[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI VIII

[Please view other pages to see the rest of the postings. Total posts: 339]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 217454 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 01-24-06 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

चौतारीमा मै बसे होला कि
मै बसे होला कि
वरको डाली, लर्केर छोला कि
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?
सल्लै हो, जोवन कल्लाई हो?

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। अघिको चौतारी अलि कच्चा भको ले सप्पैको सल्लाले यो नया चौतारि छिटै तयार भो ।ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, हाँस्नुहोस्, हँसाउनुहोस्, नाच्नुहोस् अनि एक-आपसमा पिरती गाँस्नुहोस्।चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
खोलापारि, भो मयाँ लाउँदिन,
भो मयाँ लाउँदिन,
बर्खा लायो साइँली नानी, आइर'न पाउँदिन
फुल सारे मयाँ नमारे ।
... ...


येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ
सिरे र पुन्टे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ।उ उता वरको फेदमा अडेस लागर बस्नुभाछ,,, खै अलि टाउको देखाम्त, वरको डालिळे छेकेर अलि देखिएन के, अलिकता अँध्यारो पनि छिपिसकेछ,,, ए भउतेनेपेजी हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ।
दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, लुते,परदेशी र हर्के ।

पैले थियो वर पिपल छहारी
माया हो आज भोलि भत्केछ चौतारी

डाँडैको देबी देउराली
माया हो पात बजाउँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली !



ळ त ल जमौ अब नया चौतारिमा,उ' तो भाद गाउँले कालो टोपी लाउनी दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआँ के पस्किनी बिचार अर्नु भा छ?
बोकी बोकी हिडें जेलाई
त्यसैले थिचिएको हुँ

शत्रुहरुले छ्यापेका
हिलोले सप्रिएको हुँ

भगुवा अगुवा देखी
पछ्‌छिन हच्किएको हुँ

खियाले खिईनु सट्टा
चम्किन घोटिएको हुँ
...


 
Posted on 01-26-06 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि नमस्कार छ शेर्पिनी नानी लाई :)
स्वागत छ चौतारिमा!
क्यास्नु देख्ने बित्तिकै गित गाम्न मुन लाओ। नरिसाम् है?

हेर्दामा खाउँ खाउँ
चौँरिको छुर्पी
खाँदामा चाम्रो,
लास्सो लास्सो लास्सो
शेर्पिनी नानीले
हाँसेको हेर
कतिमा राम्रो,
लास्सो लास्सो लास्सो
पानीमा मागे नि
मोइ खान दिन्छिन
शेर्पिनी नानीले
लास्सो लास्सो लास्सो.....

 
Posted on 01-26-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए शेर्पिनी नानी !
त्यो डल्लीको दाँतै नउम्रेको छोरोलाई केका छुर्पी ल्याइदेको त। बिचरा ! कसरी चपाउने होला
त्यो कलिलो गिँजाले त्यस्तो सारो छुर्पी। ललिपप सलिपप ल्याइदिनु नि। बरु मलाई लेउ भो
छुर्पी। मेरा २२ दाँत बाँकी नै छन् के रे। कुत्रु कुत्रु मुसाले झैँ चपाउँछु। :-)

यो डल्लीले जतिखेर नि "मेरो छोरो मेरो छोरो" भनेर आफूले नि कैले छोरो पाम्ला जस्तो भो।
रहरै लाग्यो। कसैको नभा'को छोरो डल्लीको ............रे क्या। हेहेहेहे :PPPP, हुन त
चौतारीआँ छोरा भा'का मुन्छे अरु छैनन जस्तो छ किन फुर्ति अर्दिनथिन डल्ली, सक्नकी छिन यिनी। :-)

मास्टर्नी नानी २-४ दिन गाम्लेको सँगत अर्नुस, अनि त हजुर नि १ लम्बरको जुवाडिनी
बन्नुहुन्छ। बरु ईस्कुलै छोडेर चौतारो तिर चैँ नआम्नुस के रे।

बिर्खुले फेरि जो देख्यो त्यसैका गीत बनाम्छन। अझ बैँशाँ कस्ता थिएहोलान यिनी, बिर्खिनीलाई
सोध्नु पर्ला जस्तो छ। :-)

:-)
-भउते
 
Posted on 01-26-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो शेर्पिनी ज्यू, नमस्ते है! म त सन्चै छु, तपैं नि? हाटबजारबाट मेरो लागि यौटा नउशा किनेर ल्याइदिनुस् न, पाँच रूपियाँ पर्ने। यता उता टाँस्दा टाँस्दा नक्सै सिध्दिनलायो भन्या।

डल्ली आन्टी, फुच्चे भाइलाई मेरो हाइ भन्दिनुहोला।

मास्टर्नी दिदी, म नि यौटा सिलोक हालम् है:

या कुन्देन्दु तुषारहार धवला:
या शुभ्र वस्त्रा व्रिता:
या वीणावर दण्ड मण्डित करा:
या श्वेत पद्मासना:
या ब्रम्हाच्युत शंकर प्रभितिभिर
देवै सदा वन्दिता:
सामांपातु सरस्वती भगवती
निशेष: जाड्या पहा:।

यो सिलोक त मैले चार किलासाँ पढेको, अहिले सम्म कसरी सम्झिरा'हो म नि छक्कै पर्या छु ल।

लौ बिर्खे माइला, यो सिलोक नि कण्ठ गर्नुस्, अनि १०० मारक (mark) पाउनुस्। मेरी मैनाको लागि चैं यौटा मीठो गीत या कविता लेख्दिम् न भन्या, म तपैंलाई म्याप उपहार दिम्ला नि!
 
Posted on 01-26-06 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो रामकिस्नेको काम छैन ?? सबै तिरको चौतरीमा धाउन बाहेक्। एक छिन अघी गाइ खेदाम्न गएको मान्छे त चौतरो म गएर गफ गरेको हेर त। झन केटी फकाउने कुरा पो गरिरख्या छ।

ए भौते मेरो छोरो लाई ल्याइदिएको छुर्पि त मेरोलागी पो हो त। मेरो छोराका १६ वटा दात छन के?
 
Posted on 01-26-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चित्रे लाई म नै लेख्दिन्चु मैना को गीत्

मैना चरि मेरो पनि
तेरो जस्तै कथा छ।
मुटु भरि मेरो पनि
तेरो जस्तै बेथा छ।।
 
Posted on 01-26-06 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए डल्ली फुपै,
ती भान्जा बाउलाई येसो अक्षर चिनाम्नी मेसो अरेउ कि छैनौ नि ? तोरिखर्के मास्टर्नी अघि नै देखुन रगरगाई
राकि थिईन्। सामै क, कान्दानी का, वाईमात्रा कि, दाहिना की तेस्तै के के भनेर सिकाम्दै थिईन केरे चित्रेहुरलाई ।

येसो फुटो भा पठाईदेउ केरे ती भान्जाको, हेरम्। नभए त अब तीनकै बर्तुन (ब्रतबन्ध) अर्दा चईनी मावली
भएर आम्ला भिक्षे दिनलाई । चईनी तीनले जनै लाम्नी बेलाँ त टाउको खौरेर मुडुल्याउनी त मावली ले जो हो केरे नि,
फेरि आर्कै सेते मामा खोजौली नि, तेस्तो नअरे है ।हावैजहाजको टिकेस र भिस्सा पठाईदेउली केरे तेतिखेर त ।

नभा आगुम हुँदी जनै पुर्नियाँमा भा नि तीजाँ भा पुनि आउ केरे जहानै जो भएर । आटो -पिठो जे छ खान दिम्ला केरे ।

शेर्पिनी भाउजुले मलाई के लेईदियौ त नि ? चौँरीको पुच्छर छ भनि बेच केरे, म कहाँ जाद्रै राम्रो बिउ जो राख्न
हुनी गहुँ छ, दुई पाथी गहुँसित साटम्ला त नि एउटा पुच्छर ।

Keep rolling...
 
Posted on 01-26-06 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तोरिखर्के?????् चित्रे अरु नी खोजेर ल्याइदेउ स्लोक हरु १००पुर्याउनुपर्यो। १ श्लोकको १ मारक हो ।


लेकैमा बस्ने ए मैना चरी
मलाइनि लैजाउ त्यै पहाड माथि
सकिन बस्न गोरेको देशमा
आउनेछु चाडै हिमाली काखमा
 
Posted on 01-26-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे,

मैना हे मैना, तेरो कोही पनि आफ्नो छैन
तँलाई मान्छेले पिँजडामा थुनि राखेको

उड्ने रहर कति होला तँ चरीलाई बन
कति छाति पोल्दो होला कति रुने मन
मिर्मिरेको शीतको थोपा झुल्ले घाम को ऐना
एक्लै रुन लेख्या रे'छ कठै तँलाई मैना, कठै तँलाई मैना, कठै तँला मैना :-((((((((
 
Posted on 01-26-06 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! रामकिस्ने नि गीद गाम्न त सारै सिपालु रैछ, धन्नेबात है गीत लेख्देकोमा।

मास्टर्नी दिदीको कविता नि बेजोडको छ, अति सुन्दर।

ए सिरे, के छ हो केन्डाँडातिरको हालखबर? हिम्पात मच्याछ कि क्या हो त्याँ?

लौ अर्को सिलोक हालें है:

ॐ सहना भवतु सहनौ भुनक्तु सहविर्य करवा वहै
तेजस्वीना: वधितमस्तु माविध्विशा: वहै।।

मेरो कति मारक भो मास्टर्नी दिदी?
 
Posted on 01-26-06 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साँहिली छ मैने छुट्टी
बित्यो लाउँदैमा काउकुती!

भनर लाहुरे फर्केको अस्ति जस्तो मान्छु। फेरि आए नि है है है है?
 
Posted on 01-26-06 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति मज्जाले सान्स्कृत म सिलोक हल्द रचन यिनिहरु त।हैन गाम म पन्डित ले पढ्आउ थे कि कसो
 
Posted on 01-26-06 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दादा नि उठिसक्नु भएछ जाउपान गाममा, भौतेको चैं भर्खर ईस्कुल छुट्टी भो कि के हो, गीत गाम्दै खुशी देखिन्छ। ल धन्नेवाद है मैनाको लागि गीत लेख्देकोमा, अलि सिरियस भए नि। मेरो त याँ खाटाँ हाम्फाल्ने बेला भैसको, सपनामा मैनासँग यिनै गीत गाएर रोमान्स गर्नु परो। लौ त गाम्लेहरू शिवरात्री है!! (माफ गर्नुहोला, शुभरात्री भन्नुपर्नेमा अन्यथा पर्न गएछ!!)
 
Posted on 01-26-06 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज जस्तो निकम्मा दिन त कहिले भएन गाँठे । दिनभोरि साझाँ बसो, को को ले के के लेखे जम्मै कण्ठ भा'छ ।

अल्छि पनि कति अल्छि भईयो भने लुतो कन्याम्नी जाँगर नि ला'छैन गाँठे , कन्नाको लुतो नि आर्कैले कन्याईदे हुन्तो जस्तो लाउनी, ऐया...।

Keep rolling...
 
Posted on 01-26-06 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहहा कति हसांउनि सिरे हसाउननि। मानि आज बिध्यालयट छिटै आएं। आंठे ला'र म त मोर्नै लाएं। लौन सिरे, एसो पिनास सिनास फुक्नि तिमिनै हौ, कसरि हो खै। अइया.........
 
Posted on 01-26-06 5:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले पनि एक दुइ कुरा नलेखि सकिन्। यो मेरो पहिलो प्रायस हो है साथीहरु हो। अब सबेइ जन सेपालु साथीहरु हुन हुदो रहेच। लग भाग सबै जसो पस्चेमैले नेपाली हरु पर्न भएच मपरे पुर्बेलि। जसो भए पनि तपाईंहरु को जस्तो मिठो कुरा गर्न चै हाम्रा पुर्बेलि तेति आउनहै।
 
Posted on 01-26-06 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नट जी स्वागत छ है चौतारिमा :)
के कुरो गर्नुभा नट जी , कहाँ सबै जना पश्चिमेली हुनु नि। पश्चिमे शैलिमा कुरा गरेको मात्रै हो।
पश्चिमे साथिहरु अलिक बेशि छन यता चौतारि हुँदि त्यत्ति हो। अनि पुर्व कता पर्यो तपाईको घर?
:)
 
Posted on 01-26-06 5:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त यो चौतारो असाध्यै रमाइलो लाग्यो, हातबजारबाट फर्केर फेरि यहि आए। यात्रो बर्ष भेट नहुँदा नि मलाई सबैले चिनेका रहेछन्, त्यो भौते पनि अहिलेसम्म जस्ताको तस्तै, जिस्काउन एक नम्बर्।
बिर्खेले गाएको गीतले त मेरो मुटु छोयो। कति राम्रो गीत हो।
अनि मैले मास्टर्नि नानिलाई चाइ चिनिननि
 
Posted on 01-26-06 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी चौताराँ हल्लीनी मुन्छे भेट्न पाए सपैलाइ मेरो पुरानका यौटा यौटा अध्याय लेख्नी काम लाइदिन्तेँ ! क्यार्नी कोइ कन्ननीडाँडा (canada) तिर, कोइ ठुल्दाइका देशाँ (US) बस्तारचन् । यी जिम्माल हल्लेर हिँडेको देखेर डाह लाइच मलै त ! "इर्ष्या अरेर मत्रै हुँदैन पुड्के" भन्तो कल्ले हो, त्यस्तै भो !

हेऽऽ
पानी खानी कलकले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ ।

लौ हजुर ! शास्तरका पाना पल्टाउन परो अब ! :)
 
Posted on 01-26-06 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे मुन्द्रे,
काँ पार हल्लेर हिन्नु नि। दिनभरी काम अर्दा अर्दै आज कताड साझाँ च्याउने मौका मिल्या नि। एउडो आँखो साझाँ अर्को आँखो काममा लाम्दा लाम्दै आजा दिन बितो गाँठे मेरो । अब त सान दाइले एउ दुइ चोटि भन्दा बढि टाँस्न दिन्नन् आजलाई मेरो कोटा पुगो अस्तो च।

यो सिरेले नि कस्तो हँसाओ हो गाँठे।
 
Posted on 01-26-06 6:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए राम राम राम राम राम, हरिशरणम्।
के हो यस्तो? दुइदिन चौताराँ नच्याए त साउनको भेल आ जस्तो धागो त ह्वात्तै बढ्दो र च नी गाँठे। आफ्ले लेख्या त काँ हो काँ पुग्नी भन्याँ।
जे भे नी चौताराँ नयँ नयँ दम्तरीहरु पनि आउन लाउन थाल्न भा' देखेर त म त तेसै तेसै हौतास्सेर भने। के भन्नी अब। कस्तो रमैलो।
बनभात खाँदाको च्याङ्ग्रा' मासु, भउते र परदेसीका कुस्ति, अनि त्यो नाचगान्, मलै त यो बनभात त मैनै पिच्छे अर्निकि(?) भन्नि लागिरा' छ।

लौ, डल्लि नानी, माष्टर्नी नानी, बदमे (nut), सेर्पिनी कान्छि सप्लै नमस्कार। भेटघाट नटुटोस, है त।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters