{आदरणीय पाठक मित्रहरु, यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }
बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।
"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।" "बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।
"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्यो।"
"के हुने हो के?"
छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।
"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्। तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र? हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। " छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें। एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए। "ज्ञानेश्वर्जाने? "
"जाने २०० लाग्छ।"
२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-
"२०१ दिन्छु, लौ छिटो हिड।"
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि। संक्रमणकालको फाइदा जस्ले नि उठाउने।
"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"
ड्राइभर साहेबले उर्दी जारी गरि हाले। बचन अनुसार् २०१ हातमा राखि दिएं। ५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें। छोरी पनि हस् भन्दै हिड्न थालिन्।
कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी। बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार् पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली। टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।
"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "
"अबश्य।"
"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको। अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।
"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"
"हुन्छ ड्याडी।"
"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।" मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'
"बेस्ट अफ लक।"
"थ्यान्क्यु ड्याडी" भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।
हो छोरी सबिता फेरि अर्कै संग पोइला गई । यो बिश्वास् नै गर्न नसकिने वास्तबिकता थियो। एक छिन त हैन होला, भद्दा जोक होला भन्थाने। कलियुगमा यस्तै हुन्छ कि? अथवा सात फेरा न लगाई, अग्नि साक्षि नराखी गाँसिएको लगन गाँठो यसरी नै कमजोर हुन्छ कि? अलिकति धन मै मन पग्लिने कस्तो जीवन हो यो? म भित्र अनेक जिज्ञासाहरुले जुलुस् निकाले। किन शम्भू संग को दाम्पत्य जीवन यति छिट्टै अन्त्य भयो, रोजेर खोजेरै हिडेकी थिई , के कुरा मा अझै चित्त भरेन। मैले उत्तरको भेउ पाउन सकिन।
हुन त मैले पहिला नै भनेको थिएं, त्यो शम्भू को अगाडी लम्बू त सबैको द्रिष्टिकोणबाट सुहाउंदो जोडी थियो। बिचरा, लम्बू झन्डै पागल भएको थियो, बियोगमा। उनैको श्राप लागेको त होइन? माया गर्नेलाई लत्याउंदाको पाप त होइन? अझै निरुत्तरित प्रश्नहरु नाराबाजी गर्दै छन्।
बुझ्न करै लाग्यो, के भाको किन भाको भनेर।को संग गैइ भन्दा पनि किन गैइ त्यो महत्वपूर्ण कुरा। धेरै सोधखोज गर्दा यति सम्म थाहा पाएं कि यसपाली सबिता आफनै दाईको साथी कुर्ता ब्यापारी संग हिडेकी रैछन्। सबिताको दाईहरु पनि कुर्ताकै ब्यापरी नै थिए। त्यतिबेला को जानपहिचान र अहिले पोइला जानु को सम्बन्ध झन रहस्यमय नै लाग्यो।कुर्ता साहुजीकै दोकान बागबजार पद्म कन्या क्याम्पसको छेउछाउमा बस्छिन रे।
छोरी, बिहे बन्धन बच्चामा खेलिने भाँडाकुटीको खेल होइन, जसमा पटक पटक झेल गर्न पाइयोस्,मन परेन भने सबै भताभुङ हुने गरी रिस देखाउन पाओस्। यो त जन्म जन्मान्तर संग सुख दुखमा साथ दिने वाचा बन्धन हो। आस्था हो सिन्दूर संगै बाच्ने संगै जिउनेहरुको। भावना सम्बन्ध गाँसिएन भने लोग्ने स्वास्नी र बेश्या र ग्राहकमा कुनै भिन्नता हुने छैन। यौन चाहाना पूर्तिको कथित मेशिन मात्र हुने हुन्छन्।
सबिता को चरित्रमा पहिलो पल्ट पोइला जानु अघि कुनै दाग थिएन। भन्छन्, एक पटक चुके पछि बरम्बार चुकछन् रे। पहिलो अपराध गर्दा कुनै पनि अपराधी हच्किन्छ रे। दोस्रो अपराध गर्दा त्यो अप्ठ्यारोपन रहदैन रे।
कुर्ता साहुजी शम्भू र लम्बू भन्दा चम्बू रैछ। धन पनो भाको तन पनि भाको रे। अहिले सबिताको अनुहारमा चमक देखिन्छ रे, अरुनिमाले बाटोमा भेटेको रे। ठिकै छ, गर्नु नहुने काम गरि हाले पनि बाकि जिन्दगी सुखमय होस्। मैले कामना गर्ने सक्ने यति हो।
शम्भू र सबिताकी छोरीको हरिबिजोग हुने भयो, चिन्ताले साउती गर्यो। ह्या, मलाई के मतलव, अर्का को कुरा। मन लाई मनले फेरि सम्झायो। तै पनि त्यो अबोध बालिकाको के दोष? बाबु आमाको झगडामा पिसिने भो। एक त शम्भूको ताल नै बेताल्। न काम भएको न दाम भएको। यहाँ निर सबिताले ठुलै अपराध गरे जस्तो लाग्यो।
उता, लम्बू को दाम्पत्य जीवन शान्दार संग हाउसफुलका साथ तेश्रो बर्षमा प्रबेश गरिसकेको थियो। लम्बू ले केही साथिहरु संगा मिलेर ट्राभल् एजेन्सी खोलेको थियो। धन पनि कमाउदै थियो। परिवार पनि।
मेरो नि पढाईको तेश्रो बर्ष सकियो। अन्तिम बर्षमा धेरै पढाई हुंदैनथ्यो। चौठो बर्षको होलीको छुट्टिमा घर आएं। भैरहवाबाट काठमाडौंको नाइट बस् चढ्दा चसक्क छोयो, फेरि कुन चाहि अशुभ समाचार सुन्नु पर्ने हो भनेर। न भन्दै घर के पुगेको थियो, एउटा रेडिमेड सम्चार मलाई नै सुनाउन रेडि गरिएको जस्तो थियो।
अस्ति सरसर्ति पढ्या थिएँ हिजो राति मजाले पढेँ! ह्युमर राखेर लेख्नुभएछ। ठूल्दाईको पहिलेका लगभग सबै रचनाहरु, सत्यघटनामा आधारीत् उदास कुराहरु हुन्थे त्यस्को विपरीत यो मजाको लाग्यो, ठूल्दाईको शब्द मिलाऊने शैली यस्ता रचनामा फ्याट्ट जमेर बसेको जस्तो लाग्यो! अरु छिटै आवस!
हर्क बहादुर जी, हो त नि भाग्ने र भगाउने सिलसिला जारी छ। सोच्छु मान्छे ले यसो किन गर्छन् ? त्यसैको उपज हो यो कथा।
बिर्खे जी,
सिरियस कुरो नै लेखें जस्तो लाग्थ्यो, बिहे र प्रेमलाई खेलौना बनाएको बिलौना हो। भाषा र प्रस्तुती चाँही अली असिरियस नै भयो, स्विकार्छु। यो कथा पनि पूर्ण रुपमा सत्य कथा हो। पात्रको नाम बद्लिए पनि चरित्र उही हो। जे देखें त्यही लेखें।
यो कथा त के भएको राहुलदाइ? जाने पनि गा को गई छ, लेराउने पनि उत्तिकै, कथा सिद्धिने बेला सम्म त के हुने हो, डर नै लाग्ने। लेराउने र जाने को क्रम त रोक्किन्छ होलनी होइन?
हो दिपिक जी, ल्याउने र जाने क्रम कही न कही रोकिनै पर्छ। यती सम्म त प्राकृतिक नियम असंगत भाई सक्यो। फेरी कबिता को कथा त बाँकी नै छ। सत्य त्यही हो जती पल्ट सबिता पोइला गै त्यती पल्ट लेख्नै पर्यो , जती चोटि लम्बू ले स्वास्नी फेरे लेख्नै पर्यो।
ठुल्दाइ, भाग ५ पनि पढेर सकाए। हास्य-ब्यङ ले भरीपूर्ण कथा ले मन रमायो। कथा लेख्ने शैली त बेजोड छ। हैन यो ल्याउने र लैजाने क्रम: चाइ कहिले रोकिने होला कुन्नी?
अनी दिपी साथी, कता बेपता नि आजकल? धेरै दिन भयो त कथा न आको पनि। नयाँ कथा कहिले आउने होला कुन्नी?
ठुल्दाइ, बाकी भागहरु पनि चाडै पस्कम बरु। लम्बु र सबिताको यो दौडमा जित कस्को हुन्छ था पाउन मन लागी सक्यो। दिपी साथी, "कबिता" फुरे त साझामा पस्किन हुन्थ्यो क्यारे। नयाँ त केही लेखेकै छैन छैन र पो त। अब ठुल्दाइ ले नै "कबिता" को कथा सुनाउने रे।
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
When will Nepali women be equal?
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
Why Oli must go for the UML to survive?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.