[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 276173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 03-04-07 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोई DVD बाट त कसरी कपी अर्नि हो कुन्नी, मलाई नि था भएन, यहाँ चौतारीमा कोही बिद्वानहरु हुनुहोला नि। लौ न त्यो भिडु हेरुम भन्या कति भै सक्यो। कम्पुटराँ सारेसी चैं मुभी मेकर ले काटकुट पार्न मिल्छ क्यारे।
 
Posted on 03-04-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau geet sunnus ta



 
Posted on 03-04-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम राहुल दाइ लगाएत सम्पूर्ण साझा का साथीहरुलाइ, अनि राहुल दाजु लेख पठाउनु भयो त हाम्रा बोस्तोन्का श्री प्रकाशजीलाइ ? अस्ती न्यू योर्कको एउटा पार्टीमा भेटेको थिए बुढालाइ । बुढा प्रकाश र म त झ्याप भाका थियौ अन तपाईंको बारेमा कुरा पनि भाको थियो ।
 
Posted on 03-04-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेदा,

DVD बाट mpeg/AVI आदि हल्का फर्म्याटमा नक्कल चोर्ने अनगिन्ती व्यापारिक औजारहरु पाईन्छ बजाराँ । धेरैजसोले १-२ हप्ता सित्तैमा चलाम्न पनि दिन्छन् । जस्तै यी यो Bingo DVD Grabber भन्ने औजार झारेर १५ दिन सित्तैमा चलाउन सक्नु हुन्छ ।

- http://www.freedownloadscenter.com/Multimedia_and_Graphics/Misc__Sound_Tools/Bingo__DVD_Ripper_Download.html

यो त्यति धेरै user-friendly त देखिदैन । तर पनि यसबाट कपि गरेर त्यसलाई फेरि Windows Movie Maker ले काँटछाँट र आकर घटाउने काम गर्न सक्नुहुन्छ । मैले त्यसै गरेर गोडा दुएक देशी गीद युट्युबमा उकाल्न भ्या' छु ।
 
Posted on 03-04-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम अनि जदौ सप्पैलाई,
अब पुन्टे बुडाले भिडिओ कसरी राख्ने भनेर दंग परेर बस्या र'चन म सिकाम्न परो जान्ने भैर ।
क्यार्नु भने बुडा, गुगल मा जानुस्, भिडिओ कन्भर्टर डिभिडि टु यम् पि इ जि भनेर टाइप् गर्नुस्, छान्नुस् सयौं मध्ये एक् अनि कन्भर्ट् गर्नुस्, विन्डो मुभि मेकर् मा गएर फाइल लाइ स्प्लिट गर्छ अनि तेस् मध्यको चाँहीने फाइल लाइ अप्लोड गर्नुस् यु ट्युब वा मेटा क्याफेमा अनि शेयर गर्नुस् ।
हस् त शुभ कन्भर्टिङ्!
जय रामजी कि!

 
Posted on 03-04-07 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नि तारेमाम ।
 
Posted on 03-04-07 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बुऽकी फूल सिउरेर सिरैमा
पऽर्खी बसे भेरिको तिरैमा

काँचो मासु क्या मीठो कौवाको
सँगै बसुम भुनेर बोलाको


जदौ यो दादा_गिरिको


... ... ...
 
Posted on 03-04-07 6:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झम्के फुली,
नाकैमा बुलाकी
यस्पाली त


घरजाम होलाकी? तारेमाम्, मन्तयक ला ?
 
Posted on 03-04-07 6:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कौवाको काँचो मासु रे? राम, राम, राम! दादालाई झाँक्री काँ लानि हो कि के? :D
 
Posted on 03-04-07 7:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा, कौवाको मासु रे, त्यो पनि काँचो। लानै परो जस्तो छ झाँक्री काँ दादालाई । :)

अनि भिडु काट्या हो त पूण्टे दाइ?

सबैलाई सन्ध्याकालिन जदौ है।
 
Posted on 03-04-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-07 7:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के हो के तो भिडु काट कुट पार्नि कामले रनाको मचाई रा'छ, हरि। नेपे दाजीसंग फुनाँ नि सल्लाह अरिम्, तर केई ताल पर्‌या होईन। बरु, दादालाई भुन्दा अगाडि मेरै कम्पुटरलाई झाँक्री काँ लान पर्ला!
 
Posted on 03-04-07 8:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.........कालीपारे दाइ कति राम्रो
ढाकाटोपी काँधैमा गल्बन्दी ........


हिजोराति १:०० बजे देखि मनाँ यो गित घन्केर अरु क्यै सोँच्न द्या हैन ल। कसै सअँ छ भने यसो साङ्लो टाँसे धर्मै हुन्थ्यो गाँठे। :-)
यो गीत सम्झाउनेलाई त म त गुरररररररररररररररर :| के भन्ने र गालि अरम भने पनि आफ्नै मुन्छे परे। :p

जदौ सप्पैलाई !

पुन्टेदाइ, त्यो भेँडियो अब एकैचोटी तल्लाघरे जेमराजकाँ गएर सबै सँगे बसेर हेरम्ला भो। तातो तेलका कराइमा पस्नु अगाडि चित्रगुप्तेसअँ यो हेर्न पाम्नुपर्छ भनेर माग अरुम्ला। :-)

-भउते
 
Posted on 03-04-07 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गित त सारै राम्रो छ, मेरो बासुरीमा पनि तेइ गित झुन्डिनछ हप्ताको एक चोटी । ल तिमी पनि कन्ननी डाडामा ढाका गलबन्दी सित ढाका टोपी ढल्काउदै हिडे ।

कालीपारी दाइ कती राम्रो
 
Posted on 03-04-07 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-04-07 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नमे। सारै मीठो छ त नि यो गीत। कम्फुटराँ झारेर राख्न पाए नि हुन्थ्यो।
तिम्रो के छ त नमे हालखबर? यता त मुक्तिनाथ जस्तै भाछ के रे हिउँ परेर। उमेरैमा धर्मकर्म अरे जस्तो भा'छ। नेप्ची, हरि, ठूल्दाइ, माइल्दाई (पु-दा), ठुल्कान्छादाइ (नेपे-दा), माइल्कान्छादाइ (दादा-गिरी), साईलाकान्छादाइ (बिर्के-जिम्माल), ठाँइलोकान्छा (बिसे), राईँलो कान्छा (भेँडे), स्यान्कान्छा सबैलाई जदौ टक्र्याएँ।

हैन गामका चेली-बेटी कता हराएछन ? कसैले नमिठो बचन लायो कि ! मेरो बचन सहन सकेकालाई अरुको बचन त के नमिठो लाग्योहोला र ! एउटा आयोगै गठन अर्न पर्नेहो कि के हो? लु पुन्टेदाइको अदछेतामा आयोग गठन अर्नि भा अरम के रे।
 
Posted on 03-04-07 8:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन त्यो छानबिन आयोगको सदस्यको लागि मेरो पनि डरखास्त हाल्न परो, एसो फ्वास् force लाउनु पर्छ कि ? ? ?
 
Posted on 03-04-07 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भउते गुरु, तेत्रा बिधि कान्छा भाग लाउदा नि मलाई चैं एउटो नि भाग नपर्या भन्या।

त्यो गीत त मलाई नो सारै मुन पर्छ क्या, कम्पुटराँ झार्ने बेबस्था गर्छु म।

चेलीबेटी खोज्न आयोग चै गठन गर्नै परो जस्तो छ, लु पुन्टेदाइ अदक्ष, ए अध्यक्ष भन्न खोजेको के भएछ :P:P
 
Posted on 03-04-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! नमेले धर्मै गरो तो गीत सुना'र! भउतेले तो गीत सम्झानेलाई गुरररररररर भनेछ भुनेर पोल लाईदिम् भाउजुलाई? पोईलाई ताक्या चुलेसीको झट्टारोले फन्को मारेर भउते काजी तिर हुर्रेला है! :p

बरु, तो भिडिओ भउतेलाई उपहार पठाईदिम् भुनेको, अनि उसैले हेरेर नि रमईलो मान्थो, कपि सपि अरेर नि यता टाँस्दिन्थो जस्तो बिचार आ'को हो के रे, काजी काँ फुन लागे त मरिजाम! ठेकाना लिन हुन्थो।

अनि ए नमे! ढुक्कुरको कुरो कस्तो लाओ? :p
 
Posted on 03-04-07 8:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अदेछे" को पद पाम्नि हो भुने त अखिल नेपाल पोढे महासंघको नि "अदेछे" बन्न तयार हाम्लाई झन् चेलीबेटीको खोजी आयोग को अदेछे बन्न पाएसि के चाईयो त नि? बरु, मद्दतको लागी २-४ वटा बाटो सुँघ्दै हिन्ने कुकुरको व्यवस्था भए हुन्थो। को को छौ, लु दरखास्त हाली हालम्! :p
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters