[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मुग्लान भास्सिँदाका सम्झनाहरु

[Please view other pages to see the rest of the postings. Total posts: 159]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 127804 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-22-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्‍यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए।

सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए।  उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो।

हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्‍यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ।  

सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ।

यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्‍यो।

क्रमश:          

         

     
                
                     

 

 
Posted on 03-18-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error occured here because of server configuration. Any inconvenience is regretted - admin
 
Posted on 03-18-09 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु मलाई पनि आएकै सेमेस्टर American History क्लास लिने पर्‍यो भनेर दिक्कै लागेको थ्यो। एउटा छ major यस्ता यस्ता क्लास लिनु पर्ने भनेर।


कस्तो सानो सानो कुरा पनि सम्झिनु भएको। स्मरण सक्ती त मन्ने मात्रै होइन पूजा नै गर्नु पर्ने रहेछ।


पढ्दै छु है।


 


 
Posted on 03-18-09 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani padhdai chu... bistarai bistarai.. hai!
 
Posted on 03-19-09 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error occured here because of server configuration. Any inconvenience is regretted - admin
 
Posted on 03-19-09 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब यसो दिनचर्याका पनि कुरा गरौं है। म बस्ने छात्रावास कलेजका अन्य भवनहरु भन्दा अलि टाढा थियो। प्राय: ठाउँ पुग्न १० मिनट जति हिंड्नु पर्थ्यो, जबकी अरु छात्रावासहरु केही नजिक थिए। बिहान उठेर नुहाइधुवाइ गरिन्थ्यो। कहिलेकाही त पालो कुर्न पनि पर्ने। अनि १० मिनट जतिकै दूरीमा रहेको फुड सर्भिसमा गैन्थ्यो ब्रेकफास्ट खान। भुँइतलाबाट छिर्न पर्थ्यो, अनि भर्र्याङ्गमा लाइन बसेर बेसमेन्टमा झरिन्थ्यो। एउटा काउन्टरमा आइडी कार्ड घोटेर किस्ती र काँटा, चम्चा र चक्कु (चाँदीको नभए पनि सिल्भरवेर भनिंदो रहेछ) लिएर आफ्नो रोजाइको मुख्य खानेकुरा लिइन्थ्यो। सामान्यतया अन्डा, फ्रेन्च टोस्ट, प्यानकेक, बिस्किट (हाम्रो बिस्कुट जस्तो नभै अर्कै खालको हुँदो रहेछ, जसलाई हामी बिस्कूट भन्थ्यौं, त्यसलाई चाँही कूकी भनिने) र ग्रेभी, आलु आदि हुन्थ्यो त्यसमा। पेय पदार्थ र दही, फलफूल, सिरियल आदि चाँही आँफैले सर्भ गरी लिन मिल्थ्यो। खाएर जुठो भाँडा सहितको किस्ती एउटा लिफ्ट जस्तोमा छोडेर आफ्नो बाटो लागिन्थ्यो। बिहान ८ बजेको क्लास भ्याउन लाग्थें म चाँही। स्टोरिजको क्लास हप्ताको तीन दिन अनि दुई दिन चाँही त्यसैको ट्युटोरियल क्लास हुन्थ्यो। अर्को क्लास हप्ताको ३ चोटि ११ बजे थियो, अनि दिउँसो एक बजे हप्ताको दुई चोटि एउटा तीन चोटि अर्को क्लास थियो। लन्च बाहेकको अरु समय चाँही प्राय: पुस्तकालयमा बित्थ्यो। आफ्नो काम पनि त्यहीं भएको र छात्रावास पनि टाढा भएकोले अध्ययन, गृहकार्य अनि फुर्सद भए मनलागेको कुरा पढ्ने काम पुस्तकालयमै गर्थें।

पुस्तकालयको काम चाँही सर्कुलेसन डेस्कमा थियो, जहाँ किताब चेक आउट गर्ने र फिर्ता लिने काम हुन्थ्यो। डेस्कमा हुँदा स्क्यानरले आइडी स्क्यान गरेर त्यसपछि किताबहरु स्क्यान गरिन्थ्यो। कम्प्युटरले देखाएको फिर्ता गर्ने मीतिको छाप किताब पछाडि टाँसिएको पानामा लगाएर एउटा चुम्बकीय बट्टामा किताबको "स्पाइन" घोटेर डिसेन्सिटाइज गर्नुपर्थ्यो। डिसेन्सिटाइज नगरेको किताब लिएर बाहिर निस्कियो भने अलार्म बज्थ्यो। त्यसै गरी फिर्ता आएका किताब पनि स्क्यान गरी चेक इन गरिन्थ्यो, कसरी रिसेन्सिटाइज गरिन्थ्यो चाँही बिर्सिएँ। किताब चेक इन र आउट गर्ने बाहेक पुस्तकालयको निश्चित बिभागका किताबहरुको जिम्मा पनि आफ्नो हातमा पर्थ्यो। मेरो भागमा चाँही "फिक्सन" बिभाग थियो। फिर्ता आएका आफ्ना बिभागका किताबहरु गाडामा हालेर एउटा कपडाको टालो अनि endust (धूलो सफा गर्ने रसायन) को क्यान बोकेर सम्बन्धित ठाउँमा गैन्थ्यो अनि किताबहरु ठीक ठाउँमा राख्ने र सेल्फहरु सफा गर्ने गरिन्थ्यो।

फुर्सद हुँदा चाँही धेरै समय "पिरियोडिकल्स" तिर बित्थ्यो, जहाँ पत्रपत्रिकाहरु हुन्थे। त्यतिबेला ईन्टरनेट र ईमेलको सुबिधा थिएन, म गएको एक बर्ष पछि मात्रै ती उपलब्ध भएका हुन्। नेपालको समाचार बिरलै पाइन्थ्यो। एसियासँग सरोकार राख्ने प्रकाशनहरु नै धेरै हेर्थें। दैनिक रुपमा आउने न्यू योर्क टाईम्स, अनि साप्ताहिक रुपमा आउने फार इष्टर्न इकोनोमिक रिभ्यु, (जसमा सबैभन्दा पहिले नूरी भिताचीको ट्राभलर्स टेल्स, जहाँ अनौठा र हाँसो उठ्दा फोटोहरु हुन्थे, अनि नेरु र डलरको बिनिमय दर हेर्थें) र एउटा भारतीय प्रकाशन (ईन्डिया टूडे हो कि जस्तो लाग्छ), नेसनल ज्योग्राफिक आदि मेरा प्रीय प्रकाशनहरु थिए। नेपाल सम्बन्धी पुस्तकहरु पनि खोजें कम्प्युटराइज गरेको क्याटालगमा। मुस्किलले आधा दर्जन थिए होलान्। ती मध्ये नेपाली लेखकहरु धूंस्वा सायमी र डा. डिल्लिरमण रेग्मीका एक एक पुस्तक थिए, जसका शीर्षकको मलाई सम्झना छैन। बिख्यात पर्वतारोही स्व स्कट फिशरको अनि नेपाल भारत सम्बन्ध बारे एक भूतपूर्व भारतीय राजदूतले लेखेको एक एक पुस्तकका साथै हिमालय र एसियाली कला सम्बन्धी पनि एक दुइवटा थिए।

साँझको ५ देखि ७ बजेसम्म डिनर सर्भ गरिन्थ्यो। त्यो बेला चाँही अलि फुर्सदले साथीहरुसँग बसेर खान पाइन्थ्यो। बिहान र दिउँसो चाँही सबैलाई हतार नै हुन्थ्यो। फुड सर्भिसको सामाजिक पाटो रमाइलो भए पनि खानेकुरा चाँही खत्तम थियो। खल्लो न खल्लो मासु, पास्टा अनि फ्यात्त गलाएर उसिनेको तरकारी आदि खानु आफ्नो दैनिकी जस्तै भएको थियो। गाइको मासु छल्न पनि गार्हो हुन्थ्यो। खानेकुराको मामिलामा बाङ्लादेशी अर्कै अदभूत चरित्रको मान्छे थियो। एक चोटि सलादलाई अन्तरराष्ट्रियकरण गर्न भनेर फ्रेन्च, इटालियन, थाउजेन्ड आइल्यान्ड (प्रशान्त वा आन्ध्र महासागरको टापूहरुको कुनै समूह ठानेर) लगायत अभौगोलिक नामका ड्रेसिङहरु (रयान्च, ब्लु चीज आदि) मिसायो। काँचो तरकारी भन्दा ड्रेसिङ नै बढी भएर त्यो त अलिअलि लेटस तैरिएको सूप जस्तो देखियो। एक दुई चम्चा ड्रेसिङको मिश्रण र अलिकति काँचो तरकारी खाएर छोडिदियो।  
अर्को चोटि सलादमै केचप हालेर खायो। पीरो बेस्सरी खानुपर्ने उसलाई, जेमा पनि टन्न पाप्रिका (हो कि कायन पेपर हो) हाल्थ्यो। रङ त गाढा हुन्थ्यो पीरो भने नाम मात्रको। एक चोटि बर्गरमा टन्न त्यही धूलो अनि एक टुक्रा केकको केही भाग हालेर पनि खान बाँकी राखेन। उसको अचम्मको खाने स्वभावले छिट्टै कलेज भरि चर्चा पायो, खास गरी बिदेशी बिद्यार्थीहरु बीच।

क्रमश:  

 

      

 

 


 
 
   

                      

 
Posted on 03-19-09 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह चिप्ले रमाइलो हुँदै छ झन झन,जत्ती पढ्दै गए पनि नअघाउने,
बङाली हरु त एउटा नमुना नै हुन्छन नि। हामी त नजाने पनि तेत्ती सारो चै गर्दैनम नि।
ल है अचेल त दौडिदै छ् पाटाहारु,अन्त्य चै नगरम है छिट्टै।
 
Posted on 03-19-09 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को यो संस्मरण खण्ड नि अखण्ड भै पढियो।


चिप्लेको जागिर पुस्तकालयमा हुंदा त खाने पिउने कुरा को यती बिघ्न बर्णन, क्याफ्टेरिया मै जागिर भाको भए............................................................... ।


जती रमाइलो संस्मरण छ, उती नै उत्क्रिष्ठ लेखाइ छ। जती खाए नि खाउं खाउं लाग्ने म: म: जस्तै लेखाइ छ, पढि रहुं लाग्ने।
मखुला?


 


 
Posted on 03-20-09 10:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अब छात्राबासतिरको पनि कुरा गरौं है। पहिले पनि लेखेको थिएँ कि पहिलो बर्षको बिद्यार्थीहरुलाई छुट्टै अर्थात् फ्रेशम्यान डोर्ममा राखिन्थ्यो। रूममेट चाँही स्विडिस र कालेको मिक्स भएकोले कालो छाला र कैलो कपाल भएको थियो। कोठाको एकातिर बंक बेड थियो। तल्लो भागमा म सुत्थें। ओच्छ्यानको तलतिर घरराहरु थिए जुन हामीले आधा आधा बाँडेका थियौं। ढोकाको दुबै कुना पट्टी एक एक वटा क्लोजेटहरु थिए। कोठाको अर्को पट्टी चाँही डेस्कहरु थिए दुबै जनाको लागि। डेस्कको सीधा माथि रयाकहरु थिए जसको मेरो पट्टिको केही भागमा किताबहरु अनि केही भागमा नेपाली गीतका क्यासेटहरु राखेको थिएँ। डेस्कको सीधा (रयाक मुनिको भित्तामा) नेपाली क्यालेन्डर र केही पोस्टकार्डहरु टाँसेको थिएँ। रूममेटको सि.डि प्लेयर भएको स्टेरियो थियो। ऊ नभएको बेला परे नेपाली गीतहरु सुन्थें त्यसैमा। उसले बजाउने गीतहरुमा चाँही Doorsको गीत हरु मन पर्थ्यो, अरु त खोइ के के बजाउँथ्यो।

त्यो छात्राबासमा बस्ने बिदेशी बिद्यार्थीहरु सबैजसो नजिकका साथी भयौं। म बाहेक त्यो अनौठो तरीकाले खाने बाङ्लादेशी अनि बुल्गेरिया, चीन, लिथुएनिया र जापानका एक एक जना थिए। एक अर्काको देशका कुराहरु चाख मानेर सुन्थ्यौं। त्यसै गरी जापान भने पछि हुरुक्कै हुने एक अमेरिकी पनि थियो। हाईस्कूल पढ्दा एक्स्चेन्ज प्रोग्राममा जापान गएको रहेछ। आखिर उसको बिहे पनि त्यही कलेजमा चिनजान भएको जापानी केटीसँग भयो। बिदेशी बिद्यार्थीहरुसँग मिल्ने थोरै अमेरिकीहरु मध्ये एक थियो ऊ। अर्को अमेरिकीको चाँही हाईस्कूल पढ्दै थाइ केटीसँग मायाप्रीती गाँसिएको रहेछ अनि पीरो पनि मजाले खान सक्ने भएको रहेछ। उसको कोठामा सानो रेफ्रिजेरेटर थियो, जहाँ उसले थाइ खुर्सानी लगायत अरु पीरा थाइ खानेकुरा पनि राखेको थियो। बाङ्लादेशीलाई बेस्सरी पीरो खानु पर्ने, खान नपाएर रन्थन्निएको थियो। म त्यति पीरो नखाने भए पनि खल्लो खाँदा खाँदा वाक्क भएको थिएँ आएको केही दिनमै। एक दुई चोटि उसको कोठामा गएको बेलामा मैले एक दुई वटा अनि उसले र बाङ्लादेशीले त ४-५ वटै होला खुर्सानी चपाएका थियौं। एक दिन उसैको कोठामा म, बाङ्लादेशी र अरु केही बिदेशी र अमेरिकी गरी ७-८ जना गफ गरिरहेका थियौं। यत्तिकैमा उसले खुर्सानी चाख्ने कुरा निकाल्यो। अमेरिकीहरु त हच्किए शुरुमा। उनीहरुलाई थाहा थिएन कि ऊ सजिलै पीरो खान सक्छ भनेर। उसले "दे आर माइल्ड" भने पछि र म, बाङ्लादेशी र उसले एक दुइवटा चपाएपछि उनीहरुले पत्याए। एक टुक्रा के टोकेका थिए पीरोले बित्यास पर्‍यो उनीहरुलाई। बाथरूमतिर दौडिए सबैजना। सिन्कमा लहरै उभिएर कुल्ला गर्न अनि मुख धून थाले असिनपसिन भएका बिचराहरु। आखिर म पनि अमेरिकीको संगतले पीरो खाने भएँ।

छात्राबासको बेसमेन्ट्मा टि.भी लाउन्ज लगायत लन्ड्री रुम र भेन्डिङ मेशिनहरु थिए। वाशिङ मेशिन र ड्रायर चलाऊन पनि सिकें। यहाँ त आफ्नो लुगा आँफै धुन पर्ने। माटोको अटलमा डल्लो साबून दल्नु पर्ने भए त कसरी गर्थें, मेशिनमा हाल्न त खास गार्हो हुँदो रहेनछ। लुगा धुने काम त झर्को नै लाग्थ्यो। ड्रायरबाट तातो लुगा झिक्दा भने आनन्द आउँथ्यो। शुरुमा त बास्केट पनि थिएन, पहिलो चोटि वाल्मार्ट जाँदा बचाएका प्लास्टिकका झोलाहरुले काम चलाऊनु पर्‍यो, दोस्रो चोटि जाँदा चाँही बास्केट किनें।

भेन्डिङ मेशिनबाट खाने पिउने कुरा झारेर पनि खुबै खाइयो। वाल्मार्ट गएको बेला पनि बिभिन्न जंक फुडहरु किनेर ल्याउँथें। गुलियो खाले खानेकुरा त प्राय: ठीक्क गुलियो नभएर चिनीकै पोको निले जस्तो हुन्थ्यो, चिल्लो पनि उस्तै। चिप्सहरुमा डोरिटोज र बार्बिक्यु स्वादका मन पर्थे। पेय पदार्थहरु पनि भेन्डिङ मेशिन र क्याफेटेरियाको फाउन्टेन दुबैबाट धेरै कुरा चाखियो, चेरी कोक र माउन्टेन ड्यु देखि मेलो येलो के मात्रै बाँकी राखिएन होला। भेन्डिङ मेशिनमा चानचुन पैसा वा एक डलरको नोट छिराएर आफूले चाहेको पेय पदार्थको बटन थिचेपछि क्यान खसेको आवाज अनि त्यो चिसो क्यान समातेर माथिको ट्याब खोल्दा आउने आवाज असाध्यै मन पर्थ्यो, अनि त्यसपछि पिएको पहिलो घुट्काको अर्कै आनन्द थियो। सबै कुरा ट्राइ गरियो, मन चाँही कोकाकोला क्लासिक नै पर्‍यो। रुट बियर र मरिचमान झोल (Dr. Pepper) त नमीठो।

क्रमश:
 
Posted on 03-20-09 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error occured here because of server configuration. Any inconvenience is regretted - admin
 
Posted on 03-20-09 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को आत्मसस्मरण पढ्छु भन्दा भन्दै पनि आज बल्ल फुर्सद पाइयो


स्मरण शक्ती चाँही भएकै हो है मान्नुपर्छ, आफुलाई त SLC पछी कुन कलेज गैयो रे भन्नको लागि पनि सर्टिफिकेट हेर्न पर्ने स्थिती भैसक्यो भन्या ।
जे होस् टिपिकल लेखाइ छ अनी मलाई लागिराखेको कुरा के, यो कथा पढ्दै जादा चिप्ले ले अमेरिकि स्टाइल मा खर्च गरेको देखिएको छ, कलेजमा पैसा तिर्न पर्दैनथ्यो कि के हो ? त्यस्ता कुरा पनि आउँलान नै, अनी इन्टर्नेट ईमेल मोबाइल फोन आउँदा को क्षण पनि रोचक नै होलान नि, लेखौ है


 
Posted on 03-20-09 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त पानी मात्र मिठो लाग्छ। हे हे हे।
 
Posted on 03-20-09 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढ्न त अघी भात बजाउन अघी नै पढेको। भात पछी टिरेन। बल्ल अड्डा आइपुगियो।



पर्बते ले भने जस्ताइ टिपिकल लेखाइ त्यो पनि टिपिकल मुग्लान भासिएका ब्यक्ती को। आनन्द आइरहेको छ । लरका लरकी को चक्कर वक्कर् को पनि इपिसोड आउँला नि चिप्ले? मखुला?


 
Posted on 03-20-09 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल दामी गैराछ है चिप्ले ! अरु नि भटाभटि थप्दै जाम !
 
Posted on 03-20-09 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिप्ले पाट अर्को पार्ट पनि पढियो मजा ले डोर्म रुम को चित्र ठ्याक्कै आयो आँखामा। डोर्ममा बस्ने अनुभव लिन मन थियो तर कहिलेइ बसिएन आफुचै। आफ्नो नि पर्बते ले भने झै छ् स्मरण सक्ती त,अली अली भाको पनि उड्दै छ् अचेल त उमेर खस्किदै गर होला।
अनी पर्बते र ठुल्दाइ ले भने झै सप्पै कुरा हरु बिस्तार लाउ है।
लौ सप्तान्त राम्रो सँग बितोस।
 
Posted on 03-20-09 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


पर्वत्या माड्साब, कहाँ अमेरिकी तालले खर्च गर्नु? जेको भाउ देखे पनि ५० ले गुणन गरी नेरुमा बदल्थें अनि जे पनि महँगो लाग्थ्यो। मैले फजुल खर्च गर्ने भनेको वाल्मार्टको जंक फुड र भेन्डिङ मेशिनमा दुई चार डलर थियो। आवश्यक सामान अलिअली त किन्नै पर्‍यो।  ईन्टरनेट र ईमेलको सुबिधा म गएको एक बर्ष पछि मात्रै उपलब्ध भयो। मोबाईल त धेरै पछि लिएको हो मैले। त्यो बेला एकदमै धनी केहीसँग मात्रै हुन्थ्यो, सेट पनि अहिलेका जस्ता साना हुन्नथे।   १९९५ को कुरा हो, हाम्रो मिल्ने एक साथी (सामोवा टापूकी)को नजिकैको अर्को विश्वबिद्यालयमा पढ्ने साउदी अरेबियाको केटासँग चक्कर चलेछ। उसँग सेल फोन थियो। ओहो सेल फोन बोक्ने केटासँग हिंड्छे हो यो त भनेर कुरा गर्थ्यौं हामी।

क्रेजी, मरिचमान झोल र रूट बियर चाख न, पल्किन्छ्यौ कि त्यसैमा।
ठुल्दाइ, हेर्दै गर्नुहोस् न के के आउँछ अरु।
रिट्ठे सर, थपिन्छ पक्कै चिन्ता नगरम्।
बिष्टे, एउटा गजबकै अनुभव थियो डोर्मको बसाइ पनि। मेरो कलेजका चार बर्ष डोर्ममै बिते।   


 
Posted on 03-20-09 9:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त पहिला त्यो पानी खाने फोउन्टेनमा मुख राखेकी पानी आउछ भन्ठान्थे , हुन त त्यो पनि हुँदो रैछ , एक चोटिचै , मुख आ गरेर फोउन्टेनमा मुन्टो एक मिनट सम्म राखे पानी आउँदैन , पछी छेउतिर थिच्नु पो पर्ने रछ , त्यो सम्झेर हाश उठ्छ अनी जहिलेनी त्यो पानी खाने फोउन्टैन देखेकी तेही सम्झना आउछ मैलाई चै ।
 
Posted on 03-23-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के, तिमी चाँही फाउन्टेन स्वचालित होला भनेर झुक्किएको रहेछौ म भने टोकियो बिमानस्थलमा शौचालय कसरी फ्लश गर्ने भनेर अलमल्ल परेको थिएँ। के थाहा मलाई स्वचालित रुपमा फ्लश हुने शौचालय हुन्छन् भनेर।  


 
Posted on 03-23-09 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब यसो बिषय बदलेर सांस्कृतिक बिबिधता अनि संवेदशीलतातिर लागौं न। पहिले अमेरिकीहरुकै कुरा गरौं।  चिन्नु न जान्नु बाटोमा जसलाई भेटे पनि हाइ, हाउ आर यू आदि भन्दै हिंड्ने। आफूलाई चिनेरै बोलेका हुन् कि जस्तो लाग्थ्यो तर होइन रहेछ। अझ टाउको यसो उठाएर व्हाट'स अप भन्नेहरु पनि धेरै थिए। होइन माथि के छ र जस्तो लाग्थ्यो। उच्चारणमा उस्तै समस्या, p भने b भनेको सुन्ने, F र S पनि उल्टो पाल्टो आदि आदि। अझ जेडलाई जी भन्ने। G र Z छुट्ट्याउन पनि आफूलाई गार्हो। त्यसै गरी कतिपय शब्दका हिज्जे पनि फरक हुँदा रहेछन्, जस्तै centre लाई center भनेर लेख्ने, अझ उच्चारणमा त सेन्नर भने जस्तो सुनिने। त्यसै गरी बेलायती अङ्रेजीमा u राखेर लेखिने शब्दहरु जस्तो colour, flavour आदि बिना u लेख्ने बानी पार्न पनि समय लाग्यो। एक चोटि बाटो काट्ने बेला एक जना कालेले मलाई व्हाट'स अप भन्यो। त्यसपछि मसँग केही कुरा गरेको तर नबुझेको जस्तो लागेको थियो तर ऊ त आफ्नो वाक्म्यानमा बजेको rap गीत नै गाइरहेको रहेछ। आफ्ना हाकिम र प्राध्यापकहरुलाई उनीहरुको पहिलो नामले बोलाउने बानी पनि थिएन। बिस्तारै बानी पर्न थाल्यो त्यसको पनि।

यी त भए अमेरिकीका कुरा। हिन्दूले गाई चोखो मानेर नखाने त थाहा थियो तर मुसलमानले सुंगूर नखाने कुरा थाहा भए पनि कारण चाँही थाहा थिएन। एक जना इजरायली (जसले मलाई वाक्यहरु बीच डबल स्पेस राख्न सम्झाएको थियो) लाई सोधें, हामीलाई गाई चोखो भए जस्तै तिमीहरुलाई सुङ्गूर चोखो हुने भएर नखाएको हो भनेर। ऊ त जङ्गियो f*** you, I will cut your head if you ask that again भनेर। म पनि कस्तो मूर्ख, त्यस्तो फोहोरी जन्तुलाई चोखो मान्छौ भनेर सोध्न। श्रीलंकाको एक जनाले मलाई एक चोटि hey you Himalayan tiger भनेर बोलायो। उसले टाइगर भनेकै भरमा मैले झन्डै उसलाई श्रीलंकन टाइगर भनिसकेको थिएँ तर झल्याँस्स सम्झिएँ तामिल टाइगरहरुसँगको गृहयुद्ध। जाफ्ना प्रायद्वीप, बाट्टिकोला र ट्रिंकोमाली अनि त्यहाँ भएका हिंसात्मक घटनाहरुको बारे पटक पटक दुर्गानाथ शर्मा, ध्रुव थापा, प्रवीण गिरी आदिका स्वरबाट सुनेकै थिएँ। झन्डै टाइगर फुस्किसकेको मुखबाट सिंहाली भाषी अनि सिंह अंकित झन्डा भएको देशको उक्त मान्छेलाई श्रीलंकन लायन भनी प्रत्त्युतर दिएँ। टाइगरहरुसँग अनवरत युद्धमा लडेको देशको मान्छेले मलाई किन टाइगर भनी बोलायो, त्यो चाँही दैवले जानुन।

संसार पनि कति सानो भन्या। हामीभन्दा सिनियर एकजना बांग्लादेशी छात्राका दाई बस्टनमा पढ्दा रहेछन्। मेरै थर मिल्दो एक नेपाली उनका मिल्ने साथी भएको नाम चाँही फलानो हो तेरो कोही पर्ने त होइन भनेर सोधीन्। कोही पर्ने त थाहा भएन तर बैंककमा भेट भएका नेपाली बिद्यार्थी मध्ये एक परेछन् जो गर्मीको छुट्टी नेपालमा बिताएर फर्किंदै थिए। ती छात्रा सँधै कुर्ता सुरुवाल मात्रै लगाउँथिन्। अनिवार्य रुपमा लिनु पर्ने शारीरिक शिक्षा अन्तर्गत पौडीको पनि कक्षा लिनु पर्थ्यो। हल्ला थियो कि उनी पौडी पोखरीमा पनि कुर्ता सुरुवाल लगाएरै हाम फाल्थिन्। आफ्ना समकक्षी बाङ्लादेशी भने लुंगी र टीसर्ट लगाएर छात्रावास भित्र हिंड्थ्यो। स्कर्ट लगाएर हिंड्ने मान्छे भन्थे अमेरिकीहरुले उसलाई। अर्को हल्ला थियो एक भारतीय छात्राको बारे। जुत्ताको फित्तै कस्न नजान्ने अनि अरुहरुको सहयोग चाहिने रे कति समयसम्म। भारतमा हुँदा घरको काम गर्नेले बाँधिदिन्थ्यो रे। त्यस्ताले फित्ता बाँध्नु पर्ने जुत्ता किन लगाउन परेको होला।

कलेज जीवनका ब्यस्त, अनौठा, अनि कहिले रमाइला त कहिले अत्यास लाग्दा दिनहरु बित्दै जाँदा आएको पनि तीन हप्ता जति भैइसकेछ। सँधै झैं खाना खान जानु अघि छेवैमा रहेको पोस्ट अफिसमा आफ्नो बक्स चेक गरें। आउने भनेको प्राय: जंक नै हुन्थ्यो। त्यो दिन भने परिचित अक्षरहरुमा आँखा पर्‍यो। बुवाको अक्षर भएको खाम अर्थात घरबाट पहिलो चिठी आएको रहेछ।  मुस्किलले एक दुई अक्षरहरु पढ्न सकिने गोश्वारा हुलाकको छाप लागेको उक्त खाम बाक्लै थियो। अनुमान लगाएँ कि त्यसमा हिंड्ने बेलाका फोटोहरु थिए। उत्साहित हुँदै अब लाइन बस्दै पढ्नु पर्छ भनेर लम्किएँ।    

खाम खोल्नासाथ पत्रिकाका काटिएका टुक्राहरु भेट्टिए। नेपालका प्रमुख समाचार र मलाई मनपर्ने खालका केही लेख भएको कुरा शीर्षकबाट देखें। पत्रिकाको नाम र मीति चाँही हातैले लेखिएको थियो। पहिले चिट्ठी नै पढेर अरु कुरा पढ्छु भन्ने सोचें। फोटोहरु चिट्ठीको बीचमा थिए। फोटोहरुलाई खाममा नै राखेर चिट्ठी पढ्न थालें। शुरुमा बुवाले लेख्नु भएको रहेछ। माथिल्लो दाहिने कुनामा पहिले बिक्रम सम्बतको अनि त्यसको तल ब्राकेटमा इस्वी सम्बतका मीति लेखिएका थिए।  "प्रिय चिप्ले" भनेर सम्बोधन गरिएको चिट्ठीको पहिलो वाक्य थियो "तिमी गए पछि हामीलाई धेरै शून्य लागेको छ।" चिट्ठी पढ्दा बिदा हुने बेलाको बुवाको गम्भीर अनुहार आँखामा आइरह्यो। पढ्दै जाँदा मन झन झन भारी हुँदै गयो। अहिले यी हरफहरु लेख्दा पनि मन एकदमै भारी भैरहेको छ।  चिट्ठीको पछिल्लो भाग चाँही आमाको रहेछ। पढ्दा लाग्थ्यो कि त्यो चिट्ठी नै आँशुका थोपा थोपाले भिजेको छ जस्तो। पढिसक्दा मेरो कार्ड स्वाइप गर्ने बेला हुन लागेको थियो।

अरु बेला खाना खाने बेलामा साथीहरुसँग बसेर गफ गर्ने कुराले उत्साहित हुन्थें तर त्यो दिन एकान्तमै बस्न मन लाग्यो। चिट्ठीलाई खाम भित्रै राखेर खामलाई किस्तीमा राखें र खानेकुरा लिएपछि साथीहरुलाई नदेखे झैं गरी अलि टाढाको खाली टेबलमा गएर बसें अनि फोटोहरु हेर्न थालें। फोटो कन्सर्न देखि घर अनि बिमानस्थलसम्मका फोटोहरु एक एक गर्दै हेरें। ती फोटोहरु त सबै खिचेको थाहा थियो र पाउनु कुनै अनपेक्षित कुरा थिएन। तर ती बाहेक अरु चार वटा फोटोहरु पनि रहेछन्। क्रोनोलोजी मिलाएर भन्दा बिमानमा यात्रुहरु चढ्दै गरेको, ट्याक्सीवेतिर मोडिंदै गरेको, धावनमार्गमा कुदिरहेको अनि टेक अफ गरेर बदली भदौरे आकाशमा बिलाउन लागेको द्रिश्यहरु रहेछन्। शायद अनिश्चित कालको लागि अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो। बिदा हुने बेलाको गम्भीर क्षणलाई केही हलुका बनाउने प्रयास स्वरुप मैले भनेको थिएँ, "ल बुवा अब तल ढोकामा भेटौंला" (संस्मरणको दोस्रो भाग हेर्नुहोला)। त्यही समयको फेरि सम्झना आयो। कहिले त्यो ढोकामा पुग्ने होला अनि कहिले आफ्नो परिवार अनि साथीभाइहरुको साथ हुन पाउने होला अनि कहिले फेरि आफ्ना परीचित स्थान अनि बाटघाटाहरुमा हिंड्न पाइने होला भनेर सोच्दै उड्दै गरेको बिमानको फोटोमा निकै बेरसम्म टोलाइरहें। केही खान पनि मन लागेन। जबरजस्ती केही खाए जस्तो गरी आफ्नो बाटो लागें।

समाप्त।                                                      

 


 

 

   
  

 

 


 
Last edited: 23-Mar-09 11:49 AM

 
Posted on 03-23-09 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले, कती छिटो समाप्त? बल्ल ३ महिना सम्म का कुरा रहेछन, बल्ल त घरबाट पहिलो चिठ्ठी आएको छ अरु कुरा पनि थपौन है अनी सिध्धिने बेलामा चाँही किन त्यस्तो सिरिअस मोडमा लगेर टुङाएको नि ? आफ्नो अनुभब बाडेकोमा धन्यवाद !!
 
Posted on 03-23-09 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<शायद अनिश्चित कालको लागि अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो।>>>>


चिप्लेपाट , ज्यादै भावुक बनायो यार। गलाबरुद्ध भयो हात अबरुद्ध भएको भए टाइप पनि हान्न सकिन्नथ्यो। मन छोयो तन छोयो।



अझ एक शब्द थप्न मन लाग्यो- शायद अनिश्चित कालको लागि, अनिश्चित भबिष्य खोजिमा  अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो।


 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ICE kidnapping people off the streets over op eds
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters