[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी १६३-

[Please view other pages to see the rest of the postings. Total posts: 349]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 257445 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-03-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६३~



कलिजुगको बेलैमा  

जोशमा हुन्न होश
 
उनकै छोरी तरुनी
 
हामिलाई केको दोस!
 
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 

यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!

हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 163 editions.
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:38 PM
Last edited: 03-Nov-09 01:39 PM

 
Posted on 11-04-09 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु खानेकुराको कुरा आयो त्यहि गरम।


यो बुढि आमैले केलाईराखेको के हो?



अनि यो तलको मुखै रसाऊने के को तरकारी हो?



 


अनि यो नि?



 
Posted on 11-04-09 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खेले फर्सिको मुन्टाको फोटो टासेछ , एक जुगपो भएछ फर्सिको मुन्टा नखाको पनि गान्ठे ।


पहिले बारिमा फर्सिको मुन्टा हुँदा घरमा बिहानै बेलुकै फर्सिको मुन्टा पाक्थ्यो , कती खानु यो भनेर वाक्कइ भैन्थ्यो अहिले खान पाएनी हुनेनी जस्तो लाग्यो ।


 
Posted on 11-04-09 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा को नम्बर ३ को फोटो हेरेर पेट नै करायो अस्क्ती बजिया कस्तो फोटो टास्या , मुख नि रसायो
 
Posted on 11-04-09 11:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।



हडताल चक्का जाम भाकोले १ घण्टा पहिला नै हिंडेको ट्याम मै पुगियो । भरे घर फर्किने बेला चाँही रन्जनामा टिकेस लिन जत्तिकै ठेलम ठेल्ला गर्नु पर्ने हुन्छ । अम्रिका को हडताल नि देखियो, हामी लाई बालै भेन, खैर्‍या सन्तान लाई पो गाह्रो साह्रो।


 
Posted on 11-04-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै दुई हात प्रयोग गरेर आफ्नै कम्प्युटर र किबोर्डको माध्यम बाट आफ्नै चौतारीका दौतरिहरुमा आफ्नै स्टाईलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा)


 


 


 
Posted on 11-04-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नेपालमा ढुङ्गा हानेकै ४ बर्षको अनुभब भको ठुल्दाइलाई अम्रिकाको चक्का जाम ले के छक्क पार्थ्यो र ! कुरो नि एउटा ! सुन्तलेले नि घोर्ले छोरो पायो रे त
 
Posted on 11-04-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले ले घोर्ले छोरा पायो रे -


सुन्तले नै पाको कि सुन्तले को बेटर हाल्फ ले


सुन्तले ले नै पाको भए ठुलै न्युज हुन्थ्यो हैन र



ढ्याअउउउउउउउउउsssssssssssss  


 


 
Posted on 11-04-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तली ले होला रिट्ठे , रि-चेक् गर ।



सुन्तली ले घोर्ले छोरो पाएको उपलक्षमा सुन्तलेलाई बधाई ।



न्वारन स्वारनको लागि पंडित चाहिए संपर्क राखम क्या रे। पिलेन को टिकेस पठाए फ्री सर्भिस ।


 
Posted on 11-04-09 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रि-चेक गरेको दाई, दुवै जाना मिलेरै पाकोरेन्त
 
Posted on 11-04-09 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले लाई नि ब्यथा ले चापेको हो त


हो कि नाइ


 
Posted on 11-04-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राशिफल-


ठूल्दाई- ठूल्दाईको नाम 'ठ' बाट आऊने भएकोले यो महिना 'ठ' सम्बन्धि नै ठुला ठूला कुरा हुने योगका साथसाथै कसैले ठूल्दाईलाई औँला ठड्याऊने सम्भावना पनि त्यत्तिकै छ। ठुला ठुला महलमा घएर ठुलाबडा संग भेटघाटको योग छ भने,खान लागेको चिकनले ठुङ्ग्न आउने संभावना पनि प्रवल छ। ठिटा तथा ठिटिहरुको उत्तिकै माया पाऊनुहुने हुँदा ठिटाको मायामा कसैले प्रश्नचिन्ह नलगाए पनि ठिटिको माया देखेर भाउजुको ठुलो झटारो खाने योग छ। ठुल्दाईलाई सधैँ साथ दिँदै आएको 'अनुभव' नक्षत्र शनीको देब्रेपट्टि परेको हुँदा ठुल्दाईका अनुभवहरु मध्येकै ठुलो अनुभव चिलिममा पनि ठुल्दाई मारमा पर्नुहुने संभावना छ,अर्थात पूर्ण चिलिमको सट्टामा ठुल्दाई केवल ठुटोबाट सन्ठुष्ठ आच्या संतुष्ट हुनुपर्ने योग छ। घर बाहिर ठन्डि, घर भित्र भाउजुको ठुस्काई,बजारमा ठगाई,मकैमा ठेट्ना,काठमान्डौमा ठमेल र ठँहिटि,चौतारीमा रिट्ठे र ठुली,बाहनमा ठेलागाडा,भिडमा ठेलमठेल आदि बाट बच्न पर्ने देखिन्छ।


रिट्ठे- रिट्ठेको ग्रह, नक्षत्र , तारा र पृथ्वी लगायत आफ्नै शरिरको रौँले समेत  साथ छोडेको हुँदा 'र'को प्रकोप यो महिना व्याप्त देखिन्छ जसले गर्दा महिनाभरि नै रिट्ठे रातबिरात रुमल्लिएर रुनु पर्ने हुन्छ। बिशेषगरि राता वर्णका,कन्या,वाहन, भोजन ईत्यादीबाट सजग हुनु पर्ने देखिन्छ। यो महिना रातोभालेको मासु खान मन लागे पनि नखानु उत्तम हुन्छ। खाएमा रातो भाले चपाउन खोज्दा रोगि बुढि पोथिको पछाडिपट्टिको टुक्रा पर्न सक्ने सम्भावना छ। रात्रिजीवनमा पनि रिट्ठे रसिक नबनि रमाईलोमा रम्न नजाँदा राम्रो होला। राति खान खोजेको रसिलो कुराहरु सबै रागिलो हुन पुग्ने तथा राम्रिहरुद्वारा रिट्ठेको रामधुलाईको संभावना छ। कसैलाई कुनै पनि किसिमले संबोधन नगर्नु राम्रो हुन्छ। राम्रि कन्यालाई 'रानि' भनेर सम्बोधन गर्दा पन्जाबिको  जस्तो जिब्रो बन्न पुग्दा'राणि' सुनिनजाने संभावनाले पनि रिट्ठेको यो महिना रामधुलाई हुन सक्ने कुरा रेखाले बताउँछ। साथै भुस्तिघ्रेहरुलाई पनि संवोधन नगर्नु उचित हुन्छ। उदाहरणको लागि यदि कुनै भुस्तिघ्रेलाई 'रामे' भनेर बोलाउँदा 'राँगे' सुनिनगएको खन्डमा रिट्ठे उक्त भुसतिघ्रेको रिसको  रापमा पर्नगई रिट्ठेको राम्रो थुतुनो र्र्यान्डम हुनसक्ने संभावना छ। खाने ठाउँमा रेस्टुरेन्ट, केटिमा राम्रिहरु, रंगमा रातो,पेयपदार्धमा रक्सि,उड्नेमा रकेट, गुड्ने मा रेल,म:म मा राँगाको,मनमा रमाईलो ईत्यादी बिर्सेर पनि सम्झन, खान, छुन, मान्न वा सोच्न हुँदैन।


(कृपया अरु कसैलाई आफ्नो राशीफल जान्न मन लागेमा हस्तरेखाको फोटोकपि निम्न ठेगानामा पठाउनु होला-)


 श्री१०००८ बिर्खानन्द भोगानुकुलयोगि, योगाश्रम, चौतारीधाम्


 
Posted on 11-04-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>घर बाहिर ठन्डि, घर भित्र भाउजुको ठुस्काई,बजारमा ठगाई,मकैमा ठेट्ना,काठमान्डौमा ठमेल र ठँहिटि,चौतारीमा रिट्ठे र ठुली,बाहनमा ठेलागाडा,भिडमा ठेलमठेल आदि बाट बच्न पर्ने देखिन्छ।<<<


 



 
Posted on 11-04-09 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>राम्रि कन्यालाई 'रानि' भनेर सम्बोधन गर्दा पन्जाबिको  जस्तो जिब्रो बन्न पुग्दा'राणि' सुनिनजाने संभावनाले पनि रिट्ठेको यो महिना रामधुलाई हुन सक्ने कुरा रेखाले बताउँछ।<<<


 



 
Posted on 11-04-09 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>काठमान्डौमा ठमेल र ठँहिटि,चौतारीमा रिट्ठे र ठुली,बाहनमा ठेलागाडा,भिडमा ठेलमठेल आदि बाट बच्न पर्ने देखिन्छ।<<<<<<


हाहा म त म कठै ठुलि चौतारी मै कैले काही झुल्किने सँग नि बच्नु पर्ने रे ठुल्दाइ !


हासेर मर्न लाये म त



 


 
Posted on 11-04-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाईल मा दोस्रो राउन्ड को तारे , के बिसी हासेको हो यो रिट्ठे सान ? आज पुरे खै पुरे ? बौचा ले नि काम ठग्न नपाको जस्तो छ नि ?
 
Posted on 11-04-09 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल जिम्माल बा हाम्रो लहरे र हर्क को नि हस्तरेखा हेरेर यसो भन्दिनु पर्‍यो ! बरु भेटी र हस्तरेखाको फोटो कपी मैले नै दिये ल !



 
Posted on 11-04-09 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल जिम्बाल लोल 


काम गर्या भे पो चोर्नु नि बैरे -


 
Posted on 11-04-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भा' मान्छे हाम्सँअ चाँही कुरा नगर्नि बैरे? नभा' पुरे र लुरे काँटी खोजेर ल्याउनी हो हाम्ले अब !
 
Posted on 11-04-09 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब के गर्छौ त रिट्ठे


तिमी बुढा पाटी नै परेर तरुनो पाटी नै परेन


बिचमा ले बाज्या वोम: भन्छ क्यारे नेवारी मा


अनी कुरा नमिल्या क्या बैरे सँग


कि कसो बैरे सान


 
Posted on 11-04-09 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रशाद दक्षिणा सबै रे छ यता -- तर उही सुन्दरीको कटाक्ष जस्तो ---के गर्नु र -- बिच्कियो --त्यत्ती हो --


*****


शोभा, एउटी नगर बधु टोलमा आएकी छे। बेला साँझ साँझको छ।  जिम्माल बौधमा भर्खर शोले ११औ चोटी हेरेर आएका छन। नगर बधु जिम्मालको छेउमा आएर फर्याक फुरुक के गर्दै हुन्छे जिम्मालको मुखाड फ्याट्टै एउटा सम्बाद फुस्किन्छ।


जिम्माल: अरे ओ शोभा कितने आदमी थे?


नगर बधु : मर्न नसक्या काल जती आदमी भए पनि के त? आँट हुने थिए सबै। हैजाले लान नसकेको -- आफ्नो आँट छैन अनि जहिले देख्यो कितने आदमी थे -- बुहुनीको बेलाँ पारो रन्काउँछन -- मार्दिनु जस्तो लाग्छ ---


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters