[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी ३२

[Please view other pages to see the rest of the postings. Total posts: 318]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 137432 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 11-21-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!



सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन



width="650" height="450">

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३२सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......


सान्नानी:
अहिले आएर कुरो उल्टाउछौ?
बासङ्ग कुरा गर भन्दा उहिले
".. not ready yet" भनेको बिर्सिन्छौ?

कति कुरिबसे
बिदेशबाट फर्केला सङ्गी भनी
सङ्गी त आएन आएन एउटो चिठि सम्म पाइएन
बा आमाको किच् किच् को अगाडि मेरो केही लागेन।

पून्टे दाई:
"बासंग कुरा गर" भनेऊ उहिले
जम्मा १७ बर्षको त थिएं जहिले
अनि त कुरो भयो नि चेट
भनेको मात्रै हैन, थिएं नै "not ready yet"

चिट्ठी त पठा'को भए पो पाऊँथेऊ त
जत्ति कराएनि ई-मेल तिम्ले काँ चलाउँथेऊ त?
राम्रै भो बा-आमाको किच् किच् सहन नसकेको
भेट्टाको छु यतै तिमी भन्दा धेरै चिटिक्क परेको।

दीप ज्यो:
कैले म सङ्ग कैले उ सङ्ग गरेउ
मायाको खेलमा मलाई डुम पारेउ
उ हिनेसी म किन रेडी हुनी हो?
तेई भेर ".. not ready yet" भन्या हो
 
Posted on 11-22-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी "भाकल् भुकल् " भनेको के हो? पिलिज् दोन्त् माइन्द्
 
Posted on 11-22-06 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाकाल --> भगवानसँअ गरिने कमिट्मेन्ट,
भुकल्
भु --> जमिन्
कल् (call)--> बोलाउनु

अनि भाकाल भुकल बच्चा मिल्यो त ?
 
Posted on 11-22-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जा, ठुलिले नि दाग्दिन्, साच्चै पर्यो फसाद सानानीलाई !
 
Posted on 11-22-06 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानानी, मेरो तर्फ बाट नि पिलिज् दोन्त् माइन्द्
 
Posted on 11-22-06 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले "सुकला" भनेको के हो ? चि यो के हो त्यो के हो भनेर सोधा सोध्दै दिक्क लागिसक्यो ।
 
Posted on 11-22-06 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ठुली जी :P:P, मैले नि ग्वाँचेको चोरेको --
प्युनार, ज्युनार -- चिया प्युनार अनि नास्ता ज्युनार गरीबक्सियो भनेको?

आज यामे कता लागेछ, चौतारीको कुन चैं हिसाब-किताब निकाल्दै हो कि, मीसको होमवोर्क गर्दै होला सायद
 
Posted on 11-22-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले त्रेता युगमा राक्षसहरु ले उधुम मच्चाउन थालेपछि सबैजना मिलेर भग्वान सङ प्रर्थना गरेछन्, "प्रभो! आउनुपर्यो, केहि गर्नुपर्यो!"

भगवान खुसीभएर भनेछन्, "ठिकै छ केहि भाकल गर"

अनि सबैले भाकल गरेर भगवानलाई भुकल गरेछन्। अनि भगवान "भाकल् भुकल" भएर आएछन्।

कुरो यहि हो!!
 
Posted on 11-22-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामेले गरी खाला जस्तो छ!
 
Posted on 11-22-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिल्यो नि किन मिलेन, बच्चा भगवानले जमिनमा पठाउने त हो नि। :)

नेक्स्ट् दाग्दिन आउछ अब गालव् :D:D:D
 
Posted on 11-22-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चि भनेको के हो ठुली ?
 
Posted on 11-22-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भाकल भुकल" भनेर "भक्कु किसिमको" भन्न खोज्या होला। मतलब, मोटे!
हैन सान्नानीजी?

अनि कुम्लेजी, मस्त निद्रामा कस्तो सपना देखिसिं'दै होइसिन्छ नि!!! यसो अपडेट गर्दै गरिस्योस् न!

आफूले त,
"हाम्रो शरीरको स्वास्थ्य महत्वपूर्ण भएको तथ्यलाई हृदयंगम गर्दै भर्खर नास्ता गरिबक्सेका छौं" क्यारे!
 
Posted on 11-22-06 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिलिज हजुरहरु कृपा गरेर मैले बुझ्ने भाषा बोल्नुस् न भनेको। फेरि ग्वचे नि " " भनेको के हो?
 
Posted on 11-22-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाग्दिन
 
Posted on 11-22-06 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकला भन्या चैं त्यो बुढानिलकण्ठ जस्तो ओछ्यानमा ड्याम्म पसारिने-- हैन र?
 
Posted on 11-22-06 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D
हत्तेरिका !! नहसाउन यसरी । म अब दौडन पर्या'छ के । रातो बत्ति मै दौडे भने मलाइ झन ठुलो फसाद पर्ला...'.सानानी, मेरो तर्फ बाट नि पिलिज् दोन्त् माइन्द् "
ठुल्नानीको हसाउने तरिका मलाइ चै खुब मनपर्छ



ग्वाँचेजी 'दाग्दिन' भुनेओ के नि
 
Posted on 11-22-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चि भनेको छी हो । आफुलाई त खाली तोते बोली मात्र बोल्न आउछ ।
थ्यांक्उ हरितालिके । सो नाइस् ओफ यु ।
 
Posted on 11-22-06 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए दाग्दिन् भनी त ग्वाचे जी पो होइसिदोरेछ म त गालव् जी भनिरा।
 
Posted on 11-22-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद सान्नानीजी अनि कुम्लेजी,
आज तपाईंले मलाई ( हाम्लाइ नै भन्दिउ न होल सेलमै), ठुलो ज्ञान दिनुभयो । यस्तो रहस्यमय कुरा हाम्लाइ त था नै थेन्, मैले त बच्चा संसारमा अरकै तरिकाले आउँछ भन्ने ठानेको थे, कति गलत रहेछु म!
जय होस् तपाईंहरुको!!
 
Posted on 11-22-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् साची भनेको हसाको होइन? व्हेर इज चित्रे तोदे?
 
Posted on 11-22-06 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली,
"सुकला" भनेको "सु-कला"
"सु" भन्नाले "राम्रो"
"कला" भनेको त थाहा छदै छ तिमीलाई
अब "सु-कला" भनेको "राम्रो कला", म सङ भएको कला मध्य सबैभन्दा राम्रो कला भनेको सुत्ने कला हो।

त्यहि भएर मेरो लागी "सुकला" भनेको "सुत्नु" हो।

कुरो बुझ्यौ??

ZZZZZZZZZ
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters