोजेको हुं। हुन सक्छ यहाँ निर शिरिष जी ले भने जस्तै राइमा मिलाउने धून मा सुन र खून मेरो मस्तिष्कमा झंक्रित भएको। ५ मिनेट चिलिम ब्रेकमा उडिरहेको धुंवामा आक्रिती खोजेको मात्र थिएं। त्यो सिर्जना उत्क्रिष्ठ छ, र हुनु पर्छ भन्ने दावा गर्ने खाल को हावा पनि होइन। तपाईंहरुकै सल्लाह सुझाव अनी मार्ग निर्देशान अलिकती मात्र पनि आत्मसाथ गर्ने सकियो भने अबश्य पनि अनुपम सिर्जना गर्नु सक्छु होला। आखिर अल्छि मान्छे न परें। अल्छि को बल्छी मा माछा त के भ्यागुता नि अल्झिंदैन रे भन्छन।

 

 

शिरिष जी,
हो, गजल को शास्त्रीय नियमको ज्ञान म संग छैन। अझ भनुं शास्त्रीय ज्ञान लाई ध्यान न दिएको पक्कै हुं। यस मानेमा प्राबिधिक रुपमा अ-गजल भएको हुनु पर्छ। तपाईं को सल्लाह सुझाव शिरोधार्य छ। सिक्ने प्रयासमा असफल प्रशिक्षार्थी भएको छु। ओखती तीतो हुन्छ भन्ने थाहा नहुने कहिलेइ स्वश्थ  हुन सक्दैन। त्यसैले तपाईं को कुरा लाई अन्यथा लिएको छैन।  


 
Posted on 06-03-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai jee

I think its great to realize. "Wah Wah" alone will not help you to improve. You need them for motivation though. 

I do not follow the classical pattern of ghazal myself - which is extremely difficult and beyond my capability. However, I , at least consider, "Quafia" to be perfect and now concentrating on "matra". Beher is still out of question for me.

Keep writing !!

here is a new one I am working on:

लुट्नु पर्ने बाध्यता, समाधान होस् !

मैले  तिरेको तिरो,  घगडान होस् !

 

जहिलै तिमी माथी, हुनु नै पर्ने

भलै पानीको तह, असमान होस् !

 

म कृपाको महीमा  गाई रहुंला -

नगरेका गल्तीमा, क्षमादान होस् !

 

उपस्थित हुन्जेल आरोप सुनें
बिदाई माग्न जांदा गुनगान होस् !

 

हिंडेर या हिंडने बेलैमा झरी
नियात्रामा आकाश सुनसान होस् !

 

alternatively,

 

कोहि कंहि देखिन्न, बोलायो कल्ले?

एकान्तमा मगज, सुनसान होस् !


 
Posted on 06-04-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai,

I found some ghazals written by some established writers similar to your format. 

Don't feel bad with my comments. I partially take my words back. 


 
Posted on 06-04-08 5:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

उदार गुरुबाट भन्दा अनुदार गोरुबाट बढी सिकिन्छ भनिन्छ, त्यसैले कि त उदार नबनुम, कि त गुरु नै नबनुम् भन्छु म ता ।

अनुशासित अभ्यासको विकल्प छैन ।

राहुलजीभित्र एक घागडान गजलकार छ कैद छ । तर त्यसलाई अल्छिपनाको माखेसाङ्लो र यदाकदा एकपक्षिय राजनैतिक आग्रहको दाम्लोले बाँधेर राखिएको छ ।

जुनदिन त्यसले परिश्रम गर्न पाउँछ र राजनैतिक आग्रहबाट स्वतन्त्र हुन समेत पाउँछ, त्यसदिन एउटा राम्रो नेपाली गजलकार जन्मियो भनेर ठाने हुन्छ ।

यथोचित क्षमायाचना सहित,

Nepe

 


 
Posted on 06-04-08 5:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters