[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 518]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
[VIEWED 234747 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 26 pages, View Last 20 replies.
Posted on 08-20-06 7:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत गर्दछु सप्पै चौतारवासीलाइ यो २३ औ चौतारीमा । २२ औ चौतारीमा क्रिष्ण जन्मअष्टमी मनाउनुको साथै कुम्लेको जन्मदिन पनि मनाउन पाइयो । साथै मिसले बनाका मिठा मिठा सेल रोटी पनि खान पाइयो । अब यो नया चौतारीमा त झन के के हुने हो म त त्यसै त्यसै दंग छु । १५-१५ दिनमा बनाउने भनेको चौतारी एकै हप्तामा बनेको देख्दा चौतारीले ठुलो फड्को मारेको हो कि जस्तो लाग्छ ।
फेरी पनि पुन्टे,ग्वाचेका जस्ता कथा, नेपालको छोरो,चित्रे, दिपे,कुम्ले का जस्ता कबिता, बिर्खे, दादाका जस्ता गित, भउतेका जस्ता गफ अनि मिसको जस्ता खाना चौतारीमा छाउदै गरोस ।

सप्पै चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे , मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, इश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि,रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे फेरी पनि जुटम अनि रमाइलो गरम यो नया चौतारीमा ।
देशमा लोकतन्त्र सितै थुप्रै उतार चढाव आए पनि सप्पैकुराको थान्को लागोस अनि देशमा राम राज्य छाओस । साथै श्रीलंकामा भएको साफ खेलमा सप्पै नेपालीले सुनै सुनको तक्मा ल्याउन । ठ्याक्क भन्दा चित्रेको कबिता जस्तै होस ।


रविका रश्मीले बादलको
घुम्टो उठाई चियाउँदा
सुनौला हिमटाकुरा प्रतिविम्वित
गर्ने शान्त तालहरू देख्दा,


समीरको शीतल वेगले
लहरा पहरा हल्लाउँदा
उन्मुक्त भै उन्मादमा


नाच्ने डाँफे मुनालहरू देख्दा
मलाई लाग्छ मेरो देश
रमणीयताको अनुपम नमूना हो
सौन्दर्यको एक उपमा हो


 
Posted on 08-22-06 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो भट-ट-ट को त ? नयाँ हो कि पुरानै ? पाठ त कण्ठ छ भट्टे??

निक चाँहि युनिक लाग्यो।
:)
 
Posted on 08-22-06 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss,
Ma puranai hu.
yo kp dhungana le jathavabi garna thalepachi matrai parkat vaeko hu.
yada yada hi.................
 
Posted on 08-22-06 9:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.... धर्मस्य.......(अरु आउदैन क्या)
. भगवानको अवतार हो ।:)
अब चौतारीमा सत्य युग आयो कि ? अथवा "कल्कि " अवतार .....कलि युग को अन्त्य
 
Posted on 08-22-06 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है केटा हो के पी ले पठाको यो चिठ्ठी

"kp dhungana"
Sorry My intenson is not like that.
 
Posted on 08-22-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के उल्का हो यो?
चौतारिको रमाइलो नै बिगार्न आइपुगेछन यी ढुङ्गाना!
तिम्रा ब्लग हेर्ने मुन्छेलाई भन न। जहाँ पायो तेहिँ टाँस्दै हिँड्छौ र गैरकानूनि काम आफू अर्छौ अनि नानाथरि कुरो फलाक्छौ।

ठिक भनेउ गोताएँ! मुनासिब कुरो अरेउ।


अनि यि भट ट ट चाहिँ को परे नि? पुरानो बोतलमा नयाँ रउसि??? :)
 
Posted on 08-22-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी ढुङ्गानाले ठाम हेरेर कुरो राख्न जानेनन् के.
अब ह्याँ आ'र चौपारीञाँ आ'र तेस्ता कुराको निया निसाफ खोजेर हुन्छ?

तर, हेर्न मुन छैन भुने नेहर, हेरेर गालि अर्न पाम्दैनौ भुनेर असजिलाँ पार्न खोज्नी फेरि.

साह्रै खटिरा मुन्छे रेछन्.
 
Posted on 08-22-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरिका !!!! केपिको कुरो मात्र कति गरिरा'होला रिस उठ्दो।
huh!!!!:(
 
Posted on 08-22-06 10:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ दादा!
यस्ता सानातिना लाम्खुट्टेलाई दुई हत्केलाले प्याट्ट पारेर आफ्नो चाइन्जो अर्न लाएको कुरो अर्नु पर्छ। क्यारिँदै छ आजकल? तेती चौतारिआँ आम्ने मेसो मिल्दैन कि के हो दादाको?
 
Posted on 08-22-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Miss,
kp dhungana muldhaar ma aae jasto cha. Uslai pani 'space' diu.
Aba, class suru gare hunchha.
Birkhe jee, ke garnu, tapai le vaneko thhikai ho, "पुरानो बोतलमा नयाँ रउस".
 
Posted on 08-22-06 11:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल ठिकै छ नि त. हाइकुको धागो नि हेरेँ केरे नि.
राम्रो रे'छ. लौ न एउडा गीत सुनुम्, आपताउनगाल र कुम्लेको, अनि चित्रे र तितौरीको.
 
Posted on 08-22-06 11:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दादालाई के भाको हो, ठुल्नानि र चित्रे अनि कुम्ले र तितौरी हो नि!
सपै उल्टो पाल्टो अर्नुभो।
 
Posted on 08-22-06 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दादाओ फुर्माइसमा माथि भनेओ जोडिहरुको गित-

चित्रे र ठुल्नाननिको अलि ठस्याक ठुसुक परेओ रेछ हिजो! के कुरो मिलेन कु्नि तेति भेउ पाइन मुइँले तर कुरो चाइँ यस्तो भैराको थ्यो-

चित्रे-

कस्तो दिनमा भेटेछु खुनिलाई
माया गर्दा झन टाढा हुनिलाई
विन्ध्यवासिनी,
भित्रि मन रोइराछ बाहिर हाँसे नी


ठुल्नानि-

हे किन मलाई भेट्यौ नि पापी
छोडि गयौ दुखिलाई पिर काटी
विन्ध्यवासिनी,
भित्रि मन रोइराछ बाहिर हाँसे नी


यता कुम्ले र तितौरिको अस्ति नै गाएको गित गाम्दै मजाओ जुहारि चलिराको रेछ-


कुम्ले-

छुट्टा छुट्टै बस्ने हो कति दिन
आमाले नि बुहारी लेउ भन्छिन
दिल सफा छ
माया जालमा न हुन्छ नोक्सानी
न त नाफा छ


तितौरी-

हुन्न अहिले बिहेको आश गर्न
देउन पहिले आइ ए त पास गर्न
दिल सफा छ
माया जालमा न हुन्छ नोक्सानी
न त नाफा छ


कुम्ले-

किन पढ्न खोजिछौ यहाँ भन्दा
आखिर तिमीले गर्नु छ घरधन्दा
दिल सफा छ
माया जालमा न हुन्छ नोक्सानी
न त नाफा छ


तितौरी-

सयौँ खोला म एक्लै तर्नु छ
पढि लेखि मैले केहि गर्नु छ
दिल सफा छ
माया जालमा न हुन्छ नोक्सानी
न त नाफा छ

 
Posted on 08-23-06 12:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो हा टा है। बवाल बेफुर्सदमा छु।
 
Posted on 08-23-06 1:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालमा फोननै लागेन :(:(:(

HAPPY FATHRES DAY!!!!

बाबा!!!

तिम्रो माया यि हत्केला भरि खुसि भो मेरो लागि
तिम्रो मुटु अन्तस्तल भरिन जिवन भो मेरो लागि
देखायौ जो स्वप्निल मार्ग तिमI जित भो मेरो लागि
दिएको त्यो औला जिवन पथ भरि पाप्तिभो मेरो लागि

दियौ ज्योति आखाँ भरि तिमी नित्य चम्किन्छु म
दियौ जिवनयो धरतीमा तिमी धन्य सम्झिन्छु म
सकू दिन अलिकति खुशी भित्र तड्पिन्छु म
दिर्घायू त्यो जिवनको लागि "ईश्वर" पुकार्दैछु म
I MISS YOU
 
Posted on 08-23-06 4:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेलो! मास्टर्नी दिदी हो?
.........
सुन्दै सुनिएन। अलि चर्को गरी बोल्नुस् न!
.........
खबर पुर्याइदिन परो? भइहाल्छ नि! भन्नुस् के भन्दिम् ?

:D
:) :)
 
Posted on 08-23-06 5:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why should u all say me lika that ha...? I clear that My intension is not lika that. I just try to show the fact. I notice u all that if u don't like don't see it. Herna pani ani gali pani garna. Yo double standerd ta bhayana hai sathiharu ho ..............
 
Posted on 08-23-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर वीरखे दाई त अरु को कुरा लुकेर सुन्ने रैछ । अनि चौतारीमा सबै लै भन्दै हिद्ने रैच। ए बिर्खे दै कस्तो केति जस्तो हुम्म्म्म्म्म्। हाम्रा कुरा किन आरु लै भन्दै हिद्नु हुन्च।

Happy Father day to all the fathers out her :D
 
Posted on 08-23-06 7:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-23-06 8:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

को हो त भट-ट-ट? भट-ट-ट मकै भुट्या कि भट-ट-ट भट्टे मा घुम्न गा?

Happy Father's day to all the fathers out here. :D:D
 
Posted on 08-23-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! जिम्माल बा!! "दिल सफा छ" राम्रो लाग्यो।

मिस, हजुरको फोन लागेन रे? ओहो! मेरो त लाग्यो त।

बुवाको मुख हेर्ने भनेर फोन गर्यो कुरा जत्ति आमा सङ मात्र हुन्छ। बा सङ त एकछिन मात्र हो। हिजो को फोन बार्ता "जस्ता को त्यस्तै"

"बा! हजुरको मुख हेर्न फोन गर्या।"
"ए! अनि के छ त तेरो खबर?"
"ठिकै छ, अनि हजुरको नि?"
"ठिकै छ, अनि कहिले आउछस् नि नेपाल घुम्न?"
"खोइ हेरुम्!"
"आमाले त तँ दशैँमा आउछस् भन्दै हुनुहुन्थ्यो नि"
"ए हो र! खोइ केहि प्लान छैन, बा"
"ए, ल ल आमा सङ्ग कुरा गर, उसलाई गार्‍हो परिसक्यो कुरा गर्न नपाएर"
"हे हे हे, हुन्छ, दिनु न।"
"छोरा सुन्न!"
"सुनिरहेको छु, आमा!'
"त्यो तेरो साथी छ नि रबिन, बिहे गर्न आउदै छ रे मङ्सिरमा"
"ए!"
"हैन कस्तो मान्छे होला तँ पनि?"
"किन नि?"
"सबै साथीहरु बिहे गर्न थाली सके, त चाँहि कुरा टारेर बस्छस"
"आमा, आज बा को मुख हेर्ने दिन के को बुहारीको कुरा नि? अर्को पल्ट बुहारी एजेन्डा बनाएरै फोन गरुम्ला नि, हुन्न?"
"आफुलाई बुहारीको मुख हेर्न मन लागिसक्यो, यसपाली फाल्गुनमा चाँहि जसरी पनि मिलाएर आइज है, बरु तेरो बोसको फोन नम्बर दे उसलाई पनि निम्तो दिन्छु, अनि तँलाई अलि धेरै बिदा पनि मिल्छ"
"हा हा हा! हस हस, यो सम्बन्धी सबै कुरा अर्को पल्ट फोन गर्दा गर्ने है आमा! ल सबैलाई सम्झना सुनाइदिनु, अनि तीजमा दिदी अनि बहिनीलाई मेरो तर्फ बाट राम्रो गिफ्ट किनिदिनु है त"
"हेरन कुरा टारेको, ल ल पछि कुरा गर्छु तँ सङ्ग"
"हस त बाई"

जिम्माल बा ले अर्को थ्रेडमा भने जस्तै "आफु एक्लो भाको आफु भन्दा पहिले आमालाई थाहा हुने" के, हे हे हे!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters