nepalean
Replies to this thread:
More by nepalean
What people are reading
Subscribers
Please log in to subscribe to nepalean's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 451]
|
[VIEWED 199480
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-02-06 10:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
चौतारी ! चौतारी !! चौतारी !!! नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ? २०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ । पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ । काँचो सम्झि बेलौति-आर माझमा पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म बिरफाँट्याको जुवा माउरिर-माझमा काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म रामिडाँडा सिपाचौर रमझम रामिडाँडा सिपाचौर रमझम रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम कइले भेट होला भनि रमझम कइले भेट होला भनि रमझम आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
|
| |
|
|
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 08-12-06 7:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
TY Manepaliketo.:P
|
| |
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-12-06 8:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जिम्मालबा छुटिहाले बुनेसरमा,आफुलाई मतरले छोडि दियो कोतेसुरमा । कत्रो आपत्, बुढालाइ खोज्न फिर्ता जाम्, यत्रो ठुलो सहराँ कता कता पो जानु, याइ निर् बसुम् भने बुढा याँ आउने हुन् कि होइनन्। क्यार्नु, क्यार्नु बरु यो बुढासँअ सहर न आ भे' हुने। यस्तै सोच्दै थे, भौतपुर्.... भौतपुर्..... लौ गै हाल्यो भौतपुर्...... भन्दै एउटा फुच्चे मतर तेइ निर् आइ रोकियो। लौ बुढा गाम्बाटै भौतपुर् भौतपुर् भन्दै थे पक्कै उनि भौतपुर् जन्छन्, म पनि तेतै जानु पर्यो बुढा पक्कै पनि तेतै भेटिन्छन्, भुनेर तेइ मतरमा चढें। मतर चाँइ गज्जबाँ रेछ, मुकेरो बुस् भन्दा रेछन। पछडिआँ सिटाँ गेर् बसेँ। एक छिन'सि मेरै छेउआँ एऔटि अप्सरा जस्ति सुन्दरि आइ। मेरि बास्सै के हो यस्तो सहराँ त, कपडा'नि ला'हो कि न हो, लुकौन पर्ने सप्पै देखा छ, फेरि नाकाँ लाउने फुलि'नि नाइटाँ ला'छे। कपाल् फेरि के हो तेस्तो दुम्सीआँ जस्तो बनाछे, अनेक् रङ् लाछे। 'एक् छुके मी' भनेर मेरै ठाम्मा आइ पुगि, बुझ्या हैन ( पछि पो नेउटेया नातिले बतायो एक्स्क्युज् मे भन्या होला भुनेर।) यो सिट् खालि हो भनेर सोद्छे। कोइ बस्या थेन् तै पनि खालि हो भुनेर सोद्छे, बिचरि अन्धि पो रे'छ जस्तो लायो, फेरि कालो चसिमा नि ला थि। हजुर् खालि नै हो भनेर तेस्लाइ बस्न सयोग् अर्नु पर्यो भुनेर हात् समायेर् बसौन खोजेको, चट्याङ् गर्ज्या जस्तो आवाज् पो आयो, एक् छिन् पछि पो था भो त्यो चट्याङ् त तेइ मोरिआँ हाताँ'ट् मेरो गालाँ बज्र्या रैछ, बङारा हल्लिने गरेर। केटि जिस्क्यौने पाखे मोरो भन्दै किलिन्दरले पोको पारेर तेइ सडकाँ फालि द्यो। कस्तो अचम्म रैछ, सहराँ चलन, कसैलाइ सयोग गरे'नि चड्कन् खानु पर्ने। सौलाघारि भन्ने ठाम् रेछ त्यो। अब भौतपुर् कति टाढा छ था' छैन, फेरि जाने कसुरि त्याँसम्म? जिम्माल् बुढा काँ के गर्दै होलान्? कसरि भेट्ने होला त्यो बुढालाइ, कस्तो आपात आइ पर्यो। यस्तै सोच्दै सोच्दै सडकाँ पेटिआँ बुसिरा'थे, दुइ तीन् जना खाइलग्दा केटा'रु आयेर् के भो बुरो, किन नुन् खा कुखुरा जसरि बसिरा भुनेर सोद्छन्। हन् के हो सहराँ त सबै अन्धा हुन्छन् कि क्या हो जस्तो लायो, जिम्माल्बा पो बुढो हो त, म त अझै जवानै छु, यिनिहरुले त मुलाइ नि बुढो पो देखेछन् जस्तो लायो। लौ न दाइहरु, मलाइ त ठुलो आपत् पर्यो भन्दै सुरु देखि लास्ट सम्मको सबै कुरा बताइ दे। मोराहरुले मैले नबुझ्ने अरेर के के खास्-खुस् अरे आपसाँ अनि सोधे, गाँठ चाइँ कति ल्या छौ नि। कसरि था पा हुन्, मैले गाम्बाट दुइ से रुप्या गाँठो पारेर ल्या छु भन्ने। तै पनि यिनिहरुलाइ बतौनु त भेन पैसा भन्ने सोचेर गाठोआँ त दुइ से रुप्या छैन भन्दे। लौ ठिक् छ सोम्, तिम्रो जिम्मालबालाइ पनि हामि खोजिदिउँला, भौतपुर नि हामि घुमैदिउला, पैला केइ नास्ता अरौँ भुनेर एउटा होटल् भित्र ले'र गे। लौ जे पर्ला पर्ला, बुढालाइ त भेट्टाइहालौला, पैला केइ खाइ हालौ भुनेर गये म'नि तेइ मोरा'रु सँअ। खै के के मगा हुन् के के, सेकुवा-फेकुवा, छोइला-कचिला के के हो के के। फेरि पिउने कुरा पनि टन्न मगाये मोरा'रुले, बोतल् पनि छ, घ्याम्पो पनि मगा'छन्। खाइ दे मुइले'नि, जे जे मगाये'नि। झम् झम् टाउको घुम्या जस्तो भो एक् छिन्'छि त। तेस् पछि त केइ कुर राम्ररि'नि था भेन्, लौ सोम् पैसा तिरौ भुनेर मुलाइ एउटाले भुन्या अस्तो ला'थ्यो। लुगा पनि सबै टोटाल् टोटल् अर्या अस्तो लाग्छ। थुक्क पखे मोरो दुइ से रुप्पे मात्रै रैछ, फसाइ हाल्यो नि मुर्दाले भन्दै एक् लात् हानेर सडकाँ पेटिआँ फाल्दया अस्तो ला' थ्यो नि, हो त रैछ, ऐले सम्म ढाड दुखिरा'छ । खै कति बेलासँअ त्याँ ढल्या ढल्यै थे, जिम्माल्बा बोल्या जस्तो पनि लाग्छ, अर्को कोइ पनि थ्यो कि अस्तो लाग्छ। नेउटे काकाआँ नाति रेछ, पछि था' 'पाये, जिम्माल्बाले भुनेर। तेस्पछि त के के भो के के थाऐ भेन्। आज् बिहान् उठ्दा पो आफ्नै ओछ्यानाँ रैछु। कसरि ल्याछन् जिम्माल्बाले सहराँ'ट थाहै भेन्। नेउटे काकाको नाति'नि आ'रेछ पुर्यौन, जिम्माल्बालाइ एक्लै गारो हुन्छ भुनेर। आज् दिउसो मत्रै फर्किनु भन्दा अगाडि भेट्न आ'थ्यो, कस्तो छ काका भुनेर। यस्तै भो यस्पालि को गाइजात्रा, सहराँ सरै दुख पायियो। झन् जिम्माल्बा बुढा मुन्छे मलाइ भर् हुन्छ भुनेर साथि ले र गाका, बुढा त ओछ्याअन् पर्या छन् रे। आज् त आउँछन् कि खै लठ्ठि टेकेर चौतरीआँ। आज् चौतरीआँ बुढा आये भुने त बताउलान् नि कसरि फिर्ता आयौं हामिहरु भुनेर।भुन्टिको लागि किरिम्- पौडर ल्याइ दिन्छु सहराँ'ट्, पुन्टे दाइको लागि'नी पेटिकोटाँ कपडा ल्यैदिन्छु भन्ने सोच्या थे, ठुल्नानी, सन्नानी, तितौरीहरुको लागि नि मिठाइ ल्याइदिन्छु, मिसको लागि राम्रो कलम ल्याइ दिन्छु, मिस्टे, कुम्ले, गालब, नमेहरुको लागि पनि केइ न केइ ल्याइ दिन्छु भुन्ने सोच्या'थे, झन्नै आफै खुस्क्या। अब् त गइन्न् सहर, हाम्रै चौतारि राम्रो छ, त्यो केइ न केइ को सहर भुन्दा त। अब् अर्को बाजि त जिम्माल्बा आये भुने नि पुन्टे दाइलाइ नै लियेर जानु भन्दिन्छु। (गाइजात्रा मा केइ न केइ ठेल्दिनु पर्यो भनेर गाइ जात्राको दिन् देखि लेख्न थालेको आज् त गाइजात्रा सिद्धियेको पनि दुइ तिन् दिन् भइ सकेछ। असाध्यै रम्रोसँग् जिम्माल बाले आफ्नो तर्फबाट कथा कन्टिन्यु गरिदिनु भयेको मा धन्यबाद। जिम्मालबा 'यु आर सिम्प्लि ग्रेट, आइ ह्याड अ वोन्डरफुल् टाइम विथ् यु, इट् वाज द मोस्ट मेमोरेबल जर्नि इन् माइ पार्ट्'। धेरै धेरै धन्यबाद्। बेला- बेलामा पुन्टे दाइले पनि आफ्नो तर्फबाट् छुस्स छुस्स प्रतिकृया ठेल्दिनु भयेकोमा धेरै धेरै धन्यबाद्। जुरेलिको लागि लप लेटर पठाउने भये फेरि पनि लग्दिउला, तपाइको जेठान्ले थाहा नपौने गरेर। नमे इन्जीनियेरले नयाँ चौतरीको जग हाल्न ला' जस्तो देख्या'थे। भोलि देखि त नया चौतरिमा भेत्ने होला। चौतरी २१ सकिये नि, चौतरी २२मा भेट्नु त छदैछ। सबैको जय होस्।।।।
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 08-12-06 10:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
aile yesaima ramailo garam ke re ..bhari bholi tira arko chautar thadyaunu parla. gamle ho yeso chitre thuli ko kura milaunu parla..baru jhagada banda garna santi barta garne ho ki??
|
| |
|
|
Foe_4_mysty
Please log in to subscribe to Foe_4_mysty's postings.
Posted on 08-12-06 2:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
एक जना नेपाली कामदारले आत्महत्या गरेछ भन्ने sms पाएँ, लास् नेपाल पठाउनको लागि चन्दा मागिराखेको रहेछ, नाम चैं खिला नाथ रे, खै के परेछ आएको ३ महिना मात्र भएको रहेछ । बिचित्र छ संसार, आए पछी जानु पर्ने । "आयो टप्प टिप्यो, लाग्यो, मिती पुग्यो टारेर टर्दैन त्यो........... "
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 08-12-06 3:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ए ग्वाँचे जी, तपाईको गाईजात्राको लेख बल्ल पढेर भ्याएँ, के गर्नु व्यस्तताको कारणले लामा लामा लेख पढ्नै भ्याएको थिइनँ, यतिसम्म कि चौतारीमा लेख्न नि भ्याउँदिन थें। देखिहाल्नुभो नि, त्यही कारणले ठूल्नानी मसित रिसाएर उधुम मच्चाइरा'छिन्, म अर्कैसित लागें भन्ने शंकाले लंका जलाउनला'छिन्, अचम्मै छ भन्या। ;) ल जे भए नि तपाईको लेख चैं साह्रै मनोरन्जक लाग्यो, तपाइको कल्पना र हास्यात्मक प्रस्तुति राम्रो छ। साथै जिम्माल बूढा र पून्टे दाइका कथाले सुनमा सुगन्ध थपेका छन्। मिस्टे, के गर्नु मान्छेको जिन्दगी भन्या यस्तै हो, दुइ दिनको। साँच्चै 'कालमहिमा' कविता चैं मलाई साह्रै घत लागेका मध्ये एक हो।
|
| |
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 08-12-06 11:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ग्वाँचे, तेसपछि के भओ म पछि भन्छु है? :) यो चौतारीओ ठिटा ठिटी, बुडा बुडिओ मर्म सपै लोकगितमा गाम्दा रेछन। यता चित्रे अर्को कुन चइनी ठिटि सँअ सल्को भुनेर चित्रे र ठुल्नानीको एस्तो कुरो भएको रेछ गाम्लेओ- चित्रे- कस्तो दिनमा भेटेछु खुनिलाई माया गर्दा झन टाढा हुनिलाई विन्ध्यवासिनी, भित्रि मन रोइराछ बाहिर हाँसे नी ठुल्नानी- हे किन मलाई भेट्यौ नि पापी छोडि गयौ दुखिलाई पिर काटी विन्ध्यवासिनी, भित्रि मन रोइराछ बाहिर हाँसे नी **************************** यता फेरी कुम्लेको पिरेम बढ्दै जाँदा बिहेको कुरो ल्याम्दै पिरेममा नाफा नोउसानको कुरो भैराको छ- कुम्ले- छुट्टा छुट्टै बस्ने हो कति दिन आमाले नि बुहारी लेउ भन्छिन दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ तितौरी- हुन्न अहिले बिहेको आश गर्न देउन पहिले आइ ए त पास गर्न दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ कुम्ले- किन पढ्न खोजिछौ यहाँ भन्दा आखिर तिमीले गर्नु छ घरधन्दा दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ तितौरी- सयौँ खोला म एक्लै तर्नु छ पढि लेखि मैले केहि गर्नु छ दिल सफा छ माया जालमा न हुन्छ नोक्सानी न त नाफा छ उता पुन्टे दाई आफ्नै व्यथा पोख्दैछन पुन्टेनी भाउजु ल्याउनु भन्दा अगाडिको- पुन्टे दाई- जवानीमा तानेको गाँजा अइले मलाई लाइराछ हो नमजा आवाराको संगतले होटल तिर पसेँ सोल्टिनीको पछि लागि डिस्कोतिर बसेँ जाँड रउसि चुरोटको हुन थाल्यो साथ सधैँभरी भट्टितिरै बित्न थाल्यो रात बाउको कमाई परियो धजा धजा अइले मलाई लाइराछ हो नमजा जवानीमा तानेको गाँजा अइले मलाई लाइराछ हो नमजा बिहे गर्नु पर्यो भनि गएँ केटि हेर्न मलाई देखि सबैजना लागे दङ्ग पर्न कुरा गर्न आइ केटी मेरै छेउ बसि तासको पोको देखै पछि स्वात्त भित्र पसि आफैँसित लाग्यो नि लाज लाज आइले मलाई लाइराछ नमजा जवानीमा तानेको गाँजा अइले मलाई लाइराछ हो नमजा
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-13-06 12:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ढुक्कुररररररररररररररररर! ढुक्कुररररररररररररररररर!! ढुक्कुररररररररररररररररर!!! ~~~~~~~~~~~~~~~~~~~~~~
|
| |
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 08-13-06 1:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSई !!!
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-13-06 1:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
oooopsssss!!!!!! हाSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSSई !!!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 08-13-06 1:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽई!!!
|
| |
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-13-06 1:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
टाsssssssssssssssssssटा!!! :)
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| TPS To F-1 COS |
| TPS to F1 Status. |
| Nepal TPS has been Extended !!! |
| legal Query for married nepali girl now have taken US citizenship |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| ICE kidnapping people off the streets over op eds |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| #MAGA#FAFO is delicious |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Democrat lies revealed |
| Nepal TPS decision |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| TPS Sakiyo Tara Case is in Court. |
| Medication from Nepal to USA |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|