Pretty
Replies to this thread:
More by Pretty
What people are reading
Subscribers
Please log in to subscribe to Pretty's postings.
:: Subscribe
|
[Please view other pages to see the rest of the postings. Total posts: 387]
|
[VIEWED 162804
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-15-06 11:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।
चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी...... ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं। कतै घामको राप छ कैले कामको चाप छ सुस्ताउँदा बतास बोलाउछ आफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ मनमा अपरीचित छाप छ कल्पनामा कसैको बास छ अपरीचित लाइ चिनाउँछ उस्लाइ पनि बोलाउँछ मेरो साथी यै चौतारी बनेको छ कतै अतितको सन्ताप छ कतै ओइलाको साहास छ पात पातमा यस्को मल्हम छ उत्साह्को गीत सधै गुन्गुनाउँछ मेरो साथी यै चौतारी बनेको छ कैले जाडोको त्रास छ कैले न्यानोको आस छ सिरक बनेर बस्छ घामलाइ ब्यानै देखि बोलाउँछ अफ्नो भन्नु आफ्नै हो मेरो साथी यै चौतारी बनेको छ | |
|
| |
|
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-16-06 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
दशैं तिहार सकिएपछि तास छोएको थिईन। हार्न नि नराम्ररी हारिएको थियो, यसपाली चाडपर्वमा। हुन त चाडपर्वमा हारेको देवी देवतालाई चडाएको मान्नु पर्च, अनि बाँकी बर्ष भरि फलिफाप हुन्छ रे, कोई कोई साथीहरुले सान्तवना दिंदै भनेका थिए। त्यस्तै मान्न प-यो त नि, अब, हारेको पैसो सम्झेर जिन्दगी नै स्थगित पार्ने कुरो आएन के रे। मरि मरि काम गरम्ला, अर्को साल फेरि चढाम्ला देवी देवतालाई, अरु के त? तर मेरे नि अर्को दशैं नआए सम्म चईं जुवालाई टाढैबाट नमस्कार! कुकुर कै पुच्छर न परियो! के सुद्ध्रिन्थिम् त यति सजिलै? खै कति भो तिहार सकेको, करिब ३-४ हप्ता? “केटाहरु फेरि खेल्ने भन्या छ, तिहारमा त खेलियो २ डलर प्वाईन्ट, अब चईं अलि सस्तो रे। जम्मा एक डलर प्वाईन्ट, त्यो नि ईस्ट्रेट, नो डबल सबल,” स्यामको फोन आएसि भै हाल्यो मेरो मनमा तल् तल्। “स्याम”, “श्याम” होईन। अमेरिकामा कुईरेहरुलाई भन्न सजिलो होस् भनेर उसले आफ्नो नाम फेरेको रे। हुन नि यो त करिबन फेसनै भन्नु प-यो के रे। Sam for Suman, Neil for Anil, Danny for Dhan Bahadur, Angie for Anjuli, Jay for Jaya Prakash, Manny for Man Bahadur, Seuse for Sushil, आदि, ईत्यादि। हुँदा हुँदा, बाह्रैमास चण्डीको बर्त बसेकी जस्ती काली न काली गोरक्ष कुमारी को नाम त Gori रे! भनि हालें नि, जुवा सुनेसि, Neil को तीन नेत्र! मन मने संकोच लागे पनि बसियो त नि फेरि मेरिज खेल्न। धेरै जसो एउटै छोली हुन्छन् तास खेल्ने नि। जुवाडे जुवाडेहरुको भेला। लौ त नि बनेर म नि लागे। Sam को आपार्टमेन्ट तिर। केटाहरु त बसि सकेका रहेछन्। तेई मेरिज को रेगुलर पोजिशनमा। सेतो तन्ना ओछ्या’को माझमा। चानचुन नपुग्ला भनेर चिप्स साटेर एक साईडमा राखेका, अर्को साईडमा चईं गिलास। कसैको मा ह्विस्की, कसैकोमा, रम एन्ड कोक, आदि। भाउजु (Sam को बुढी) चईं बिचरी भान्छामा मासु तार्दै रहिछे। कोटा पुगि सक्या रहेछ अहिलेको खालमा, अलि छिनमा अरु नि आउँछन् रे, अनि अर्को खाल बस्ने भने। के गर्नु अनि म? खेल्न भनेर तम्सेर आ’को, अरुले खेलेको हेरेर बस्न सक्थें र? भान्छातिर गएं अनि, भावजुलाई अलि अलि भएनि सघाउँ भनेर। अमेरिका आएसि त ऊनीहरुले बुझेका हुन्छन् नारी अधिकार। धेरै काम मात्र गर्न प-यो, खेलन् पाईएन भने आएका सबै इपाहनाहरुलाई भोकै फर्काईदिन्छन्। जित्नेले त घर फर्कंदा बाटोमा चाईनिज फा्सट फुड लिएर ट्याक्सी चढ्दै घर फर्कंदा हुन् के के रे, हार्नेको पो बबाल हुन्छ! भोको पेटमा सब्वे कुरि कुरि आफैंलाई धिक्कार्दै जानु पर्ने। जितिए तठीकै हो, तर भने टेन्सन् हुन्छ भन्ने सोंचेर, बरु भाउजुलाई अलि अलि भएनि सधाएको जस्तो गरम्, फुर्सेद पा’ बेला भन्ठानें। भान्छामा एउटा नौलो मान्छे नि देखें, अलि गोरो गोरो, हामी भन्दा अलि तरुणै होला जस्तो। “ए, Neil! यो चईं मेरो भाइ है! भाइ पर्ने। निस उसको नाम। छोटोमा निस,” त्यही मार्काको परेछन् ऊ पनि। “निस रे?” निस त केटीको नाम पो होईन?,” नौलो साथीलाई अप्ठेरो पर्ला कि भन्ने कुराको वास्तै नगरी मैले प्वाक्क भने। हुन नि मेरो अर्को एउटा नातेदारको छोरी निशालाई स्कूलमा नीश भन्छन् क्यारे। “N-E-E-S-H पो केटी त! उसको नाम त N-I-S हो!” भाउजुले सम्झाईन्। म चईं मन मनै “थुईक्का पाजी! छक्कै नाम राखेछस्” भनेर सोंचे, तर केही बोलिन यसपाली। उसको खास नेपाली नाम चईं के भनेर नि सोधिन। अरु नि आए, खेल्न सम्म खेलियो। पिईयो पनि। रमाईलै भयो भनम् न। निससंग नि निकै गफ गरियो। भर्खरै मात्र बिहे गरेर आ’को रे, दुलही चईं नेपाल मै रे। बरु के गरि झिकाउने हो दुलहीलाई भनेर सोद्धै थिए। लयर-सयर चिनेको कोई छ कि भनेर फोन नम्बरहरु नि माग्दै थिए। निकै बेर पछि आई नखरमाऊली जोडी तेई गोरी (गोरक्ष कुमारी, के त!) र Sammy (सम्झना)। नक्कली मोरीहरु, पैसा कहिले नि छैन भन्छन्, तास-सास नि कहिल्यै खेल्दैनन्, तर शपिङ् भनेसि मेसिज्, ब्लुमिङ्डेल्स्, को भन्डारै उठाउँला झैं गरि हुत्तिन्छन्। दिन भरि घुम्छन् फर्केर घरि एउटा सानो लिपिस्टिक देखाउँछन्, घरि मात्र एउटा बुलोज, दिन भरि को फल! ओ हो! शपिङ् देवीहरु, आज चईं के के किनेर ल्यायेऊ, हँ, हामी पन हेरुम् न!” एउटा साथीले थाहै नपाई उनीहरुले बोकेर ल्याको Victoria Secret को झोला तिर झम्टे। “आच्या! यो दाईलाई त थाहै छेन कि के हो VS को बारेमा?” भनेर खितितितिति हाँस्दै त्यो झोला लुकाई हाली गोरीले। “तर आज क्या भो हगि, गोरी?”, Sammy दंग परेको अनुहार देखाएर बोली। “हामी मेसिज् को कस्मेटिक्स डिपार्टमेन्टमा मेक अपको सामानहरु हेर्दै थियम् लान्कमको आई श्याडो, आईलाईनर, र पाउडरको सेट। त्यो अटेन्डेन्ट फेरि हर्को कस्टोमरसंग बिजी भयो। अनि हामी नि अहिले नकिन्ने भनेर हिंड्यौं। बाहिर आएसि पो झस्याङ्ग भो! त्यो सेट त यो मोरी गोरीको हात मै! क्या गजब भयो बा, अाज। अलाराम नि बजेन, के हो के! हामी त दंग परेर ल्यायेम् त्यो सेट फ्रि मा!” “थुईक्क चोर्नीहरु! अहिले स्वाङ् पार्छेऊ। जानी जानी चोरेरै ल्या’ होला! तेति जाबो सेट, बरु मै दिन्थे। नि तिमेरुलाई पैसा नभएको भए” Danny ले मजाकैमा गाली गरे जस्तो ग-यो। “कस्सम् दाई! दक्षिण कालीले भस्मै गरुन्। हामीले भने जस्तै भा’ हो!” गोरीले कस्सम खाई। “काली ले काली कै कस्सम् काएसि त होला नि त!” मैले नि प्वाक्क दिएं। “हैन, ल्याउन नि ल्याउनु, जाबो त्यो सानो सेट नि के सित्तैमा ल्याउनु? फिर्ता गर्न जानु पर्दैन त? सुन, हिरा कै माल भए अर्कै कुरा!” एक नम्बरको चण्डाल Jey ले थप्यो। “अब के गर्ने के गर्ने भएर हामी त कम्फ्यूज भयौं नि त! जाम् कि जस्तो नि ला’थ्यो फिर्ता गर्न, तर के के। अब त्यो मेसिज्लाई के नै फरक पर्दो हो र? सानो पसल भा’ भे अर्कै कुरा,” गोरीले फेरि भनिन्। यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!” निसको कजन साली एउटी र दुईटा जिघ्रि दोस्तहरु पनि यतै अमेरिका तिरै कतै छन् रे भन्थे!
|
| |
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 11-16-06 11:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
जदौ गाम्ले हरु, हन कति धेरै गाम्ले हरु आइ पुगिसकेका आज त एका बिहानै ओहो। लु नया मुन्छे लाइ मेरो पनि स्वगतम फूल को माला लाइदेर चाइनि जो। हन हाम्रो मिस पुनि कस्तो अल्छि भको आज्काल। नया बिध्यार्थीहरु लै रोल नम्बर नि देको हैन अहिले सम्म। लु मिस को सट्टा मा म नि दिन्छु रोल नम्बर हरु। हरि (Hetterika) : २३ आस्था (Aastha) : २४ गुरु (Guru Dev): २५ अब देखि हाजिर गर्दा आफ्नो आफ्नो रोल नम्बर सम्झेर हजिर गर्नु है त। अनि चित्रे नय बिध्यार्थी हरु को नाम हजिर कपीमा चढाइ देउ है त, तिमि नै हो क्यारे यह को हजिर कपी update गर्ने मुन्छे। रोल नम्बर २१ नेप्चे एस मिस
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-16-06 11:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
सबै लाइ नमस्कार् ! ठुल्नानि, डोन्ट् गेट् अप्सेट्,आइ विल् सपोर्ट् यु टेल् मि इफ यु नीड् एनि हेल्प् है।भनि हाल के गर्नु पर्यो चित्रे लाइ । गुरुदेव्, जिम्माल् बा ले दिनु हुन्छ चौतारी नाम् तपाइ को नाम् चै गोर्खे ,गोरे वा त्यस्तै केहि हुने चान्स् छ है बढि :p , पर्खिनुस् तर जिम्माल् बा लाइ ।
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-16-06 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Aastha
Please log in to subscribe to Aastha's postings.
Posted on 11-16-06 11:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहाहाहाहा पुन्टेदाई पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको।
|
| |
|
|
gurudev.
Please log in to subscribe to gurudev's postings.
Posted on 11-16-06 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा हा । फूल्को मालाको लागी धेरै धेरै भन्यबाद दाई । गुरु भन्दा बढी त म गोरु छु, तर नाम्को इजत राख्ने प्रयास गर्छु साथी भाई हो ।
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-16-06 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
गुरूदेव, ल तितौरीले भने झैं तपाईको नाम जिम्माल बूढाले राखिदिनुहुन्छ, कृपया बिरामी(patient) भएर बसिदिनुहोला। नेप्चेले रोल लम्मर दिईहाल्यो, म पछि अपडेट गरम्ला, पून्टे दाईको कथा पनि पछि पढम्ला, अहिले यस्सो बाहिर जाने काम परो।
|
| |
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 11-16-06 11:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
यतिकैमा, कुनाबाट निसले बोल्यो फेरि, अलि अलि जाँड नि ला’को, लडबडेको जिब्रोले, “क क क्या याद आयो यार! एक चोटि मैले मेलो बुरीलाई बिहे भन्दा अगाडि…फस्ट डेटमा…त त त्यो नाङ्लोमा लगेर पैसै पुरा नतिरेर टाप देको छु, यार! यि बैनिहरुले त अन्जान् मै क्याको त्यो, आफूले त जानी जानी!” ______________________________________________________ हाहाहाहाहाहा पुन्टेदाई पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको। ____________________________________________ Aastha gadbad bhayo ki ??
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-16-06 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
निस (नितेश) ले धुट्क्या'को रम एन्ड कोकले हाँरी आस्थालाई पनि छोयो कि के हो? :p ओ हो! गुरुदेवलाई स्वागत नगरि त ग्रह शान्ती नै नहोला भन्ने पिर परो, गाँठे! म त चिगमको माला लाईदिन च्याम्पेन छु के रे, तर नौलो पाहुनालाई त तेस्तो नगरुम् के रे! बस्नुस बस्नुस! राँरो राँरो सिट जति त केटाहुरले झ्याप्पे पारि सके के रे, अब सर्को सिट नपाउन्जेल यई नमेको काखाँ बस्नुस्! :D
|
| |
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 11-16-06 11:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुन्टे दाई अब त्यो निस् र उस्को कजन साली एउटी र दुईटा जिघ्रि दोस्तहरुलाइ समातेर ग्वाचेको पैसा दिलाउनुपर्छ है। ग्वाचे मलाइ ५०% है। :P:P
|
| |
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 11-16-06 11:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहाहाहाहा पुन्टेदाई पून्टे दाईले आर्को धमाकादार काउन्टर् पो हानेछन्, हा हा हा, निस् भन्या त बिचरो निशान्त पो रै'च रोल नं २३ हाजिर
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-16-06 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
तितौरी थ्यांक्उ सो मुच । आइ आय्म काउन्तिग अन यु ।
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-16-06 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हरे HAHAHAAHAH... बल्ल पो बुझे पुन्टे दा को कथा ग्वाचे को कथा हेरिसके'छि १ लम्बर् मा कुम्ले २ लम्बर् मा ग्वाचे ३ लम्बर् मा पुन्टेदा ४ लम्बर् मा को आउने होला मेरो कथा मा पुच्चर् जोड्दै जाने, हुदा हुदा बिचरा निशान्त लाइ कस्तो बनाइ द्या :s केहि होइन यो ग्वाचे पनि टिप्स् थोर् पायो भनेर दोस् ला हो निशान्त् लाइ । AHAAHAAAA FUNNY THOUGH !!!
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-16-06 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
थुईक्क! मलाई पनि लागेछ के रे निसको रम एन्ड कोकले! निशान्तलाई नितेश भनेछु!
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-16-06 12:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हाहाहाहाहाहा पुन्टेदाई पेट मिचि मिचि हास्दै छु म् त्। गजब राम्रो लाग्यो।।।जानि जानि चोरेर ल्याका होलान् तिनिहरुले।पुन्टे दाईलाइ कसो नाङलोमा समतेर भाडा माज्न लगाएनछ्।फस्ट डेट मै क्या बेजत हुन्थ्यो पुन्टेदाईको।
|
| |
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 11-16-06 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
पुन्टे दाssssss अझ भुल् सुधार् गरि गरि पो बिचरा निशान्त् लाइ हा हा हा कति हास्नु :D
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-16-06 12:14
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
निकै बिचरा बिचरा ला'को लाई छे यि तितौरी बुईनी त्यो फटाहा निसलाई! कतै निसको तो कजन साली यिनै त परिनन्? :p
|
| |
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 11-16-06 12:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 11-16-06 12:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
ग्वाँचेको "फ्रेन्डसिप ब्याण्ड" मा कमेन्ट हानेको, गएन। बल्खुमा नि के के हुन्छ के के। लौ, यतैबाट मेरो पनि अप्रिशिएसन, है! अन्खेरुन्, मेरो लोटोलाई धेरै नउडाउ है, केटा हो! परि हाल्यो भुने, तिमेरुलाई नि आउला छिट्टा सिट्टा् ह्ताको ५ छलर ले अँध्यारो मा ढुँगा हान्नि न हो! लागि हाल्यो बुने त झ्याम्मै लागि हाल्यो नि! जक्षले भ्याए सम्म किन्न चईं पर्छ भन्छु म त! किन्दै किनेन भने त जिरो चानस, किन्दा त कमसेकम करोडौंमा एक भए नि चानस त हुन्छ! धेरै चईं खन्याउन हुन्न तेस्मस पैसो, तेईफ हप्ताको २-४ डलर। चित्रेले नि काँ काँऽट खोजेर ल्याम्छ फोटाहरु! मेरो प्यारो सेतो टोपी त्यो! :D
|
| |
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 11-16-06 1:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
हा हा हा! पून्टे दाईको counter कथा नि दामी गयो ल! लास्टमा आएर पो बल्ल बुझिरा'को, अगाथा कृष्टीको उपन्यास भन्दा नि सस्पेन्स रैछ। :D :D बिचरा निशान्तलाई चैं खूब उडाए गाम्लेहरूले। गाम्लेहरूको कल्पना शक्तिलाई चैं मैले माने बा! ए पून्टेदाई चौतारी जमघटको फोटू चौतारीमा टाँस्न नभुल्नुहोला है!
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| H1B |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|