चौतारी! चौतारी! चौतारी! कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी सोह्रौं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुन्जायमान हुँदै, हँस्सी मजाक, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यो सोह्रौं खुड्किलासम्म पुग्न सफल भएको हो।
म बिर्खे माईल्दाईको यौटा गीत गाएर यो चौतारी शुरू गर्छु।
होइ हाSS हाSS हाSS सानोमा सानो भन्दा मा रोसीमा खोलाले बगायो गएको हिउँदमा देखेको सानी अईले पो मलाइ छक्कायो
हाम्रो त बाजे को पालामा बाजे ले भन्थ्यो हेर केटा बिहानी दिउँसोमा बाख्रामा हेर बेलुकी भैँसिको कुँडोमा हेर एककोरी बर्समा पुगिमा सक्यो अब त यस्सोमा घरबार हेर जुत्तामा हेर्दामा ठुलो हेर बुहारी हेर्दामा सानो हेर
आशा छ यो चौतारीमा हामी अझै दिल खोलेर गीत गाउन, नाँच्न, गफसफ गर्न र मित्रता गाँस्न सफल हुनेछौं।
धन्यवाद है गुरुआमा लाई, मलाई पनि स्कुल मा भर्ना गरिदिनुभएकोमा मेरो आज स्कुल को पहिलो दिन क्या मज्जा । सबै नयाँ नयाँ देख्छु खाली दादा ब्रो अनि भौते अनि सिरे लाई चिन्छु(गाम्ले) भएर क्या;) अरु सँग पनि बिस्तारै चिन्जान गर्दै गरुम्ला है । यो बोब दाई ले साच्चिको केटी को स्टिकर् टास्सिएको चस्मा लगाको हो? मेरो कपाल अलिक लामो छ तेहि भएर होला, खै तेहि पनि गाजा को सुर् मा हो कि? खै के खै के मैले त केहि पत्ता लगाउन सकिन । जे भए पनि आज म उपस्थित हुना पाउदा आफु लाई निकै भाग्यमानी ठान्छु । गुरुआमा मेरो हाजिर गरिदिनुस् ल। रोल् न् १५-मिस्टे येस् मिस्
खास्साको गित बजाए है यि गाम्ले भाइले । कस्तो गामकै झझल्को मेटायो गाठे । हो यस्तै यस्तै अरे पो चौतारिया आम्न मुन लाउच त नि । कोइ गाम्ले त पुल्टिसा छिरेर लोकन्तर अर्नि भन्चन के रे । अस्तिनै मिसले अउरेजिया गरामर पढाउदा " पुल्टिस इज अ डैटि ग्याम " भनेको पो याद आयो । अब पुल्टिस त साझाका सप्पै धागा छन के रे नि, चौतारिया आम्न नि पर्दैन । सत्तो सराप हाल्नि, धारे मुरो हाल्नि , गाला चेताचेत अर्नि काम अर्च क्या त्यो पुलटिसले । अनि फेरि समाज बस्नु पर्च निया निसाप अर्न माउबादि र लोक्नतर मुन्छेहरुले अरे जस्तै । त्यो सिरे साइदुवा नि कता हराच । खास्सा का कुरो अर्तयो के रे , सुन्ने नै भैच । दादा नि साना साना कथा हाल्थे के रे अइले त त्यो कान्तिपुर एमएफ जस्तो चूस्स गित हालेर जान्चन । भउते चाइ यसो कैले काइ मुख उदारेर आम्च अनि कता कन्ननि डाडाको लाकुरोको बुटतिर गाइ चराउन जान्च । अस्ति सन्सरबार ओ नमे भुनेर बोलाओ । तासा खाला रच कि कसो, एउछिन पख है भन्त्यो, कता गो कता । तासा उल्टा दअर खा जस्तो छ । चित्रे त मेरै मावलि खलक हुन के रे । यसो मामाका जादा भेटम भनेको कता पाखातिर काफल खान गचन । त्यो तुरतुरेको पाखा तिर जेठ मासा नि काफल पाइदो रैच के रे नि ? ल है चित्रे मलाइ पानि-अमला भए नि ल्याइदेउ । अरु दम्तरि हरुको के चाल छ कुन्नि ? मेरो त गाइपानिको खरबारिआं अएरको थाना मुनि घास पलाच , भैसि लैइनु छ , यो खडेरिमासा दुद सुक्च कि भन्नि डर छ ,तेतै लागे ।
प्रीतीजी र मिस, आर्या साढे दुई महिनाकी भई। अहिले अलि अलि मान्छे चिन्न (कम्तिमा उस्का बाउ आमा ) चिन्न थालेको हो कि जस्तो लाग्छ। हाँस्न पनि जानी अब। बोल्न खोजेझैँ गरेर अलि अलि आवाज पनि निकाल्छे। सबै कुरामा औसत भन्दा अलि छिटो हो रे (अरुले भनेको है)। म बिहान उस्को हाँसो हेरेर घरबाट निक्लन्छु र बेलुका उस्को हाँसो हेर्न घर भित्र पस्छु।
आर्या आएपछि हाम्रो जिन्दगी अझ बढी हँसिलो र उज्यालो भएको छ; एउटा सुन्दर कविता जस्तै भएको छ।
फोटोको कुरा गरीहाल्नु भयो, टाँस्दैछु। (बरु चौतारीमा बढी ब्यक्तिगत कुरा गरेजस्तो लाग्ने हो कि अरु गाम्लेहरुलाई?) पहिलो र दोश्रो फोटा लिँदा आर्या डेढ महिनाकी थिई। पहिलो फोटोमा भर्खर ब्यूँझेर जीऊ तन्काऊँदै, दोश्रोमा बाउको कान निमोठ्न खोज्दै (सबैले ठ्याक्कै बाउजस्ती भन्छन्, हो त?)। तेश्रो हालसालैको हो, फोटो अलिक अँध्यारो आएको छ। मलाई त्यो पहिलो फोटो असाध्यै मन पर्छ।
भकुन्डो त मन पर्ने हो। चौतारीबाट किक हान्दा सिधै खोलामा पुग्ने पो हो कि?
जे होस, चौतारी स्कूलको नयाँ सत्र सुरु भएछ। आफूले त भर्ना गर्नै पाएको हैन। घरको आर्थिक अवस्था राम्रो नभएकोले भर्ना फिस तिर्न सकिया छैन। लौन मिस् मलाई कुनै छात्रवृत्ति मिलाइदिएर भर्ना गर्दिनुस्। अनि रोल नम्बर पनि पाऊँ।
लौ हेर यो चौतारी म कस्को कस्को फोटो तासेको हुन कुन्नी आफु ले त चिन्नै सकिन। गौतम् ज्यो त्यो तपै र् तपै को कान्चो छोरा को फोतो हो कि क्य हो। हो भेने छोरो पानु भाको म बदै छ। खै कहिले भोज् भतैर् खोवनि।
गौतमजी!!! खुसि लाग्यो छोरीको छिटो छिटो प्रगति भैरा'को सुनेर। हो नि गौतमजी, आर्या उस्को बाउ जस्तो लाग्यो मलाई पनि तर छवि त 'मा' को पनि लुकेको होला सायद :)
आर्याले कान निमोठदि रहिछन र पो उनको बाउ चौतारीमा आउन छोडेको रे'छ:P ल भाउजूलाई फेरि पनि बधाइ छ है त जून जस्ति छोरीको जनम दिइको मा।
ए! गलाव फि:माफ गर्ने भए अन्तरवार्ताकोलागि तयार. हुनुहुन्छ त ? ल भन्नु पर्यो--- स्कूल पढदा वन कुखुरो लखेट्न गयो कि गएन? मार्साबलाई गालि गर्ने नाम राख्यो कि राखेन? वर्षायाम मा बारिमा काक्रो चोर्न गयो कि गएन? हाफछुट्टि पछि खोलामा पौडि खेल्न गयो कि गएन? गृहकार्य गर्न छोडी खोपि खेल्न गयो कि गएन?
एक एक को जवाफ दिनु पर्छ है । मैले सोचेको जस्तो जवाफ आएमा फि: माफ:D :D :D
'आर्या आएपछि हाम्रो जिन्दगी अझ बढी हँसिलो र उज्यालो भएको छ; एउटा सुन्दर कविता जस्तै भएको छ। '---- आफ्नो मुटु आफु सामू देख्दा सबैलाई त्यस्तैलाग्ने रहेछ ( अघि लेखेको सेलेक्ट गर्न बिर्सेछु के अनि अहिले राखिदिएको)
दादा "मेरो नक्कल गरी मास्टरनी नानीले भनेर " रिसाए जस्तो छ? मलाई मास्टरी जागिर बाट हटाउने हो कि भनेर डर पो लाग्यो।
मास्टर्नी दिदी, ठूल्नानीले त आँप मीठ्ठो लाग्ने भएर पो आँपमा भोट राख्न लागेकी नि, कहाँ पोलिटिस् गर्न ला' हो र? आफूलाई मन पर्या फल खान पाम्ने त बाल अधिकार नै होइन र भन्या? ठूल्नानीले मलाई भोट हालिन् भने म चैं नोट हालेर उनलाई आँप खुवाउँछु नि। :)
पोलटिस नभएर आँप खान लाई भोट दिएको भए त ठिकै छ नि । ठुल्नानी चित्रे तिमीलाई आँप किनेर दिने रे । तिमी चित्रेलाई जत्ति नि भोट दिन पाउछौ अब । मेरो नि भोट आँप मै गयो । मैले त १२ पटक दिए है चित्रे भाइ । अब एक दर्जन आँप किनेर पठाइदेऊ :D :D
रोल न २२ हाजिर भए मिस् लौ चित्रे दाइ को आप चिन्ह मा मेरो पुनी भोट गयो है त ल ,बरु आप खान चै कैले पाइने हो ,चित्रे दाई मलाई फोटु को आप होईन साचैको आप पठाइ दिनुस् है ल ।म २४ वटा भोट दिउला त्यो हिसाब ले दुई दर्जन आप मेरो भाग मा पर्छ ह नि ।अनी मिस् धन्याबाद मेरो नाम चेन (Change) गर्दिनु भे को मा। बरु मिस् दिन् दिनै किलास् लिन आउनु परो भना इस्कुले भर्ना मात्र गर्ने अनि मिस् चै न आउने। अनि पिर्ति फिलिम् हेर्ने बानि लागेर हो क्याहो इस्कुल् धेरै भाग्न थालेको? मिस् ले कार्बाहि गर्नु पर्ने भो है।फिलिम् को कथा सुनेर घुस् खान भएन। :-)
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Deepak Bhatta could help bring down the three stooges
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.