[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७३

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 226241 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-19-10 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७३ ~





हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७३औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 173 editions.

Last edited: 20-Jan-10 09:19 AM

 
Posted on 01-20-10 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा।



लौ बिर्खे बा हामी लाई बुढा भन्यो नि राम्बहादुर ले ? के अर्ने होला? 


 
Posted on 01-20-10 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसको आँखो फुटेर बुढो भन्यो नि ठूल्दाई! अब एसि उमेरले गोडा दुई-चार बर्ख बढि भइएला तर पनि त्यो बज्जे भन्दा त हामि ठिटा हो नि।


पढ्छु भन्दैमा सधैँ पाठशाला गइन्न


बिहे  नगर्दैमा सधैँ ठिटो भइन्न,  तारेमाम्।॥


 
Posted on 01-20-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिठ्ठे ।
तारेमाम जिम्माल ।
बिहेको कुरा होइन जिम्माल, उमेरको कुरा नै हो । अझै ३-४ बर्ष पछी बिहे गरे पनि तिम्रा जती उमेर पुगिन्न क्यारे (बिगत का केही तिता मिठा पल हरुको ठेली बाट उध्रित )


 
Posted on 01-20-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे सर,


हो त नि बिर्खे बा,


तन बुढो भे नि मन बुढो छैन,
अहिले सम्म बिहे नभाको हामी मुढो होइन । मखुला ??


 
Posted on 01-20-10 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन ठुल्दाइ, के भयो बिहान बिहान, बढो जवानी लागि रहेको छ त ।
 
Posted on 01-20-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल जे भन्नु छ भन ठिटा हो, अइले एकछिन उता चिच्याउने बाकस सुनसान मरुभुमि जस्तो होला र यता कुर्लन्छौ, एकछिन पछि उता हराभरा भएसि, " के हो चौतारी भन्या?" भन्दै उतै रंगचंगि अक्षर बर्साऊन जान्छौ!
 
Posted on 01-20-10 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निम्ने बेलामा दियो धपक्क बल्छ भन्थे,
जवानी पनि त्यस्तै तिर लागेको जस्तो लाग्यो ।

P.S.: यो कुरा ठुल्दाइ लाई मात्र लागु हुने छैन है, भन्देको छु ।

 
Posted on 01-20-10 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हो जिम्माल, म त कहाँ जान्छु र त्यो चिच्याउने बाकसमा .


चिच्याउने बाकस मुर्दाबाद ।
Sound Box मुर्दाबाद  ।
 
Posted on 01-20-10 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, रामे र पुरे लाई सरस्वती पूजा को ब्रान्ड न्यू जदौ तथा ठुल्दाइलाई चाँही फ्याक्ट्री रिफर्बिस्ड तारेमाम !


उहिले उहिले ९-१० कक्षा पढ्दा सरस्वती मन्दिर गाको याद आयो ! आहा क्या दिन थ्यो !


खै कसैले नि प्रशाद ल्याएन त आज ! यसो बुनिया मा भुजिया मिसाको अनी कासी बयर ! मदनवा त पुग्यो होला सरस्वती मन्दिर ! ल्याउछ कि त प्रशाद !


 
Posted on 01-20-10 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sound Box मुर्दाबाद 


रामे लाई फेरी आज काँ बाट साउन्ड बक्स को याद आएछ !


मैले नबुझेको अर्को कुरा -- रामेले "खुशी" र "साउन्ड बक्स" लेख्दा किन रातो अक्षरले लेख्छ? 


 
Posted on 01-20-10 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नोर्थ पोलाँ बरु यस्तो गार्हो हुन्न होला, गाडी चलाऊन पर्थेन, अफिस आइराख्न पर्थेन होला, याँ त गाडीबाट आइस हटाउ, अफिस आउ, उफ्फ्फ्फ्फ्फ हावा टाइट। स्नो मात्र भे नि लौ भन्नु, आइस रेन रे तेस्का चाइने सास्ती हो। अली अली भे नि लौ भन्नु, आइस नै २ इन्च को धुत, हिंड्नै गार्हो गूड्ने त के भन्नु। बल्ल बल्ल आइपुगियो

सरस्वती पूजा रेछ है आज त, कुनै जमानामा स्वम्भु गैया थ्यो, लाइन बसी बसी पूजा पनि गरिया थ्यो, खै काँ गये ती दिन, ती साथ, सब हराइगये। बस यादै मात्र बाँकी भो गाँठे! त्यो स्वम्भुको भर्र्याङ् त २-३ चोटि ओहोर दोहोर गरिन्थ्यो बै, कस्तो छोटो लाग्थ्यो। घरबाट अली टाढा पनि परियो, भगवान शरणम् भन्दै त्याइँ धायिन्थ्यो।

लौ श्री सरस्वती माताले सबलाई सद्-बुद्धी दियुन, सबको कल्याण होस्!

ओ रामे, तिमी तिम्रा खुशीचालाई जिस्काउ, तिम्रा मदन्वालाई जिस्काउ, बिचरा म बलाखलाई के जिस्काउँछौ एह! अनी के रे के रे, तिमी मेरा उमेरका रे? लाज सरम काँ राखेर आयौ ओ रामेचा, ५ बर्ष चोक्खै घटाउन खोज्या आफ्नो उमेर हँ? बेसरम बेहया लबस्तरो!!!

लु मेरा पनि रे-फर्बिशद प्रणाम जम्मैलाई, रामे, ठुल्दाइ, जिमालबा, रिट्ठे (आच्या सब बुढा बुढाहरु मात्रै रेछन!)
 
Posted on 01-20-10 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sound Box मुर्दाबाद 

साउट बाकस सुन्या हो हाम्ले त, रामे लगायत सब बुढाहरुलाई बुधेस्काल लागेछ ब्यारे


 
Posted on 01-20-10 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सरस्वती पूजा को दिन, कम से कम पढे जस्तो त गर्नु पर्‍यो विद्यार्थी ले ।


 नत्र सरस्वती पनि पूजा पनि ठुस्किएला भन्ने डर ।


 पढे लेखे जस्तो गर्छु है एक छिन, १५ मिनेट भन्दा बढ्ता के सकिन्छ र चौतारी देखिने झ्यालाँ बसेर ।


 
Posted on 01-20-10 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, ति स्कुल का दिन हरु नसम्झाउ, सकी नसकी, कहिले चाँडै नउठ्ने  पनि चान्डै उठेर, सरस्वती थाना गयिन्थ्यो, सरस्वती त आफ्नो दिमागमा पहिले देखिनै बास बसेको हुनाले खासै पूजा गर्न पर्दैन थियो, तर जिन्दगी जिउन को लागि सरस्वती हरु को मुस्कान चाँही चाहिन्छ भन्ने हाम्रो मान्यता बमोजिम सरस्वती हरु हेर्न चाँही गयिन्थ्यो ।


Soutbox हुन पर्ने मा Sounbox भएछ, माफि पाउँ ।
खुशी र Soutbox, यि दुई भिन्न कुरा हरु हुन, रिठ्ठे  । तर पनि मैले दुबै रातो बनाएछु ।


आजको प्रश्न ।
खुशी र Sout Box भएका समान र फरक कुरा हरु बुँदागत रुपमा लेख ।

उचित जबाफ लाई उचित उपहारको ब्येबस्था गरिएको छ ।

 
Posted on 01-20-10 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्म दाई पढ्म, पढेर ज्ञानी गुनी ठुलो मान्छे बन्न पर्छ रे। दाई को हाइट कती रे बाइ ड वे
 
Posted on 01-20-10 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""""पढ्म दाई पढ्म, पढेर ज्ञानी गुनी ठुलो मान्छे बन्न पर्छ रे। दाई को हाइट कती रे बाइ ड वे""""


लोल!


खै किन हो, कोक्याएर हाँसो उठ्यो!


 
Posted on 01-20-10 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन रिठ्ठे, ठुल्दाइ लाई चाँही किन रिफर्बिशड तारेमाम ?
म त बिहानै आएर पढ्न थालिसकेको ठुल्दाइ । पढौ पढौ ।

 
Posted on 01-20-10 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी का औतारीहरु आज त बिहान बिहान देखी नै निकै चहल पहल छ नि ?


लु मेरो त मीतिङ नै मीतिङ छ , चिहाउदै गर्छु । लौ फेरी तारेमाम


 
Posted on 01-20-10 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>सकी नसकी, कहिले चाँडै नउठ्ने  पनि चान्डै उठेर, सरस्वती थाना गयिन्थ्यो<<<


सरस्वती थाना?


हन यो रामे ले के के लेख्छ आज? सन्चो छैन जस्तो छ आज रामे लाई


>>>पढ्म दाई पढ्म, पढेर ज्ञानी गुनी ठुलो मान्छे बन्न पर्छ रे। दाई को हाइट कती रे बाइ ड वे<<<


हाहा हसायो पुरे ले !


>>>हैन रिठ्ठे, ठुल्दाइ लाई चाँही किन रिफर्बिशड तारेमाम ? <<<


ए त्यो त, ठुल्दाइ ले मलाई देको तारेमाम लाई मैले मेरो मस्तिस्क को फ्याक्ट्रीमा रिफर्ब गरेर अनी फेरी ठुल्दाइलाई देको भएर रिफर्बिस्ड भएन त?


 
Posted on 01-20-10 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेटी मा फेरी अर्को ६.१ रेक्टर स्केल को भईचालो गएछ ! कठै हैटियन्सहरु को कस्तो बिजोग होला
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters