[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI V

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 195729 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-26-05 11:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारिया त छपनि थपिएको थपिएइ छ , झन झन कुदेका छपनि पो देखिन थाले! गाम ठामको सम्झना मेट्न फुटेकै ढुङा त काफी छन, कुदेका छपनि ले त मोहनि नै लाए । यसो ट्याम मिल्यो कि केइ ने केइ निहु पारेर दम्तरिहरु आइ हाल्चन केरे । मिठा मिठा गफले त एकैछिनमा गाम पुगिन्च केरे । कस्तो मिलार कुरा अर्चन यि दमतरि हरु, जति पढे नि मनै भरिन्न के, पढम पढम हुन्च ।
दमतरिहरु फेरि नि जुटम, उहि छापाको चोतारिमा, मिठा कुरा कुरा अरेर मनै हलुंगो बनाम, मनै खुसी बनाम , फेरी फेरी केइ निहु पारेर चौतारिमा खुसुक्क आउने माया लगाम । पुराना छपनि हेर्न तलका पाइटा समातम ।

भउते हरायो
चौतारी १
चौतारी २
चौतारी ३
चौतारी ४

 
Posted on 12-30-05 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर्, यो भउते त ज्याद्रै जो बाठो हुन पो खोज्नी रैच ए गाँठे!

‘मेरा बाजेले घीऊ खा थे, मेरा हात सुङ् सुङ्’ भने झैँ दुइटै केटी पो ल्याउचु भन्दो रैच्। तेरा हजूरबाले मुलुकी ऐन ननिस्किदै माैकाँ चौका हानेआ होलान्। अव तेरा पालाँ त काँ तेसो अर्न पाइन्च? लौ तुरुन्तै खबर गर्, हैन भनि समुन्द्रे केटो डाँगो झैं ढुकेर बसेओ छ सुनाखरीलाई उछिट्याउन्। मलाई जो अप्ठेराँ पार्लास्।
 
Posted on 12-30-05 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका,
काँ हो तपैं? बिलाइततिर जस्तो छ नि? हाम्पनि नजिक नजिकै हम्। आफू चैं मैनालाई ईमेल लेख्न बस्या, केही फुरेन लेख्ने कुरो, के लेखम् लौ न सिकाई पाम् न। आज त धेरै रात चढिसको, सुत्छु, बरू भोलि बिहान सबेरै उठेर लेख्नु पर्ला। लौ, शुभरात्री है, काकीलाई दर्शन भनिदिनुहोला!
 
Posted on 12-30-05 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मार्यो, काकाले त ऐन र सैनका कुरा अर्न लाए गाठेँ। पुलिस हुन् कि के हो ? :p
छाडिदिनुस काका, पहिला चैन, त्यसपछि ऐन। बरु गोताएँले नि खोज्दैछन, ३टी बनाम्नी हो

अनि त:

जेठी लुगा धुनी
माईली खाना पकाउनी
कान्छी झीँगा धपाउनी

गजब छैन त? :-)

हैन एउटै बाहेक अरु लिन पाम्दैनस् नै भन्नु हुन्छ भने त्यो नाइटीको नाइटो मात्र काटेर भा'
नि सुनाखरीकोतिर जोड्न परो, सारै मोहनी लायो के। बरु त्यसपछी नाइटीलाई को'ले लाने हो
हात उठाम् है :-)

:-)
-भउते
 
Posted on 12-30-05 7:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

परि देशमा चहारेको सपना रमाइलो
यथार्थमा चहर्‍याएको विपना रमाइलो
जीवन रमाइलो, मृत्यु पनि रमाइलो
जता हेर्‍यो जहाँ हेर्‍यो परिवेश नै रमाइलो
पात झरेको नाङ्गो रुख रमाइलो
प्रियतमाले कुल्चिएको गह्रौँ मन रमाइलो
चौतारी रमाइलो, त्यहाँ पुग्ने
उकाली अझै रमाइलो
........गौतम
 
Posted on 12-30-05 7:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका, केटाजति बिउरिदा बिउरिदा अब दुइटि ल्याउचु पो भन्नथाले बा। हैन अब मैलेनि एसो बराउनिओ कुरो उठाउम भने फेरि केटाजति मै माथि खनिहाल्चन "इ लाले किन जान्नि हुदाउन ब्यार्थैया" भनेर। गाम'अ जेठेबाठो मुन्चे काकाजो हुनु भओकेरे त्यै भअर काका एउछिन ट्याम भएदेखुन एस्सो मोतो जान पर्नि थियो। तेत्ति के भन्न भ्या थिए बुडा त लंओटि खिच्दै पाखुरापो मिच्नथाल्चन " भन्नि भा ह्याइ भन् हैन भने म तेसेरि जिम्मालको मुद्दा मिलाउदा झै मोतांत कन्नालेनि जान्न" भनेर।
मैले भने, अब कुरो त उइ होनि फेरि, हिजो बेल्कितिर बाडखोलाड फुन आ'थियो। हस्याङ र फस्याङ अर्दै फुन उठाम्न गअको त डअ'र मुनि गोरेदाइ रइचन बरा। के भओ दाइ आज कताड सम्झेउतनि भनेको त " अब मसिनि बिया अर्नि बेला भइ हेर भाइ, तैले देखेकै छस् केरे कतिभाति राम्रि छ, अब येसो सहरां राम्रो गारिखानि केटो भेटिस भने आफ्नै बइनि सम्झेर कुरा अगि सारेसकेरे, तेरो गुन जसरि भानि तिरम्लानि" भनेर पो भन्नचन बा। हुननि मासिनि बिछट्टै राम्रि छ है छनत। कुकाकुला को जस्तो जिउडाल, छातिनि ठुल्ठुला। दारिमका दाना जास्ता मिलेय्या दांत। गामकि भनेर क्यारनिओ चपट्टैपो छ।
एता केटाजति बोका गनाम्दा झै गनार बसेका केरे, तै भअर येसो काका लाइ भनेर हुनि भा कुरो राउथिम भनेर मत्रै हो।
येस्ता कुरां सिरेनि मुन्छे त पाकै छन छनत। आफ्ना दउतरि हुन, तैनि क्यारनि पइलात बुडालाइनै अगि लाउन परोनि।
कुरा पइलेइ किलिअर अर्दिम, गर्दुआ त केइनि दिन सउदिन है भन्थेनि फेरि गोरे दाइले। बा आमा छैनन् बरा, तैनि बइनिलाइ राम्रै अरेर राख्या छन।
ळौ सिरे, अब तिम्रा जेठान पनि छनकेरे येसो कुरा अरन। नभा म कुरो अन्तै चलाम्ला।
 
Posted on 12-30-05 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाने जिटिओ काँ गेऽर कैँची जस्तो त्यो रुखका मुन्टा काट्नी कैँची ल्यार काँटछाँट पराम् न। झन राम्रो हुँदो हो कि चौपारी।
---
चित्रे:

तिम्रो गर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट

झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट


मैना:
सुन्तलाको छाचँरी पातलो छाला
करिमले चाचँरी जाँ लाला त्यैँ जालाबामरी फूलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट

 
Posted on 12-31-05 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा नी के के भन्चन के के ! समीका रुखाँ चडेर हागा काट्नी कुरो नि अर्नी, हाम्लाइ पाप लाउदैन ? नकाटी
नहुनि भो भने आम्दो शिवरात्रीयाँ काटम्ला सपै गाम्ले मिलेर र धुनी बालम्ला । त्येसोअरेसी पाप लाउदैन अरे !

चौताराँ मुन्छे तेती आ'स्तो मान्दिन, त्यो भातेले आची अरेर मोरेच अस्ती पेटीयाँ बसेर त्यै भ'र त हैन ! आम्नी जानी गरम् है गाम्लेरू, हिजका मुसलधारे पानीले सपै सफा भैच अइले त !
 
Posted on 12-31-05 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबै, केटाहुरले त केटी चाइयो केटी चाइयो भनेर उछारबाटै नदिनि भए गाँठे। अरु त अरु अव यो लाले नि तेइ भन्दो रैच।

ओए सिरे, कता मरिस् है तँ? सयोग चाइयो याँ त! नहरान् तेसरी!

******

चित्रे, हो हो म तेरो गामको खोला पारीओ गाममै जो छु।

*******

यो नमेलाई के भा हो हँ? 'जो अगुवा उही बाटामा हगुवा' भने झैं के के जाति भाषाआँ बोल्दो रैच ए, चउपारीओ भाषा नबोलेर!
 
Posted on 12-31-05 7:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले टाँसेओ मेरो फोटो देखेसि पुराना कुरा सम्झेँ है मैले त! गाममा छँदा ३-४ फेर बल्छी लेर माछा मार्न खोलो तिर गइयो। तर बल्छीआँ माछो चैं दुई चार घंटै कुर्दा नि कैल्यै पार्न सकिएन् गाँठे! लामो निगुलो काटेर तेसैआँ बटउली (Butwal) तिराट ल्याएको मसिनो धागो बेरेर, अनि गाम कै आरने (Blacksmith) केटोले फलाम थिचेर घोटेर बनाको बल्छी (hook) बाँधेर खेल्तिम् हामीहुर कैले कैले।

तर बल्छीआँ माछा पार्दाओ मजा चैं यतै खैरोओ देशाँ आएसी अर्न पाइयो। धेरै त हैन, फेर चारेक गइयो माछा मार्न। अव गामआ बल्छीआँ माछा नि कसरी पो परुन खै! न त बल्छी नै गतिलो, तेसैमाथि माछाओ चारो (bait) नि के न के को! हामीहुर तेइ खोलाओ तिरआँ भाका ढुंगा पल्टाउँदा जे जस्ता कीरा भेटिन्चन् तेसैलाई बल्छीआँ उन्तिम्। माछाले यी कीरा खानि हुन कि हैनन् भगुमानै (भगवान) जानुन्। अव माछालाई रहर लाग्नी, हेर्दै खाँउखाँउ लाग्नी चारो भए पो त तेहि खान आँउदा तिनको थुतुनो बल्झिनि हो। हाम्ले लोभ्याउन राख्नि जे पायो तेइ गड्याउला सड्याउला खान माछा के आँउते?

खैरेआ जाति चैं तिनले अर्नि जति कुरा सप्पैआँ जातिविति बाठा हुन गाँठे। बल्छी खेल्न जानि भनेसि जानि भनेओ तलाउ वा खोलाआँ के के थरि माछा पाइन्चन्, ति माछाले के रुचाउँचन् सप्पै नालिवेलि पइल्यै थाहा हुनि। कुन माछो समाउन कुन चारो हाल्नी हो सबको ज्ञान हुनि। फेरि बल्छीआ सरसमान नि उत्तिकै गतिला। मैले फस्ट टराइमा जो एउटो झुन्ड्याइहालेँ। यस्तो पो त बल्छी खेलेओ काइदा!

तर यी कोइ कोइ खैराओ जातिले अर्नि जुन कुरो छ माछा समाएसि तो चैं ठ्याम्मै जो चित्त बुझेन है मलाई! समातेको माछोलाई चुप्प म्वाई खाएर फेरी पानी मै फुत्त जो छोड्नी भए समाउनी नै किन हो? बुझि नसक्नु छ है तो चैं!
 
Posted on 12-31-05 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेऽऽऽऽऽ

माछि मारन है दाइ हो
रौसिलाइ चटनी माछि मारन !

पखराको बजारमा सुका धार्नी मासु
तिम्री छोरी मैले लयेँ टिकोलाइदेउ सासु

माछि मारन है दाइ हो रौसीलाइ चटनी..........
लौ ! "सासु" भन्नीबेलाँ त मैले सुनाखरिकी आमा पो सम्झेँ ! मलै कैले ले'र जानी काका सुनाखरीया घर ?
कस्ता खान्दान हुन्, ससुरा बुडा क्यार्चन, सासुको माइती कता हो, सपैकुरो खोल्नपरो नी काका !
त्यो भउतेको कुरो नअर्नोस म'सँ, कसैलाइ एउडीनी नहुनि कसैलाइ तिन्टी चाइनी ? अझैनी तपैँ नमा्न्नी हो भने सोदखोज अर्दै म एक्लै भे'नी जान्चु ।जे त होला !
 
Posted on 12-31-05 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

HAPPY NEW YEAR 2006!
2006/01/01 0:00:01 JST
 
Posted on 12-31-05 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो त टन्नै बाँकी छ यार,
ल, ल दादालाई नि नयाँ बर्षको शुभकामना

ए सईँ हुर, मलाई त रुघाले सख्तै पार्यो यार। दादाले अस्तिनै के खाएर निको पारे कुन्नि।

सिरेले बेसार अदुवा नुन बनाएर उमालेर खाउ भनेर त्यै गरेको। त्यो रोटी इटरको पसला'ट
ल्याको बेसार केको बेसार हुनु नि। जम्मै के के जाति मिसाको रे'छ के रे। रात भरि पेट गुड
गुड अरेर उल्टै सुत्नै पाको हैन ल।

बिहान उठेर ऐनामा अनुहार हेरेको त, मेरी बास्सै !, मुख त गहिरीको काईलागेको ढुङ्गा जस्तो
सप्पै पहेँलै। बेसरी बुरुसले घोसर्दा नि गएन यार। आज दिन भरी बाहिर निस्कनै लाज मर्नु
भो।

झन केटी हेर्नी बेलाँ मैलाई यस्तो हुनु पर्ने के :-)


:-)
-भउते
 
Posted on 12-31-05 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज नयेँ साल लाओ भनेर सपैँ जनै लाम्नीरु नि जनै सनै फुकालेर भट्टीतिर ला'अस्तो माने मैले आज !:D
कोइ आ'नन् ।
 
Posted on 12-31-05 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए समुन्दर जी,
तपाइको गर्मिनीमा त भो होला नि नयाँ वर्ष, बजेन बाह्र? ह्या त बल्ल १०:२० भो, अझै बाँकी छ एक घण्टा ४० मिनेट। ल तपैलाइ शुभकामना छ है।

नयाँ वर्ष २००६ को शुभकामना

अनि कसरी मनाउँदै हुनुहुन्छ नि नयाँ वर्ष?
 
Posted on 12-31-05 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे बन्धु,
बेला हुनै लाग्यो ! अब मात्रै 3 मिनेट बाँकी छ । ल, मेरो पनि तपाईँलाइ नयाँ बर्षको अवसरमा सुस्वास्थ्य, सु:ख सम्वृद्धि अनि उत्तरोत्तर प्रगतीको लागि धेरै धेरै शुभकामना !

कसरी मनाउनु र ? उहि त हो नि ८-१० जना जम्मा भा'छैँ, थोरै पिउने धेरै नाच्ने गर्नुपर्ला ! :D
 
Posted on 12-31-05 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, हाम्रोमा पनि बज्यो है बाह्र! नयाँ वर्ष लाग्यो।
००:००:०१ GMT
अब त अम्रिका र केनडाडाको पालो बाँकी छ, केही घण्टामा आउँछ होला। यहाँ लेख्नु होला है, भोलि बिहान उठेर हेरम्ला नि!
याँ त आतिसवाजी हुन थालिसको, शुभकामना है फेरी!
 
Posted on 12-31-05 6:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल ७:१३ भो यहाँ त।
अझै ४ घन्टा ४७ मिनेट छ यार। :(
सिरेको मा त झन कहिले हो कहिले :-)
 
Posted on 12-31-05 8:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ककसका गाममा अर्को साल भयो?
 
Posted on 12-31-05 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ १ घन्टा १५ मिनेट बाँकी
 
Posted on 12-31-05 10:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा भउते एक्लै चौताराँ छन् बा। Count Down ! गर्न कतै जानी हैन? मेरोमा त बटालियन सबै आए केरे। फोटु टाँस्न हुन्तो तर फेरि कोठा भद्रगोल थियो । त्यो एड्डी मर्फिको Coming to Amerika ! मा प्रिन्सलाई देखाउँछ नि मुसा दौड्या कोठा, हो त्यस्तै बनाथेम् के। के टाँसाई भो र।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters