[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 36721 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-03-09 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरक्त लागेर आयो हफ्ता दिन देखि नयाँ बनाउन खोजिरहेको छु ब्रश र रंगहरु साथ लिएर तर कहिले रंग आफ्नो लागिरहेको छैन ,कहिले चित्र ,,,,,,,,,,,, म मात्र कोर्दै मेटाउँदै गर्दैछु । बनाउन खोज्छु फुर्दैनन ,,,,,,,,,,, मात्र पहाड बनाउँछु ,बादल का केहि आक्रिति बनाउँछु अनि लाग्छ यी मैले नै बनाएका कुनै पुरानै कुनै चित्र सँग दाँजिदैछन तँ राम्रो कि म राम्रो भन्ने होडमा । मेरा आफ्नै सन्तान हरु एकआपसमा प्रतिद्वन्दि भएर लड्दैछन अनि म चुपचाप धेरै बेर फेरि खाली क्यान्भास लाई हेरेर घोरिएर बस्छु  कहिले उ फुरुंग परेर दंग परेर म उसको सामु पुग्ने बित्तिकै चित्र उब्जाउँछ । उसको आगनिमा बासन्ति सुगन्ध छरेर पहिलिएर उजेलिदिन्छ तर कहिले मरुभुमि बनेर जति रंग छरे पनि कहालिलाग्दो,जे पनि निलिदिन सक्ने कालो आकाश  बन्छ मेरो क्यान्भास । मलाई मात्र यतिमा सन्तुष्टि छ चाहे उ रिसाओस् , खुसाओस् त्यो मेरो आफ्नो क्यान्भास हो मेरो हक भएको कसैले खोस्न नसक्ने ।



 



छुट्टि लिनै पर्ने भयो शौख जस्तो गरेर पालिरहेको मेरो कामबाट मैले मनमनै सोचेँ अनि भोलिपल्ट बिहानै कुनै अन्जान यात्रा मा  दुई चार दिन रन्थनिन जानेछू । यात्राले पक्कै पनि मेरो सामु केहि त
उभ्याईदेला जस्लाई म मेरो चित्रमा उभ्याएर मेरो सृजनामा मिसाउन सकुँ अनि निक्लेको नयाँ रंगलाई म सन्तुष्ट भएर यहि हो मेरो उपलब्धि भनेर मुस्काउनेछु मैले मनमनैँ सान्त्वना दिएँ । मैले सुनेको छु कुनै पनि कुरा मा पारंगतता हाँसिल गर्न बारम्बार गर्नुपर्छ तर सृजना जब जब जन्मिन्छ बारम्बार हुँदा रंग पातलिन्छ । म त्यसैबाट बच्नलाई नै होला यसपल्ट छोटो भगाई भाग्न खोज्दैछु । अचानक मेरो फोनको घण्टि बज्यो ।



 



तिमीले चित्र कोर्न छोड्दैछौ रे हो ? फोन को पल्लो पट्टि स्त्री ध्वनी तरंगित भयो ।अनुहार कस्तो
थियो थाहा छैन तर बोलि पक्कै पनि मधुरो थियो ।



माफ गर्नुहोला मैले यहाँ लाई चिनिन नि !!!मलाई अचम्म लाग्यो मैले चित्र कोर्न छोड्ने कुरा बाहिर
फैलाएको पनि छैन कसरी थाहा पाइ उसले ?वा मेरा मनका कुरा बुझ्नलाई संसार प्रयत्न
गर्दैछ ?हुनसक्छ मान्छेको मन अर्को मान्छे को लागि खालि क्यान्भास न हो जसमा उ
आफुले मन लागेको रंग पोखेर उ राम्रो नराम्रो भएको एकोहोरो फैसला सुनाइदिन्छ मेरो
मन पनि दुनियाँको नजरमा नकोरिएको चित्र हो जसलाई दुनियाँ कोरेर तँ यस्तो छस भनेर
मलाइ मेरै अस्तित्वको एकोहोरो फैसला सुनाउनेछ ।

मलाई सतहि चिनजानमा विश्वास लाग्दैन ,फोस्रो चिनाइ चिनेर तिमी के नै गर्छौ र ? तिमीलाई मेरा चित्रहरुको बारेमा थाहा छ , म चित्र बनाउन छोड्दैछु भनेर पनि थाहा छ , म केवल

तिम्रो नाम जान्न चाहन्छु तिम्रो अस्तित्व जान्न चाहन्छु !!! म पनि तिमी सम्बोधन माँ झरेँ
उसले मलाई यति नजिकै बाट बुझेकी छे भने उ पनि पक्कै नजिककै कोहि होली , कोहि होली
मेरो चित्रकी प्रशंसक जस्ले मेरो चित्र हेरेर मलाइ चिन्ने प्रयास गरी यति सम्म को
प्रयासकि मेरा पछिल्ला चित्र हरु मात्र हेरेर पनि उसले मेरो बोली बुझि म दुइ चार
दिनलाई चित्र बनाउन छोड्दैछु भन्ने सम्म बुझि मैले निष्कर्ष निकालेँ ।


नाम र अस्तित्वको के सम्बन्ध ?नामले अस्तित्वमा फरक पार्छ र ??? थोरै मुस्कान छरिएर फोनको यता पट्टि पनि आयो । म कुर्सिमा अडिएँ । हो नामले अस्तित्वमा फरक पार्दैन मैले मनमनैँ

स्विकारेँ । म उसलाई केवल उ भनेर चिन्छू ।

के चाहन्छौ त ?
तिम्रा चित्र हरुमा प्रिथकता ,तिम्रा क्यान्भासमा नयाँ रंग !!!
किन ?
मलाई तिम्रा चित्रहरु एकदमै राम्रा लाग्छन् तर हेर्दै जान्छू मलाई लाग्छ तिमी प्रिथकता खोज्दै जहिल्यै एउटै चोकमा ठोक्किन्छौ !!! कुनै चित्र हेर्दा लाग्छ तिमी त्यो बाटो बाहेक अरु बाटो हिँड्न डराउँछौ ,कुनै चित्र हेर्दा लाग्छ तिमीलाई डर लागेको होईन तिमीलाई अरु बाटोहरुको बाटोमा थाहै छैन ,कुनै चित्र हेर्दा लाग्छ तिमी बुझ पचाईरहेका तिमीलाई अरु बाटो थाहा नभएको ,कुनै चित्र हेर्दा लाग्छ तिमी यहि बाटोमा दक्षता खोज्न चाहन्छौ !!!!!!
के तिमीलाई थाहा छ त म के चाहन्छु !!!
तिमी आँफैलाई थाहा छैन मलाई कसरि थाहा हुन्छ ? उ हाँसी ।
हैन मलाई लाग्यो तिमीले म भन्दा धेरै मलाई बुझेकी छ्यौ !!!
हुन सक्छ !!!  
अब के कोरौँ त म ,तिमी देउ मलाई उपाय म मेरो यात्रा रोक्नेछु , मेरा ब्रश हरु मेरो रंगको डब्बा म अहिल्यै उठाउनेछु तिमी मलाई मात्र विषय देउ आक्रिति देउ !!!!!!
तिमी आफ्नो चित्रमा मलाई कोर्न सक्छौ ?
उसले एकछिन रोकिएर आफ्ना शब्द हरु फ्याँकी ।
मलाई कुरा बुझेको भान भयो । मेरी प्रशंसक मेरो हातबाट आफ्नो तस्विर कोराउन चाहन्छे । त्यो पछि सम्म उसले सजाएर राख्नेछे आफ्नो कोठामा यो उसले बनाएको तस्विर हो भनेर देखाउनेछे जगतलाई र मख्ख पर्नेछे । मैले बेक्कारमा उसलाई विशेष सोचेछु उ मात्र मेरी प्रशंसक हो मात्र जसलाई थोरै थोरै रंगका ग्यानहरु त छन् जसलाई उसले शब्दजाल बुनेर विद्दता देखाई ।

त्यसो भए कहिले भेट्ने त हामी !!!! मैले उसलाई जिस्क्याउँदै सोधेँ ।

मैले कहिले भेट्ने भनेँ र ?

चित्र कसरि बन्छ त ?

तिमी ले कल्पनामा बनाएको आक्रिति सँग म मेरो अस्तित्व दाँज्न चाहन्छु तिम्रा रंगले कत्तिको आवाज चिन्दो रहेछ म जाँच्न चाहन्छु !!!! म हर रात तिमी सँग फोन मा बिताउनेछु र तिमी मेरो तस्विर आवाज सँग दाँजेर मेरो मुटुको गहिराई चिनेर बनाउनेछौ ! जसरि मैले तिम्रा चित्रहरु बाट मात्र पनि तिमीलाई बुझेकि छु त्यसरि नै तिम्रा चित्रै बाट म आफुलाई पनि बुझ्न सकुँ भन के यो प्रिथक विषय मन्जुर छ ????

यसपालि भने उ मलाई विशेष लागि अँध्यारोमा उसको घुम्रिएको लामो  कपाल भित्र उसको अनुहार डुबे जस्तै लाग्यो ।

मन्जुर छ ।मैले बिस्तारै भनेँ ।

उसले फोन राखि मैले बिस्तारै ब्रश उठाएँ अनि आफ्नो क्यान्भासमा नयाँ भित्तो टाँसे ।

क्रमश:

 



 

Last edited: 03-Feb-09 09:30 AM
Last edited: 03-Feb-09 09:42 AM

 
Posted on 02-12-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy -त्यसको पेन्टिंग यति नै गर्नु पर्ला जस्तो छ ,समयले काहिँ न काहिँ चित्र र वास्तविकता लाई सँगै उभ्याउला अनि सोधुँला मेरो चित्र अपुरो रहेको मा गुनासो छ कि छैन भनेर ????
सोम दाइ त्यसलाई सम्झाइदिनु है फुच्चे अलि अलि पागल छ भनेर !!!जे होस् जित पक्का थियो हैन दाई!!!
pjna caught u in sajha after long time thanx for reading my अधुरो कथा!!!!
दिपिका खोइ के कोर्नु ने मेटाउनु हुँदै नभएकी(सुधा) सँग माया लाउनु जति रमाइलो केहि हुन्न रहेछ थाहा छ उ छैन उसको अस्तित्व छैन तर मन उसैलाई खोज्छ । उसकै नाम हरेक कथाहरुमा दोहोर्याउँ जस्तो लाग्छ !!!!!
sajha addict ,hawaa thanx for the comment!!!!!!!!!!!!

मेरो पागलपन पढेर साथ दिने सबैलाई धन्यवाद!!!!

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters