[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 192491 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-07-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतै छु पुन्टे दाई अब चाइन्जो मउसबको रमैलोमा एसो साँझपख तुच्च-तुच्च पार्न मन लाओ भने कते केइ नभेटे पनि तपाईँले चडाउन ल्याको एउ गिलाँस जिनिस सिनित्त पार्न त पाइँछ नि।:)
तेइ त भन्या बोलि नि ताल ताल को कोइ बेला दिसा अड्के जस्तो कोइ बेला जुलाफ खा'को जस्तो। डम्बरे यसो भन्दै थियो-
" लाsssस्ट 'पि' खा'र कौसिमा ढल्देको है, सुड्डो त आँssssच माथि नै उक्लेछ, घर बाट निकाल्द्यो" पुन्ट्स ब्रोकोमा गएर दुई स्टिक तानेर झ्याssssप भ'र शहिदगेट पुगेको एउटा सोम डेड्लीss भ'र रेबन को गग दिँदै हिँडिराको है, मुला मलाई नि 'डो' चाहिएको थ्यो, ह्याव्स दिन नपार बबाल भोक लागेको है, अनि २० बक्स झार्नलाई - के छ परकास सोम- देको नि मैले" ब्रो त टाप!"
 
Posted on 09-07-06 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेरी कति गाउले जम्मा भाका रान । । । आफु त बेसी गाउ को मुन्छे य के को भिड भाद हो एस्तो । । । दसैं मनका हुन कि । । घटस्थापना आउन त अझै बाकी छ । । होइन के हो एस्तो । । लौ हेर बुढा पका तन्नेरी तरुनी केटा केटी जम्मै चन त । एस्तो गौको रमाइलो नदेखेको धेरै भो । । एसो भिद् मा पसु भने कसैले नचिन्नि होलन्।। को आयोउ यो ।। भन्लान्।। हैन।। के हो यो?
 
Posted on 09-07-06 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!! दीप जी!!

लौ यो त अत्ति भो! म काममा यसरी कहिले नि हाँसेको थिइन। बाबा!! हत्तेरी यार!! उफ!!
 
Posted on 09-07-06 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हस् पून्ते दाई अब देखि दिप ज्यो सँग तिउसन जाने बेला सानानी र तितौरिलाई लिएर जान्छु ।
पून्ते दाइ चित्रे र मेरो बिच मा झगडा भाछ । उ अर्कै केति सङ मखै परेर् बसिरा च। अब् चित्रेको कुरा नगर्नुस्। :(
 
Posted on 09-07-06 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के काइँलो गाम फर्केछ!
क्यार्दै छौ हर्के? ज्यान मजाओ बनाएछौ। पल्टनको भात लागेछ तिम्रा ज्यानाँ। कति बस्छौ? कि फर्केर आयौ अब नजाने गरेर? हन अस्ति किस्ने साउको पसलाँ गाइँगुइँ सुन्दै थेँ " हर्केले त शहराँ स्वास्नि राखेओ छ, कसैलाई था' न दि" भनेर। के हो गाँठि कुरो? पुन्टे दाईको भतिजा हौ क्यारे पुन्टे दाईलाई नै भनेओ होला नि साँचो कुरो त। हुन त ब्या अर्ने बेला नि भओ तिम्रो, हाम्रो गोठको कैले गोरु भन्दा दुई बर्खले तिमि जेठो। लु शहराट ल्याको सामल तुमल खोल हामि नि हेरुम के के छ?
 
Posted on 09-07-06 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hope dangles on a string
Like slow spinning redemption
Winding in and winding out
The shine of which has caught my eye

And roped me in
So mesmerizing, so hypnotizing
I am captivated
---------------------------------------------------------------------------------
लौ न यो मिस्ते ले लेखेको केही पनि भुझिन । मिस् नेपालीमा उल्था गरिदिनु पर्‍यो ।
दामि छ मिस्ते कबिता ।;)
 
Posted on 09-07-06 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वीरखे भाई तिमी ले गाथ्ही कुरो गर्‍योउ । पल्ट्ना हुँदा खसी को टाउको को चम्का म भात पकाइन्थ्यो, दुध ले कुल्ला गरिन्थ्यो अनि ज्यान त भन्नी नै भो नि, फेरी अहिले एसो मुलुका शान्ति आउँला आउँला जस्तो भको भर गाउ पसेको, सधैं यस्तै भे देख त हामी मजा ले पल्टना उत्तनो परेर खार बस्न पैन्थ्यो, लद्न जानु पर्थेन, यस्तै महोत्सब म भेला हुन पाइन्थ्यो तर शहरमा श्वासनी रख्या भनेर चै कुन अस्स्त्ती ले सुनाछ, म त या गाउँ म एसो कोइ मन पनि मिल्ने, ज्यान पनि मिल्ने तरुन भेतीनछ कि भनेर पो आको त, गधा २५ भाई सकियो, अब घर जम गर्नी सुर सार छ मेरो त, लौ वीरखे भाई तिम्रो मन ल खानि कोइ सद्धे कि घर गरी खानि कुल घरन कि केटी छ भन एसो यता खबर गरा है । ।
 
Posted on 09-07-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता प-यो पुरिबा हो,
कता झुल्क्यो घाम

आफ्नो त जन्मै अन्धो
बैरागी राम
 
Posted on 09-07-06 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चौतारी

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !

बिरानि मा एउटा टुक्रो
देशै भेटाए
थकाइ लाग्दा सुस्ताउने
शितल् भेटाए !!

थाहै नपाइ हिड्दै जादा
चौतारी भेटाए
बोलि,भाषा ,मन् मिल्ने
दौतरि भेटाए !!!

 
Posted on 09-07-06 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरीको कविता सार्है राम्रो!

एउटा प्रश्न- त्यो पेन्टिङ आफैले बनाएको हो? पक्कै हुनुपर्छ!
 
Posted on 09-07-06 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऐया!! बाबै कत्ति हास्नु :O :O :O
कस्तो रमाइलो भा'रे छ आफुलाइ भने बल्ल बल्ल फुर्सद् भयो , अब म पनि जमेर कुरा सुनेर बस्छु ।
लौ जिम्माल् बा को ,कुम्ले, दीप्, ग्वाचे सबै को कथा कति राम्रो ,अनि पुन्टे दा गौतम् जि दीप् सबै ले कति हसाउन सक्या ।

सान्नानि थुल्नानि तिमि हरु नाच्न ला' कि नाचिसकेर बस्या हो नि?? हेरन मलाइ त बल्ल अलि फुर्सद् भयो अब म पनि नाच्ने हो एक्छिन् :)

कुम्ले कबिता राम्रो रे :o?! (झुठे कहिका! ) थ्यान्क्स्! :D
अनि त्यो स्केच् चै आफैले बना'हो है चौतारी को ,हास्न नपाइ ।
 
Posted on 09-07-06 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पहिले साझा म लेखेको तास्न मन लाग्यो । ल भनम्, यो कुन चौतारी मा थियो?


साझाको चौतारी, हाम्रा गामका दौतरी
भेट भो घरि घरि, पनि खानि निहुपारी
पूर्व पर्‍यो जापान्,पश्चिम क्यानाडा
हित्त चित्त मिलार, माया
 
Posted on 09-07-06 1:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेले चईने मिस्टेको कविता बुझेन रे। मास्टर्नी नानी त मकै भाँच्न जानु भ’को, अईले सम्मुन् आईपुग्नु भा’ छैन के रे। मै बुझाईदिम के रे तो कविता:

"Hope dangles on a string
Like slow spinning redemption
Winding in and winding out
The shine of which has caught my eye

And roped me in
So mesmerizing, so hypnotizing
I am captivated"

यानिकी, अर्थात, अर्को भाषामा भन्ने हो भने, यसको अनुवादित रुप हेर्ने हो भने, जस्तै नेपालीमा:

आशा झुन्डेछ नाईलनको डोरीमा
फनफनी घुमेछ रिङ्ग्याउने गरि, पश्चातापमा
घरि फनक्क भित्र, घरि सनक्क बाहिर, के हो के
बज्जे आशाको तेजले मेरो आँखै धोंच्यो

मलाई बेरेर भित्र्यायो, धोबिनीको च्यात्त्या पेटिकोटले जस्तै
आहा! म त मख्खै, म त मग्ध,
(मायालुको मोहनीले हो कि, बोक्सिनीको मन्तरल)
म त ट्वाँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ

:p
 
Posted on 09-07-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, कस्तो मिठो हरफ-

बिरानि मा एउटा टुक्रो
देशै भेटाए


चौतारी साँच्चिकै यस्तै छ! तिमी त चाइन्जो चित्र कोर्न नि सिपालु रेछौ।

हा हा हा पुन्टेदाई, मिस्टेले नि धोबिनिको पेटिकोटको कुरो अरेछ त :)

नमे त्यो पहिलो हो कि दोश्रो चौतारीमा थियो हैन?
 
Posted on 09-07-06 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु छुस्स पसेर हेरेको

मलाई बेरेर भित्र्यायो, धोबिनीको च्यात्त्या पेटिकोटले जस्तै
आहा! म त मख्खै, म त मग्ध,
(मायालुको मोहनीले हो कि, बोक्सिनीको मन्तरल)
म त ट्वाँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ


खितितितितितितितितितितितितितित :D :D
कति हाँस्नु।

भोलि काम सकेपछि विकेन्डमा मजाले पढ्नु पर्ला, कस-कसले के के लेखेछन।

रमाइलो अर्दैअरम।
 
Posted on 09-07-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठूल्नानी,
म कहाँ अर्को केटीसँग लाग्या छु? आफू काममा बिजी भएर पो धेरै आउन नसकेको त। फेरी आज त अलि अलि टाउको नि दुखिरा'छ, काम गर्नै मन लाग्या होइन। त्यसरी नरिसाउ न, म तिम्रो निम्ति कविता लेख्दिन्छु नि।

सबै गाम्लेहरूमा नमस्ते है।
आज नि प्रश्न सोध्छु है त।
प्रश्न नं ३
यो कुन देशको नक्शा हो?

 
Posted on 09-07-06 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे सरले के बुझेछन --- मैले के बुझेछु गोलमाल भो

लौ मैले त हेरी यस्तो बुझेर लडाएँ

Hope dangles on a string
Like slow spinning redemption
Winding in and winding out
The shine of which has caught my eye

आशा पिङ्गाँ बसिरचे
छुस्स छुस्स मच्चाम्छे
हाबा आम्छ जाम्छ
कुनै बेलाँ आँखैमा घाम पर्च।

And roped me in
So mesmerizing, so hypnotizing
I am captivated"

लठारो देखाम्छे, मलाई नी बोलाम्छे
टुना मोनी मेरी बास्सै,
म त इन्द्रजालाँ परेर छुट्टी ---
 
Posted on 09-07-06 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी कस्तो मित्तो कबिता लेकेछौ ।धरै राम्रो लाग्यो । हामि त नाचदा नाचदा थाकि सके। ल अब् तिमि नाच।

पून्ते दाइ ले कस्तो मज्जाले नेपालिमा उल्था गरिदिनु भाको।
 
Posted on 09-07-06 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारा कइताले मुन जिस्कार गो। गर्मिमा खुवा बरफ जस्तै र छ कइता त।
 
Posted on 09-07-06 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे हाम्लाई थाहा छ तिम्रो बानी । भो भो धरै सोझो बनुपर्दैन ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters