[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३० **

[Please view other pages to see the rest of the postings. Total posts: 510]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 214906 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 11-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व
कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, यामे, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......
ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ

मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


 
Posted on 11-08-06 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" केमोजि" आस्था भनेको को रैछ? मैले नि चिनिन। बरु यहाँ हरुको परिचय पाउन पाएए हुन्थ्यो :P
 
Posted on 11-08-06 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सबैलै
ग्वाँचेको गन्थन ले हसायो । अब हेरुम हाम्रो नेपाल मा नयाँ दिनको शुरुवात हुन्छ कि ।
***********************************
क्यार्नु बरै आस्थालै स्वागत मात्र गरे माला लाएदिन बिर्सैचु । लौ यो लिली भ'नि हाता लेउ आस्था

दादा कता जानु भओ आज भोलि ?
:):)

 
Posted on 11-08-06 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के भन्छ यो नेप्चे? अहिले, झन् त्यतिमाथी सबै सामान् देखाएर राखेको बक्सामा, अझ लोभ् गर्ला फेरि भनेर उस्लाई पनि एउटा छुट्टै बक्सा म सामान् हालेर दिएको ल अहिले यस्तो कुरा पो गर्छ बा। लौ म जिम्माल् बा जस्तो बुढा खाडा भे नि सुद्धि हरायो कि मेरो भन्नु? ठाडै बदमाशी गर्न लाग्यो है त नेप्चेले। :P:P

नमस्ते मिस्, हजुर् किन् ढिलो?
 
Posted on 11-08-06 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था ...... मैले नि चिनिन नि हजुर लै । बरु यहाँ को नि परिचय पाउन पाए हुन्थ्यो :P
 
Posted on 11-08-06 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त मैले नि आस्था लाइ स्वागत गरे जस्तो लाग्थ्यो चौतरीमा हिजो। धन्यबाद पाउने लिस्ट मा चाइ मेरो नाम देखिन मैले। म नि अब कुम्ले दाइ जस्तै चिच्याएरै भन्नुपर्यो
आस्था, स्वागत छ है चौतरी मा!!!

धेरै दिन भयो क्यारे हाजिर न गरेको, आज त गर्नु परो। नत्र फेरि नाम नै काटिएला।

रोल नम्बर २१: नेप्चे
हाजिर मिस
 
Posted on 11-08-06 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो नेफ्चेभाइले जिम्माल बा लै भेटाएचन के रे । अनि खेरि मेरा घराँ आ'र सुस्ताउनु पर्यो दिदी भने के रे नेफ्चेभाइले । सुस्ताउनु मात्र के हुन्त्यो बरे 'चिया सिया खान पर्यो माष्टर्नी नानी' भन्नु भओ के रे जिम्मालबा ले । अनि खेरि चिया खादा घाम माथि टाउकाँ परिआथ्यो । अनि खेरि 'भात पो खान मुन लायो मलै त तिन देखि केइ खाओ चेन' भन्नु भो के रे जिम्माल बाले । बिचरा जिम्माल बा!!!!!कति दिन देखी भोकै हुनुभे'च । जिम्माल काकी लै नि फुन अरेर बोलाकिम के रे । अचेल के जाती कारलेस फुन आ'चके हाम्रा गाम तिर । सजिलो भा'च कुरो अर्न । त्यति हुदा हदै जिम्मालनि काकी नि आए पुग्नु भो टुकरुक्क ।
'तिम्ले मिटो पकाउन जान्दिनौ माष्टर्नि नानी छोड म मिठो पकाउछु' भन्नु भओ । नेप्चेले सघाइराथ्यो ।

कस्तो मिठो पकाउन आउदो रेच जिम्माल बा लै त बरै यो उमेराँ नि।नेप्चे नि सिपालू रे'च मिठो पकौन आउदो रे'च । जिम्माल्नि काकीलै त केइ नि नआउने रे':) जिम्माल बा हरा'सि जिमाल्नि काकी नि भोक्कै अनि खादा उर्दा ढिलो भओ प्रिती :)
 
Posted on 11-08-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छिन् यि सान्नानी पनि। :O :O
दिने बेलामा खाली बक्सो दिने (जिम्मल बा जस्तै हुस्सु भै सकिछन सान्नानी पनि अब त)अब अहिले आएर मलाइ पो दोस। पर्मेश्वोरि, भुवनेश्वोरि के सुन्नु परेको यो कान ले पनि।

मलाइ सन्खा त लागेको थ्यो पहिला नै, पछि तेसै भ्नछिन कि भनेर। तेइ भएर त्यो कुम्ले दाइ लाइ दिएको बक्सो अहिले सम्म नि जतन गरेर राखेको छु, पछि केइ भयो भने देखाइ दिम्ला भनेर। लु हेर सन्नानी तिमि ले कुम्ले दाइ लैअ दिनु भनेको बक्सो यहि हो क्यारे। यस मा कोसेली को नामो निसान भए पो त।

 
Posted on 11-08-06 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो उमेराँ जिम्माल बा लाई एक्लै पठाउन भएन टाढा टाढा सम्म, यी बुढा पनि ए केटा हो हिनाओ न भन्या भे साथ गै'दिन्थेउ नि, बिचरा भोकै हेर... त्यहि भएर अहिले सम्म नि चौतरीआँ आ'खैनन अहिले सम्म। के जाती कारलेस फुन लाएर सोध्नु पर्ला जस्तो छ जिम्माल्नी आमा लै, न कतै बिसन्चो पो भो कि
 
Posted on 11-08-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीको छोरा तपाईंलाई पनि धेरे धन्यवाद । मिसमि म एक बतुवा हो ।चौतारीमा थकाई मान्र आको ।म पनि नेपालीकै स्न्तन हु । मिठो मिठो कुरा सुनेर थकाई पनि मरे जस्तो छ ।अब बाटो लाग्नु पर्ला जस्तो छ । सबैलाई नम्स्कर छ ।
 
Posted on 11-08-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आस्था बहिनीले मेरो परिचय मागिहालिन,

लौ सुन! यो गाउँमा यदि कोहि सोझो, राम्रो, हँसिलो मान्छे छ भने त्यो मै हो। केहि पर्यो, कसैसङ्ग चित्त बुझेन भने आउने ठाउँ भनेकै मेरोमा। अहिले सम्म एक शब्द झूट बोलेको छैन, कसैलाई नराम्रो भनेको छैन, सधै मुस्कुराइरहने मान्छे भनेको मै हो।

अब अरु के भन्नु मेरो बारेमा? सबैलाई थाहा भाकै कुरा हो।

खोइ के भन्ने, आफ्नो बारेमा मलाई त्यत्ति सार्‍हो केहि भन्न मनलाग्दैन के, अरु ले भनेको सुन्ने मात्र हो।

देखिहाल्यौ तिमीले, मेरोलागि भनेर ल्याइदिएको कोसेली नेप्छेले झ्याप पारिसकेछ। आफुँ त्यस्तो सोझो मान्छे।

:-) :P
 
Posted on 11-08-06 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए कुम्ले दाइ, आफ्नो भनेर मेरो बायो-डाटा टास्देको भन्या? यो त अलि भएन है।
:P :P
 
Posted on 11-08-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल बा भेटिएछन्, बुढा काँ गा रैछन बतइहाल्लान चौतारीमा आएर । आफुलाइ बल्ल फुर्सद भो नत्र बुढालाइ खोज्दैमा तीन दिन तीन रात नसुतिकन गो ।

अनि एइ मेलोमा आस्थालाइ स्वागत गर्न नि पाइएन्, मान्छेहरु घोक्रो सुकाएर कराउदै स्वागत गर्दै धन्यवाद लिरारछन ।
लौ आस्था, तपाईंलाइ स्वागत छ चौतारीमा । म चाइ ग्वांचे, पैला पैला अथिती सत्कार बिभाग नि सम्हालेको हो चौतारीको । तपाईं एउटा 'बतुवा' भए नि नेपालीकै 'स्न्तन' हुनुहुँदो रहेछ । हाम्रो चौतारीमा त आउने बाटो मात्रै छ फिर्त जाने बाटो छैन्, एक चोटि आको मान्छे अटोमेटीकल्ली लाईफ मेम्बर हुन्छ चौतारीको । तेइ भेर बाटो लाग्ने कुरा चाइ नगरौँ । फुर्सद मिला'र आउनुस् चौतारीमा, हास्नुस्, खेल्नुस्, आफ्न कुरा सुनाउनुस्, अरुका कुरा सुन्नुस् ....... यै त हो नि हाम्रो चौतारीको उद्देस्य ।
बरु एउटा रोल लमबर लिइ हाल्नुस् मिस् सँअ ।
फेरी पनि स्वागत छ है तपाईंलाइ ।
 
Posted on 11-08-06 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए कुम्ले दाइ, आफ्नो भनेर मेरो बायो-डाटा टास्देको भन्या? यो त अलि भएन है।
:P :P :D :D
 
Posted on 11-08-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपचे, त्यो तिम्रो हो र मेरो जस्तो लाग्छ बायोडाटा त । अस्ती कुम्ले ब्रो आ'थ्यो लौ न ग्वाँचे एउटा काम पाउला जस्तो छ, बायोडाटा कसरी बनाउने होला सिकाइदेउ न भन्दै । आफुलाइ फुर्सद थेन्, लौ न त यस्तै हेरेर बनाउन भनेर मेरो बायोडाटा दे' को त, ब्रोले ठ्याकै तेइ टांस्देछ, खाली नाम मात्रै चेन्ज गरेर ।
का .... बेssssइमान ....
 
Posted on 11-08-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन है आस्था कुम्ले ले आज सम्म साचो बोलेको था'छेन मलै कुरो भनेओ किलिएर हुन पर्च

हैन त नेप्चे (Nepal Ko chora)?

:)
 
Posted on 11-08-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बक्साँ भा'को खानेकुरो जति सबै एकै सासाँ कपाकप हुसुरेर खालि बक्साको फोटु खिचे जस्तो छ यो नेप्चेले! कि साँचीकै सान्नानीले नै बेईमानी गरेकी हुन्? पञ्चायत बोला'र कुरो टुङ्ग्याउन परो! गिरिजा, माकुने, परचण्डे, गईनेन्द्रे, र जिम्मालेलाई सँगै राखेर पञ्चे भेला गरम्!

आम्न पा'छैन, जाने कुरो गर्छे बा यि आस्था नि! लोउनि मुन्छे हो कि आईमई हुन् नि था' पाईन त नि। रमईलो लागे जानै पर्च भन्नि छैन के रे, तो गुठीको ५ रोपनीआट दुई आना जग्गाँ तिम्लाई छाप्रो ठड्याईदिम्ला नि। कि कसो गाम्लेहुर?

अनि के रे, मास्टर्नी नानी, छोरीको दाँत कस्तो छ? मेरो त सर्जरी हो कि फर्जरी गर्न पर्ला जस्तो छ के रे। भोली फेरि डाकेचन् जाँचबुझ अर्न। सानो छँदा देखि सुत्दा खेरुन् बेस्सरी दारा किट्नी बानी के रे, बङ्गरा त धस्सिएछ निकै। नेपालाँ त "अलक्षिना" भुनेर गाली मत्र गर्थे के रे, य्हाँ को झाँक्रीले त गिजै काटेर दाँतको उचाईं बढाम्न पर्च भन्छ।

जिम्मालेलाई भेटेकै हो त? मुलाई त रिकुटेको साथै ला'र लाहुर गयो कि भुनेर पिर ला'थो। यो बुठेसकालाँ भर्ति हुन त के पाईन्थो? बरु गवालीको ट्रेनिङ् ले'र आउला नि बुढा भुनेर खोज्नै छोट्द्याथें के रे मुईले त!

अन्खेरुन्, सान्नानी, तो पावरप्वान्टको समेस्से सुलझाउन त गाह्रो परो के रे। मेरो पाला स्लईड पिले अर्दा छुट्टै मिसिनाँ बाजा बजाईदिने सुर कसिम्।
 
Posted on 11-08-06 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाssssssssssssssssssssssइ
 
Posted on 11-08-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है गाम्लेहरू!!

लौन, मेरो बायोडाटा त यस्तो पो छ त 

नाम – चित्र बहादुर मुखिया (चित्रे)
ठेगाना – ५५५ आन्ध्रे खोलाको किनार, आयरी गाम, वडा नं ४२०
शिक्षा – २.५(अढाई) कक्षा
विशेष सीप – २ र २ जोडेर ५ निकाल्न सक्ने
दक्षता – चौतारीमा नाच्ने, होहल्ला गर्ने

अब यस्तो बायोडाटाले म कहाँ जागिर पाउँछु होला :( ;)
 
Posted on 11-08-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भो ग्वाँचे भाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽई? मेरो सुकुटी बाटैं सिध्याईदो?
 
Posted on 11-08-06 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइ मायालु श्रीमती भए –एइया! नारीएर हिन्छन साथ अरु कसैका
कोइ खै कता पुगे मन तर अझै सम्झिन्छ मुस्कान हरे! ती निस्ठुरीका
आफु जत्रै छोराछोरी लिएर नी हिन्छन् गाँठे! राम राम! कोइ कोइ त
दुइ ट्वाक यो जाडो मा राती लाएसि सोच्छु म नी एउटी कस्सेकीको पोइ हुन पा त --

गफै त हो ---
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters