[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ४५ --

[Please view other pages to see the rest of the postings. Total posts: 599]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 306169 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-03-07 11:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
          
--चौतारी -- भाग ४५ --

चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language)
Running for 514 days (as of 02-03-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 44 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
फोटो कपिराइट : नमे

 
Posted on 02-16-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्ले साथीहरु ताआआआआआआआआआआ
ए नेप्चे, थुली, यामु, ग्वाँचे र चित्रे के छ खबर ?

मास्टर्नी दिदीले पनि हिजो खूब हँसाउनु भा'रैछ। :D
पछि पाल्नुहुने गाम्लेहरूमा अग्रीम जदौ!
 
Posted on 02-16-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( तितू रिसाइहालिन के को हसाँउनु नि .....

नमस्ते अरे है सप्पैलै।
के छ नेप्चेभाइ?
हरि याहू ग्वाँचे,चित्रे र ठूलीलै पनि ठिक छ होला के रे :)
 
Posted on 02-16-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, कति को चिलिम तानियो ? हिजो जय शम्भूको जन्म दिनमा ?
अझै केही बाकी छ, तान्ने भए संपर्क गर्नु ।
 
Posted on 02-16-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्हरे इज् कुम्ले? गाउ घर मा कुम्ले बिहे गर्न नेपाल गाको च भन्ने हल्ला पो सुने। खै साचो हो नि झुत्तो बुझ्नै सकिन।
 
Posted on 02-16-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:( तितू रिसाइहालिन ***
:O ma risaaeko chhina hooooooooooooooooooooooooooooooowwwwwwwwww ...
 
Posted on 02-16-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ नम: शिवाय:।
शिवरात्रीको पावन अवसरमा शुभकामना!!!

आज त राहुलदाइ र हरिले वर्षभरि कुरेर बसेको दिन होला केरे। झ्याप होलान्।

जदौ!!! नमस्कारम्!!!!


सिको

"ममी? मेरो ममीलाई के भयो?" यो बालस्वर सुनिनु र उसका आँखा खोल्नु एकै साथ भयो। उसले आफूमाथिको सिलिङ् मा टाँगिएको बत्तीको चहक सहन नसकी आँखा एक पटक आँखा बन्द गरी। अनि नाक र घाँटीको बिचभागबाट बलपूर्वक सास बाहिर फालेर मलिनो आवाज निकाली - "अहँ"। कष्टपूर्वक फेरि आँखा खोली र कौतुहलपूर्वक आँखाका नानीहरु ठुला बनाएर टाउको घुमाउँदै वरपर हेरी। ऊ वरिपरि अग्ला अग्ला दिवारहरुको बिचमा फैलिएको एउटा लाम्चो परेको कोठाको कुनामा ढेपिएको शैय्यामा थिई - एक बिरामी जस्ती लाग्दथी। शैय्यासँग जोडिएको भित्ताको माथिल्लो भागमा घुमिरहेको भेन्टिलेटरको एक तमासको आवाज र बाहिर कोरिडरमा समय-समयमा मान्छेहरु गुन् गुन् बोलेको मधुर स्वरको बिचमा एउटा अपूर्व शान्ति थियो। त्यो शान्ति भङ्ग गर्दै बालिका र एउटा सेतो कोट लगाएको चालीस-पचास देखिने मानिस कुरा गर्दै थिए।
"तिम्रो ममीको होस गुमेको छ प्रीति!" त्यस मानिस भन्दै थियो, "तर मलाई पूर्ण विश्वास छ कि तिमी र म, अनि हाम्रो समाजको वातावरणले उनीलाई फेरि पनि पहिलेकै अवस्थामा पुर्याउन सक्नेछौं।"
"तर कसरी डाक्टर पान्डे?" प्रीतिले पत्यार नलागेको आवाजशैलीमा सोधी, "मेरो ममीको त दिमागमा नै असर परेको छ भनेको होइन?"
"हो छोरी हो! तर आजको यस युगमा असम्भव केही छैन। म आफैं दिमाग विशेषज्ञ हुँ र मलाई राम्ररी थाहा छ तिम्री ममीलाई के भएको छ।" डाक्टर पान्डेले अर्को पट्टि भित्तामा राखेको मनिटरतिर लेजर पोइन्टरले देखाउँदै भन्यो, "प्रतिभालाई चोट परेको यस भाग हो। र, त्यो भाग म सजिलैसँग मानवनिर्मित रसायन हालेर फेरिदिन सक्छु। तर यहीं तिम्रो ममीको अहिलेसम्मको जीवनी किताब झैं लेखिएर बसेका छन्, र मलाई अफसोच छ कि तिम्रो ममीले पहिलेका कुरा सम्झिन सक्दिनन्। तर जीवन भनेको बिगतको स्मृतिमा बाँच्ने हैन, आउँदो सुमधुर भविष्यको लागि बाँच्ने हो। र प्रीति, मलाई विश्वास छ तिमीले नयाँ नयाँ सपना देखाएर, जीवनको रहस्य बुझाएर प्रतिभालाई यस जीवनको सार्थकता बुझाउनेछौ।"

प्रीति मुक रही, उसले यी सबै बुझ्नु सम्भव थिएन। ऊ भावरहित अनुहारले मनिटरमा दृष्यांकित दिमाग एकोहोरो हेर्दै निकै बेर टोलाइरही। डाक्टर पान्डेले केही बोल्नु उचित ठानेन, ऊ आफू अगाडिको कम्प्यटरतिर हेर्दै नोटबुकमा केही मेमो लेख्न थाल्यो।
"ममी! ममी!! तपाईंले हाम्रो प्रमिस् कुनै पनि नसम्झिने? मलाई अर्को जन्मदिनमा मिक्की माउस भएको निलो टिसर्ट किनिदिने भनेको हैन? तर मैले मिक्की माउसको निलो टिसर्ट लाउन नपाउने भएँ।"
"निलो हैन नानू! रातो। तिमीलाई रातो सुहाउँछ।" पान्डेले प्रीतिको आँखाबाट बरर झरिरहेका आँसुका ठुला ठुला थोपा पुछिदिंदै भन्यो, "तिमीलाई मिक्की भएको रातो टिसर्ट किनिदिने। त्यो पनि तिम्रै ममीले किनिदिने। म तिम्रो ममीलाई तिमीसँग मिकीको टिसर्ट किन्ने भनेर गरेको प्रमिस् दिमागमा थपिदिउँला। जिन्दगीभरीको कहानी थप्न नसके पनि त्यति त गर्न सक्छु नि। मलाई धेरै दुख लागेको छ कि मेरै मोटरले तिमीहरुलाई धक्का दिएर यस्तो हुन पुग्यो। यो घटना मेरो जिन्दगीभरिको लागि पश्चातापको कुरा हुनेछ। र प्रायश्चित गर्नको लागि म जुनसुकै काम पनि गर्न तयार छु। त्यसैले प्रीति, मैले तिम्रो ममीको जीवनको ठुलो भाग त तोडें, तर जे जति बाँकी छ त्यसको सकेसम्म फाइदा लिनुपर्छ। र, तिमी र म मिलेर प्रतिभालाई नयाँ जीवन दिनुपर्छ।"
प्रीति केही नबोली डाक्टर पान्डेको हातमा टाउको पुरै अड्याई र मुस्काउने प्रयास गरी; मिक्कीको टिसर्ट लगाउन पाउने कल्पनाले उसलाई वास्तविकताबाट अलिकति भने पनि पर तानिदिएको थियो।

"प्रतिभा! तिमी उठ्यौ?" प्रतिभाले आफूहरुतिर हेरिरहेको देखेर डाक्टर पान्डे बोल्यो, "मलाई थाहा छ तिमी हामीलाई त के आफैंलाई पनि चिन्न सकिरहेकी छैनौ। तिम्रो नाम प्रतिभा हो। यी सानी नानी तिम्री छोरी 'प्रीति' हुन्। अनि म यस शिक्षण अस्पतालमा काम गर्छु र पढाउँछु पनि - डाक्टर पान्डे।"
प्रतिभाको होस खुलेको देखेर प्रीति दौडँदै गएर शैय्यामा चढी र उसको औंला खेलाउँदै गुनासो गर्न थाली - "ममी! तपाईंले त अब पहिलेको कुरा केही पनि सम्झन नसक्ने रे।"
प्रतिभा कुनै प्रतिकृया नजनाई ट्वाल्ल हेरिरही। डाक्टर पान्डे अगाडि उसलाई अर्थ्याउँदै गयो "प्रतिभा, तिमी आज दुर्घटनामा पर्यौ र त्यसको कारणले तिम्रो स्मरणशक्ति गुमेको छ। त्यसको लागि म दुखित छु। तर अब तिमीले आउँदा दिनहरुमा यो संसारको रीति रिवाज, नियम कानुन, रहन सहन सबै सुन्यबाट सुरु गर्नु पर्नेछ। मलाई पुरा विश्वास छ कि तिमी यस कुरामा सफल हुनेछौ। र, तिम्रो प्रथम गुरु हुनेछिन् तिम्रै छोरी। हो, प्रीतिले आजदेखि तिमीलाई कसरी खाना खाने, कसरी हिंडडुल गर्ने भनेर सिकाउने छिन् र तिमीले उसको सिको गर्नुपर्नेछ। शारीरिक रुपमा तिमीलाई केही पनि भएको छैन, त्यसैले तिमी आज नै डिस्चार्ज हुन सक्नेछौ। तिम्रो टाउकाको पछिल्लो भागमा दुईवटा धातूका लाइनहरु जोडिएका छन्। र, तिमीले ती लाईनहरु जोडेर बजारमा निस्केका सफ्ट्वेरहरु सिधै दिमागमा डाउन्लोड गर्न सक्छ्यौ र घरमै बसी ज्ञान पाउन सक्छ्यौ। तर मलाई अफसोच छ मैले चाहेर पनि तिम्रो बिगतको सम्झना फिर्ता ल्याइदिन सक्तिन।"

अस्पतालबाट हिंड्ने बेलामा पान्डेले प्रीतिको गाला थम्थम्याउँदै भन्यो "प्रीति, तिम्रा साथीहरु स्कूलमा पढ्दै खेल्दै गर्दा तिमीलाई चाहिं ठुलो मानिसको काम गर्नु परेको छ। तर त्यसको फलस्वरुप तिमीले अन्य भुराहरुभन्दा बेग्लै रमाइलो पाउनेछौ, चौबीसै घन्टा आफ्नो आमाको अगाडि बस्न पाउनु पनि सौभाग्यको कुरा हो।"
प्रीतिले स्वीकारोक्तिको भावमा मुन्टो हल्लाई।

(बाँकी भाग पछि)
 
Posted on 02-16-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! गालवको नयाँ साइन्स फिक्सन राम्रो लाग्यो। अर्को भाग पनि पढ्न पाम् चाँडै।
 
Posted on 02-16-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

wow मलाइ नि गालब्स् इम्याजिनेसन पावर सफ्ट्वेर मेरो दिमाग मा डाउनलोड् गर्न मन लाग्यो :D
nice story gaalab ..enjoyed as always!
 
Posted on 02-16-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रीति रे? म त एकछिन् त झसङ्गै भाको। एकजनाको दिमागमा चिप राखेर दिमाग कपि गरेर अर्को दिमागमा तेहि चिप् राखेर पेस्ट गर्न नि मिल्छ रे नि त, हो? एउटाले भन्थ्यो तिमि बिश्व भ्रमण गरेर आउ अनि चिप् मलै देउ अनि म नि बिश्व भ्रमण् गरेको जस्तो हुन्छ, भनेर। खै क्या हो क्या हो? के यो साँचो हो गालब?

गज्जबको छ स्टोरी चाही गालब को सोच्ने शक्तीलाई मान्नै पर्छ ल। :)
 
Posted on 02-16-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! गालवको नयाँ साइन्स फिक्सन राम्रो लाग्यो। अर्को भाग पनि पढ्न पाम् चाँडै।
 
Posted on 02-16-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कथा, गालब गुरु, आर्को भाग पनि छिट्टै आवोस है।

ह्याप्पी शिवरात्री है सप्पैलाई। ठुल्दाइ बुडा त अगिनै आएर चिलिम देखाएर हिडेचन नि त, मेरो भाग खै। बिहानै तानेको ले त छोडिसक्यो, आज त बब्बालै तान्नु परो नि हौ।

के छ तिरु, चित्रे हालखबर?

‌ॐ नम: शिवाय:
 
Posted on 02-16-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी पनि आईचन त, के छ हालखबर?
 
Posted on 02-16-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, तितौरी, सान्नानी, थुली र हरिलाई धन्यवाद छ। प्लट तयार छ तर लेख्नै अल्छी लागेर आयो त्यही भ'र आधा भाग जति मात्रै राखिदिया'। सायद भोलि आउला बाँकी भाग।

हेहेहे सान्नानीको नामसँग मेल खाएछ। मैले त होसै नगर्या। अब, सान्नानीलाई कहिल्यै प्रीति भन्या भए पो। त्यो चिपको कुरा सत्य हो। तर अफ्रिका, ब्राजिल, मलेसिया जस्ता गर्मी ठाउँमा गयो भने चैं चिप पनि तातेर चट हुन्छ, अनि दिमाग पनि यही कथाकी प्रतिभाको जस्तै हुन्छ। :)

म चैं हिट्स् एफ एम सुन्दै है!!
http://www.majjako.com/Hits-FM-Live/HitsFm-Player1.html
 
Posted on 02-16-07 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! गालवको नयाँ साइन्स फिक्सन राम्रो लाग्यो, आर्को भाग पनि छिट्टै आवोस है।
ह्याप्पी शिवरात्री है सप्पैलाई।
चित्रे, थुलनानी, सान्नानी, हरी, राहुल दाइ, तिरु सबै लाइ जदौ।
मिस दिदी, मेरो त सबै ठिक-ठाक छ। हजुर को नि??
 
Posted on 02-16-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याप्पी शिवरात्री है सप्पैलाई।
 
Posted on 02-16-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको सब सुड्डा सुड्डि, दाजू भाइ, दिदी बहिनी, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

आँच! आबो आज त ग्रेट दिन हो नि त हौ, शिबरात्रि भनेर भन्छ कि तर मो त दिनभर बबाल फिट हुन्छ, अन्त
शिबरात्रिको रात्रि त कहिले पनि देख्दैन हौ!
सबलाई एक एक स्टिक सहित शिबरात्रि को विस हाने ल?
राहुल सुड्डा बिहान देखि झ्याप भएर पशुपती मातिको चौरीमा ढलिराको.. खित्.. खित् ..खित्..
 
Posted on 02-16-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल निस् दाई सवारी भो । भरइ दिन देखि निस् दाइ को न्याश्रो लागि राथ्यो । बल्ल आउनु भो । खै फुल मालाले स्वागत गरुम । दाई हजुर लाइ आरामै .. खित्.. खित् ..खित्..
 
Posted on 02-16-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निश जिजु बिहान देखि झ्याप भएर पशुपती बाग्मति किनार मा ढलिराको.. खित्.. खित् ..खित्..
 
Posted on 02-16-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त फिरी गुडलक हरिप छ नि , चौतारीमा एक एन्ट्रि मारेको त
च्वाँक सालि र सालिको च्वाँक साथि देखेर 'जि' को ट्रिपलाई ब्यूटिको ट्रिपले रिप्लेस हान्यो नि त हौ!!:)

मेरो मस्ति छ ठुल्स आबो फुल माला हाल्फ माला जे ले स्वागत गरे पनि हुन्छ नि हौ!

आँच तित्स सालि! बागमतिको किनारमा भेना ढलेको देखे पछि उठाएर घर लगिदिन पर्दैन? साह्रो निस्ठुरि हुन थाल्यो हो हाम्रो तित्स सालि त!
के छ आजको तिम्रो प्लान? डिनर जाने हो? नाङ्गलोमा शिबरात्रि डिनर!:)
 
Posted on 02-16-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पार्टनरहरु कुम्स, भाउते, ह्यारिस, नेप्चे कता मोरेछ?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters