[Show all top banners]

Tyra
Replies to this thread:

More by Tyra
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -३९

[Please view other pages to see the rest of the postings. Total posts: 568]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 227364 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 12-24-06 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम् !!!


चौतारी भाग-३९

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३९ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी

आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं ,रुख् मुनि बसेर पिरो चट्पटे खाँउ, तर चट्पटे को पैसा तिर्न नबिर्सौ :P ।

नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं।


अब सुन्नुहोस् चौतारी का ताजा समाचार्!!

-ठुलि नेपाल मा गुतपाक तितौरा खादै होलि, हामि चाइ यहा थुक निल्दै बस्दै :s

-पुन्टेदा को सकृयता मा हुने भनिएको कृसमस भेला क्यान्सिल् :(

-झन्डै ४ महिना भुमिगत् रहनु भएका चौतारी का बरिस्ठ सदश्य भौतेदाइ/भौतेगुरु को चौतरीमा उपस्थिति :D

-त्यसै गरि गालब् ले सुचना निकाले'छि सानोकान्छा को पनि उपस्थिति :D

-र , साझा चौतारी विकि मा ।

 
Posted on 12-31-06 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ वर्ष सबैको मंगलमय होस् ।
भउतेको जिम्माल्नीसँग जीवन सुखमय बितोस् ; जिम्माल बुढाले जुरेलीसँग दु :ख नपाओस्; पुन्टेको टाउकामा दुइ चारटा रौं उम्रोस्, त्यही रौंमा दुई चारटा तरुनी अझै झुन्ड्योस्।निशे बज्याले सिम्स् नानी फिर्ता पाओस्। काले डाकाको काली ढुसुल्लीसँग घरजम होस्। चित्रेको ब्रत यही वर्ष सिद्धियोस्, बजियाले चाँडै जोइला जान पाओस्। राहुले बुढालाइ चिलिमै चिलिमको लटरी परोस्। मिस्टेले मेसिनगनै र फाइरिंग रिँगै पाओस्। दादाको कथाले अर्को मोड ल्यावस्। गोतामेले कवितासँग जोइला जान पाओस।पिरतीले पिँगमा १० १२ जनालाइ धकेल्न पाओस्।नमेको शालिक चौतारीमा ठडिओस्।नेप्चे हाजीरजवाफको सम्राट बनोस्।मिसले जममैको सिस् हुन पाओस।
लु मेरो शुभकामना।
जय हेन्टाई।
उउप्ससससससससस जय शम्भु।ॐ

 
Posted on 12-31-06 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरा प्यारा चौतारी गामवासीहरु सबैलाई नव वर्ष २००७ को ह्रदयदेखि शुभकामना। नव वर्ष २००७ सबैको लागि सुखद्, मंगलमय र सफल रहोस्!

सधैं यसैगरी रमाईलो गरेर अघि बढ्न पाईयोस्! चौतारी फलोस्-फूलोस्!
 
Posted on 12-31-06 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

namaste!

हे हे हे हो त नि juggy,
सबैको ( dewor jee bahek)सिस् हुन पाए मलाइ
चाहिन्न् अर्थोक् केहि

गौतमजीको शुभकामना त अलि अलि राजाले दिने भाषण जस्तो पो भएछ।:D :P
जे होस् शुभकामनाको लागि धेरै धेरै धन्यवाद!!(लौ जा ma kaha ta naya vrsha naaayeko jasto )
:)
 
Posted on 12-31-06 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाम्ले सब लाई तारेमाम है । नमस्ते मिस्, नयाँ साल मालामाल् होस्, सबैको मिस् हुन पाओस् ।
 
Posted on 12-31-06 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै चौतारीबासी गाम्लेहरूलाइ नयाँ वर्ष २००७ ले सुख, शान्ति र समृध्दी प्रदान गरोस्। चौतारीमा अझै रमाइला गफहरू होउन्, कथा कविता को बाढी आवस्।

चौतारी २००७


चौतारी हाम्रो शीतलताको प्रतीक, नेपाली नेपाली बीच एकताको जीत, अझै बढ्दै झ्याङ्गिदै जावोस्, सबैबीच न्यानो मित्रता छावोस्
 
Posted on 12-31-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, धेरै दिन पछि भेट भो, मुग्लान पसेको हो कि? जे होस्,
नयाँ साल्, मालामाल होस्,
हरियो डलरको थाल् होस्
डलरै डलरको दाल् होस्।
 
Posted on 12-31-06 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैशाखको एक गते नि कति जल्दी आको हौ। २-३ दिन अघिमात्र दसैं सकिया जस्तो लाग्या थो ।
सबैलाई मेरो नि ह्याप्पी ह्याप्पी न्यू एर
 
Posted on 12-31-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैको मनको कामना पुगोस्
मेरो पनि मनको कामना पुगोस्
 
Posted on 12-31-06 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, मेरो नि शुभकामना सबैलाई!

जाँडलाई मत्ताउनु, तर जाँडले नमात्तिनु
भुँडी ६ ईन्ची नघटुन्जेल नाच्नु, तर धाडै नभाँच्नु
भोलि त तै हो के रे, साथी
जिन्दगीको चट्टरो आई लाग्छ सबै माथि!

फलोस् फुलोस् (कपाल बाहेक), उन्नति होस् (दुर्व्यबहारमा बाहेक)...happy new year!
 
Posted on 12-31-06 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !
मेरो पनि सबैलाई शुभकामना !
 
Posted on 12-31-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इ याँ हाम्रो गाममा त तोप लगाउन थालिसके। एकपटक त माओइस् आए भनेर झसंङ्ग नि पारे, तर के को डर । रौसी त हाम्ले नि खाछम आज मरुन्जेल, लर्न नै आउँछन् भने लरिदिम्ला। जय होस् सबैको
 
Posted on 12-31-06 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है, मेरो नि शुभकामना सबैलाई!

जाँडलाई मत्ताउनु, तर जाँडले नमात्तिनु
भुँडी ६ ईन्ची नघटुन्जेल नाच्नु, तर धाडै नभाँच्नु
भोलि त तै हो के रे, साथी
जिन्दगीको चट्टरो आई लाग्छ सबै माथि!

फलोस् फुलोस् (कपाल बाहेक), उन्नति होस् (दुर्व्यबहारमा बाहेक)...happy new year!

साभार: पूण्टे दाइ
 
Posted on 12-31-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पून्टेको नि जय होस्, राम चन्द्रेको नि जय होस्,
आजको एक डलर भोली बिहान सम्ममा सय होस्
 
Posted on 12-31-06 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रोमा न्यू यर आउन त १५ मिनेट बाँकी छ।

काउन्ट डाउन शुरू........
 
Posted on 12-31-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे गुरु , ११ मिनेट बाकी!!!!!!!!! भन्न ले युरोप तिर जस्तो छ, कहाँ हो ? हाम्रो पुरानो गाम पनि युरोप मै थियो ।
 
Posted on 12-31-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहूल दाइ,
म चैं दमौली गाम(डब्लिन) तिर हो। तपाइको पुरानो गाम हल्ला ल्याण्ड (हल्याण्ड) हैन र?

ल अब ३ मिनेट जति बाँकि छ.......
 
Posted on 12-31-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माने गुरु माने । क्या पत्ता लगाउनु भयो । अहिले चाँही बसाईं सरेर अमृका तिर आको । ल समय भयो,
नयाँ साल मालामाल होस् ।
 
Posted on 12-31-06 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बज्यो बाह्र, भयो साल २००७!!!

००:०० , ०१।०१।२००७

नयाँ वर्षको शुभकामना है सबैलाइ, म गएँ सेलिब्रेट गर्नऽऽऽऽऽऽऽ :D
 
Posted on 12-31-06 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो!

मेरो तर्फ बाट पनि सपैलाई यो अउँरेजि नयाँ बर्खको शुभकामना छ!
सपै 'तुच्च-तुच्च' पारिरा' होलान के रे। को को छौ?
 
Posted on 12-31-06 6:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ मामा, म छु। खोयाबिर्के चढाउने बेला भो?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters