नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम --चौतारी - भाग ७३ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
हहहाअहा, खै रिठ्ठे कहाँ मर्या हुन आज गाम्लेहरु? हिजो को क्वाती बढि भयो कि? जनै पार्टीमा हराएको जनै खोज्दै हुन् कि? आजा गाइजात्रा बिषेशांक जमाउनु पर्ने हो? सबले धर्म बिर्से , कर्म बिर्से। यो बुढो एक्लै कराएर केही हुने वाला छैन। आज भोली कुरा सुन्ने भन्दा नि चुरा सुन्ने बानी परेछन् गाम्लेलाई। के भन्नु के न भन्नु।
आजको गाइजात्रे समाचार्। १। हिजो जनै पूर्णिमाको उपलक्षमा क्वाति को मात्रा न पुगेर अमेरिका बा बस्ने बुज्रुक नेपालीहरुले जनै फालेर, जनै बालेर एतिहासिक प्रदर्शन।
२- चौतारिका वरिष्ठ तर सबैकी बहिनी ठुलीले हुने खाने जागिर छोडेर तरकारी ब्यापारमा अपार नाफा छ भनेर डी सी छेउको तरकारी बजारमा नया स्टल खोल्नु भएको सुखद समाचार् प्राप्त भएको छ। सो स्टल उद्घाटनको लागी पाल्नु भएका प्रमुक्ख अतिथी जिम्माल बा र अन्य बिच हातहाला हाल हुंदा बुढाको जनै चुँडिएकोले केही नराम्रो घट्ना नेपालमा घट्न सक्ने वा बढ्न सक्ने अनुमान गरिएको छ।
३- यतिकै मा हालै मात्र चौतारी आइडोल जित्नु भएका मदनवाले ठुली को तरकारी दुकान् न हाटाए अनशन बस्ने एलान् गर्नु गर्नु भयो। उहाँ भन्नु हुन्छ" सला, त्यो सब्जि वब्जीका बिजिनेस जो छ, त्यो हम्रो खान्दानी पेशा हो" गना गाउनुस्, चना खानुस् तर सब्जि हमिले मात्र बेच्छ। गाँु देहात्, गल्लि चोक मा सला हम्रो बिरादरी दिन् रात आलु गोबी भन्टा बेचि लिन्छ, शहरमे ठुली? यो त हमरी जातिय स्वतन्त्र माथी आट्याक् हो हजुर्"।
lu sabai gaamle harulai feri ekchoti namaste garehai ta dc bata. Deep jyo thanks u so much tara पेसल baneko ke ho? gwache ek choti darta gare chi firta lina paudaina. :P
chiplu tarkari bajar maramar chali ra cha. afno kaam sakar ni aru lai help gernu perne. yo hari le aakha lagara ta ho ni
सुरु भे छ, दोस्रो राउन्ड पनि, धर्म संकटमा परीयो, कल्लाई भोट हाल्ने कल्लाई नहाल्ने, क्या फसाद! लौ है म चाइ भोट हाल्न सुरु गरें, माथिबाट।
आज गाइजात्रा केइ लेख्न सकिया हैन, पोर साल जिम्माल्बा सँअ काठमान्डु जाँदाको अनुभब जिम्मल्बाले टाँस्नु भा थ्यो क्यारे तेइ खोजेर टाँसेको छु तल।
एउबाजी शहर ग'र गाइजात्रा नि हेरुम एसो एउजोडा राम्रो लुआको दौरा सुरुवाल नि हालुम हनि चाइन्जो भउवानको दरशन नि अरम भनेर ग्वाँचेलाई ले'र शहर गा'को गाम्लेओ, कसरि पुगियो मलाई मात्तै था छ। टेशनको कुरो त ग्वाँचेले अरिहालो। बसाँ मजाले झ्याल पट्टि बसेर तल खोलो हेर्दै शहर जाने मन थ्यो, बस गुडेओ एउछिन पछि त ग्वाँचे अमिलो मुख ला'र ठुस्स परेर " जिम्माल बा मलाई त होला अस्तो छ" भन्छ। कुरो बुझे मार्दिनु। " ए ग्वाँचे के होला अस्तो छ?" भनेर सोधेओ केइ नबोलि अघिको भन्दा नि मुख चम्र्याक चुम्रुक्क पारेर बज्जेको साह्रो कुइन्यूले मेरो बुडो छातिमा ठेलेर बसको झ्याल खोल्छ बा। त्याँसि बल्ल बुझेँ मोराको आन्द्रा बटारिएछ भनेर। अनि तेसपछि त कताटी झ्यालको सिठमा बस्न पाउनु नि। छेउमा बसेर गुडियो। बेला बेलाँ घुम्ति र जोल्ठिङ आउँदा कहिले ग्वाँचेले हुSS...व्वाSS.... अरेको सुनिन्छ, कहिले छेउको च्याङ्ग्रो दुई हात पर पुगेर फेरि आफ्नै खुट्टो हान्न आउँछ। बडो सकसले मुउलिन सम्म पुइयो गाम्लेओ। गर्मिले घाँटि नमजाले सुकाएको त्यो, तल ओर्लेर धाराको टुटिमै मुख ला'र एउ भुँडि पानी टन्न भरेर बसाँ चढेँ। " जिम्माल बा, मेरो भुँडि त ढिँडोको पानी उम्लेओ जसरी उम्लिराछ लौ न के अर्ने होला" भनेर पो भन्छ त ग्वावचे मोरो त। झन म बुडालाई भर हुन्छ भनेर बज्जेलाई ल्याको यसैको स्यार अर्नु पर्नेभो भनेर मनमनै मुरमुरिँदै फेरी बाहिर गाएँ। बाहिर ग'र..." अब तेल्लाई केई नुनिलो पिरो कुरो खान दिनु परो, छाद्दैन कि?" भनेर यताउता हेरेँ। एउडा भात खानि होटेलको बाहिरपट्टी काँक्रो बेच्न राखेओ रेछ एउडा ठुलो काँक्रो किनेर काजतको पोकामा एउ पोका नुन खुर्सानि ले'र बस चडेओ। एक टुक्रो खान पा छैन ग्वाँचेले त तेई काँक्रो र अलिकता मोराको भुँडिभित्रको पित्त समेत फेरी हुSSS...व.वाSS..अरेर फालो। "लु भएन मरि त हाल्दैन होला, छाद्दै छाद्दै भएनि शहर त पुग्ला नि" भनेर मन मनै सोच्दै काँक्रो नुन खुर्सानीमा चोपेर चपाउँदै ठिटा हुँदा जिम्माल्निलाई फकाको कुरो सम्झिराको सपै खाएर सकाइछु। पेट डम्म भ'र एकछिन मजाले निदाइछु। सपनामा त गैरीबारीको डिलमा बसेर तल बेसि हेर्दै कान्लो भिजाउन खोजेको देखिरा, सुरुवालको ईँजाल खोल्न खोज्छु रे खुल्दै खुल्दैन, यता ईँजार खुलेओ छैन उता खुट्टोमा चिसो लाग्छ बा! सपनैमा "हन कसरि भो यस्तो" भन्ठानिराको त निँद्राबाट झल्याँस्स बिउँझिएँ। आफ्नो त उहि हाल रेछ तुरन्तै ओर्लेर भित्तो तिर जानु पर्ने तर मेरो खुट्टोमा चाइँ च्याङ्ग्रा महोदयले बडो शान पुर्वक सिँचाइ गरिदिनुभएछ!!
हा हा हा , ठुल्दाइओ कविता नि सुनियो, ठुल्दाइओ एस्तो राउँरो स्वर छ, लु महिलाबृन्दलाइ च्यालेन दिन ठुल्दाइ अगि सर्न परो, नत्र हारिन्छ है, पुण्टे बुढा ब्यान ब्यान सात्तोपुत्लो उडा'र हाप्ने कुरो अर्न थालिसको । सुन्तले र अन्तरेले कति भोट ल्याम्छन कुन्नि, नकआउट होला भन्नि पिर परो मुलाइ, हा हा हा ।
गाइजात्रे कहानी दामी लायो, ग्वाँचेले पुरानो भने नि, आफुलाइ नयाँ लायो, वाह वाह वाह ।
हिजो बल्ल हो अलिकति फुर्सद पा'को। साली घउते काजीको जिम्म लाएसि अब यो बुढो ज्यानलाई आँखा लाउनि मेरी जेठी र धोबिनी बाहेक कोई रहेनन्। हिजो चईनि जेठी उनकी दिदी सुतकेरी सम्हाल्न भनि एक साता जतिलाई गई के रे। म चाईं आफूले न स्यार्ने, न सुसार्ने, बरु तिम्लाई लिन आम्नि बेलाँ भेट घाट अरम्ला के रे भुनेर घरै बसें।
साँझ पख साली को झल्झली याद आयो। ए भेना! भन्दे खितिति हाँसेको जस्तो लाउनि तै ढोका बाहिर। भउतेको ग्वाङ्ग्रे आवाजले फेरि झस्काईदिनि।
जेठीले कठै पोईलाई भुनेर गाबाको तिऊन र ढेंडो एक सातालाई पुग्ने अरि बना'र हा'की थि के रे। तेई बेलाँ धोबिनीले डाके डाके जस्तो लाओ। अन्खेर लु त नि भुनेर हुत्तिएँ म नि उतै तिर।
धेरै दिन पछि ग'को के रे। धोबिनी त रमाई। उही पुरानो च्यात्त्या पेटिकोट चुलो पास्तिर झुन्डाई रा' रईछे। बरकको दुई पटक धुन्छे के रे। यई बेलाँ परेछ। मोरीले तुरुन्तै फेरि एउटा हाँसको गर्धन बट्टारेर कर्याक्कै पाति हाली। समात्न न एकेछिन गारो भ'थ्यो के रे धोबिनीलाई। "आ! आ! आ! मेरी हाँस आ! बाबु राजाको आहार बन्न आ!" अर्दै थि, कुन बेलाँ च्याप्प पारेर झ-याप झुरुप नि पारि सकिछे।
कोदाऽ रउसी फेरि मेरी धोबिनीकाँ हाँडी मै चुर्लुम्म डुबौं डुबौं अरि बान'र राख्छे, हर हरि बास्ना आम्नि। अन्खेर तो हाँसलाई पोलुन्जेन त रमईलो कुराकानी भइ र'त्यो के रे। गाम पुरै चार्दै हिँड्नि मेरी धोबिनी, सबको कुरा सुनाम्छे। "के भने थेउ र ए पात्त्या बुढो? मास्टर्नि नानी त खुब रिसा'छ रे तिमी संग!" रे!
"सारै लठेप्रो छौ के तिमी नि बुढो! हाम्संग पो तेस्तरी कुरा अर्नि! पढेलेखेका, अरुलाई पढाम्निहुरले काँ बुझ्छन् त नि हामी जस्ताका काम, कुरो, मर्म?" भन्दा पो सारै घत् परो, गाँठे! बेलाँ नपठेर अल्लारिएसि मर्ने बेलाँ पनि हेप्छन् के रे जान्नि ले, जस्तो लाओ। क्या्नु? अब बेलाँ पढिएन के रे, अनि जिम्मालको जस्तो पुरोढ सिछ्छे जान नि जाँगर छैन।
तो हाँसको सिकार त खुब पछ्नि हो फेरि कोदा रउसीसंग। सिंगै हाँस एक्लैले घिचेम् के रे। तेस्को आन्द्रा, भुँडी, एउटा सानो टुक्रो हड्डी, केई बाँकी राखेनम् के रे। धन्न ति धोबिनीले पोल्न अधि भुत्लाइ सकेर मात्र हो तो हाँसलाई, नत्र भुत्ला सुत्ला सबे चपाईदिन्थें के रे।
हाँडिआँ कनिका हुन्जेल राँ**लाई के निन्द्रा लाग्थ्यो फेरि? पुरे रित्ताएँ के रे। धोबिनी नि के के भुनेर बर्बराई रा'थि। बुझे त मरिजाम्। बरु, तेस्को अनुहार हेर्दा चईं ४-५ वटा हिन्दि फिलम को होरोन ऐस्वर्जेको मुहार आम्नि। एउटालाई समात्न खोज्यो, मिलिक्क बिलाम्नि, अनि अर्को खित्त हाँस्नि। तेल्लाई समात्न खोज्यो, फेरि तो बिलाम्नि, अनि अर्को खित्किनि। अर्दा अर्दै कुन बेलाँ भुक्लुक्कै ढलेछु, पत्तै भएन।
बिहान पखपो फेरि धोबिनी ले घच्घचाउन आई।
"ए, पात्त्या बुढो! जाग है, जाग! सँधै तिम्लाई ले'र सहर जानी जिम्माले त आज देखुन तिम्लाई माया मारेच। तो ग्वाँचेलाई ले'र गयो रे!" भुनेर कानै सेकाई।
हुन नि, उठाम्न आ' भे त नउठ्नि काँ हो र हाम्पुनि? बसाँ फेरि सुत्दै जानी त हो नि! एउटा बहाना चाईएको तो जिम्मालेलाई!
एउटा छातेर झन्डै खुस्केछ के रे, अर्कोऽ गोडाँ भेंडा हो कि बाख्रोले मुत्देछ।
(मन्मनै आज नाटक गर्दिन) गौतमदाजु धन्यवाद त भन्नै आएन । ति माया हो जस्ले चौतारीमाएतिनजिक र टाउको उठाएर देखाउन सक्ने साईनो गासेको छ हजुरको अभिब्यक्तिबाट यो मन निकै खुशीछ आज :)
अनिखेरी अन्तरेजी किन हो केही प्रतिकृया नदेखएको अस्तिको झटारो त पक्कै होइन होला (मनमनै प्रतिद्वन्दी संग के कुरा गराइ भो र:P यु नो ह्वाट आइ मिन---कुरो अन्यथा नजाओस है मजाक अरेकिम भन्छु ):)
दुर्गी सिस चनादाजु चित्रेभाइ ठुलि पुन्टेदा रिठ्ठे ग्वान्चे दादा हरी स्बैलाई धेरै धन्यवाद है
दिप दा मैले हजुरको भोट त पाम्ला के रे भन्छु र :)
ग्वाँचे , नया लेख्न अल्छि लाग्यो? जे होस् सेकेन्ड राउण्ड पढ्दा नि उत्तिकि मज्जा मानेकिम के रे मुइले
_________________________________________________ धाधली नहोस् है भोट्दिने मुन्छेको टाउको गिन्ती गर्नुपर्ला फेरी
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.