[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २१ ~

[Please view other pages to see the rest of the postings. Total posts: 451]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 199400 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 08-02-06 10:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते चौतारीबासीलाइ । २० औ चौतारीले ३०० वटा धागा काटी सकेको ले २१ औ चौतारी जग हाल्ने काम फेरी पनि मैले नै सम्हालेको छु । २० औ चौतारीमा पुराना मित्रहरुका रमाइला
रचना र गफका साथै नया मित्रहरुका उत्क्रष्ट रचना पनि पढ्ने मौका पायौ । यो नया चौतारीमा अझ गहकिला रचना र रमाइला गफ थप्दै जानुपर्छ । बर्षलाइ १२ महिनामा बांडे जस्तै
अब देखि यो चौतारीको जग पनि हरेक १५ दिनमा ( पाच्छिक ) रुपमा आइतबार जग हाल्ने कुरा कस्तो लाग्छ ? तेसो गर्दा अलि मेसो पर्थयो कि ?


२०औ चौतारी रमाइलो बनाउने साथिहरुलाइ २१ ओ चौतारीमा पनि तेस्तै गर्ने आशा राख्दै स्वागत गर्दैछु नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे,
मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर,
सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ ।


पुन्टे दाइ र भउतेको जुरेलीसित को कुरो मिलेको हुदा अब भउतेले घरजम गर्ला जस्तो छ । हामीहरुले पनि जन्ति बाख्रो खान पाइने मेसो पर्ला जस्तो छ ।मिसले पनि सबैलाइ पढाउदै अनुशासनको बाटोमा डोराउदै हुनुहुन्छ ।





काँचो सम्झि बेलौति-आर माझमा
पाक्यो र अम्बा भै बाँचुन्जेल सम्म माया हानपैतालि झम्म

बिरफाँट्याको जुवा माउरिर-माझमा
काँ बाट जम्माभै बाँचुन्जेल सम्म मायाँ हाँनपैतालि झम्म

रामिडाँडा सिपाचौर रमझम
रामिडाँडा सिपाचौर रमझम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
रमाईलो बन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
कइले भेट होला भनि रमझम
कइले भेट होला भनि रमझम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम
आत्या थ्यो मन पनि बाँचुन्जेल सम्म माया देउडा खेलाऊ-छम

 
Posted on 08-06-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेको कथा हृदयस्पर्षि छ। साथै प्रासांगिक पनि।
मेरो चाहिं बाकि अंश एकछिन पछि।
 
Posted on 08-07-06 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-06 1:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जाने जति कनि कुथि बोल्दै कुइरेलै बुङमति सम्म पुर्याएछि मच्छिन्द्रा' मन्दिर वरिपरि कुइरेले हाम्रो तिन चारवटा फोटाहरु पनि खिच्यो। केमरा पनि गज्जवको र'छ। खिच्ना' साथै फोटो बाहिर निस्किहाल्ने। हामी आ-आफ्नो अनुहार हेरेर दङ्ग परेम। कुइरेले ऊ त्यस पछि खोकना जाने र अनि फर्पिङ चोभार हुन्दै शहर जाने आफ्नो योजना सुनायो। अब त हामी के भन्ने के भन्ने, अक्क न बक्क परेम। लास्टमा आएर कुइरेले सय रुपे दियो।
अब जे भो भो, यहि जम्मा भको ५ ६ सयले जे मिल्छ त्यहि किनौं भन्ने निधो गरेर भोलि पल्ट ब्यानै ठुले, हाउडे र कुइरे पाटनाँ ग' र बल किनेर ल्याउने भए। बस भाडा र खाजा खर्च भनेर ५० रुपिया उनीहरुले लिने पनि रे।
तुरे र मैले हुँदैन भन्दै थेम, हाउडेले गुण्डागर्दि देखाइहाल्यो। 'तिमेरु मु++हरुलै थाह् छ, कति पैसा लाग्छ शहराँ? कहिल्यै नख्खुखोलो कटेर गा' छौ? मुख सुख फुटैदिन्छु अनि?' हाउडेको त्यति बोलीले मलै त पुगिहाल्यो, तुरे अझै रन्किदै थियो। हुनपनि म र तुरे अरु कसैका साथ नलागि नख्खुखोलो पारी गा' कै थेनम। भोटोजात्रा हेर्नजान लाए पनि जावलाखेल सम्म पनि जानदिन्थेनन घरबाट। जम्मा दश बर्षाको त भैया थियो, अनि भर पनि के गरुन्। अर्को कुरो,शहराँ गएछि, जल्लै पनि चुरोट बिंडि तान्ने, जाँड रक्सी खाने, रङग न ढङगा लुगालाउने (हजुरबौ कै शब्दमा) बानी लाग्छ रे भन्थे। होटेलमा चिया खानु भन्याँ ठुलो कुरो हुन्थ्यो। घरै उचालिन्थ्यो।
हुन्दे तुरे, अब हाम्लै लैजादैनन शहर जान आउने इनेरु नै मत्तै छन् मु++ के गर्नी त छाड्दे।
भने छि ऊ नी चुपलाग्यो। हाउडेको त दुइतिन्टा बस, ट्याक्सी नी थे, अनी ऊ त डाइबर, खलाँसी सङ्गलागेर शहर बजार घुम्न गैरन्थ्यो।
शनिबार बिहानको दशजत्ति बज्या हुँदो हो, कहिले फुटबल लेराउलान् र एक् सट भे नी हान्न पाइएला भनेर, ममीले 'भात खान आइजो बाबु' भन्दा भन्दै पनि म कुदेर बस स्टप तिर लाग्या त!
ठुले त राता राता गाला पार्दै ह्वा ह्वा गर्दै रुँदै भाग्दै घर तिर जाँदै रे' छ। पछाडि नरकटको लठ्ठि ठुले तिर तेर्स्यौंदै हजुरबौ बुढा कुर्लिंदै रेछन्, 'कहाँ सम्मको स्वाँठ त ल! एक ब्यानै, भाँडाहरुको संगताँ लागेर, शहर शहराँ ग' र बस चढेर आउने भ'को यो। एल्लै ईईई मैले जान्या छ, तँलै पख न आज, तेरो जात्रा ननिकाली त म काँ छाड्छु र आज? म त हजुरबौको अनुहार देख्दैमा त डर लाग्नी, झन रिसा'बेलाँ का अगिपर्नु भनेर जहाँ बाट बुढालै देखियो, त्यहि बाट उल्टो फर्केर घर तिर टाप ठोकिं।
यो घटनाको एक् बर्षै बित्न नपाइ हाम्रो गाउँजाने बाटो पिच भो। हेर्दा हेर्दै गाउँलै गांउँ भन्न पनि नमिल्ने भो, शहर भन्न पनि मिल्दैनथ्यो। त्यस्को एक् डेढ बर्षमै घरतिरका सपै पाटन, शहर तिर पढ्न जान थाले। त्यसबेला भन्दा पाँचबर्ष अगाडि सम्म गाउँ भरिमा जस्ताले छानो छाको घर एक् दुइटा मत्तै थे, बाकि सबै परालले छा'का हुन्थे, पाँच बर्षपछि पनि जस्ताको छानो भ'का घर एक् दुइटामत्तै भए, बाकि घरहरुले चैं, ढलानको छानो लिइसकेका थे।
 
Posted on 08-07-06 2:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह ! वाह !! वाह !!! एक से एक "गुरुबा टुक्रा" (masterpiece क्या!) जान थाले यार चौतारीमा। पहिला गालउ, अनि कुम्ले। अहिले फेरि साहिलो। साहिला धेरै राम्रो छ ल बाल्यकालको सम्झना। आफ्नो बाल्यकालको पनि याद आयो। कुहिरेजति सबैलाई अम्रिकन भन्थ्यौँ हामी पनि अनि नजिक गएर "टेन रुपीज प्लीज!" भन्थ्यौँ।
राम्रो छ ल, छिटो छिटो जाओस् ।


मेरै कम्फुटारलाई मात्रै भूत लाग्या हो कि के हो, थाह भएन तर चौतारीचैँ फेरि नी बाँगियो है!
 
Posted on 08-07-06 2:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते जुरेलीका गुँडमा पसिसकेको खबर पा'र खुब खुशी लागेको छ। भउतेको उध्दारै भो। त्यै भ'र पो भउतेको नाकमुख नदेख्ख्या र'च चौतारीमा।

अब चाँडैनै जुरेलीले फुल पा-या खबर पनि सुन्न पाइन्छ होला।
 
Posted on 08-07-06 5:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल लम्बर १०१ ग्वाँचे ....................हाजिर मिस्
 
Posted on 08-07-06 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ६ ठुलि
हजुरर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ मिस्
 
Posted on 08-07-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी झल्याक झुलुक पार्नेलाई धेरै धेरै धन्यवाद नदिए चै नाईन्साफी हुन्छ .....रमाइलो लाग्यो :) :)

नमस्कार !! :D

आज अलिकति फुर्सद भयो। यति दिन नदेखेको चौतारी एकैछिनमा पढिसके।
कुम्ले डरलाग्दो कथापो हालेछौ सान्दर्भिकपनि.राम्रो छ अरु नि हाल्दै जानू ..बरु मिसले पढाउदा निदाएछौ ...सपना पो देखेछौ त नि ..:D

हे हे हे बिर्खेजी,
"...... त्यसपछि, सबै त्रासपूर्ण कल्पनाहरुलाई बिर्सेर कुम्ले, तितौरी, चित्रे र ठुल्नानी आफ्नै भाकामा हराउन थाले.... "
उता प्रौढकक्षामा बिर्खेमाइला आफ्नै सुरमा कविता सुनाउदै थिए...
"-----लामो निँद्रापछि
बिहान सखारै,
पर कतै रुखमा,
कुनै पंक्षिको मिठो स्वरले
निंद्रा बिथोले झैँ;
मेरो अस्तित्वमा,
एक मिठो कम्पन हुन्छ;
जब अलिक झुकेर,
नहेरेको जस्तो गरि
एक पटक पुलुक्क हेरेर,
तिमिले तिम्रा केशरासी,
मुहार बाट पन्छाउँछौ!! "...:)

nepesahila कथा पढ्न त राम्रो लाग्यो के बरु विच विचमा ...+++ राखेर के भन्न खोज्या हो था'भएन
 
Posted on 08-07-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेको कथा दामि लाग्यो ।
साइलाकको पनि काइदाको छ । तिमिले त त्यो नया भकुन्डो त खेल्दा रइचऔ, हाम्रो त तेइ बल, आफैले सिलार, टालेर खेलिन्थ्यो । शहारा किन्न जानि भनेको चाइ बिलाडर मात्रै पर्थो , १३ रुपिया जाति पर्थयो के रे तेतिबेला । तिम्रो गाम चै कुन पर्यो साइला ?
 
Posted on 08-07-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी किन बाङ्यो?

साहिला को कथा त राम्रो छ बाबै तर के लेख्या हो तेस्तो +++ नि मिस् ले भन्या जस्तो ।

ए ठुल्नानि क्यार्दै छौ? सन्चै छौ?

नमस्ते मिस्
रोल्न् २२ यस् मिस्
 
Posted on 08-07-06 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति बाङ्गिओ बाङ्गिओ भुनेर बाङ्गा बाङ्गा कुरा अर्दै थै गाम्लेअरु अइले साँच्चिकै बाङ्गेछ चौतारि!

गजब छ साईँला...मेरो पनि त्यस्तै त्यस्तै बितेको थियो समय...मेरो हजूरबुबाको पनि बोलिमा बिरेक लाग्दैनथ्यो।

**********
माष्टरनी नानी र तितौरी...के जाति ++++ लेखेको कुरामा धेरै दिमाख नघुमाम्दा ठिक होला अस्तो लाओ मलाई।
के जाती सेन्सर अरेको अस्तो लाओ मलाई त।
 
Posted on 08-07-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो सानो प्रयास मन पराइदिनुभएकोमा सबैलै धन्यबाद।

गोतामे: धन्यबाद, त्यस्तै थिए ति दिनहरु। यो चौतारी पनि बाङ्गिदै सोझिंदै गर्दै छ, यस्पाली चाहिं कुम्लेको गीतको करामत जस्तो छ।

मिस अनि तितौरी: त्यो प्रश्नको जवाफ माइलाले दिए जस्तो छ।

नमे: हाम्रो पनि ताल त त्यहि हो, सुरुको तिन महिना पछि बल फुटि हाल्थ्यो, चौर वरिपरी काँडै काँडा र चुच्चा ढुङ्गामत्तै थे। त्यस पछि त २५ रुपियाको ५ नंबरको ट्युव किन्यो हाल्यो, ठाउ ठाउमा टाल्यो गरिन्थ्यो। हुँदा हुँदा पछि त त्यो साबडको टेनिस बलले नै चित्त बुझाइन्थ्यो।
अनि मेरो गाम त कथा पढे पछि पत्तो लाग्न पर्नी हो।

माइला: त्यो +++ भनेको 'अक्षर आफैं जोडौं' भनेको पनि भन्दिम न। अनि उताको धागोको कबिताहरु पढें, धेरै राम्रो लाग्यो।
 
Posted on 08-07-06 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी लाई के भो किन बाङ्गेको । हेर्दा त एउटा खुता भाछेको मान्छे जस्तो ।
:O
 
Posted on 08-07-06 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइला यार नख्खु पारि त बुझे तर ठ्याक्कै ठ्म्याउन चै सकिन है ।
 
Posted on 08-07-06 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-06 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छि! साच्चै गार्हो भो हेर्न लाइ आखै तिरिमिरि भो ,कस्ले मिलाउने होला लौ न छिटो सोज्याउ चौतरी लाइ ।
 
Posted on 08-07-06 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त भन्या...म त म बुढोको आँखो तिर्मिराएको भन्ठानिरा त सपैको उइ चाल रेछ..
लौ सानदाई कता छन...सोझ्याउनु पर्ने भो चौतारी..नत्र कान्ला मुनि पुग्ला भन्ने डर भओ...
 
Posted on 08-07-06 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे,
नख्खु पारी उत्तर पट्टि शहर, पश्चिममा चोभार र बागमती, पूर्वमा पनि नख्खु र तिखेदेवल, दक्षिणमा खोकना, बुङमति। गाउँको बिचमा अग्लो रेडियो स्टेसनको खम्बा। अब पत्ता लाग्यो?
 
Posted on 08-07-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा लौन केहि गर्नुस् चौतारी लाइ , हरे हजुर् को नि आखा तिर्मिर् भो ।

यो बिगार्नि चै को पर्नु भो होला ?
 
Posted on 08-07-06 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइलाको ठाम त त्यो के रे ठैव भन्दा उत्तर परेच हैन त? तिम्रा गाम मा त त्यो खम्वा सारै ठुलो भर दाल पकाउदा कुकरमा पनि रेडियो बज्च भन्ते केरे अब तिमि नै भन । आजकाल त मुबाइलको टावर पनि छ यार तिम्रो गाममा। म एक चोटि तिम्रो गाम काटरे गको त ले ले पो पुग्यो । तिम्रो गाममा त कालो पिच रच तर त्या त रातो पिच थियो यार, सारै चिप्लो ।यसो गाम बिहार गरुम भनेको त , मेरो भटभटे त भैसी चिप्ले जस्तै अरेर कान्लामुनि गओ के रे ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters