[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ONLY KHAGENDRA SANGRAULA PLEASE

[Please view other pages to see the rest of the postings. Total posts: 130]
PAGE: <<  1 2 3 4 5 6 7  
[VIEWED 79510 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 04-04-05 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal Magazine: http://www.kantipuronline.com/Nepal/

कालापानीको काला कथा र राष्ट्रवाद

"कुनै दिन यिनले यसो भन्न बेर छैन- हाम्रा पुर्खाहरू जङ्गलमा बस्थे, त्यसैले हामी पनि जङ्गलमै बस्न सक्छौँ ।" यसो भन्ने सम्भावना भएको मुख कक्षा एकमा पढ्ने कुनै दूधेबालकको होइन । यो मुख श्री कीर्तिनिधि विष्टको हो, जो शाही सरकारका उपाध्यक्ष हुनुहुन्छ । र 'भन्न बेर छैन' भनी द काठमाडौँ पोस्ट मा भाँती पारेर भन्न जान्ने चतुर कला श्री अमित ढकालको हो ।
कुरा यसो हो । बुढेसकालमा 'उपा' हुनुभएपछि कीर्तिबाबुमा काइते राष्ट्रवाद थामिनसक्नु गरी झाङ्गियो । जब आतङ्क मास्ने निहुँमा राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजको चेत र वाणीलाई नै मास्ने चौतर्फी धन्दा सुरु गरियो, लोकतन्त्रको जमानामा यो निरङ्कुुश धन्दा ठीक छैन भनी दाता राष्ट्रहरूले दान-दातव्य दिन इन्कार गरे । अनि, कीर्तिबाबुलगायत सकल मन्त्रीहरूका स्वामीभक्त चित्तमा निर्दलीय राष्ट्रवादको भेल उल्र्यो । तत्पश्चात् उत्तेजनाको टट्टु घोडामा सवार भई कीर्तिबाबुबाट आज्ञा भयो, हाम्रा पौरखी पुर्खाहरूले विदेशी सहायताबिना नै निर्वाह चलाएका थिए । हामी तिनका सन्तानहरू पनि त्यसैगरी चलाउन सक्छौँ । बूढो मुखबाट दूधेबालक बोलेको सुन्दा अमितलाई लाज लागेछ क्यार ! उनको पालो बूढो मुखमाथिको चाउरे ललाटमै बजि्रने गरी जमाएर ताजन दिए, "कुनै दिन यिनले ..."
 
Posted on 08-21-05 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबहिल टेलिकमको अड्डा समीपमा मालपोत अड्डा छ । लोकले चिनेजानेको मालामालमुखी उही मालपोल अड्डा । कार्यालयको भित्तोमा एउटा सूचना टाँसियो, "यहाँ पि्र-पेड मोबाइलको सिफारिस गरिँदैन ।" नकारमुखी त्यस सूचनाको रहस्य पछि बुझियो । त्यो त उल्टोतिरबाट अर्थ लगाउनुपर्ने उही शाही शासनको भाषा पो रहेछ बा ! अर्थ रहेछ, "यहाँ रकम ज्युनार नगरीकन पि्र-पेड मोबाइलको सिफारिस गरिँदैन ।"

ठगी सिरियलको कालो पर्दा यसरी उठ्यो । र, नागरिकको रकम भक्षण गर्ने कार्य सुरु भयो । राम्रो दक्षिणा लिएर सिफारिसमा सहीछाप दान गर्नेहरूमा मालका मयलपोसे हाकिम र प्रहरी अड्डाका फुलीधारी सरहरू धेरै देखिए । निजहरूका चतुर इसारामा नाका-नाकामा दलालहरू उभिए । पहिलो दलालले ५० रुपियाँ खल्तीकरण गर्?यो, दोस्रोले एक सय रुपियाँ बजायो । अनि, कृपाकारी सहीदाता हाकिमले मौका हेरी चौका हानेर पाँच सय वा एक हजार रुपियाँ वा त्यसभन्दा माथि झ्वाम पारे । उता सुनसरीमा राजा त्यसरी जनसेवाको मन्त्रदान गर्दै थिए, यता शाही शासनमा यसरी ठगी सिरियलको मञ्चन हुँदैथियो । लाग्छ, शाही प्रजातन्त्रको असली चिनारी यही हो । मुखमा रामराम, बगलीमा झ्वाम !

मोबाइल लिने नागरिकहरूले तीनपुस्ते खोलेर फारम पहिले भरेकै थिए । उसो त लाग्ने दस्तुर पनि बुझाएका थिए । अनि, अहिले किन चाहियो उपरवाले महामहिमको यो सहीछाप ? मेरो विचारमा यसको अर्थ गहिरो छ । अर्थ बुझ्न शाही शासनको भित्री मनसुवा बुझ्नुपर्छ । लाग्छ, शासक भनेको बिरालो हो, नागरिक उसका पन्जामा परेको मुसो । बिरालाले मुसालाई जसरी खेलाए पनि, जसरी अत्याए पनि, जसरी सताए पनि भएकै छ । सिफारिसको यो जनपिराहा नाटक शासनतन्त्रद्वारा नागरिकलाई डसेर र चुसेर स्वत्वहीन पुत्ला र पुतली बनाउने दाउ हो । यो तानाशाहीको सनातन स्वभाव हो ।

सिफारिसका नाउँमा जब नागरिकहरू दरबारका नाकैमुन्तिर मध्यदिनको उज्यालोमा ठगिँदै थिए, त्यसबेला राजाको 'जनसेवी' सत्ताका बफादार औजारहरू कहाँ थिए हुनन् ? ती कहाँ थिए, जाग्रत नागरिकलाई लख काट्न सजिलो छ । सके भ्रष्ट शिरोमणि श्री तुलसी गिरी राज्यको एक रास रकम थुतेर सीताराम प्रसाईंको भोजनगृह सिँगार्दै थिए । क्यासिनोका श्रेष्ठ खेलाडी श्री कीर्तिबाबु गृह-सम्भारका नाउँमा राज्यको रकम कुम्ल्याएर सके खेल मैदानमा डटेका थिए । अनि, अन्यान्य औजारहरू ? भो, अन्य शाही 'जनसेवकहरू' का कुरा नगरुँ । बिष्टालाई चलायो, दुर्गन्धको दुःख ।

सिफारिसमा सही गरिदिने राजभक्तहरूलाई ज-जसले नजराना टक््रयाए, तिनले त जे भए पनि मोबाइल पाउलान् नै । तर, चानचुन २५-३० हजार नागरिकले त नजराना टक््रयाउन पनि पाएनन् । कति बाटो नदेखेर चुके हुनन् । कति टक््रयाउने थैलाको दुःखले पछि परे हुनन् । कतिले भ्रष्ट हाकिमका चरणमा अनाहकमा दाम चढाउन इन्कार गर्दै मोबाइल नै परित्याग गरे हुनन् ।
क्रमशः
 
Posted on 08-21-05 10:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शाही शासनका हेर्ने आँखामा आप\mनै मौलिकता छ । यो अधोमुखी मौलिकता हो । ब्याङ्कको रकम हजम गरी मुगलान भासिने वीरलाई यस शासनले चिन्छ । उसलाई चिनारीको सिफारिस चाहिँदैन । हत्याचारी, परस्त्रीगामी, प्रतिगामी, पातकी र दमनकारी पात्रहरूलाई यस शासनले चिन्छ । निजहरूलाई चिनारीको सिफारिस चाहिँदैन । तर, सोझासीधा, देशप्रेमी र गरिखाने नागरिकलाई यो शासन चिन्दैन । तिनलाई चिनारीको सिफारिस चाहिन्छ ।

आफूद्वारा सताइने नागरिकहरूको मौन चीत्कारमा शाही शासन सके सङ्गीतको सुमधुर धुन सुन्छ । र, सके तिनको खतीमा, तिनको पीडामा, तिनको औडाहामा आनन्दको अनुभूति गर्छ । अन्यथा यस शासनमा कहीँ नभएका यी नरपीडक नियम, कहीँ नभएका यी बन्देज र कहीँ नभएका यी निषेधहरू किन ?
 
Posted on 08-22-05 4:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey "OK", thank you !!
 
Posted on 08-30-05 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=5040

जाती प्रवक्ता, जंगी पत्रकार र रुन्चे चाटुकार
बेलाको बोली
खगेन्द्र संग्रौला

- कुरा सुरुबाटै थालौँ । जब 'रचनात्मक' शाही शासनको थालनी भयो, माथिको आदेशले अखबार सम्पादन गर्ने जिम्मा राइफलले पायो । कुन्साङ काकाले सुनिजानेको कुरा हो, दुई कुराप्रति राइफलधारी अधिकारीहरू अचाक्ली असहिष्णु थिए । पहिलो कुरा थियो व्यङ्ग्य लेख, दोस्रो व्यङ्ग्य चित्र-कार्टुन । अखबार जगत्मा सटिक शैलीमा गरिने व्यङ्ग्यको बिँडो त विमल निभा एक्लैले थामेका छन् भने पनि हुन्छ । तर लोकतन्त्रको खुला डबलीमा कार्टुनकलामा कमाल गर्नेहरूको भने सानोतिनो टोलीकै जायजन्म भएको छ । कमालकर्मी नम्बर एक हुन् काकाका आदरणीय मित्र पोखरेली वात्स्यायन । कान्तिपुर र काठमाडौँ पोस्टमा जब यी कलाकार कार्टुनकलाको अस्त्र भिरेर उपस्थित हुन्छन्, निरंकुशतन्त्रका टीके कार्यकर्ताहरूको निद हराम हुन्छ । यसपाला त निजहरूको निद चिलिमै भएछ । देखियो ।
कार्टुनको विषय मामुली थियो । कन्टेनरमा सेलाइएको संवैधानिक राजतन्त्र गधा-बिम्बमा गोचर भयो । एक वृद्ध पुरुषले बिम्ब काँधमा बोके । बोझको सन्तुलन मिलाउन पुच्छर समात्दा पुच्छर छिनेर वृद्धका हातमा झर्?यो । खुर त अघि नै धूलिसात् भइसकेको थियो । कुरा बुझियो, गधा-बिम्ब सढिसकेको रहेछ । बिम्बबाहक थिए काङ्ग्रेसी प्रथम पुरुष श्री गिरिजाप्रसाद कोइराला । बस्, कार्टुनको चुरो कुरो यही हो ।

कार्टुनमा न केही अति थियो, न त यसले कसैको केही खती नै गरेको थियो । यो त केवल सत्यनिष्ठ कलाकारको तीक्ष्ण दृष्टिद्वारा गरिएको यथार्थको नग्न चित्रण थियो । छयालीस सालउप्रान्त नागरिकहरूलाई राजतन्त्र संवैधानिक भयो भन्ने भ्रम थियो, असोज १८ गते उक्त भ्रमको मृत्यु भयो । वात्स्यायनले रचना गरेको गधा-बिम्ब त्यही भ्रमको शव हो । शासनको बागडोर हातमा लिएर राजा कार्यकारी एकाधिकारी भएका छन् । कार्यकारी राजा र गधा-बिम्बको बाह्र हात परको साइनो पनि छैन । तर गधा-बिम्ब देखेर राजाका टीके कार्यकर्ता एवं प्रवक्ता टंक ढकालको भने बित्थामा टुप्पीबाट धुवाँ छ्ट्यो । यो कलाको सन्दर्भ र मर्म नबुझ्ने अभागीको दुःख हो ।

क्रमश:
 
Posted on 08-30-05 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वास्तवमा यो कार्टुनमा संवैधानिक राजतन्त्र अंकित गधा-बिम्ब माध्यममात्र हो, व्यङ्ग्यको निशाना होइन । निशाना त गिरिजाबाबु पो हुन् । गमेर ल्याउँदा अचम्म लाग्छ । कार्यकर्ताहरू र प्रवक्ता गिरिजाबाबुका पनि नभएका होइनन् । तर कार्टुनमा बूढालाई संवैधानिक राजतन्त्रको सढेको बिम्ब बोकाएर त्यत्रोविधि खिसिट्युरी र कुरिकुरी गर्दा पनि उनका कार्यकर्ताहरू र प्रवक्ता चुपचाप सहेर बसे । यो सहनशीलता लोकतन्त्रको धर्म हो । भूलचुक गर्ने नेता वा जनपिराहा शासक आलोचनादेखि माथि हुँदैन भन्ने कुरा कांग्रेसीगणलाई थाहा छ । तर अलोकतान्त्रिक शाही शासनका कार्यकर्ताहरूको चारित्रिक विशेषता भने असहिष्णुता, असहिष्णुता र असहिष्णुता मात्र हो । र शाही प्रवक्ता टंक ढकाल यो चरित्रका प्रतिनिधि पात्र हुन् ।

कान्तिपुर र काठमाडौँ पोस्टमा जब वात्स्यायनकृत गधा-बिम्ब प्रकट भयो, शाही शासनको संरचनाभित्र भयानक खैलाबैला मच्चियो । कान्तिपुर पब्लिकेसन्सका निर्देशक विनोद ज्ञवाली तथा कान्तिपुर र काठमाडौँ पोस्टका सारथीद्वय नारायण वाग्ले र प्रतीक प्रधानलाई प्रजिअकहाँ डाकिपठाइयो । र प्रजिअद्वारा सांकेतिक भाषामा तर खुलस्त बुझिने गरी 'टेक्छौ घुँडा टेक, नत्र म प्रहरी लगाइदिन्छु' भनेर थर्काउन खोजियो । नबिराउनू, नडराउनू, एकबारको जुनीमा बित्थामा किन घुँडा टेक्नु ? कान्तिपुरे तीन तरुणले आप\mना स्वाभिमानी घुँडा टेक्न हाक्काहाक्की इन्कार गरे ।

राजा बाघछापे बर्दीमा सजिएर पश्चिम भेगका प्रजासँग सडक संवाद गर्दैथिए । संवादमा राजाबाट आप\mना टीके कार्यकर्तालाई हुकुम बक्स भयो, हामीले पूर्ण प्रजातन्त्रतर्फ जानु पर्दछ । यता प्रवक्ता टंक ढकालले हुकुम सुने । र उनलाई जोस चलेर आयो । पूर्ण प्रजातन्त्रतर्फ जान दलहरू र स्वतन्त्र प्रेसको प्राण हरण गरिनुपर्छ भन्ने सामन्ती सत्यकोे उनलाई पुनःस्मरण भयो । अनि उनी रौद्र रूप धारण गर्दै पत्रकार सम्मेलनमा प्रस्तुत भए । क्रोधको चुचुरोमा चढेर उनले झन्डैझन्डै यस्तो आशयको गर्जन गरे, कार्टुन छाप्नेमाथि कारबाही गर्न नसके म डाडुमा पानी तताएर...।

शाही टीकाधारी टंक ढकाल कुन्साङ काकालाई खुब मनपर्ने पात्र हुन् । यी लोकतान्त्रिक गणतन्त्रका अब्बल दर्जाका एक नकारात्मक गुरु हुन् । गुरु, प्रचारक र अभियन्ता- थि्र-इन्-वान् । टंकका मुखारवृन्दबाट जब कार्टुनको कुरा उठ्यो, जगत्ले जिज्ञासु मुद्रामा ठाडा कान लगायो । अनि एक लाख, दुई लाख, पाँच लाख नागरिकले धुइँपत्ताल खोजीखोजी कार्टुन हेरे । हेरेमात्र हैन, जान्नेलाई सोधीसोधी, गूढ अर्थ खोजीखोजी तिनले कार्टुनको रहस्य खोतले । यो कार्टुन एक खुला पाठशाला बन्यो जहाँ लाखौँ नागरिकहरूले राजनीतिक शिक्षा प्राप्त गरे । शिक्षाले भन्यो, संवैधानिक राजतन्त्र नामक भ्रमको मृत्यु भयो । अहिले अस्तित्वमा जे छ, यो निरंकुश राजतन्त्र हो । सत्यवादी वात्स्यायन अमर रहून् !

क्रमश:
 
Posted on 08-30-05 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टङ्कगणले अब सके सम्पादक र प्रकाशकलाई पक्राउ गर्ला वा तिनलाई हैरान पार्न मुद्दा चलाउला । काका भन्छन्, गरोस् र चलाओस्, झनै राम्रो हुनेछ । अझ धेरै नागरिकले कार्टुन पढ्नेछन् । अझ धेरै नागरिकलाई शाही शासनको सक्कली चरित्रको ज्ञान हुनेछ । अझ धेरै नागरिक लोकतन्त्रको अभियानमा लाम लाग्नेछन् । कान्तिपुर र काठमाडौँ पोस्टका सम्पादक र प्रकाशकहरूको ख्याति अझ धेरै बढ्नेछ । र यी प्रकाशनहरूको लोकपि्रयता झनै चुलिने छ । ढकाल महोदयसँग काकाको निवेदन छ, यो सत्कर्म सम्पन्न भइहालोस् । सारा जगत्ले देखोस् र जानोस्, शाही शासन जनजनका सपना बोक्ने दलहरू र स्वतन्त्र प्रेसको ज्यानी दुश्मन हो । यिनको मृत्युमा मात्र उसको अस्तित्वको रक्षा हुनसक्छ ।

कार्टुनको गधा-बिम्बको चर्चा जब सुरु भयो, पत्रकारितामा अनेक अनुहारहरू आप\mनो सच्चा स्वरूपमा प्रकट हुनथाले । यस महलका अगुवा टीके अनुहारहरू सरकारी गोरखापत्रमा गोचर भए । कुनै टीकेले कार्टुन बनाउने र छाप्नेको सर्वस्व हरण गर्नुपर्ने दिव्य वाणी प्रसार गर्?यो । कुनैले जन्मकैदको माग गर्?यो । अझ कुनै उच्चतम् टीकेले त मृत्युदण्डको माग राखेर दरबारमा बिन्तीपत्र नै चढायो । राम्रो छ । भित्र जो जे हो त्यही रूपमा ऊ बाहिर प्रकट हुनु मानवचरित्रबारे लोकको ज्ञान वृद्धि हुनु हो । त्यो भयो । यहाँनेर गोरखापत्रका यी महान् लडाकाहरूछेउ काकाका दुईवटा निवेदन छन् । एक, राजा बाघछापे बर्दीमा सडकमा निस्किरहेकै छन् । आज्ञाकारी मुद्रामा गोरखापत्रका लडाकाहरू पनि बाघछापे बर्दीमा किन नसजिने ? आखिर जङ्गी पत्रकारिताको सच्चा परिधान यही त हो । दुई, गोरखापत्र कर्पोरेसनको नाम परिवर्तन गरी खुफिया कर्पोसन, झोसपोल विभाग बनाए कति सुहाउँदिलो होला ? जस्तो काम उस्तै नाम हुनु इमानी र पारदर्शी हुनु हो । झटपट बनाइहालौँ । बन्धु, शुभ कर्ममा बिलम्ब किन ?

उसो त सरकारी पत्रकारिताको ड्याङमा अर्को एउटा मूला पनि माटोमाथि उत्रेको देखिन आयो । साँचो अर्थमा यो उही जङ्गी पत्रकारिताको भाइनाइके हो । यसले आप\mनो पत्रमा बाँदरको कार्टुन बनायो र बाँदर बिम्बमा 'प्रेस स्वतन्त्रता' जडान गर्?यो । पत्रकारिताको क्षेत्रमा चाटुकारिताको यो अब्बल उदाहरण हो । तर बिचरा यस चाटुकारका आप\mनै दुःख छन् । दुःखीले पहिलो पातोमा सम्पादकीयमा लेख्यो, हे राम ! ख्वामित्को सेवक यो हनुमान पारितोषिक नपाएर रोइरहेछ । हेर्नुस्त पाठकवृन्द, चाटुकारलाई यो कत्रो दुःख !
क्रमश:
 
Posted on 08-30-05 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्त्वनाको भावमा काकाश्री भन्छन्, रुनु पर्दैन । ख्वामित्को मनग्गे सेवा गर्नेले मौकामा दरो मेवा कसो नपाउला ? तर सेवकको परिचय अझ खुल्नु जरुरी छ । लाज र शरम, इमान र जमान, अस्मिता र इज्जत इक्षुमतीमा सेलाएर भन्नुपर्छ, प्रभु ! म पत्रकार हैन, शाही चाटुकार हुँ । स्वतन्त्र पत्रकारिताका जरा उधिन्नु मेरो सपना, जपना र रटना सबैथोक हो । बस्, खुब फलिफाप हुन्छ । सरकारी विज्ञापन लटालट आउँछ, शाही भ्रमणमा देशदेशावरको सयर गर्न पाइन्छ । प्यान्टे भुँडीमा सुस्वादु भोजन भरिन्छ, खल्तीमा मुहुनीमय डलरको चाङ लाग्छ । अनि आगे सालको गोदबा अठाह्रौं त कतै नजा । यतै लाभ, उतै लाभ, जगतै झल्झलाकार ! हेर चाटु, त्यसरी रुनु पर्दैन ।

काका जब यी जङ्गी पत्रकार र रुन्चे चाटुकारको निकट भविष्यको कल्पना गर्छन्, उनलाई त्यसैत्यसै रुँ-रुँ लागेर आउँछ । लोकतन्त्रको यो युगमा निरंकुशतन्त्र दीर्घायु त नहोला नै । जब यसको अवशान हुन्छ त्यो बेला यी जण्ड सेवकहरूको हबिगत के होला ? फसाद छ, मुलुकमा जनपक्षीय सुराकीहरूको केही कमी छैन । आठ दल छन् र तिनका आठ विद्यार्थी संगठन छन् ।

पत्रकार महासंघ छ र बार एसोसियन छ । अझ त्यसमाथि मौरीको गोलोझैँ नागरिक आन्दोलनको ज्वार उठ्दो छ । यी र यस्ताहरूका गोप्य स्रेस्तामा हाम्रा जङ्गी पत्रकार र रुन्चे चाटुकारहरूका नाम एकएक गरी चढिसके होलान् । जब लोकतन्त्र विजयी हुन्छ, यी जङ्गी र यी चाटुहरू भागेर कहाँ जालान् ? शुभेच्छुक कुन्साङ काका यिनका कानमा सुटुक्क भन्न चाहन्छन्, भक्तगण ! जक्ति जान्नेका लागि जीवनमा बाटाको केही कमी छैन । बियाँलो नगरीकन आजै चारधामको टिकट काटे पछिलाई धेरै राम्रो होला । श्री पशुपतिनाथले गरुन् ।
 
Posted on 08-31-05 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks OK. Finally fulfilled my thirst. I read it inbetween of my work. Thank you again.
keep posting : )
 
Posted on 08-31-05 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

work in an American company. Eat with them, talk with them. First number in work place but still can't write Englsih like asu,sheer5, girl-interrupted, Nepe, kahlistan and others.

I am lucky!

keep rolling dang!
 
Posted on 08-31-05 7:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिलधडकन को कु रो बुझिएन ....जागिर भर्खरै सुरु गरे जस्?तो छनि.....
 



PAGE: <<  1 2 3 4 5 6 7  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters