[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी ५० "स्वर्ण बिशेष" ~

[Please view other pages to see the rest of the postings. Total posts: 636]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 372852 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-27-07 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी स्वर्ण महोत्शब~





सल्क्क परेर लरक्क हिड्नको मज्जा नै अर्को हुन्छ । आलुको तक्मा त ठुलो हुन्छ लर्केर सुनको तक्मा पाउनु त कत्रो सौभाग्य ? आज सबै चौतारीबासीलाइ यहि सुनको तक्मा मिलेको छ ५०औ भागमा आएर। हुन त सधै रमाइलो नै भइराखेको छ तर स्वर्ण महोत्शब मनाउनुको मज्जा नै बेग्लै । काममा थाकेर सुस्ताउने ठाउ त यहि एउटा मात्र हो तर कैले काही कामले थला परेर कति गामले हरु देखा पर्नु भएको छैन । आशा छ यो रमाइलो बेलामा रम्न केहि गरेर भए पनि आउनुहुन्छ होला ।





चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे khabardar-खैरे gundrukkojhol-गुन्द्रुके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







((((Go chautari Go))))
((((Go chautari Go))))
((((Go chautari Go))))




Chautari (Chow-tar-ee) : (World's first and finest
internet IMPROV in Nepali language)

Running for 560 days (as of 03-08-07) since 7 Sept 2005 with more than 18,000 messages in a total of 49 editions. Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics,
workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



ल त अब सुनको चौतारीमा बसेर सितल तापम र रमाइलो गरम ।

उ को हो म को हो यो जात्रामा
पुरानो हाम्रो चिनजान तर
भेट हुन्छ अनि बिदाई पनि यात्रामा
गन्तब्य काँ हो के ठेगान छ र
आउ ओभाउ पसीना आफ्नै हो फलैंचा
आफ्नै हो चौतारी, आफ्नै हो बगैंचा
आऊ समाहित होउ
मायामा, अनि सदभावको प्यालाहरु,
थप्दैजाऊ हरेकले आ-आफ्नो भावनाहरु
निभ्नै नपाओस यो पानस
थपिरहू यस्तै नै कामना-रुपी तेल
थोपाथोपा बलिरहोस
अनन्तसम्म अक्षुण्ण 'दिप' भएर
हाम्रो चौतारी'!

 
Posted on 04-06-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुईना?????????????????????????????????

ए रात्तै!!!!!!!!!! मेरो चस्माको पावर बढेको हो कि घटेको हो? नारायाण परभु! आज त लोट्टो नकिनि भएन! लोट्टो पर्ने नै साईत छ जस्तो छ, गाँठे! :D
 
Posted on 04-06-07 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा छिट्टै वीकेण्ड लागे छ जस्तो मानेछु । रुइना बुइनी हो दिजै पाल्नु भएको रहेछ, तारेमाम है । मिस्, सन्नानी, तिरु त गयाब भएको जस्तो लागो। ठुली पनि एकै छिन् अघि देखेको थिएं, कता लागो कुन्नि? राम् चन्द्रे पनि भोलि क्रीक्रेट् को छाता समात्नु छ भनेर ओभर् ट्याम् मा जस्तो छ। झिल्के, ह्यारि, सब् बेपत्ता। निशे ब्रो एक् चिलिम् तानेर डिङ्गो बजाउंदै टाप। पूण्टे दा,एकै छिन् टल्केर जानु भो। बिचरा राहुले एक्लै सुक्क सुक्क।
 
Posted on 04-06-07 6:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है राहुलदाइ, र आउन लागेका सबै गाम्लेहरुलाई । चनेको बाल्याकालको सम्झनाले कता कता मन खेलिरहेको बेलाआँ राहुलदाइको "देर आए दुरुस्त आए" लेखाइले यस्तो कडासँग मन छोयो कि अब त म ब्यान्डएड कता छ भनेर खोजिपोराको छु । धन्यवाद छ तपाईँलाई आफ्ना मनका भावहरु यस्तो पोख्त रुपमा पस्किन सक्नुभएको मा । बाइदवे तपाईँ कुन ताम्राकार पर्नु भो, तपाईँका पालाका सुशील र सुरेन्द्र दुइटै उस्तै विद्वान मानेको हुँ मैले । मिल्यो कि मिलेन, लो भन्नुस् ?

मेरो त के कुरा गर्नु र आबो, अब यो जात्रा लागिराको बेलामा एउटो पानी जहाजको टिकस सित्तैमा मिलेको थियो, त्यहि हो धनी मुलुकमा गरिब जनताले गर्ने जस्तै ड्यूटीफोकटमा गएर टन्न रौसी धोकेर आइयो । उता समुन्द्रपारी देशमा कृष्ण दाइकहाँ गएर बिहान बिहानै मासु भातपनि लडाइयो । अति मिलनसार मान्छे कृष्णदाइ र भाउजु, कुनै दिन फुर्सदमा वहाँहरुको बारेमा लेखुँला ।

अनि खोइ त हो गाउँले हो , कता हो ?
 
Posted on 04-06-07 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै हो, रामे! सुकरबार ला'गो, धोबिनीको भट्टीआँ घुट्काम्दै छु! कोदोको तीन पानी, बढा मज्जाको र'च! मरिजाम्!
 
Posted on 04-06-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो जो छन् सबलाई नमस्कार् टक्राएं मैले। के गर्नु शुक्रवार लागिगो, अब शनिश्चरवार् र आइतवार् मा त चौतारीमा भुतको बास् हुन्छ। आफुलाई यस्सो भला-कुसारी गर्न मन लाग्या बेला कोई हुने नै हैनन्। हैन कहां मात्र हिडंछन् हो सपै विकेन्ड मा? कोई कोई त भट्टिमा जम्न थालेछन् क्या र। ल ल मनाम् गज्जबले विकेन्ड्।

आफ्नो नि विकेन्ड्को तयारी गर्न तिर लाग्नु पर्यो अब त।
 
Posted on 04-06-07 7:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरी नानी! भट्टीबाटै भएनि चिच्याम्दै भलाखुसारी अरम्ला नि! कताऽट बाटो बिरायौ आज?
 
Posted on 04-06-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कांबाट बाटो बिराउनि नि। म त सधैं एतै कतै हुन्छु। आफ्नो गाम्को चौतारी छोडेर जान सके त मरिजाम्। "जीना एहां मर्ना एंहा, इस्के सीवा जाना कहां"

अब भट्टि कत पर्यो नि त्यो, चौतारीमा चियाउन मिल्ने। कतै कसैले चौतारी वरिपरी त भट्टिको पसल् खोलेनन?
 
Posted on 04-06-07 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै पाई परेको ठाम रोजेर खोलेकी छिन् मेरी धोबिनीले भट्टी! चौतारीआँ चियो अर्न मिल्ने अरि त नि!

अनि, छोरी नानी तो पल्ला धरे बलराँको माईलो छोरो लाहुरेसंग निकै दोस्ती गाँसेको जस्तो मानिचु। देसी भाषा बोल्ने भईछे।

अनि यति झमक्क परि सको, चुलो बाल्नि बेला भएन र?
 
Posted on 04-06-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो तपाइंको धोबिनिले त बित्यासै पारेर मरेछन् नि। अब बर्बाद् हुने भो चौतारीका सब् गाम्लेहरु। चिलिम् लागेर बल्ल् अलि के ठिक भा थ्यो अब फेरि तीन-पानी सुरु, हे भगवान्।

लौ कस्तो कुरा गर्नुभा, बिहेवारि सकी घर्-जम् गरेकै धेरै भो, अब कहा को सङ दोस्ती गांस्नु?
बरु तपाइंले नै त्यो कुरोलाई उल्था गरिदिनु पर्यो। "जीना एहां मर्ना एंहा, इस्के सीवा जाना कहां" लाई आफ्नै भाषामा कसरी लेख्ने?

अब के चुल्हो बलाइ भो र? सब् लाई विकेन्ड लाग्ने, म चैं सौतेनी आमा को छोरी? :P
 
Posted on 04-06-07 8:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झन् आफ्नै ठानेर पो चुलो बालेर ज्ञानी भई बस भनेको नि। विकेन्ड ला'र मात्तेर हिंड त परायका पात्तेकीहुरलाई पो भन्दा हुम्!

हुन त हाम्पुनि जवानीआँ लाहुरे थिम् के रे। ईस्ट ईन्डिया कम्पनीआँ सुबेदार। थोरा थोरा देसी भाडा त सिकेको थिम्।

"जीना एहां मर्ना एंहा, इस्के सीवा जाना कहां" भुनेको, मेरो ख्याल से...

"जिना भुन्ने तरुणीले मा्रन लायो यहाँ, ईस्क मारुम्, जरा फिरि सिवा भन्निले कता जाम् भन्छ" भुनेको जस्तो लाउँच। खैर, पिन्सिन पका'र गाम फर्केको ना'धो गोटा एक बिस, क्या नाम, भाषा भुल गएको नि हुन सक्छ।

मेरी धोबिनीलाई सराप्नि होईन है! दिन भरि खेताँ जोत्तिएर लखतरान भ'का गाम्लेहुरलाई तीन पानिले सेवा पराई रा छे, नत्र त भोलि पल्ट को खेत जालान् र भोलि साँझ क्यारी चुलो बाल्लाऊ, गाँठे?
 
Posted on 04-06-07 8:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो रमाइलो भइराखेको रइच , मैल त गफ मात्रै पढेर भ्याए । अब सप्ताह अन्त कथा पढ्ने बिचार छ । ल है यि सप्पै कथा कबिता बल्खु गाममा पनि टासम, सधै रहि रखुन यो अमु्ल्य सिर्जनाहरु ।
 
Posted on 04-06-07 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर अर्थको अनर्थ लगाउन सकेको। त्यती राम्रो कुरोलाई के गर्नुभो के, त्येही नि बुझ्या भा के र। उहिले लाहुरे हुदां त्यहि धोबिनिको पछि पछि लाग्या थ्यो र पो, कांट सिक्न् पाउने नि देसी भाषा राम्रो संग.......... :P

हैन रात भर तीन-पानी धोकेर कुन् चैं गाम्ले भोलिपल्ट खेत जालान्? साहुले "ल अब तिमिले खेत् जोत्न पर्दैन, मैले छुट्टि दिएं" भनिदियो भनेदेखुन् चुल्हो त के एउता टुकि बाल्न नि सारै पर्ला। मलाइ त पिर पो पर्न थाल्यो।

हैन मैले भनेर त नहुने भो बा, अब हाम्रो जिम्मालबा लाई भनेर त्यो धोबिनिको भट्टिलाई के गर्नी हो ब्यवस्था मिलाउन भन्नु पर्यो।

ल ल, अब दाजु जस्तो मान्छेले ज्ञानी भै बस्नु चुल्हो बालेर भन्नुभो क्या र। विकेन्डको पिलानलाई पोका पारी दराज् भित्र थन्काइदिएं।
 
Posted on 04-06-07 9:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै त नि, छोरी, खोयेबिर्कोको सुराँ के के बोलेछम्, के के। आफैंले बुझ्या भे त्यो टृन्सलेसन, मरिजाम्!

दिन भरि जोतिएसि, साँझ पख यसो रिचार्ज अर्न घुट्काम्न पर्दैन त नि? दुई तीन बोत्तल घुटकाएसि पो भोलि पल्टलाई ताकत आम्छ त नि! क।या नाम, मर्द हुरको चलन तेस्तै हो भन्तै के रे बाजे बराजु। अब त आफैं बराजु जस्तो भईसकें।

जिम्लालेलाई भन्नि रे? भन्नि हो? आम्, आम्! यहीं भट्टी भित्रै कते कुना तिर लडिरा'होला! :p

दाजुले भुनेको मान्ने भइसि त बुईनीले भन्या नि मान्न परो के रे। लडाईं हालें के रे ३-४ बोत्तल, जान्छु अब दलईं भित्र गुटमुटिन। गुट नईट!
 
Posted on 04-06-07 9:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छ !!!!!!!!!! ????????????

अब दारु लागेपछिको स्ट्यान्डर्ड डायलग त्यहि होइन त ?
 
Posted on 04-06-07 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त छैन!!!!!!!!!!!

(डर लाग्यो)
 
Posted on 04-06-07 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि छु है, चिलिम तानेर ।
 
Posted on 04-06-07 9:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त जान ला'! मे आई?
 
Posted on 04-06-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल राहुलदाइ हजुर चिलिम तान्नुस , उता पुन्टेदाजु धोबिनीको भट्टीमा, म चाँही यहिँ घरमा बसेर बोतल जम्मा पार्दै छु । भोलि भैया आए भने बोतल र फलामका टुक्राटाक्री बेचेर नयाँ डेक्ची साट्नु पर्‍या छ
 
Posted on 04-06-07 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम त होईन, फिलिम हेरियो। "ट्रेफिक सिग्नल" मज्जाको र'च।

आधा बोतल फोरन ह्विस्की नि रित्तियो, अब घुप्लुक्क सुत्न पर्ला! भोलि त फिरि तेई हो, हिजाज २-३ दिन थलिएको, मेक अप अर्न जान छ खेत तिर!
 
Posted on 04-06-07 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर रामे, काँटि तो पुराना मीठा मिठा गीतहुर फेला पार्छौ, यसो सुत्र हाम्लाई नि दिम् न! धोबिनीलाई स्पेसल पारिदेऊ रामेलाई अर्को पाला भन्दिन्छु!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters