[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 नेपाली गजल क्रमश: ........

[Please view other pages to see the rest of the postings. Total posts: 161]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

nepali poem song gazal lochan rijal
[VIEWED 187908 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 02-25-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जे होस् सबैलाई धन्यबाद दिनै पर्छ positive criticism, encourage र गाली गरेर मलाई सुधार्ने चेष्टा गर्नेहरुलाई -

 

पूराना धागाहरु

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=22595

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=50699

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=56095

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=53896

 

र नंया धागो शुरु गर्दैछु !

 

गजल

 

नतीजा ननिक्लने प्रयोग तमाम  छन् !

फेरी गरिन थालेका उस्तै ब्यायाम छन् !

 

गुटमा सामेल नगर्नुको रहस्य के ?

मेरा नाम पनि त उत्तिकै बदनाम छन् !

 

गन्तब्य देख्दा देख्दै नत्र किन रोकियौं ?

अरु कसैका हातमा हाम्रा लगाम छन् !

 

सडकै घर भए पछि कहां नै पुग्नु छ ?

तैपनि यता र उता जानु पर्ने काम छन् !

 

नमच्चिने पिङ्गमा झुण्डिने झुण्डि नै रहे 

झट्का लाउन सक्ने जति ठण्डाराम छन् !

 

 
 
Last edited: 25-Feb-08 07:51 PM
Last edited: 02-Mar-08 01:42 PM

 
Posted on 08-23-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साझाको संसारै अर्कै रहेछ नि । नेपे, वीरखे माईला, शिरिश, चेली आदी जस्ता सर्जकहरुले फुराएर राखेको फुलौराहरु कति स्वादिला- स्वादीला र'छन् हाउ !

किक्क्टी 

 
Posted on 08-23-08 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाको संसारै अर्कै रहेछ नि । नेपे, वीरखे माईला, शिरिश, चेली आदी जस्ता सर्जकहरुले फुराएर राखेको फुलौराहरु कति स्वादिला- स्वादीला र'छन् हाउ ! 
किक्क्टी  


 
Posted on 08-23-08 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


साझाको संसारै अर्कै रहेछ नि । नेपे, वीरखे माईला, शिरिश, चेली आदी जस्ता सर्जकहरुले

फुराएर राखेको फुलौराहरु कति स्वादिला- स्वादीला र'छन् हाउ ! अघि बढौं गुरुहरु ! अघि बढौं ।

यो किक्टीको बधाई छ । 

किक्टी 

 
Posted on 08-23-08 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो नँया मित्रहरुलाई सादर उपहार -

 

हालत माथी शंका गर्नै मौका बाँडेकै हुं !
छांया सित दोहरो कुरा गर्न खोजेकै हुं !
 
सम्झौता जब मेरै ब्याख्यामा निर्भर हुन्छ
कस्ले भन्छ बिश्वासमा घात गरेकै हुं ?
 
तिम्रो पीडामा रुंदाका आंशु छोउ साथी
गोहीसित अश्रुग्रन्थी सापट मागेकै हुं !
 
भिन्न परिणाम निकाल्ने लक्ष थियो नै
हरेक चोटी एउटै प्रयोग गरेकै हुं !
 
तिमी माथी मेरो भरोसाको हद हेर
पानी मात्र पिलाउंदा पनि मातेकै हुं !
 
म अनिर्णयको बन्दी भईन कहिलै
शर्तहरु  सहर्ष बिना शर्त  स्विकारेकै हुं !

बीरहरु एकचोटी मात्र मर्छन् भन्छ

म थुप्रै दुर्घटनामा परेर बांचेकै हुं !

 

Last edited: 23-Aug-08 10:37 PM

 
Posted on 08-24-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हन हाउ ! मबी र शिरिश एउटै ब्यक्ती हो कि क्या हो  कसो?  
हिजो मबी जीले पस्केको गजल त यहाँ पनि पाएँ त? काटि कुटी एउटै छ है मरी जाउँ

 
Posted on 08-24-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो तिक्तता, मिठास सरी स्वीकार
मेरो चाही, बोली पनी बहिस्कार

सादा पन्ना आज प्रमाण भो
सोच्दैछु अझै, कहा थियो पत्राचार

निर्बस्त्र बनायौ दोसी ठहराई
प्रतिकार मा के थियो अत्याचार

साझामा लेखन को पहिलो यात्रा
सबैलाई यो "गु" को दुई हात जोड़ी नमस्कार


 
Posted on 08-25-08 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्कार नमस्कार ! गु जी, तपाईंले पनि राम्रै फुराउनु हुँदो रहेछ । बधाई छ ल !

 
Posted on 09-14-08 7:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाता मात्र राख्ने भए धार भएर आउ
सम्बन्धै जोड्ने भए तरबार भएर आउ
 
जलेर के गर्नु ? ओझेलमा पर्‍यो प्रकाश,
तेज नाप्ने हो त अन्धकार भएर आउ
 
घटना दुर्घटना घट्न सक्छ बेहोसिमा 
हांकको सामना गर्न तैयार भएर आउ
 
मेरो आफन्तहरुका नियत खराब छन्
हतियार नभए साझेदार भएर आउ
 
चर्चा परिचर्चामा रमाईलो मान्ने मान्छे म
निराधार यद्यपि समाचार भएर आउ
 
भुमरीसित मेरो लसपस ननिको लागे
किनारा कोर्न सक्ने चित्रकार भएर आउ
 
पराया हुन गएकाहरुका दुर्गति हेर
उन्नति गर्नु छ भने परिवार भएर आउ
 
मैले पिएको गंगा अपबित्र लाग्दो हो त
राग होईन आफू नै मल्हार भएर आउ
 
Posted on 09-14-08 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि मेरो टिप्पणी कप्छु (कपि-पेस्ट गर्छु) है त ।

 

 

बेजोड शेरहरु ! यी दुई त करोडका -

 

नाता मात्र राख्ने भए धार भएर आउ

सम्बन्धै जोड्ने भए तरबार भएर आउ

  

भुमरीसित मेरो लसपस ननिको लागे

किनारा कोर्न सक्ने चित्रकार भएर आउ

 

अनि यस शेरमा निहित ठट्ट्याई र बठ्याँई पनि साह्रै मन पर्‍यो । No publicity is a bad publicity भन्छन् नि, त्यो बठ्याँई छ यसमा,

 

चर्चा परिचर्चामा रमाईलो मान्ने मान्छे म

निराधार यद्यपि समाचार भएर आउ

 

 

Nepe

 

P.S.

स्पष्टिकरण: मबिजीको पहलकदमीमा nepalighazal नामको एउटा google group गत चार महिना देखि क्रियाशिल छ । यसमा अहिले सम्म 47 जना नामी (बेनामी को विपरितार्थ) गजल साधकहरु जुट्न पुगेका छन् । त्यही ठामको टिप्पणी यहाँ कपेको हो के ।

 

http://groups.google.com/group/nepalighazal/about?hl=en

 


 
Posted on 09-15-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 बिश्वासको मेला रे भन्थे, गैयो
खानु धोका खाएर आईयो

बैतरणी रे भन्थे, गाईदान गरीयो
गाई त कुन्नी, आफु डुबानमा परीयो

रात पछी बिहान रे भन्थे, भर परीयो
आफु त तर मध्यरात तिरै मरीयो

संजिबनी हो रे भन्थे, खाईयो
एकै मात्रामा ठहरै भैयो


(ज्ञाताहरुले यो गजल हैन भन्नु अघि नै म भन्छु, हो यो गजल हैन)

Last edited: 15-Sep-08 10:26 AM

 
Posted on 09-15-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Posted on 09-14-08 10:51 AM     Reply | Notify Admin | Delete | Edit
 
    " भिन्नता "
 
 
 
 
 
कोलहलै कोलाहलको बीचमा
एक्लो नितान्त एक्लो म
कति पनि बिचलित भैन
स्वार्थै स्वार्थले भरिएको दुनियामा
कोही पनि आफ्नो हुदैन
बिस्वाशको पर्खाल भत्काउदा  तिमीले
पश्चाताप पनि गरिन
तिमी अगाडी बढ्दै गयौ
अभिमानिको बुई चढेर
म टक्क रोकिए
स्वाभिमान लाई आत्मासाथ गरेर
तिमीले दिएको मानसिक उत्पीडन मा
म छटपटाई रहे
सल्कीएको चुरोट सरी 
म जली रहे
तिमी आउने बाटो भरी
आँखा बिछ्याएर
तिम्रै प्रतीक्षा गरी रहे  
तर : तिमीले त बाटो नै बदली सकेछौ
आफ्नै दुनियामा रमाएर
हासन पो थालीसकेछौ
यदि, मलाई पनि नैतिकताको
हदबंदीले कैद नगरेको भए
म पनि त सक्थे तिमीलाई तड्पाउन
भुसको आगो झै भित्र भित्रै सल्काउन
फेरी पनि म बिबश भए
तिमी संगको अनाम नाताको बन्धनले
तिमीलाई घृणा गर्न पनि सकिन
तिमीले दिएको चोटको हिसाबै गरिन
बरु ;उपचार बिहीन घाऊको
पीडायुक्त बेदनामा छटपटाई रहे
बादल पारीको निलो आकाश चिहाउदै
आँखा भरी आंशु बोकी
छाती भित्र पीडा लुकाई
तिमी र म बीचको भिन्नतालाई
नजिकै बाट नियाली रहे
केवल चुपचाप नियाली रहे
बश नियाली रहे 
   शान्ती

 
Posted on 09-16-08 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ब्रो खतरा गयो नि हो !
 अरु अलिकति मिहेनत गरे त तगडै गजल बन्छ साँच्चै !लौ कसरत गर्नु परो प्रभो !

शान्ती जी,
राम्रो कबिता लेख्नु भएछ !
तिमी खराब - म असल या म पनि खराब हुन सक्थें भन्ने उद्गार राम्ररी हाल्नु भएछ !
तर कुनै कुनै बिम्बहरु जस्तै 

कोलहलै कोलाहलको बीचमा
एक्लो नितान्त एक्लो म

बिस्वाशको पर्खाल भत्काउदा  तिमीले

सल्कीएको चुरोट सरी 
म जली रहे
तिमी आउने बाटो भरी
आँखा बिछ्याएर
तिम्रै प्रतीक्षा गरी रहे
  

सार्है धेरै प्रयोग भैसकेको र तपाईले खासै कुनै नँया तरीकाले प्रस्तुत चाँहि गर्नु भएन ! 
कोशीस जारी राख्नुस् - हीरालाई त टल्काउनु पर्छ ! चरालाई पनि उड्न सिक्नु पर्छ !तपाई त अझ प्रतिभा भएको मान्छे -किन ननिखार्नु ?

यो चांहि गजब छ -सत्ते

म पनि त सक्थे तिमीलाई तड्पाउन
भुसको आगो झै भित्र भित्रै सल्काउन

मैले नटांसेको एउटा गजल जो सित प्रसंग मिल्छ होला भनेर टांस्ने आँट गरें ल !

 

अरु जलोस् भन्ने आफ्नो मनसाय बचाउन
नत्र किन हतार मेरो उपचार गराउन ?

सपनाको प्रकृति या मेरो प्रबृति नै त्यस्तो ?
सक्दैनौ सुतेको जस्तो गर्ने मलाई जगाउन !

मखमली सिरानी छाडेर आउन भन्दिन
ढुङ्गा भन्दा सार्हो मेरो छातिमा निदाउन !

मलाई नदिदैमा साँघुरो हुन्न तिम्रो दील
बेला मौका पर्खेकै छौ होला हीरा फुटाउन !

क्षणिक स्वाद दिई, दिन्न सँधै पछुताउन
भैगो मै आउन्न सिर्फ एक रात बिताउन !

चाहन्न मेरो अफापको नतीजा हो भनाउन
आफू भन्दा ठूलो शत्रु आफैलाई बनाउन ! 






 
Posted on 09-22-08 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष जी
धन्यवाद सुझाबको लागि सुधार्नु पर्ने थुप्रै कुरा औल्याई दिनु भएकोमा
आभार ब्यक्त गर्न चाहान्छु
 तपाईको गजल  राम्रो लाग्यो
 
Posted on 10-02-08 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चांहि रोज्यौ  पछ्यौरी ?

अल्झाउन बुटामा जानी जानी -

 

 


 
Posted on 10-03-08 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन चांहि रोज्यौ  पछ्यौरी ?

अल्झाउन बुटामा जानी जानी

 

घच्चीको ईमिज्री !

 

अनि अघिल्लो गजल पनि गज्जबको ।

 

यो सरल र झन्डै क्लिशे भए पनि एकदमै मन पर्‍यो, मुटुमै छायो किन किन ।

 

मखमली सिरानी छाडेर आउन भन्दिन

ढुङ्गा भन्दा साह्रो मेरो छातिमा निदाउन !

 

 

अनि यो त विचित्रकै । आत्मस्वार्थले होईन कि परोपकार हेतु (उनलाई सधै पछुताईरहन पर्ने अवस्था नआओस् रे !) पो एकलरात्रीमिलन बाट टाढै रहेको रे, भयो अब ?

 

क्षणिक स्वाद दिई, दिन्न सँधै पछुताउन

भैगो मै आउन्न सिर्फ एक रात बिताउन !

 

वाह !

 

Nepe


 
Posted on 10-03-08 3:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe,

Thank You.

That sher came randomly.

I am having problem  because I wanted to include "buta" as a quafia. Not many though with उटा.

 I did not want to give up that sher which I thought was OK and in contradictory to

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा !


 
Posted on 10-08-08 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रङ्गाएछौ कैयौं पछ्यौरी छानी छानी

अल्झाउन मेरो बुटामा जानी जानी

 

ठीकै भयो तिम्रो काईयो हराएर

कोर्नु केस मेरा औंला नै तानी तानी

Last edited: 08-Oct-08 08:24 AM

 
Posted on 10-08-08 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष त दिनानुदिन झन झन रसिक हुँदै जादैछन्, क्या हो ? औंलाको काँईयो ! बाफ रे !

ल अरु पनि जाओस् । के के को के के हुँदो रहेछ हेरम् ।


 
Posted on 10-08-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता मेरो हैन तर शुभ कामना चाँही मेरै हो

 

भिम्सेन् को जस्तो शक्ति होस्

मीराबाइ को जस्तो भक्ति

 

डा अब्दुल् कलाम् को जस्तो ग्यान् होस्

नेल्सन् मन्डेला को जस्तो सान्

 

आएन्स्टाइन् को जस्तो  बुद्धि होस्

नोबेल् प्राइज् को सिद्धि

 

बिल् गेट्स् को जस्तो सम्पत्ति होस्

दुख बाट सधै मुक्ति

 

मर्सिडीज् को कार् होस्

डाएमन्ड् को हार् होस्

 

Microsoft को सेअर् होस्

पैसा को ढेर्  होस्

 

John Abraham को जस्तो स्टाइल्

ऐश्वार्य को इस्माइल्

 

आमीताभ् को जस्तो Personality

डेविड् बेकम् को Popularity

 

वोर्ल्ड् टुर् को टिकेट् मिलोस्

 

धेरै भन्दा धेरै मान्छे हरु को साथ् होस्

घर् मा सुख शान्ति को सधै बास् होस्।

 

 http://blog.nayanepalnews.com/

 

 



 
Posted on 10-08-08 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe guru

I am amazed with myself too ;-P

Check this one too. A product of commuter rail -

 

रङ्गाएछौ कैयौं पछ्यौरी छानी छानी

अल्झाउन मेरो बुटामा जानी जानी

 

ठीकै भयो तिम्रो काईयो हराएर

कोर्नु केस मेरा औंला नै तानी तानी

 

 

सुनका छन् हथकडी र दील तिम्रा

दङ्ग हुन्छु स्वेच्छाले कैदी मानी मानी !

 

PS. I was \thinking of different usage of the "handcuff"

 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters