[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पृथ्वीनारायण शाहको नाममा 'नेपाल दिवस' मनाउन प्रस्ताव

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 25984 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-09-12 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पृथ्वीनारायण शाहको नाममा 'नेपाल दिवस' मनाउन प्रस्ताव

(3 Votes)
  •  
 
 

काठमाडौं, पुस २६ - पृथ्वीनारायण शाहको नाममा 'नेपाल दिवस' मनाउन विज्ञहरूले प्रस्ताव गरेका छन् । उनले राष्ट्रनिर्माणका साथसाथै राष्ट्रियताप्रति बलियो जगसमेत हालेकाले राजनीतिक दृष्टिकोणले मात्र हेर्न नहुनेसमेत उनीहरूको भनाइ छ ।

'मुलुकमा जस्तोसुकै राजनीतिक उथलपुथल भए पनि पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्न मिल्दैन,' सीमाविद् बुद्धिनारायण श्रेष्ठले राष्ट्रिय एकता तथा २९० औं पृथ्वीजयन्ती मूल नागरिक समारोह समितिको अन्तक्रिर्यामा शनिबार भने, 'यदि उनले नेपाल एकीकरण नगरेको भए हामी छरपष्ट हुन्थ्यौं । उनी गोरखा राज्यका भएर पनि एकीकरणसँगै 'नेपाल' देशको नामकरण गरेर नेपाल राष्ट्रको जन्म दिएका हुनाले उनको जन्मोत्सवलाई विश्वभरका नेपालीले नेपाल दिवसका रूपमा मनाउँदा अन्यथा ठहर्दैन ।'

पृथ्वीनारायण शाहले १८२६ मंसिर १ गते नेपाल राज्यको नामकरण गरेका थिए । उनको दिव्योपदेशमात्र मनन गर्ने हो भने पनि कूटनीतिक, आर्थिक, सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको श्रेष्ठ बताए । 'अब राज्य पुनर्संरचना हुँदा पृथ्वीनारायण शाहले भनेका सबै जातको फूलबारी बनाउन सक्नुपर्छ,' उनले भने, 'पृथ्वीनारायणलाई राष्ट्रवादको जडको रूपमा लिइनुपर्छ ।'

जनआन्दोलन २०६२/६३ पछि बनेको सरकारले पुस २७ गते मनाइँदै आएको 'राष्ट्रिय एकता तथा पृथ्वीजयन्ती' खारेज गरिसकेको छ ।

इतिहासविद् त्रिरत्न मानन्धरले पृथ्वीनारायण शाहले गोरखाको विस्तृतीकरण नभई नेपाल एकीकरण गरेकाले तत्कालीन इतिहासको विश्लेषण गर्दा त्यही बेलाको परिवेश तथा परिस्थिति अनुकूल लिनुपर्ने बताए । 'इतिहासलाई विश्लेषण गर्दा त्यही बेलाको आँखाले हेर्नुपर्छ, अहिलेको होइन', त्यो युद्धको युग भएकाले उल्लेख गर्दै उनले भने, 'इटली र जर्मनको एकीकरण पनि युद्धबाटै भएको थियो । पृथ्वीनारायण शाहको दोष औंल्याउनुपर्छ । तर उनी गणतन्त्रको भावनाविरोधी थिएनन् । चार जात छत्तीस वर्णको फूलबारी बनाउने उनै हुन् । कुनै राजाको होइन, देशको एकीकरण गर्ने व्यक्तिको सम्झनामा दिवस मनाउन सकिन्छ ।'

इतिहासविद् सुरेन्द्र केसीले पुर्खाले आर्जेको मुलुकको ऐतिहासिक, सांस्कृतिक सम्पदालाई सम्मान र संरक्षण गर्न सक्नुपर्ने बताए । राष्ट्रिय एकताका निम्ति प्रवर्द्धनमा जुटका द एक्सप्लोर नेपाल ग्रुप तथा गोरखा पर्यटनका अध्यक्ष भरत बस्नेतले पृथ्वीनारायणका दिव्योपदेशलाई ख्याल गर्न सकेमात्र पनि राष्ट्रियताको भावना पैदा हुने उल्लेख गरे ।

प्रकाशित मिति: २०६८ पुस २६ १२:१२



 
Posted on 01-11-12 11:10 AM     [Snapshot: 732]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Citizen of Nepal,
What are qualities that you see Prachanda that you feel makes him a great leader? What about his personality and how he functions makes him a great leader?

What are the unique qualities in Prachanda that makes Nepali people love him? What was he able to do for Nepal?
 
Posted on 01-11-12 11:28 AM     [Snapshot: 747]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Time will tell !!

 
Posted on 01-11-12 11:47 AM     [Snapshot: 763]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Only stupid and lazy people will wait for time to tell them something. Smart people will find out the answer by actively finding out through hypothesis and experience.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters