[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - भाग ४७

[Please view other pages to see the rest of the postings. Total posts: 612]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 275879 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 02-23-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्


चौतारी - भाग ४७



chautari

चौतारी:

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

sanokanchha

target=new href="http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40599">चौतारी-४२</a>
<a target=new href="
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=271&ThreadID=40838">चौतारी-४३</a>
target=new href="
http://www.sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41075">चौतारी-४४</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41336">चौतारी-४५</a>
target=new href="
http://sajha.com/sajha/html/openThread.cfm?forum=271&ThreadID=41906">चौतारी-भाग ४६</a>


(Copy from Chautari - 46)
 
Posted on 03-05-07 5:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मेरो नि नमस्ते ठुल्दाइ देखि सान्भाइ, दिदी देखि बहिनिहरुलाइ ।

सुन सान लाग्या छ चौतारीमा ।
 
Posted on 03-05-07 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नम्थे गाम्ले थाति हलु हो ताआआआआआअ
पून्ते दाइ म न-भातो बेलामा मात्रैईईईई आउनु हुन्त।
 
Posted on 03-05-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


टलक्क टल्किने सियो,
नबोल्नेलाई बोलाउने मन थियो,
ठमेल ठमेलमा,
बाबा तिमीलाई लान्छु तिमीलाई....


सोमबारे जदौ!!
 
Posted on 03-05-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गमका खजाना तेरा भि हें मेरा भि
ए नजराना तेरा भि हें मेरा भि ।

अपने गमको गीत बनाकर गालेना
राग पुराना तेरा भि हें मेरा भि ।

सोमबारे जदौ!!
 
Posted on 03-05-07 8:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ यामे हालखबर? साहुकैँ त होला नि हैन?
ठुलीको तोतेबोली फेरी सुरु भ'च, के भा को हो, दाँत झरेर त हैन होला, झाँक्रिलाई देखाउन लग्नु परो जस्तो छ।
आज नमे पनि सबेर झुल्केर हिँडेछ, नमस्ते है।

पछिपछि आउने सप्पैलाई मेरो साष्टाङ्ग नमस्कार!
 
Posted on 03-05-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा सबै रात हरु, मात हरु भए
जिन्दगी नै न बुझ्ने बात हरु भए
आँफैलाइ राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बास बेहोशीका बारात हरु भए


तारेमाम है मन्तयक ला ?
 
Posted on 03-05-07 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है
ए नमे का'ट त्यो के जाती क्षमास र मलमास कुरो अर्छस ।
त्यो के जाति जिनिस कस्तो के हो मलै केइ था'चैन तर नाम सुन्ने बित्तिकै सातो जान्छ । एउपल्ट यस्ता अन्विश्वासी कुरो हटाम्न पर्च भूनेर मतलवै अरिन । अनत्या'ट घरा'ट र माइता'ट खानु गालि खाइयो , त्याँसी यो जिनिसको नाम लिन नि मुन लाउदिन मलै त।
अनिखेरि ठूल्नानी त आइछिन के रे , तितौरी ,प्रिती चै आउदै होलान नि त। क्यार्न चिन्ताअर्न पर्यो र आयोग नि भो नअरेनि हुन्च । त्यो के जाति आयोग को केइ भरोसा हुन्न । आयो-आयो भन्दा भन्दै गयो हुन्छ काम न धाम बेकारा झन्झट।

हरि,ग्वाँचे, याहु ठूली, के छ त नि तिमुरको हालखबर ?
 
Posted on 03-05-07 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊफ्!! लु राहुलदा नि आम्नु भ'छ हउरलै नि नमस्ते अरै है (मनमनै रिस नाकँ टुप्पाँ छ राहुलदा को नमस्ते अरिन यल्ले त भुनेरगालि अर्न ट्याम लाग्दैन )
 
Posted on 03-05-07 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन्, कहिले पो रिसाको छु र भने? नमस्ते तारेमाम संयुक्त अभिबादन ।


कहिले काहीं रिसाउंछु
आगो भै रिसाउँछु
जो अत्याचार् गरि रहेछन्
उनीहरु सित रिसाउंछु।

(नारायण् दाइ को गीत् हो, साह्रै मर्मस्पर्शी)
 
Posted on 03-05-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली पारी, सेती वारी, माझमा गहुँगोरी
प्वाक्क बोली, सुईंत्त भागी, कस्ती डाउडरनी मोरी!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

रउसी होईन, चुरोट होईन, चाईयो रे शिव बुटी
महादेवको ध्यान गरी राहुले उत्तानो सुती!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

गाईको गोबर, घोडाको लादी, कुखुराको सुली
दाई नभा' बेलाँ ट्याऊँ ट्याऊँ अर्नि, प्यारी बुईनी ठुली!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

शुभ आईछ, हरि आएछ, यामे पनि आएछ
ताल न सुरको गधाले जस्तो, भउतेले गीत गाएछ!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

:D
 
Posted on 03-05-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! यो बिर्खे माईलाको!

हे पुन्टे बुढा सुन-

हाsss... बारिको आलु, चिण्डे तालु, पुन्टेदाईको कुरा!
हराएर बल्ल आइ हान्न थाले छुरा!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

एक दिन हैन दुई दिन हैन सातै दिन हराउने!
कहिलेकाहिँ चौतारि छिरे बेसरि कराउने!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

तिम्रा पनि बैँश भने अझै बाँकि जस्तो!
ठिटालाई भन्दा जोश उठ्ने तिम्रो जोबन कस्तो?

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!
:):)
 
Posted on 03-05-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बारीको आलु, चिन्डे तालु, मेरो के गर्छौ कुरा?
प्यात्ले भुँडी, बल्डेङ्ग्रे नजर, तिम्रो बात छ बुरा!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

जति सुकै हराएनि, भ्याको बेला हाँसो
मेरै मुखले कराएँ त, तिम्लाई के को चासो?

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

बुढेसकालाँ लौरो टेक्नि, त्यो हो तिम्रो लागी
तिम्ले ताक्या तरुणी पनि यई ज्यान संग भागी!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

:p :p :p :p :p
 
Posted on 03-05-07 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा, दोहरि भिडन्त! जाओस् अझ जाओस् ।
 
Posted on 03-05-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-05-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsss.... सुनेकै छु हेरेकै छु तिम्रा एक एक चाल!
टाउकाको त्यो भ्यात्ले 'विग' चाहिँ पैले यता फाल!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

कति आए कति गए तरुनिका खानि!
लौरो टेक्दै भए पनि पाइन्छ छानि छानि!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

हाम्रो कुरा सुनि सुनि ठुल्दाई नि जोशिए!
भिडन्तमा हाम्लाई जाकि गित गाउन कसिए!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

:):)
 
Posted on 03-05-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नसकिने भो :):)
 
Posted on 03-05-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्तु दाइ कस्तो हुनुहुन्त? मैले मित गर्दै तिए ।
वीरखे दाइ,हरि हदुर लाइ तन्तै?
 
Posted on 03-05-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुलु, मलाई तन्तै थ, तिमी नी तन्तै थौ?
माम खायो?
 
Posted on 03-05-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विग स्विग ला'को छैन, चिल्लै ठीक छ हाम्लाई
तिमी जस्तो स्वाङ्गे छैनम्, फुईं देखाउन गाम्लाई!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

तरुनिको खानि छ भनि, धाक देखाउने बानी
लगेकै हो ढ्याब्रीलाई जबरजस्ती तानी!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

ढ्याब्री जस्ती लाटी हुन्नन् अरु गाम्का आईमाई
ठोकी दिन्छन् तिम्रा खप्पर कतै चालै नपाई!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!

राहुल दाजु, यता आउनुस्, एउटा कुरा सुन्नुस
पुन्टे हिरो, जिम्माल जिरो, दुईमा एउटा चुन्नुस्!

ए, माझी दाई पोखरा फेवा तालको
लाऊँ माया साँचैको, नलाम भो ख्याल ख्यालको!
 
Posted on 03-05-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुल्ननि मलाई तन्तै त तन्नु तलो!

थुलिले माम खाएको छैन रे भान्जा, ठुलि के जाति डाइट मा रे!
तो डाइट भनेओ चाहिँ के जाति जिउ सुका'र बाँस जस्तो बनाम्ने रे!
राम राम राम, कस्तो जमाना आओ, केटि मुन्छे त डम्म जिउ भा' राउँरा मानिन्थे हाम्रा पालामा, आजभोलि त बाँस सुके जस्तो सुकेको ज्यान भओ भने के जाति सिलिम भन्छन्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters