[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - III

[Please view other pages to see the rest of the postings. Total posts: 306]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 215337 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 10-27-05 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि जमम चौतारिआ, गफ चुटम , रमाइलो अरम , माया लाम, पिरिम अरम है त गामले दाजु भाइ दिदि बइनि हो ?

 
Posted on 11-06-05 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो चौतारिआं कस्तो रमाइलो भइराथ्यो कता बाट भढुवाहरु आएर, के के अर्न थाले । तिमोरुलाइ त नेपालका काउरेस,कमनिस पाटि ठिक छ, तेतै तिर लाओ , यता नआइजाओ।
काउरेस, कमनिस मन नपरे राजा तिर लाए नि हुन्च , अइले त काउरेस, कमनिसलाइ पनि जिते अरे केरे । अब त जता जता गए पनि राजाकै नारा जुलुस, अनि के के जाति अटो पनि भर्चन अरे, काउरेस कमनिस मात्रै होइन अब त राजेश हमाल पनि डाउन पारे अरे राजाले ।
चारै तिर घुमेरे खोइ के के जाति किताप हो - गिनिज कितापां पनि नाम लेखाउनि अरे । तेइ भर यो हिउदतिर काला काला मुन्छे भको देशतिर घुम्न जान लाका छन अरे ।
अनि केरे राजाका छोरा चाइ खोइ कता जाने हुन कुन्नि, राम्रो कुरो केइ देख्न नै हुन्न , कता पूर्नियाको चन्द्रमा देखेरे उतै जान्चु भन्न बेर छैन, त्यात भटभटे जान्न केरे ? खोइ के मा पो चरेर जान्चन त्या त ? यो कुरो अस्तो पधेर्निहरुले अरेका हुन क्या । ति पधेर्निहरुलाइ कस्को घर मकै भुटे, कस्को घर स्वास्नि कुटे, सप्पै जान्चन क्या ।
त्यो कुरा सुनेर यसो रोटेपानि टारि तिर जान लाको, उता राजु त गित गाउदै पो रच-

खोलि को पटपटे
जान्चु लाउर ल्याइदिन्चु भटभटे
नरोउ मयालु

कता माया परेच कुन्नि यो राजुको, पपि सं त पक्कै होइन होला नत्र किन भटभटे को गित गाउथ्यो, कतै पखाराकि तरुनि त भेटेन तेस्ले ?
 
Posted on 11-06-05 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल गयो कपाल सँगै, बर्मा गयो कर्म सँगै।
हामी नेपालीको खप्पर त के ले भरिएको हुँदो हो कुन्नि, कहिले काहिँ त दिक्क लाग्छ।
 
Posted on 11-06-05 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त हो नि भउते, कुकुर जता गए नि आचि का छोड्छ र ?
 
Posted on 11-06-05 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mr Pr......,

तँ फेरि अर्को नाम लिएर आईस है ? आचि खाने जात अहिले त बियर खाने भएर आईछस त । contract मा काम गर्दा त declare नगरेर tax छल्न पनि मिलेको हुँदो हो कि? शँकै त हो ।

सबै तैँ कुकुर जस्ता jealous हुने भए त के के भई सक्थ्यो होला । मेरो तर्फ बाट त ढुक्क हो, फेरि तेरो आचि खाने थुतुनो म तिर फर्काउन आईनस भने मैले केही गर्ने छैन, कसम नै भो ल, फेरि नेपरिन थालिस भने चाहि तो अवस्था निम्त्याउने तँ नै हुनेछस । तर के कुरो याद गर भने पुल्चोक क्याम्पसको तलब खाने लिस्टले भने तँलाई छोड्लान जस्तो लाग्दैन । र तैले मेरो बारेमा बिषबमन गरेर एउटा साह्रै राम्रो काम गरिछस उनिहरुको नजरमा- तँ को होस भन्ने अब कसैलाई सङ्का रहेन ।

I think, for the time being, all I will do is wish you all the worst.

Keep rolling...
 
Posted on 11-06-05 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो शिरे किन कल अरेको होला ? के के जाति चलाए के के जाति हुन्च भन्चन ,बन्द अरे हुदैन त्यो कुरा ?
 
Posted on 11-06-05 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ भउतेले चौतारिआ उता जमुनीलाइ लिएर गोरपूर जादा खेरी खिचेको देखाको फोटो । जमूनी राम्री हुन्चे भनेर जमूनीलाइ पेटभरि खुवाकारे गाइको दूध । तेस्तो मेसो पार पो शिरेले उडा रच जमूनीलाइ ।

 
Posted on 11-06-05 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो जमूनी चाई को रेछे?.....कस्?ता कस्?ता कबिता र लेख फुर्?दा रेचन..
उकालो लाग्?दा लाग्?दै यसो चौतारिमा थकाइ मारौ भनेरा आको...
टाढा जानुछ.... नरिसाम है साथी हो...मन मा खुल्?दुल भएर सोधेको मात्र हो....
 
Posted on 11-07-05 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरेले कात्तिकाँ झ्याइँ पारेका हुन के'रे जमुनीसंग, क्यार्नु ढिला आएछौ भोज नै सकिसको, अब त्यो तिहारको बासि सेल भे'नि खा'र जाउ ल!!! अनि बेला मौकां यसो झर्दै अर्नु केरे!!!!...:)
 
Posted on 11-07-05 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hana, nirman, padnu chhodera kahan ko yeo chautari maa natak herna aa bhanya.. gai halnus ta bidhyalaya tira.. :) sir le feri chaak ma sirkuna le dela futne gari... aiyaa.. (ouch chain nabhanum hai!).... :)
 
Posted on 11-07-05 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलो भैएछ गाठे.....क्यारनु..अब त्?यै बाकी भा सेल कसार जे छ त्?यै खाम .
निर्मान जी को मा चाइ बोलाम्?न नबिर्सम केरे... :)
 
Posted on 11-07-05 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बासि सेल र कसार त खाए हुन्च तर कुखुराको मासु छ भने चै नखाउ है बिर्खे माइला। कुखुराको फुल बिग्रेको छ रे के आजकाल। खालि रिडिया टिपिले तेइ(bird flu) भन्च ।
 
Posted on 11-07-05 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्?यै त भनेको नेपालियन....चाइनेजो...एशिया मा उत्तर पूर्व बाट बथान का बथान
चरा हरु बसाई सरे अरे..दक्षिन तिर.....सङ्?गै के जाती चराको फुलु (Bird Flu) बोकेर उड्?दै
चन रे.......अब त हाम्रो गाम को बन तिर कालिज र ढूकुर पनि झ्?याप झ्?याप
भुई मा खस्?न बेर छैन......अस्ति मुखिया बा को घरमा रिडियो मा फलाकेको सुन्या मुईले...
तिमी पानि होश गर है..काल जमाना ठिक छैन....
 
Posted on 11-07-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेई त नि के,

हिजो बिहानै उठेर चईनी पँधेरा तिर गएर ब्यानको काम-कुरो अरेर म पुनि जिम्माल बिर्खे माईलाका घराँ छिरेको थे ।
बेला-बेलाँ येसो त्याँ जानी अर्चु के, चईनी भैसी दुहेसि येसो एउ कप चा (चिया) खाम भन्चन, चाईनी जिम्माल्नी माईली
भाउजुले जाद्रै मीठो चा पकाम्चिन के । बिर्खीनी भाउजुले पकाको चा भनेसी जसले पुनि बखान अर्चन के गामभोरि नै ।

भैसी दुहुन त परै जाओस, बिर्खे जिम्माल ले चईनी बल्ल गोठाँ आगो सल्काएर कुँडो पकाई राका रैचन । फेरि रङ्गैको
बानी छ तीनको, एउटा रिडियोलाई चईनी नैनासुतको खोल हालेर घाँटीमा जनै झै जहाँ गए नि झुन्ड्याम्चन केरे ।
बरु आफ्नो छोरालाई तेस्तो सुसार अरेका होईनन ।

त्याँसी एक चिलिम कक्कड सल्काएँ केरे मईले । दुईटैले तानेम ।

तेति खेर सम्मन त तो रिडियामा सँस्कृति कुरामा के के भजन सिलोक गाम्दै थियो, अनि सम्चार पुनि भनो केरे । कुरै
कुराँ चईनी कुखुरा, हाँस मत्रै नभएर कौवा, डाङ्ग्रे, जुरेली भने जस्ता जम्मै चरालाई फुलो पर्नी रोग लागेको भनो । मैले त
आफूलाई त चासोको कुरो भएन खासै, मासु नखानी केरे, तै पुनि बिर्खे जिम्माललाई सोधिहालेँ, " हैन, यो मुन्छेको, गोरुको,
तेस्तै भैसीको, घोडा-खच्चरको पुनि आखाँ चईनी बादल लाग्नी के के जाति आँखा टाल्नी रोग लागे फुलो परेको भन्थे,
मुन्छेको लाई त मोतिबिन्दु भनेर तल मैदानको हाई स्कुलाँ बर्षै पिच्छे अप्रिसन नि अर्चन, यो कौवा र डाङ्ग्रेको पुनि आँखाँ फुलो
पर्दो र'च हई । भनेसि त तेस्ता चरा मार्न लाई त गुलेली पुनि चाईएको हुँदोईन । "

त्याँसी त बिर्खे जिम्मालले "कहाँको तेस्तो हुँदो हो, यो त रुगा-खोकी जस्तै हो, चराहुरको चईनी राल-सिँगान आम्नी, चराहुर
चईनी बिरामी हुनी, मदौरु हुनी र मोर्नी यो त आर्के रोग हो । त्याँसी तेस्ता चराको मासु खायो भनी मुन्छेलाई पुनि तेस्तै हुनी
हुन्च अरे, त्याँसी त मुन्छे पुनि रगतमासी परेर मोर्च अरे । तेसो भ'र उड्नी कुराको मासु त खानै नहुनी भैसको केरे नि " भन्थे ।

यि डाउँडरहुरले कुरो नबुजेका पो हुन कि जस्तो पुनि लागो । अस्तिन एउ फेरा त जमुनिलाई नि तेस्तै भाको थ्यो नि । चईनी अदुबा र
बेसार उमालेर दुई माना पानी के खाएकी थिई, भलिपल्टै जक्खड भएर निको भाकि थिई । ती डाउँडर भन्नी बाह्रमासे ढाक्रेहुरले पैसा कमाम्न,
चईनी दबाई बिकाम्न हल्ला चलाका पो हुन कि, के हो, दैव जानोस । आफ्नो सरोकारको कुरा भएन केरे खास्सै ।


Keep rolling...
 
Posted on 11-07-05 8:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेले ठिक कुरो अर्यो । बरु गाममा यो कुर थाहा दिन कटुवाल घोकाउनु पर्ला जस्तो छ, ल त बेर्खे त्यो बिरे कटुवाललाइ यो कुरो पुर्याउनु पर्यो ।
 
Posted on 11-07-05 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सिरे दाई पानि आम्नु भयेच.......लु बधाई छ है....चाइनेजो कात्तिका..झ्याइ
पारेको रे...कात्तीक त अझै बाकि छ केरे...हाम्रा चाइने धान भित्राउने बेला भो..अब
दाई सकेर सिरे का भतेर खान आम्?ला के रे बिहे को.....कुखुरा त काम भएन केरे
बरु तिल्के खसि ढालौला...जन्ते बाख्रो खा जस्तै हुन्छ....
हन यो जिम्माल मै परे कि अर्को च गाम मा??
 
Posted on 11-07-05 9:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघि दिउसो निरे हाताँ कोराहा बोकेर खेताँ पानी लाम्न गाको रैच । कुलाको डिलै-डिल हिड्दै थियो अरे, एक्कासि बिर्खे
जिम्माल त हुत्त कान्ला माथिबाट कुलाँ फुङ्गाले अरे । कुलाको पानी पुनि छप्लाङ्ग भएछ र निरे त पुरै भिजेच ।

त्याँसी " को हो बिर्खे जिम्माल, म हो कि तँ हो " भन्दै कल अर्न थाले अरे । निरे त त्याँट भागेच केरे, तेसै
पुनि निथ्रुक्कै भिजेको बरा काम्दै दगुर्दै अर्दा मैले भेट्टाएँ । मैले बिहान बिहान चईनी छक्कालकै कुरो हो केरे,
जिम्मालकाँ चा खान गाको, भैँसी नि दुएका रईन्चन, त्याँसी एक चिलीम गाँजा सल्काएर बिर्खे जिम्माललाई
दुई सर्को तान्न देको थेँ, तेसले अझै छाडेको रईन्च" भने । बिर्खे जिम्मालले भनी अघिन देखुन पाखुरा
मुसारि राका छन अरे ।



Keep rolling...


 
Posted on 11-07-05 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर यो बिर्खे जिम्मालको ताल, गामको जिम्माल भर पनि गाजा तान्नि हो, समाउला है पुलिसले । हुन त आजकाल पुलिस जति जम्मै सहरा टुडिखेलमा च्याङ्रा जम्मा भ झै सहरा छन केरे, कता गाम तिर उकालो लाउने हुन र? तइ पनि पुलिसले समाते आजकाल त जे लाइ पनि माउबादि भन्चन अरे , खोइ ठाना सजिलो हुन्च अरे क्या तेसो भनेसि।
म पनि यसो एउ दिन जिम्मालका चा खान उकालो लाउनु पर्ला जस्तो छ, जिम्माल्नी माइलि सारै मिठो चा बनाउचिन अरे क्या अदुवा, सुकुमेल, सिनकौलि,तेजपत्ता के के जाति हालेर ।
 
Posted on 11-08-05 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जा यो बिर्खे गजेडि भै निस्केछन्!!!
खोइ त म पनि तानुम एक सर्को!!!.......:D
त्यो नौजारे त के जाती न्युट र आइताइँ भन्दै गफ लाम्न थालेका छन नि बास्सै!!!
नेपालाँ गे'र के जाती साइन्स पढेका रे, स्याउको र के जाती टाउकामा खसेर ककल्ले के जाती पत्ता लगा'को रे!!! मेरा यो दिमागाँ कुरा घुसे त मरिजाम, बरु एक निन्द्रा त्यहिँ सुतेर आएँ!!! पानी लाएर आम्दा थाकेको, आरामै भो!!!.....:D
 
Posted on 11-08-05 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तानुम तानुम मजाले सर्को तानुम....त्?यो साईनस हाम्रा दिमागा अट्?दैन...स्?याउ
खस्?या देखेर नि टोलाएर बस्चनरे साईटिस हरु...खुरुक्?क टिपेर नखाएर...
 
Posted on 11-08-05 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो छ चाइने जो यो हाम्रो चौतारो।
बिहान सबेरै चाइने जो मनिङ वाक (शहराँ त्यसै भन्छन् रे चाइने जो बिहान लखरलखर
हिड्नुलाई) गर्दै चौताराँ के पुग्या थें, चौताराँ त मान्छे सुतिरा'पो देखिन्छ गाँठे! डराई
डराइ गएर चाइने जो हेरेको बिर्खे जिम्माल पो रछन्। "ए बूढा के भयो चाइने जो?" भनेर सोधेको; "हिजो बेलुका सिरेले बनाको गाँजा खा'र पानी लाउन आ'को; गाँजामा के हालेर दे'छ
अहिले सम्म उठ्न सकेको हैन। त्यो उल्लूले पक्का पनि त्यो शहराँ पाम्ने नाम नभा'
कालो पदार्थ हालेर देको होला। त्यल्लाई मैले छोड्दिन। जिम्मालसं जोरी खोज्नेलाई
देखाउन जान्या छु।" भनेर चाइने जो रिसले काम्न थाले।
"बरु ए गोतामे जिम्माल्नीलाईचैं थाहा नदिनु है, मार्छे मलाई ।" भन्दै जिम्माल बूढा
सोझै सिरेको घरतिर लाग्या थे।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
ए १ पनि पुगेनछ ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters