[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५३~~

[Please view other pages to see the rest of the postings. Total posts: 670]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
[VIEWED 244445 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 04-30-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

p align="left">~~चौतारी-५३~~



नमस्ते!
सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम



          
--चौतारी -- भाग ५३ --





 




चौतारी:


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली
ओरालीहरु पार गरेर हामी चौतारीको ५३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी
सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


''जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ''
 


**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक
पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले,
Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले,rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 







Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 52 editions.

Meet the world's finest school teacher, unbeatable
students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland
 




लौ बसुम यही चौतारीमा



 



 
Posted on 05-07-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे दाइके हो कुम्ले बिजुलि चोरेर हजुरलाइ नि दिनु हुन्च हो। तेहि भएर उस्को सपोतमा बोलेको।
आज भोलि बिर्खे दाइ र कुम्लेलाइ के भाको के भाको
दुबै जना बिजुलि चोर्ने भाको भाको
पानको पात माया तिम्लाइ सम्झन्चु
दिन्को रात

राहुल दाइ मलाइ एलर्जि भैरा च
सानानिलि अस्ति उस्को रुघा सार्देको।

अरु सबैलाइ सन्चै होला होइन
 
Posted on 05-07-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली के भएको त्यस्तो एलर्जी? के ले भएको? पोलेनग्रेन् एलर्जी हो? आराम गर, ओखति खाउ। चौतारिको डाकटर्नी साहिबा बेपत्ता? नेपाली गाउंको स्वास्थ चौकी, के बस्थिन? चाँडो बिसेख होउन्, गेट् वेल् सून् भन्छन् क्या र औरेजीमा।
 
Posted on 05-07-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा छ्छ्यु......! हा छ्छ्यु........!

कस्तो रुघा लाग्यो ।
ए ठुली के छ खबर् ?
 
Posted on 05-07-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गाम्लेहरु, ठुलाबडाहरुको जमघट भा रैच, मामा, ठुली, ठुल्दाइ, सोझो कुम्ले (फोटु हेरेरै देखियो कति सोझो भनेर :P), यामे सप्पैलाई जदौ!!

गड्याङगुडुङ पानी झर्यो, एकाबिहानै रात पर्यो -- वेदर अपडेट
 
Posted on 05-07-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई, तारेमाम!
कुम्ले, के छ ?
यामे, सन्चै होलाउ के रे?
ठुलि, उम्..हिहि...मुसुक्क...के छ त? :)

सबै आज नआएका गाम्लेलाई जदौ!
 
Posted on 05-07-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जो नि आएछ!
भान्जालाई नमस्कार!
 
Posted on 05-07-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

शुभ प्रभात!

के हुँदैछ?

यामे र ठूली, गेट वेल सून्।

अरू सबैमा जदौ!
 
Posted on 05-07-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमल्वा, अर्को हुलाकि को गाममा दरो मुक्का बजारे छौ। ठिक गर्‍यौ। तै पनि त्यस्ताहरुको मुख न लाग्नु बेश, हुलाकी न ठहर्‍यो, राम्रो न राम्रो समझ भएको थोरै न हो, नत्र अफिसर हुन्थ्यो। ७ फेल भएर त हुलाकी भए। त्यस्ताले अन्त सन्त भन्यो भनेर चित्त न दुखा बाबै। पित्त फाटे पो ओखति छ, चित्त फाटे ओखतिले छुंदैन।
 
Posted on 05-07-07 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! जिम्माल बा, के हो? उल्टो हान्दिने? ल ल हान्नुस्, हाम्रो नि पालो आउँछ नि। हे हे हे!!

राहुलदाई यु आर सो स्वीट!! :-)

ठुली: अस्ति नै मैले जिम्माल बालाई एक सिसी बिजुली पानी दिएको थिएँ, तिमीलाई चाँहि कुम्लेले जिम्माल बालाई साच्चिकै बिजुली चोरेर दिएछ जस्तो लग्यो हो? म जस्तै सोझी रहेछौ तिमीपनि। ... गेट वेल सून्। :-)

हरितालिके: फोटोमा त आजपनि झन्डै झन्डै तितौरीले भनेजस्तै "क्वेसन मार्क (?)" इस्टाइलमा छु नि। अनि कसरी सोझो देखिन्छ त? लोल!!

नमस्ते यामे र चित्रे!!

पछि आउनुहुने सबैलाई फिर से सलुट!!
 
Posted on 05-07-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तारेमाम्, मन्तयक ला?
छु दु हाल खबर्, च्या भ बि धुन ला?
 
Posted on 05-07-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले तिमी त साह्रै सोझो त्यो क्वेसन मार्क (?)जस्तो
हरि र चित्रे ले छ?
हा छ्छ्यु......! हा छ्छ्यु........!
 
Posted on 05-07-07 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा हा हा छ्छ्यु ।

अहम् अहम् !!

नमस्ते सबैलाइ ।
हिजो सम्म टन्टलापुर घाम लाग्या ठाउँमा आज गड्यङ्गुडुङ् पानि परेर कस्तो बोर । त्यो कुम्लुवाले बिजुलि पानि यता पनि पठाउने बन्दोबस्त गरे हुने नि ?
 
Posted on 05-07-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ, तारेमाम्! जिगु हालखबर ठिक जु, च्या तोने धुन। छिगु हालखबर छु दु? च्या भवियादिगु ख:ला?
translation:-
राहुलदाइ, नमस्ते! मेरो हालखबर ठीक छ, चिया पिइसकें। तपाइको हालखबर के छ? चिया पिईसक्नु भएको हो?

कुम्ले फेरि (?) भएछ। हा हा!

जिम्माल बा, कस्तो भो त तपाइको सप्ताहन्त? :P

हरि, हाम्रोमा त राम्रो घाम लाइरा'छ। ;)
 
Posted on 05-07-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, मेरो सबै ठीक छ।
ओखती खाएर आराम गर्, निको हुन्छ।
 
Posted on 05-07-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yaamu timlaai ni rughaa laageko cha ho?
हा छ्छ्यु......! हा छ्छ्यु........!
 
Posted on 05-07-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सत्ते, सत्ते, धरो धर्म, झुटो बक्या भे मरिजाम्! रउसि पिम्न खोज्दा पानी नै भउन्, तरुणी ठानि आँखा झिम्काम्दा तन्नेरी परुन्!

त्याँसि…

चित्रेको तो हालत देखेर टिठै लाओ त नि मुलाई। “संसाराँ करोडौं तरुणीहुर छन्, चित्रे, ति ठुली एउटीलाई पात्तेको जिम्मालेले मुई खाम भन्दैमा क्यार्न मर्न खोज्नि हो र? तै नि कुरोको निधो ला’छैन के रे, म जाँदै छु ठुली काँ, अन्खेरुन गाँठी कुरो के रच था’ पाम्लाम नि! खुट्टा दरो हुन्जेल जुत्ता जति नि पाईन्च के रे, किन पिर मान्छौ?”, भुनेर सम्झाम्न खोजें।

“पुन्टे दाजी, खुट्टा भ’र मत्र क्यार्नु? आफूले चाहेको जस्तो जुत्ता काँर भनेको बेलाँ पाईन्च र? मुईले चाहेको जुत्ता त ठुलीको गाला जस्तै राता राता रंगको, तो जुत्ताको झट्टारो खाँदा नि ठुली कै हात गालाँ चड्के जस्तै भान हुनि, ला’र हिँड्दा नि ठुलीले गोडा मिचै जस्तै अनभव हुनि, फुलाकेर राख्दा फीरि कैले लाम् कैले लाम् भर हुरुक्कै पार्नि…तेस्तै जुत्ता, बाटा होस् कि बाँसबारी…हो के रे! तै नि चिन्ता लिनु पर्दैन, पुन्टे दाजी, मु त भिराऽट हाम फाल्न ला’को होईन के रे, आर्को सालको ओलउपिसाँ भाग लिन लाई डैबिङ् परकटिउस अर्न ला’को मत्र हो” भन्छ, कठै!

तो के जाति ओलउपिस, सोलउपिस, परकटिउस फिरकटिउस के हो बुझे बिद्दै नष्ट! तै नि, “मर्न नखोज्या भे क्यार्न बर्खां सेती उर्ल्या झैं अरि आँसु बगाम्छौ त नि?” भनेको, “ए! हावाले हानेर आयो जस्तो छ के रे” भन्देै हत्त न पत्त पुछे।

जे होस, ठुली काँ ग’र रउसिको रउसि, पानीको पानी पार्छु, तेतिन्जेल तो के जाति डैबिङ् सैबिङ् नअरेर थपक्कै य्हैं बसि राख, म आई हाल्छु भुनेर कुदे ठुलीको घर तिर।

म पुगेको आवाज सुनेछिन् के रे भित्रैआट, अनि, “बिर्खु?” भन्दै रमाउँदै हुत्तेर आई आगनैं। भो त अब? “बिर्खु”???? अरु बेलाँ त औधी मुया लाम्नि बुईनी हुन् के रे, अब त हो न हो जिम्मालेसंग केई चले जस्तो छ लाएर झोंक चल्यो। “अँ! बिर्खु? तेरो बिर्खु न सिर्खु। म त परें तरो बिर्खु सैतानको सेखी झार्नि यमु! लु, भन्, के हो कुरो? आफू भन्दा चार गुना जेठो बुढो पात्त्यो भन्दैमा आफू नि बौलाउन हुन्छ? वैंश चढ्यो? भन्या भे जेनतेनले जे जति भ्याम्छम्, जुरा’र डोली मै हालेर अन्माम्थिम् नि! के खान गामघर घरि आफ्ना सन्तानलाई जिम्मालनि बजैको स्रापले मुखै देखाउन नहुने अरि उई पातकी संग पोईला जान परो तँलाई?” भुनेर रिसको झोकाँ राक्षसै चड्या’ झैं अरि झपारें।

क्वाँ क्वाँ रुन थाली ठुली। “हे, दैव! आफ्ने दाजुले नि यस्ता पाप सोंच्न थाले, बाबै! किन काल नआ’को हो मुलाई यै बेलाँ! दाजुको मुखाऽट यस्तै सुन्न बचाउने भगवानै दुढ्ट भएसि के लाग्छ मेरो? भओ! अब मुलाई बाँच्न छैन!” भुनेर डाँको छोड्दै खुकुरी तेर्साउँदै, “बरु मलाई काट्देऊ, पुन्टे दाई!” भनेर रानाको मचाई।

बुईनि न परि, रिसको झोकाँ गाली अरे नि मुया ला’र आयो फिरि। क्यार्नु, क्यारनु, भो। बुईनीलाई काट भन्नि आग्रह मत्र आम्नु नि पूर्व जुनिआँ घोर पाप अरे कै हुन पर्च मुईले जस्तो लाओ।

“भो, भो, ठुली, नरो नरो। गाम भरि के के हल्ला सुनेथिम् के रे, अन्खेरुन् रिसको झोकाँ बोक्सो बोले हो त्यो, म होईन, बरु भन लौ कुरो के हो? किन गाम भरि नचाईने हल्ला फैलियो?”।

“खास के होईन, पुन्टे दाई। बिर्खे मात्तिन्छ कैले काईं, अनि दोहोरी खेल्दा खेल्दै मुलाई मुई खाने भन्दिए। तो कुरोको तील को पहाड बनाम्ने को र’छ, चिनेर बरु ते्लाई ठट्याउनुस, दाई” भनेर आणसु पुछ्न थाली।

“अनि, के हो त ‘बिर्खु’ को कथा चईं?”

अब, तपाईं कै बैनी परें, दाई। कैले काईं जिस्कन, जिस्काम्न रहर लाउछ। अनि हिजो तो दोहोरीआँ निकै रमईलो भ’थो के रे, तेसैले मेरो पाल नि जिस्कार बिर्खु बिर्खु भन्देथें। मेरो पछेउरी तेईं छुटे थो र उनैले ल्याईदिन्छु अइले भनेथे, तेसैले उनै आ’होलान् भुनेर फिरि जिस्काम्दै ‘बिर्खु’ भन्देको मत्रै। पोईलै जानु छ भुने तो छिप्पेका संग जान्छम् र हामी? हाम्रो नि ईस्टेन्डड् त छ नि! हाँरो आँखा फुट्या’ छ र तेस्ता पाकासंग लईन मार्नलाई? कठै, जिम्माल्नि बजैको नि कस्तो मुया लाउँछ।“

कुरो त केई होईन्च आखिरि। अब चित्रेलाई नि भन्नु परो, मास्टर्नी नानी र तिरु को दुर्गे पुजा नि भङ्ग अर्नु परो, जिम्माल्नी बजैलाई नि सम्झाम्न परो भुनेर ठुलीको हाते चियामा बेलाउती चोपेर खाईम् र हिँडिम् त्याँट।

भिर निर पुग्छु त, चित्रे छैन!!!!!!! भिराऽट मुन्तिर हेरिम्, एक सुरले बगेको सेती मत्र देख्छु! चिट चिट पसिनै आओ मेरो चिल्लो खप्पराँ। आङ् सिरिङ्ग भो, ज्यान जिरिङ्ग भो। कुलेलाम् ठोकेर दुर्गेसोरीको थानतिर लागें। ढोके बन्द! हन, के हुन लाओ? “जिम्दै नर्क त पुगिनम् आफू?” जस्तो नि लाओ। फिरि हुत्तेर जिम्मालेको घर गईम् वरि परि, भित्र बाहिर, जिम्माल्नी बजे छैनन्, न जिम्माले नै देखा परो! सपनाँ उजाड नर्कै पुरायो कि के हो मुलाई भनेर आँखा मिचिम्, गाम त तेई हो।

चोतारीआँ जाम के रे, राहुलदाई त होलान् नि चिलिम् तान्दै भुनेर ग’को, बल्ल बडेमानको सास फेरियो। सबै तेईं। भेला भ’र मास्टर्नी नानीले चैं कुरो के हो सुतीको सुती, सिफनको सिफन पार्न खोज्दै रैछे। लोउने मुन्छे जति एकातिर, अईमईहुर हर्कातिर बसेर अईमईहुरले केर्दै र’चन्। जिम्माले, चने, कुम्ले, र हरिलाई। राहुलदाई र चित्रे चईं साईडाँ बसेर तमासा हेर्दै र’चन।

मेरो पाल नि बोल्दिएँ।

“खेल ठट्टा हामी नि अर्छम्, रउसि हामी नि पिम्छम्, दोहोरी सोहोरी खेल्दा हामी नि मात्तिम्छम्। जिम्माले र मेरो त रगत के साईनो जस्तो हो, उ ज्सतो उरन्ठेउला, म नि उस्तै, तर मेरै बुईनीलाई ताकेर जिस्क्याम्न पर्छ त?”

जिम्माले भन्छ, “जिस्क्याम्ने अरुकै बुईनीलाई त हो नि, पुन्टे बुढा, आफ्नै बुईनीलाई नि कसैले जिम्क्याम्छ त? अब, यसपालाँ तिम्रै बुईनी परिछन् त, क्यार्नु हाम्ले? तिम्रो पो बुईनी, हाँरो त होईन नि!” रे!

चने र हरि खित खित हाँस्छ। चाला निको छैन तिनेरुको नि। कुम्ले चईं भर्खे‍रै भित्र्या’को जोईले था पाउली र उनको के हुने हो भुनेर होला, सातो गा’ झैं अरि टोल्लाई रा’थे।

जे होस्, ठट्टै त र’च। रमईलो त अर्ने परो, तर अब देखुन्, यो दाईको कन्चेटाँ नभा’को कपाल उम्रने अरि टेन्सन सेन्सन नदिनु, चित्रेले झन्डै आफ्नै ज्यान ले’का, मास्टर्नी नानी, तिरु र दुर्गेसोरी माता को समय बर्बाद, राहुलदाई तेन्सन ले’र यसै त चिलिमे, झन् चिलिमे डुबेर खुस्केका, बिचार चईं अर्न परो भुनेर कुरो ठीक पार्दै थेम्, काँर डाउटर्नी नानी सहराँऽट छुट्टि मिला’र गाम पस्दै ठ्याकके आईपुगि। सबै कुरो बुझि, अनि जिम्मालेको नाडी छामेर तो के जाती कानाँ के हालेर पाईप जस्तोले जोडेका खै के हो ले उनको छातीआँ राखेर सुनि।

त्याँसि डाउटर्नी नानी भन्छिन्, “अरु के होईन, जिम्माल बा लाई लभेरिया भन्ने रोग ला’ छ। सायद उनका दम्तरीहुर भउते र कुम्लेले हालसालै बिहे अरेकाले होलान्, ईर्ष्याले जलेर उनको मन उकुस मुकुस भा’ छ। जिम्मालनी बजै हुँदा हुँदै नि ईर्ष्या खप्न नसकेर बेला बखताँ आफ्ना मनका तिर्सना पोख्ने रहर जागेर आम्छ। बरु, जिम्माल्नी बजैलाई सौतेनी राख्दा केई फरक नपर्नि भए, यई गामको त मिल्दैन, अर्के गामऽट कोई खोजेर जिम्माल बा लाई तह लाईदिए सब ठीक हुन्छ। हेर्नुस, जिम्मालनी बजै, बेला बखताँ यस्तरी गाममा रनाको मचाम्न भन्दा, बरु जिम्माल बा लाई कान्छी भित्र्याउन दिए, तपाईंलाई नि सजिलो घरको काम सम्हाल्न, बुढेसकालाँ एउटी साथी नि हुने…”

ओ हो! डाउटरनी नानी त गजब कि लाग्यो!

“लौ, लौ, अरु कुरा तेस्तेई हो के रे, डाउटरनी नानी, कुरो सब ठीक भै हाल्यो, बरु तो के जाती कानाँ झुन्डा’र मेरो नि छाती सुनम्, मेरो नि नारी छामम् त! अलि अलि मुटु पोले पोलेऽऽऽ जस्तो भओ मुलाई नि!” भनेर म नि तम्सिएं।
 
Posted on 05-07-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमबारे जदौ यो बिर्खे माइलाको!!

हन हाम्रो सोझो कुम्ले ब्रो लाइ बित्थामा बिजुलि चोर भनेर दोस लाउदो रछ यो चने त
त्यो फोटा त कोम्ले ब्रोले नाङ्गो खुट्टा, नाङ्गो हातले तेस्तो high- voltage लाइन भको लट्ठामा चढ्दा पनि मलाइ केहि हुदैन हेर भनेर देखाउन पो खोजेका हुन् त !
 
Posted on 05-07-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>“पुन्टे दाजी, खुट्टा भ’र मत्र क्यार्नु? आफूले चाहेको जस्तो जुत्ता काँर भनेको बेलाँ पाईन्च र? मुईले चाहेको जुत्ता त ठुलीको गाला जस्तै राता राता रंगको, तो जुत्ताको झट्टारो खाँदा नि ठुली कै हात गालाँ चड्के जस्तै भान हुनि, ला’र हिँड्दा नि ठुलीले गोडा मिचै जस्तै अनभव हुनि, फुलाकेर राख्दा फीरि कैले लाम् कैले लाम् भर हुरुक्कै पार्नि…तेस्तै जुत्ता, बाटा होस् कि बाँसबारी…हो के रे! तै नि चिन्ता लिनु पर्दैन, पुन्टे दाजी, मु त भिराऽट हाम फाल्न ला’को होईन के रे, आर्को सालको ओलउपिसाँ भाग लिन लाई डैबिङ् परकटिउस अर्न ला’को मत्र हो” भन्छ, कठै! <<<<

हा हा हा हा! पून्टेदाइलाइ नि कति हँसाउन आएको हो? :D :D ROTFL!

यो लाइन नि classic छ:-
>>> “लौ, लौ, अरु कुरा तेस्तेई हो के रे, डाउटरनी नानी, कुरो सब ठीक भै हाल्यो, बरु तो के जाती कानाँ झुन्डा’र मेरो नि छाती सुनम्, मेरो नि नारी छामम् त! अलि अलि मुटु पोले पोलेऽऽऽ जस्तो भओ मुलाई नि!” भनेर म नि तम्सिएं। <<<<

हा हा हा! :D :D
 
Posted on 05-07-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oops....!!! chautarima ta ke ke bhaisakechha, kura bujhe maardinu.
haahaa haa... hilarious explanation, Poonte daai rocks!

सत्ते, सत्ते, धरो धर्म, kura bujhyaa भे मरिजाम्

mero pani सोमबारे जदौ यो बिर्खे माइलाको!!
 
Posted on 05-07-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा! पून्टेदाइलाइ नि कति हँसाउन आएको हो? :D :D ROTFL!

तारेमाम्, पूण्टे दा र दुर्गे माता।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters