[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI IX

[Please view other pages to see the rest of the postings. Total posts: 313]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 192863 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-27-06 6:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!

तिम्रो घर चाचछरी त्यहीँ तल हैन र?
तिम्लाई मैले चाँचरी चिनेको छैन र?
बामरी फुलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट
आयो ढल्काउँदै झमझम इस्टकोट
झट्ट कपाल चाँचरी कोर न सान्नानी
तिम्लाई नलिई चाँचरी म जाँदै जान्न नि
बामरी फूलको बोट

नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा।
सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल

पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ
धनी बाउको छोरासित के को माया लाउनु छिर्लिगं छ्याईँ

सुर्खेत बुलबुल ताल
माया मै सानी हुनाले छुट्यो माया जाल
... ...


सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न सिरे र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउतेदादा मया भेट्न २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, मिस,कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न ।

पानी खानी कल कले धारो,
माया लाउनी फेदीको चौतारो,
समय छोटो छ
हजुरले दिएको
यौटा फोटो छ



उता इस्टकोट लगाएका झिल्के भाइ खोइ कता गर आचन कुन्नि निकै गम्भिर भर कबिता हाल्न थालि सके।
जिन्दगी जीन्दगीसँग आँखी छ,
हरेक आँखामा आमन्त्रणको झाँकी छ
कसलाइ के चासो !!
कसलाइ के चासो कहाँ रात विताएँ मैले ?
यतिनै काफी छ कि
म मा अझै बैँस बाँकी छ
...


 
Posted on 02-04-06 4:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चईनी मकै छर्नी बेला नि भओ भनेर चईनी जमुनिले बाँझो खेतमा मल छिरल्दैछ केरे ।

Keep rolling...

 
Posted on 02-04-06 4:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याऽऽऽ जमुनि भाउजुको ठूलो चैँ पाटो पो रच मोल घोउट्याको त ! मुइले त जमुनी भाउजु त चन्द्रमा तिर
पुएकी रचिनकि झैँ मानेको ! तो पाटाँ त माटो नि फोटोमा देखिनि चन्द्रमा को आगनमा भ'को माटो जस्तै र'च
गाँठे ! फोटु तेस्तो होलाकी त्याँको माटै तेस्तो होला ?

लाम्काने बाख्राओ सेतो पाठो मजाओ रच । लौ माता मेरो सुद्दी बुद्दि बदाइदेउ भनेर भद्रकाली भाकेओ थेँ, काकासँ आलिआलि पैसो नि लिनपर्नि छ के रे अब त्यै बोको ले'र जानपर्च कि क्याओ भद्रकाली पूजाअर्न !देलान की देओइनन् बुडाले कुन्नी, सन्काआ छन के रे नानाथरी कुरा अर्नी पो हुन की । :)
 
Posted on 02-04-06 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए काका बुडा बुडेसकालाँ तिम्रो आँखा त धमिलो भो भो सुद्धि नि धमिलो भो झै मानिचु मुइँले। लाउरे त जेठा दाई हुन नि के को माईला माईला भनिचौ? माईला त मै हो नि लाउरे काँट हुनु म, उइलेइ गल्लावाल ले छाति नापेर चाइन्जो " चिकन चेस्ट" भो भनेर फाल्देको बिर्सेउ बुडा मुलाइ? त्याँसि चेस्ट त बड्नै पाएन भुँडि चाईँ बड्या बडेइ तिम्रै अस्तो भैसको काका। नपत्याए हेरे हुन्च सिरेले टाँस्या फोटु।

गोताएँले दादाओ चिठि टाँसेर गजप अरो! लु मुलाई एउडा हरलिक्स को सिसि भरि घ्यू, एक माना जिम्बु अनि चुक अमिलो ल्याइदिनु परो दादा!

पैसो माउने काम अरिहाले हुन्च मुन्द्रे जति सको छिटो, फेरि काका बुडाओ त भर चैन!
-----------------
लु हिजो आम्न पा थिन चौतारिआँ चाइन्जो गोरेको शुक्रबार लाएर 'तुच्च तुच्च' पार्दा पार्दै गुरुबालाइ गालि अर्दा अर्दे रात परो हिजो। अब आज चाइँ मेरो यतै बास हुन्च अस्तो च-

चौतारिमा बसौँ न एकै छिन
आज गए भोलि नि आउँछ दिन
घर त ठिमीमा
साह्रै नै दिल बस्यो कान्छि तिमिमा
 
Posted on 02-04-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए जिम्माल माइला, किन लाउचौ हँ तेस्तरी अर्कालाई वचन?

तिमुरलाई दुइटी आमा तिरा त भनेओ छैन नि जे भा नि। जेठा हौ कि माइला हौ, मुन्छे चिने त भैहालो के रे नि। तिमुर दुइटालाई सँङै राखेर हेर्निओ भनि लाउरे जेठाओ अगि सानै भएनि तिमी कान्छा बा जस्ता देखिन्चौ के रे। अर्कालाई केन दोष दिन्चौ बेकाराँ?
 
Posted on 02-04-06 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बचन लाओ हैन काका बुडा किन बचन लाम्दाहुम। काकाले मुलाइ ठम्मम्याम्नु भन कि भनेर कुरो अर्या नि।
कुरो त हो नि, लाउरे जेठा दाई मु भन्ता कान्चो देखुन्छन् नि। अब मु कसरि ठिटो देखुनु तिमि नै भन त काका। जिनिस जत्रो भुरो हुँदा देखुन् नै काम अर्न थालियो। गोठालो, घर बेशि, मेलापात हुँदा हुँदा हाम्रा घराँ त आइमाई मुन्चे नभर सेउला भारि बोक्ने देखुन लेर भकारो सोर्ने काम पनि आफैले अर्नु परो। इस्कुल जाम जाम लाउदा नि जान पाइएन। लु ठिकै छ लागुर जाम भनेर आँट्दा नि फाल्दियो। जिम्मालनि ल्याएसि त झन कैले बुडिओ गन्थन कैले घरखेतको चटारो, कैले गाम को नियाँ निसाफा बोल्दिनु पर्ने। यस्तै के के जाति कुरो ले खायो काका मुलाई। हेर्दा हेर्दा उमेरले डाँडो काट्या था नै भन। जिन्तगिको उकालो लाउदा लाउदै बाटैमा घाम अस्ताउला अस्तो च काका अब त।

चार आना पर्यो आठ आना पर्यो
पित्तलको करुवा
गरिप को छोरो जाँ गए पनि
काँधैमा फरुवा
 
Posted on 02-04-06 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफु काका भ'र नि बानी बेओर सक्कल सपै हजुर बौ को जस्तो छ, आर्कालाइ तेसो भन्चन ! जिम्मालबा त हामी
भन्दा तन्नेरी देखिन्चन ए ! नचिन्नीलाइ त भख्खर २२-२५ को उमेरका हुनकी जस्ता ! त्यै भ'र त जिम्मालनी भाउजु लाइ घर छोडेर ओखती खोज्दै हिन्या थे अस्ती !

काका बुडालाइ त यहिँ टोकम कि ठोकम् जस्तो भइच ! :)

 
Posted on 02-04-06 7:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मार्नी भए अब काकाले ! बेतको लौरो ले'र आइलाउचन कि क्याओ म सित अब ! :) आज चौताराँ आउन्न अब ! :)
 
Posted on 02-04-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मुन्द्रे, काकाले भुङ्ग्रिमा झीर र सनासो तताम्दै छन्। तेसका काखीको जनै खटिरा चईनी फोर्दिन्चु भन्ते, कसको हो र भनेको
"देख्लास नि आफैले जो " भन्ते ।

जिम्माल लाई बित्थामा बुढो नबनाओ न, दादाले चईनी हर्लिक्सको सिसाँ घीउ लेईदेसि त पाखुरा मिच्न थाल्लान केरे नि बिर्खेले पुनि ।

हिजाऽज लाले कता मोरेचन कुन्नि, गुरे भन्नी नाम बनाएर आम्नी लाले जो हुन कि त, कुरो नमिले माफ पाम है ।
कसै-कसैले त दादासितै गाका हुन अरे लाले भनेर नि भन्ते, के हो ?

भउते नि कता कता आर्का गामतिर रोदी लाम्दै हिँड्न लाएचन केरे, चौताराँ आम्नै छोडेछन् ।

Keep rolling...
 
Posted on 02-04-06 9:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सिरेलाई था चैन त्यो सात लम्बरको चौतारिआँ लाले हराओ भनेर चाइन्जो उर्दि अर्या थेम के रे अझै भेटिएन अस्तो च। गुरे रे? को हुन यि गुरे फेरि?
 
Posted on 02-04-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे, गुरे भनेको Lali_Guras के । तेही अम्रिका बाट फर्केको भन्नी के, चईनी तपाईँको कछाड भन्दा अलिकिती लामो झोले जाँगे (हाफ-पयँट) लाएर चईनी निधार मास्थिर टाउकाँ कालो चस्मा लाएर चईनी बाटै बसाम्नी गरेर के के हो घसेर आका थे नि एउटा मुन्छे, तीनै हुन कि भनेर नि । अब नजिका'ट त देख्न पाईएन केरे, टाढाबाट हेर्दा चईनी हिँडाई-सिँडाई त तेस्तै जो थियो केरे ।

Keep rolling...
 
Posted on 02-04-06 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे जवैँ,
हजुर त उता घिर्मुन्टिन जान्छु भन्या हैन त? कि हड्डी सड्डी ठुनुक्कै भाँचेर चिप्लेकिरो जस्तो
झै गुजुल्टिएर बसेको हो र हो?

अस्ति त्यो लाटीलाई बेडुलोका गेडाले हानेर हैरानै अर्नु भे'छ के रे। त्यसले त नदेखेर छाता
ओढेर बसेको भुन्नि ठाकेको थिएँ के रे। हैन रै'छ। हजुरलाई देखेकी रैछ के रे। हजुर भने'सि
हिरिक्कै हुनीरैछ के त्यो। अनि छोडेर जान पनि मुन लागेनछ। बेडुलाका गेडाले लागेर सारै नै
दुख्न थालेपछि छाता ओढ्न थालेकि रै'छ। पैला त मज्जै मानेर बसेकि रै'छ के।

नाम पो लाटी, केटी त खस्साकि हो नि। अब सानोमा अलि ढिलो बोलि के त्यो ५ कि ६
बर्षमा बल्ल बोल्न थालेकि हो रे। त्यसैले त्यतिबेला लाटी लाटी भनेको भे'र नामै लाटी भयो
के रे त्यसको। अब स्यानो हुँदा आफ्नै फोहोर झुक्केर खायो भने अलि ढिलो बोल्छन भन्छन
के रे। त्यो लाटीलाई त्यसकि आमाले सानै देखि डोकोले थुनेर राखेर आफू गाम्को मेलाँ
हिँड्नी के रे। अब के के खाई , के को छिट्टो बोलुस त बरा। ऐले त स्वस्थानी पनि खर्रै
भन्छे नि त्यसले।

हिजो मेरा मिलाँ मकै पिन्न आ'कि थी के रे। अनि खुसुक्क म सँग कुरो गर्दै थी। जमुनिलाई
आफ्नै दिदी जस्तै बना'र पुजेर राख्छु केरे। सिरेलाई सम्झाइदेउ न भौतेदाइ भन्दै थिई। पैला
त रिसै पनि उठ्यो के रे। आफूलाई एउटीले नि पत्याको छैन, यो सिरेलाई जम्मैले आँखा
गाड्नी भनेर। पछि अब लाटीले सिरे पाइन भने झुण्डिन्छु भनेर रुन थाली। ल ल म भन्छु
के रे, तर अब ऐलेका कानुन अलि कडा छन्। फेरि जमुनिले उजुर हाली भने तिमेरु दुबैजना
झ्यालखाना जान्छौ भनेँ के रे। पैला त झन खुशी भै। दुबै जना झ्यालखानामा सँगै बस्न
पाइन्छ भन्ने ठानिछ के त्यसले। अनि पछि के का पाम्नु, तिमेरुलाई गोर्खे लठ्ठी कसेर
पाता फर्काएर सिस्नु पानि लाम्दै फरक फरक ठाममा राख्छन भने पछि टोलाउँदै थिइ।
क्यारी सम्जाम्नि हो खै त्यसलाई ? हजुर आफैले भने कुरो बुझ्थी कि कुन्नि। :-)


:-)
-भउते
 
Posted on 02-04-06 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपै कुरा बुझेँ भौतेओ तर एउडो कुरो खट्क्यो-
यो बातै पिछ्छे 'के रे ,के रे' भनिरनु पर्च र भन्या
हे हे हे एउडा कुरो नि
:):)
 
Posted on 02-04-06 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी,

यै सिरेले सिकाको हो के रे। अब त बानि नै परि सक्यो के रे। :-)

:-)
-भउते
 
Posted on 02-05-06 4:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त्रिदिवसीय राष्ट्रव्यापी भ्रमण सकेर हिजो सकुसल राजधानी फिरेँ.
आज नेपाल बन्द छ. घरमै छु, नजिकैको सिबर भने खुल्या रेछ.
 
Posted on 02-05-06 4:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई नमस्कार है, दाईहरु बिहानदेखी चौतारिमा बसेर बात मारिराख्नुभएको छ,
भोक पनि लागिसक्यो होला, लो खाजा खानुस्, मैले आफ्नै
हात्ले पकाएर ल्याएको ।
मलाई त त्यो मुन्द्रेको बिचित्र को चित्रहरु हेरेर खुबै हासो उथ्यो नि ।
हैन त्यो मुन्द्रेलाई नि के के गर्न आको । अनि अचेल हाम्रो डल्लि दिदी,
लाहुरे दाइ चौतारीमा आउनु हुन्न कि के हो, भेतै हुँदैन ।

 
Posted on 02-05-06 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दादा खबर पाम्दै गरम है काठमाण्डुको :)
शेर्पिनी नानी कता हराउनु भा यतिका दिन? धन्यवाद् है खाजाको लागि साँच्चै भोक लागिरहेको थियो।
अनि यो खाना लिएर मुसु्क्क हाँस्ने तपाईँ नै हो कि?
:):)
 
Posted on 02-05-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एऽऽ
सलल पानी यै बस्यो बानी
आँखैमा गाजलु, काखैमा मादलु ॥

यो चौताराँ आज दम्तरी कोइ आनन् त नि ! कि फेरि आज सपै लालेया जन्ती भ'र गए हँ ? लाले जोइल गो अरे भन्नी पनि सुन्चु, क्यारी भाग्यमानी र'च गाँठे ! घर ज्वाँइँ बस्न त निधाराँ लेखेर आम्न पर्च जन्मिदै खेरि ! फेरि गोठै हानेको अरे मोराले त ! म त तेस्तै सुन्चु ए ! छोच्छोरी पाम्न नि दुख अर्न नपर्नि ! :)

जे भा'नी हामी दम्तरीलाइ नबिर्से हुन्तो के रे, खोइ क्यार्च अब !

अल्छि लाओ, अबु सुत्नपरो । :)

।हरिशरणम् ।

 
Posted on 02-05-06 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बिहान-बिहानै मुन्द्रे पँधेराँ गएर चईनी के के जाति "सलल पानी ..." भन्दै गीत गाम्दै लाईफब्वाई भन्नी बसाउनी साबन लाएर नुहाम्दै थिए अरे । बिर्खे जिम्माले "के चाड आयो र हो, तिम्ले त साबन लाएर नुहाम्चौ, कि कतै साईत सार्नी बिचार छ " भनेर सोधेका अरे । अनि येसो धारा मुन्तिर अलिक तलतिर त गैराघरे लाटीले चईनी धोती, चोलो के के हो पछार्दै डल्ले साबनले धुँदै थिई अरे केरे । "त्याँसी केही तेस्तै कन्टसन (contact+connection) हैच कि त भनेर मैले त नदेखे जस्तरी हिँडे सिरे, मुन्द्रेले लाटीलाई भगाम्च कि जस्तो छ " भनेर भन्थे बिर्खे जिम्मालले। अनि के हो के हो भनेर आफ्नो त बुद्धि लिन जानी ठाम काका कहाँ केरे । गएर काकासित येस्तो केही साङ्गो-पाङ्गो पाका छौ त काका भनेर सोधेको त "खोई, बरु मुन्द्रेले गैराघरे ठूलीलाई लाले कहाँ पु-याईदिन लाको पो हो कि, लाले कहाँ कस्का गोठका थारामा लुक्योछ, तेसको र मुन्द्रेको बरु हो कन्टसन । फेरि गैराघरे ठूली र तो मुन्द्रे पँधेराँ गाको सन्जोग मत्रै पो हो कि, कुरो जम्मै नबुझिकन तेरो फत्फते मुख चईनी तेत्तिकै नउघार ।" भनेर भन्थे ।

Keep rolling...
 
Posted on 02-05-06 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता हो सानेको दोकान तिर भउतेले कासे (खोके) झैँ सुन्चु । भनेसि येतै र'चन केरे, म त गएँ है आजलाई ।

Keep rolling...
 
Posted on 02-05-06 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो सिरे ठिक कुरो अरेउ, मुन्द्रेको चालामाला ठिक देख्तिन मु नि। अइले लाटि न बाठि जो भ नि चल्च तेसलाई। खर्रिएको बेलाँ तेसै तेसै उन्मत्त भा च के रे, पचि घैटाँ घाम लाएसि था पाम्च। बरु काका कता लाएचन? अस्ति मुइँले बचन लाए भनेर दुख पो माने कि? आम्दैनन् त अचेल।
हो हो, भौतेले खोकेओ मुईँले नि सुने, आम्दै होला यता
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters