[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एक्लोपन

[Please view other pages to see the rest of the postings. Total posts: 73]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 52006 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 12-21-07 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हरे आज पनि सातै बजेछ,  अध्यारै भैसकेछ"--थकित स्वोरमा आफैलाई समय को ज्ञान दिदै घरको ढोका खोले। झ्याल ढोका दिनभर बन्द भएर गुम्सियको घर, बत्ती बाल्दै भित्र छिरेँ र सिद्दै आफ्नु सुत्ने कोठातिर लागेँ। बिहान उठ्ने बित्तिकै काममा हिडेको ओछ्यान् पनि जस्ताको त्यस्तै दिक्क मान्दै पहिले ओछ्यान् नै मिलाएँ। "फेरि खाना बनायो, खायो, सुत्यो अनि बिहन त्यहि काममा दौड्यो, क्या गधा को जस्तो जिन्दगी बाँच्याछ" --आफै सँग गन्थन गर्न थालेँ सायद धेरैनै थाकेको भएर होला। पढाइ सिद्दिने बित्तिकै भनेको जस्तो काम पाएँ, काम ले गर्दा सर्नु पर्यो, आफ्नु मिल्ने साथिहरु आ-आफ्ना कर्मको खोजि मा निस्के, हत्तपत्त कोहि नचिनेको राख्न पनि मन लागेन त्यसैले आफु एक्लै बस्थे र बिस्तारै त्यो एक्लोपन नै प्रिय हुन थालिसक्याथ्यो।
केहि खानु पर्यो भनेर फ्रीज खोलेको मात्रै के थिएँ, फोन आयो, आमा को रैछ नेपाल बाट। म अचम्म परेँ, त्यो समयमा त्यसरि आउदा डर पनि लाग्यो, मेरो पहिलो प्रश्न नै थ्यो--"घरमा सबैलाइ सन्चै छ?", आमाले सकुसल छौं भन्ने आश्वाशन दिनु भो  अनि कुरा गर्ने क्रममा भनु भो--"छोरी सत्याल अन्कल र आन्टी आउन लाग्नु भएको छ अर्को हप्ता, तिमी कहाँ तिन दिन बस्नु हुन्छ",
"को सत्याल अन्कल र आन्टी, हाम्रो छिमेकि?"--मैले कुरा बुझ्ने कोसिश गरेँ,

"हो हो उहाँहरुनै, छोराको ग्र्याजुएसन छ रे"--आमाले बुझाउनु भयो,

"अनि किन बस्ने त म कहाँ"--मुख बाट झर्को पन् चुइहाल्यो,

"मैले बस्नु भनेको भएर, उहाँहरुको छोरा तिमी भन्दा चार घन्टा टाढा बस्छ रे, मैले नै दुइ चार् दिन छोरीकाँ गएर बस्नु, उस्लाइ हामी गए जत्तिनै हुन्छ भनेकि भएर हो, त्यहि पनि मान्छे घरमा आएको त राम्रै हो नि छोरी"--आमाले मैले झर्को मानेको बुझेर मलाइ सम्झाउने प्रयाश गर्नु भयो। अतिथि सत्कार को पाठ पढाउने घरमा जन्मेर पनि आज कोहि आउने भन्दा यस्तो झर्को पन, आफै झस्केँ। आमा सँग उहाँहरु आउने समय लिएर कुरा टुङाए।

मनमा अनेकौ प्रस्नहरु खेल्न थाले। जहिले आफ्नु एक सुर गरिरा बानि, फेरि कसैलाइ दिने समय पनि थिएन आफु सँग, हप्ता को मध्यमा आउन लाग्नु भएको रहिछ, दिनभरि आफु काममा हुन्छु, बिहान निस्केपछि घर फर्किदा अँध्यारो नै हुन्छ। अब दिनभरि घरमा थुनिदा कति नरमाइलो लाग्ने होला, यस्तै कुराहरुको चिन्तन मनन गर्न थालेँ। "ओहो तन्ना र सिरक धरि धुनु पर्ने छ, क्लजेट मा राखेको धेरै भयो, काठको नै गन्द आइसक्यो होला"--चिन्ता थपिदै थ्यो,

"ह्या किन आउन लागेका होलान मै कहाँ,  मैले राम्रो सँग चिनेको पनि छैन, हुन त बाबा आमाहरु सँग मिलेर बस्या हो क्या रे, आमाले नै भनेर आउन लागेका हुन्"--आफैसँग प्रस्न राख्दै फेरि थम्थमाउन थालेँ।

आउने दिन काममा पनि मन लागेन। एउटा नियमित जिन्दगि बिताइरहेको बानि, फेरि आफ्नै तालमा हिडिरहेको, के के कुराहरु सोध्ने होला, कति नाटिकुटि चाहिने होला, सबै कुराहरु सम्झेर टाउको त्यहि दुईटुक्रा पो हुने हो कि जस्तो भो। सन्चो नभएको बाहना बनाएर छिट्टै निस्के कामबाट। घर गएँ खाना पकाएँ, अलि अलि घर सफा गरेँ अनि लिन गएँ बिमान्स्थलमा। उहाँहरु भनेको समय मा नै आइपुग्नु भो र मलाइ देख्ने बित्तिकै एक प्रकार को हर्ष र आनन्दको मिश्रित अनुहार् लगाउदै भन्नु भो--"छोरी तिमी त समयमा नै आइपुगिछौ, हामीले त एक्छिन् कुर्नु पर्छ होला भन्ने सोचिरा", " होइन आन्टी म काम बाट छिट्टो नै निस्केकि थेँ आज" --आन्टी को अनुहारमा हेर्दै भनेँ।

घर पुग्यौँ,  उहाँहरु थाकेर आउनु भएको थ्यो, मैले टेबलमा खानाहरु तयार बनाएर राखेकि थेँ, समयको अभाब ले गर्दा धेरै केहि थेन तर पनि दुबैले अचम्म मानेर भन्नु भो--" छोरी कति धेरै पकाएकि किन यती दु:ख गर्नु पर्थ्यो र?", "आन्टी आज मैले त्यस्तो धेरै केही बनाइन, हतार मा बनाएको कस्तो पो भयो"--खाना तिर् हेर्दै भने। उहाँहरुले खुब तारिफ गरेर खानु भयो, खाना को मिठास भन्दा पनि मेरो परिश्रमको ताली बजाउनु भयो। मनमनै सोचेँ आज सम्म कतिलाई घरमा ख्वाएँ होला, कती चोटि आफ्नु घरमा भेला हुँदा पकाएँहोला तर यती खुशीका साथ मेरो स्वागत कस्ले नै आप्नाएका थे होलान्  र?  खाउन्जेल हास्यो, भए नभएका कुरा गर्यो, जो अगाडि छैन त्यस्को खेदो खन्यो, अनी आ-आफ्ना घर तिर लाग्यो, यही नै थ्यो यहाँ को जिन्दगी।  खानपान को काम सिद्दिएपछि आन्टी र अन्कललाइ मैले सुत्ने बस्दोबस्त गरिदिएँ र आफ्नु पनि बिहन छिटो उठ्नु पर्छ काम जान भनेर सुत्ने तर्खर्मा लागेँ।

भोली पल्ट बिहान सधैं झैँ कामा जाने तयारीमा कोठाबाट बाहिर निस्के, हेर्छु त आन्टीले पहिले नै चिया बनाएर मलाई कुरिरनु भएको रहिछ। "लौ आन्टी किन यती छिटो उठ्नु भएको, चिया बनाउनै पर्दैन थ्यो म काममा नै कफी पिउथे"--अचम्म मान्दै भने, "हैन छोरी हाम्रो छिटो नै उठ्ने बानि छ फेरी तिमी गैहाल्नु पर्छ भनेर पहिले चिया नै बनाएँ, अरु के खान्थ्यौ थाहा भएन" -- अनुहारमा केही दु:ख मनाउ नदेखाएर आन्टी ले भन्नु भयो। चिया मग मा खनाएर आन्टिलाई मिल्यो भने बेलुकी चाँडै आउछु भन्ने आश्वासन दिदै घर बाट निस्केँ। बाटो भरि नै उहाँहरुलाइ नै सम्झिरहेँ। अब के गरेर बस्नुहुन्छ होला दिनभरि भनेर माया पनि लाग्यो। काममा पुगेँ, उहि पेलान, हेर्दाहेर्दै छ नै बजेछ। घर फर्के, ढोका खोल्दा त उज्यालो घर, कोठा मिलाएर चिटिक्क पारेको, खानाहरु पकाएर डाइनिङ् टेबलमा राखेको, अचम्म परेँ, आफ्नु घर नै होइन जस्तो। "आन्टी हजुरहरुलाइ नरमाइलो भो होला है आज? म छिटो निस्किन पनि मिलेन"--अप्ठ्यारो मान्दै आन्टीको मुखमा हेर्दै भने। " होइन छोरी हामी बुढा बुढी त्यतिक्कै गफ गरेर बस्यौँ, फिलिम रहिछ त्यो हेर्यौ, रमाइलो भैहाल्योनि"--सायद मैले आप्ठ्यारो मानेको आन्टीले थाहा पाउनु भयो होला। लुगा फेरेर आउछु भनेर आफ्नु कोठामा गएँ, ओछ्यान् मिलाएर राखेको, अलिकति ज्याल खोलिदिएको जस्ले गर्दा कोठामा सुस्तरि चियो हावा छिरेको, बर्षौ पछि आमाले आफ्नु कोठा मिलाएर राखिदिने गरेको याद आयो। थकित ज्यान आमा सम्झे।

कोठाबाट बाहिर निस्के, दुइटा सिसिमा गुलियो लप्सिको अचार देखेर थाहा पाएँ आन्टीले मेरै लागि भनेर नेपाल देखि लेराइदिनु भएको रहिछ मलाइ एक्दम् मन पर्ने भएर, कसैले मन देखि सम्झेर मेरै लागि भनेर लेराइदिएको खुशिको सिमानानै थिएन। खाना खायौँ अनि आन्टी सँग एक्छिन् कुरा गरेर बसेँ। उहाँहरुले मेरो कुराहरुको त्यस्तो खोजिनिति केहि गर्नु भएन खालि सम्झौनु भयो--"छोरी बाबाले कस्तो गर्भ गर्नु हुन्छ तिम्रो प्रगतिको, तिमी अझ पढ्दै रहिछौ आफ्नु लक्ष्य चैँ पुरा गर्नु पर्छ, मान्छेहरु कति बिचमानै बिग्रेको देखेकि छु" म उहाँको आखामा हेरिरहेँ, आमाको याद आयो अनि झर्सङ भए। मेरो उहाँहरु प्रतिको सोचाइ कति गलत रहेछ त्यो म बाहेक अरुले के नै अनुमान् लगाउन सक्थ्यो होला र? आन्टीले बाबा, आमा अनि भाईको खबर् सुनाउनु भो, म ति द्रिश्यहरुको कल्पना गरिरहेँ र आफु उहाहरुकै बिचमा भएको पाएँ। आन्टीले मलाइ सुम्सुमाउदै भन्नु भयो--"छोरी तिमीलाइ कति भ्यैनभ्यै रहिछ, आफ्नु खाना को चैँ खयाल राख्नु पर्छ है बा, शरिर भन्दा ठुलो केहि छैन"--उहाँ को शब्दहरुमा कति निस्वार्थ माया लुकेका थे, लाग्यो त्यो भावनाहरुलाइ समेटेर कतै जोगाएर राखौँ। धेरै पछि घर् परिवार सगँ बसेको अनुभब भो। यहाँ को एक्लो जिवनले आफुलाइ कति स्वर्थि बनाएको रहिछ, उहाँहरु त्यस्तो आफ्नु मानेर आउनु भएको रहिछ, मैले त्यस्लाइ बोझ माने। आफ्नु एक्लोपनमा हराउदा हराउदा आज परिवार् को मान्यता नै बिलिन भैसकेछ। कोहि घर्मा आउने भन्दा दिक्क लाग्ने भएछ आफु  बद्लिएको बल्ल थाहा पाएँ।
तेस्रो दिन काम बाट छिटो नै निस्के, उहाँहरु लाइ नजिकै सहर घुमाइदिए, एउटा देशिको होटेलमा खाना ख्वाएँ अनि घर फर्क्यौ। थाकेर चुर् भएका थियौ, फेरि बिहान उहाँहरुको छोरा लिन आउने त्यसैले सुत्ने तर्खर् भैहाल्यो।

भोलि पल्ट बिहान उठेँ, आन्टीको हात को चिया खाएँ अनि उहाँलाइ बाहिर साचो लुकाउने ठाउँ देखाइदिएँ। आन्टी आखाँ भरि आशुं गरेर भन्नु भयो--" छोरी तिमी राम्रो सँग बस, बाबा आमाको पिर नगर, हामी छदैछौनि केहि पर्यो भने गर्न, ", घरबाट निस्किदा मन् खिन्न भैरह्यो। दिनभरि नै नरमाइलो लागिरह्यो। मानमा  एउटा सन्नटा ले बास लिराथ्यो,  बर्षौ पछि बिउझे जस्तो, केहि नपुगेको जस्तो-- 

कस्तो सन्सार मा बाचिरहेको रैछु, सबै देखावोटि पाउदा पाउदा साचोँ माया नै बिर्सिसकेछु -- आफ्नु लक्ष्यको खोजिमा हिड्दा हिड्दा माया मोहको बन्दन बाट धेरै टाढा, म र केबल म मा पुरिसकेको-- न कसैको आश न कुनै त्राश--  कस्तो जिन्दागी? कसैको निस्वर्थ मायामा पनि सन्कोच--घरबाट निस्किदा कस्तो थिएँ?--दिन्भरी आफ्नु बद्लिएको भाव, देखावोटि समाज र मान्छेहरुको भिँडमा एक्लो र निरश जिन्दगीलाइ केलाइरहेँ र आफै सँग प्रश्न राखेँ--"के म मात्रै यस्तो हो? पक्कै पनि म जस्ता करोडौ छन होलान यो भिडमा हराइरहेको"--यस्तै कुराहरु सम्झे र कर्म क्षेत्रबाट निस्के--बाटा भरि आश लागिरह्यो--मेरो घर हिजोको जस्तै होस--घर जस्तो

"चाहेको जस्तो हुने भए, सोचेको जस्तो पाउने भए मान्छे किन दुखि हुन्थ्यो र?"---आफैलै थम्थमाउदै ढोका खोले--त्यहि अध्यारो घर गुम्सिएका कोठा---

Last edited: 21-Dec-07 10:40 PM

 
Posted on 12-24-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप,

टिप्पणीका लागि हृदयदेखी मुरी मुरी धन्यवाद।
हुन त यो सबैको साझा आँगन हो तर मेरो आँगन भनिदिनु भएको मा खुशी लाग्यो र मेरो आँगनमा उभिएर हजुरले आफ्नु धारणा बेक्त गर्दा मलाई अबश्य कुनै आपत्ति हुनेछैन।

दिपिका
Last edited: 24-Dec-07 09:34 AM

 
Posted on 12-25-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका, यहाँ को यो सानो छोटो मिठो कथा सुनेर साह्रै आनन्द लाग्यो। साँचैनै, अमेरिका, बेलायत, जहाँ बसेपनि, घरबाट टाढा भएपछि आफ्न्तको माया चिन्न केही समय लाग्दो रैछ।

Very well written. Keep it up


 
Posted on 12-25-07 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अंध्यारो कोठा, अंध्यारो मन, थाकेका पाइला भारी तन
जिउन् याहां साह्रै गारो हुदों रैछ  एक्लो जीबन
आफन्त को मायां, आफ्नो पन, कती प्यारो धन
महशुस गर्छु आज फेरी बिबशता टाढींदा त्यो न्यानो पन

दिपिका जी,
राम्रो स्रिजना राम्रो स्रस्टा को पढें खुब लगायर मन,


 
Posted on 12-25-07 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

timetraveller jyu,
टिप्पणीका लागि धन्यवाद। मेरो भनाइ पनि त्यही नै हो, संसार को जुनै कुनामा बसे पनि आफन्त बाट टाढा भएपछी धेरै कुरा टाढिदो रैछ ।

parikalpana jyu,

मिठो कबिता को लागि धन्यबाद। हजुर को कबिताले मेरो कथामा अरु रंग भरिदिएको छ। आशा छ हजुर को कबिताहरु अरु पनि पढ्न पाइयोस।

दिपिका


 
Posted on 12-27-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika Ji, aba arko kahile bhaneko, jhatto lekham na jhatto lekham
 
Posted on 12-28-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जसले जे भने पनि लेख्न नछाडौँ राम्रो छ! कथा भनेको भावनालाई अलिक विस्तृत रुपमा देखाउने एउटा झ्याल न हो, शब्दका खापा सिसाको जस्तो राखे पनि, आँखिझ्याल जस्तो बुट्टा भरे पनि वा मक्किएकै भए पनि बाहिरको दृष्य प्रश्ट देखिनु पर्यो, त्यत्ति हो!

उता अर्को धागोमा दिपीकाजीले मलाई के हो सोध्नु भएको रहेछ, त्यतिबेला जवाफ दिन मिलेन, माफ पाउँ। तर खाना खाएर जवाफ दिन खोज्दा लेखेको मेटिएछ!

लेख्न नछाडौँ!


 
Posted on 12-28-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


maila dai, maile hajur kata bepatta hunu bhako bhanera sodheki thiye khabar aayena ani hajur feri udan chhu ho ki bhanera metidiye, feri arka ko thread ma dar pani laagyo
Last edited: 28-Dec-07 11:56 AM

 
Posted on 12-28-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! कता बेपत्ता हुनु बा! यो कथा पढेको थिएँ अस्ति तर यताउता लागेर कमेन्ट गर्न पाएको थिइन। राम्रो जाँदैछ लेख्नुहोस अरुपनि!
 
Posted on 12-28-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई त पिर नै परेकोथ्यो माइला दाई हराउनु भो भनेर।

धन्यवाद माइला दाई ,म अरु लेख्ने प्रयास गर्छु।

 
Posted on 12-28-07 12:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिर गर्नु पर्दैन। यो साझामा आउनथाल्या नि जागिर जस्तै गोडा तिनेक बर्ष भैसक्यो। अब त हुँदा हुँदा यस्तो लाग्छ कि यसो कतै गइहालियो भने पनि साझाले समातेर ल्याएर सिधै यहिँ पछारेर "मन लाग्यो भन्दैमा साझामा नआउन पाउँछस्?" भनेर थर्काउँछ!
 
Posted on 12-28-07 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तपाईंको प्रस्तुतिकरण प्रसन्सनिय छ त्यस्मा कुनै सन्का छैन
भनिन्छ, यो संसार मा पूर्ण सन्तुष्ट कोही पनि छैन, जो पूर्ण सन्तुष्ट हुन्छ उस्लाई बाच्ने चाहना हुँदैन रे, सहि लाग्छ यो भनाइ मलाई त
लेखन यात्रा जारी रहोस्, थुप्रै थुप्रै शुभकामना यहाँ लाई


 
Posted on 12-28-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माइल दाइ अब त देखिएन भने पनि न्यास्रो पो लाग्न थालेछ

रिठ्ठे ज्यु हजुरहरुको शुभकामना पाएर नै मेरा लेख्ने प्रयाश बढेका हुन्,धन्यवाद

 
Posted on 12-28-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो नि कुरो त! म नआउँदा तपाइँलाई न्यास्रो लाग्ने तपाइँले नलेख्दा मलाई न्यास्रो लाग्ने! :)

लु अब न्यास्रो मेटाउँ है एक अर्काको!


 
Posted on 12-28-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-28-07 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ हेर बैगुनि दिपिका , क-कस्को न्यास्रो लाग्यो रे, हामी छदैछम्नि

अरु कुर चैं होइन अर्को कथा चैं कहिले आउछ त्यो भन्नु पर्यो अब

 
Posted on 12-28-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha kalejo, hamro dipika lai tyasto baiguni bhanna ta bhayena ni tyasari


 
Posted on 12-28-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


kancha, timi pani khattam rahichhau, kahile dekhi haamro Dipika bhanna thalyou huh?

 
Posted on 12-28-07 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo pheri hansaeu, maile hamro in the sense sajha ko writer dipika po bhanna khojeko ta, timi pani bro kurai nabujhi tyasto bhandine..
 
Posted on 12-28-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ए कान्छा र कलेजो,

किन यस्तो कुकुर र बिरालो झैं भ को तिमीहरु? यसरि अर्काको आँगनमा बसेर खैला र बैला गर्दा टोल छिमेक ले के भन्लान? आत्ति पनि नगरन तिमीहरु, अनि एउटा रुख चड्यो भन्दैमा अर्को धुरि चड्नु त भएन नि। ल अब तिमिहरुको झगडा येहि बन्द गरन है, मेरो अनुरोध छ तिमीहरुलाइ।

 
Posted on 12-28-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau dipika ji aba dhoori chadeko bhannuhuncha bhane dhoori nai chadeko sahi, malai ta sandhain aanganmai basna man laagthyo, yati chitai dhoori pani chadaidinu bhayo...


 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
H1B
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters