[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XVIII

[Please view other pages to see the rest of the postings. Total posts: 304]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 106362 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 07-11-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी!चौतारी !! चौतारी !!!

कैयौं उकाली ओरालीहरू पार गर्दै चौतारी १८ औं संस्करणमा आईपुगेको छ। कथा, कविता, गीत, गजलहरूले गुञ्जायमान हुँदै, हँस्सी मजाक,खुशी, चुट्किलाहरूले सिंगारिदै चौतारीले गाम्लेहरूबाट पाएको मायाले नै यहाँसम्म पुग्न सफल भएको हो।

सबैको साझा चौतारीमा नेपे दाजी,बिर्खेमाइला, दादा, पुन्टे, काका, नमे, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती हिते ,नारने, कैले, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, हिते, रामे, मने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे तथा साझा-चौतारी हेर्न आउनुहुने यहाँहरु सबैलाई चौतारी परिवारकोतर्फबाट हार्दिक स्वागतम्

यस संस्करणमा रमणीय सहर पोखराको ताल-बाराही मन्दिरमा अवस्थित चौतारी छानिएको छ।
आउनुहोस्,
यो गर्मीको पसिना फेवातालको पानीले पखाल्नुहोस्।
अनि चौतारीमा बसी नाच्नुहोस्, गाउनुहोस् अनि रमाउनुहोस्।


यसचोटीको चौतारीमा पुग्नको लागि डुङ्गाको आवस्यकता पर्छ। सहयोग चाहिएमा यो गालब डुङ्गा खियाउन हाजिर छ।


 
Posted on 07-17-06 8:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रोल # ८ चित्रे,
हजिर मास्टर्नी दिदी

ठुल्नानी, के छ हालखबर ?
मेरो त बल्ल हाप टयाम भयो ।
 
Posted on 07-17-06 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि शरणम् :॥
 
Posted on 07-17-06 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो हालखबर ठीक छ अनि तपाईं को नि । हाफ टाईम रे :O
 
Posted on 07-17-06 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी मोरी किन दाङ परेकी । एसो हामी लाई नि भनेनी हुन्छ नि हामी नि हासुम न ।
 
Posted on 07-17-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी , तिम्रो र चित्रे को कुरा सुनेर हास्या नि ।खै त आज चित्रे को कथा ?
 
Posted on 07-17-06 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hareeeeee!!!!! yi bhurabhuri haru!!!!!
:D :D

चुप लागेर बस त आज भोलि पढाइ भन्दा अरु गफ् गर्न थालेका छौ तिमीहरु

:D
 
Posted on 07-17-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tyra !!!!! khai ta ...??
parkhi base aaula bhani....jasto bhayo ni :)


ThulNanu!! kati chitre ko matra hal khabar yeso hamro pani sodhi herana babai
 
Posted on 07-17-06 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्नानी, हो त मेरोमा त लन्च पनि सकिसक्यो । :)

तितौरी, आज कथा भन्नै भ्याउदिन, धेरै बिजी छु । :(

मास्टर्नी दिदी नमस्ते!
 
Posted on 07-17-06 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र मेरो कुरा सुनेर रे हसेको रे लौ त्यस्तो के कुरा गरेर हामीले मोरी जेपायो तेही नबोलन क्या । हामी त खाली जिस्किराको नि कसो चित्रे । यहाँ त जिस्केको नि नबुज्ने रैछ । :(
 
Posted on 07-17-06 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Roll # 5 Pretty --> hajir miss
 
Posted on 07-17-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टरनी दिदी लु भनुस् तपाईं को के छ हालखबर अनि सर र भुरभुरीको के छ ।

चित्रे तपाइ सधै हतारमा हजिर गर्न भुल्नु हुन्च । ३ चोटि भन्दा बधि गैल भयो भने हजिर कपी बाट नाम कतिन्छ रे ।
 
Posted on 07-17-06 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye nanu sabai jana nikaaram le baseka chhau ...ghar ko bhura bhuri ta ramro chan ke

:)
baru yo chautari ka bhura bhurilai ke bhako yesto ?
hajir garna ni birsane .. bichara timi samjhauda samjhauda thaki sakeu ;)

aba ta chitrelai paniko jharima din bhar bahira ubhyaune ho
naam ta katdina bhayena ni tara punishment ta dinai paryo ...
chitrelai yeklai dukha hunchha bhanchheu bhane baru timi ni bahirai basa jhari ma ... timile garda pahile ta jogiyo aba ta hudaina


:D
 
Posted on 07-17-06 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढि सकाए चित्रे को कथा, असाध्यै राम्रो लाग्यो। अरु चाडैं लेख्नुस् न चित्रे।
 
Posted on 07-17-06 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे मास्टरनी दिदी तपाईं को त आँखाको धुलो भाको छ चित्रे। देखि सहदैन । अरुलाई भने सजाए नि नदिने खाली चित्रे लाई मात्र । पिलिज् तेस्तो झरिमा बहिर् रक्ने कुर गर्दै नगर्नुस्।
 
Posted on 07-17-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मिस् मैले नि "पर्खि बसे आउला भनि" नि त खै कति बेला हो ठिक्क भेट् हुने?
अनि प्रीति मोरि कत्ता बेपत्ता :) i missed you .
 
Posted on 07-17-06 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

weekend ma ta ma aaudina ni ta chautarima :D maile khusur garya chhu ni hera ta.
 
Posted on 07-17-06 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज चित्रे ले कथा नलेख्ने रे ,मेरो सुनाउ है त तर कथा होइन कि बाल्यकाल् को एउटा घट्ना ल- मिस् गालि नगर्नुस् है टिफिन् ब्रेक् मा मात्र कुरा गरेको हो।

चित्रे जि को बाल्यकाल को कथा सुन्दा सुन्दै मेरो स्मृती मा पनि मेरो बल्यकाल् को एउटा रमाइलो घटना ताजा भएर आयो , सुनाम् है त । तर यो कथा चै होइन है।
कुरा धेरै बर्ष अघि को हो म करिब् ४ बर्ष को थिए ,इस्कुल्नि जान थालि सक्याथे। अनि तेस्तै इस्कुल् बिदा मा मेरो दिदि दाइ (ठुल्बुआ को छोराछोरि) हाम्रो घर् (काठ्मान्डु) आउनु भएको थियो उहा हरु तराइ मा बस्नुहुन्थ्यो। करिब् एक् हप्ता जत्ति बसेर् जब उहा हरु जाने दिन् आयो म मपनि जाने भनेर एक्दमै झगडा गर्न थाले ।अति गरेपछि बाबाले एक् हप्ता बस्ने गरि पठाइदिने हुनुभयो, एक् हप्ता मा उहाको अफिस् को काम् रहेछ तेतैनजिकै पुग्नु पर्ने अनि तेति बेलाम पनि सङै आउने कुराभयो। यसरि म दिदिहरु सङै जान पाए। थोरै थिओ बस्ने दिन् सबैजना खुब् माया गर्नुहुन्थ्यो, घुमाउन लगेको लग्यै गर्ने, म पनि खुब् रमाइरा'थे।खास्गरि दिदि सङ घुम्न मन्पराउथे ।दिदि र उहा को साथि हरु सङ फ्लिम् हल् मा गएर फ्लिम् हेर्ने,बाटोमा आउदा पानि पुरि ,चट्पट्टे खाने ,रिक्सा मा चड्ने मलाइ यो सब् खुब् रमाइलो लागि'रा थिओ। यस्तै मा एक्दिन् म र दिदि घुम्न निस्कियौ, मेरो जाने दिन् २ दिन् मात्र बाकि थिओ ,ठुल्बुवा ठुल्मुआ ले सायद् दिदिलाइ मलाइ केहि गिफ्ट् हरु किन्दिन अर्हाउनु भएको थिओ क्यारे। पहिला दिदिले मेरो लागि एउटा रामो कपडा किन्नु भयो , अनि एउटा खेलौना ,त्यत्ति सम्म त म सङै थिए तर कता बाट दिदि सङ छुट्न पुगिछु, यता उता हेरे देखिन ,डर् लाग्यो तैपनि दाया बाया अघि पछि दिदि लाइ देख्छु कि भन्दै बिस्तारै हिन्दैगये धेरैबेर् भैसको कहि भेटिन दिदिलाइ ,म रुनसुरु गरि सक्या थिए ,अचानक... तितौरि ! को आवाज् आयो ,म रुदै रुदै त्यता हेरे एउटा रिक्सावाल् रहेछ, मैले त चिनिन उस्ले भन्यो तिमि( मेरो ठुल्बुआ को नाम् लिएर) को छोरि होइन कठ्मान्डु बाट आएको? बोल्न डर् लग्यो टाउको मात्र हल्लाए। अनि भन्यो कता हिनेको एक्लै ल घर् जाउ, अनि मलाइ बोकेर रिक्सा मा बसायो अनि म दरो गरि रिक्साको बार् समाएर बसे । मलाइ लड्छ भनेर होला बिस्तारै चलाएर पुरायो घर् पनि। घर् मा त सबै जना अतालियेर , पुलिस् मा , मेरो घर् मा फोन् गरिसक्नु भएछ ,दिदिको त होशवास् गुम् भैसकेकोरे'छ तेइ माथि सब् ले गालि गर्दा गर्दा उहानि रुन थलि सक्नु भएको रहेछ। अनि त्यो मलाइ बोकेर ल्याउने रिक्सा चै ठुल्बुआ कै छिमेकि क्को घर् मा बाहाल् म बस्ने अनि त्यो नेबरहुड् मा सबै ले चिने को रिक्सावाल् रहेछ ,तेस्ले नि म नया केटाकेटि भएको हुना ले याद् गरि रा'रेछ।
अनि मेरो ठुल्बुआ ले तेस्लाइ धेरै धेरै धन्यबाद् अनि पुरस्कार् स्वरुप् केहि पैसा दिनु भो ,खुब् खुसि भयो त्यो रिक्सावाल् ।मलाइ त्यति बेला घर् मा आए पछि त केहि लागेन तर ऐले सम्झिदा कस्तो डर् लागेर आउछ। अनि तेस्को भोलि पल्ट बाबा आइपुग्नुभो ,पर्सि पल्ट म घर् पुगे ।येसरि मेरो एक् हप्ता को यात्रा समप्त भो।
 
Posted on 07-17-06 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तिमीलाइ म कुम्ले भनेर बोलाउछु है?" म उनको त्यो सुन्दर मुहार हेरिरहन्छु। ति ठुल्ठुला आखाँ, दुइ चुल्ठी बाँधेको कपाल, स्याउ झै गाला।

"हुन्छ!", म अफ्ठेरो मान्दै टाउको हल्लाउछु, सहमति स्वरूप।

मलाइ त्यसरी कसैले नाम दियेको थिएन। घरमा बा आमा ले "छोरा" भनेर बोलाउनु हुन्थ्यो। त्यसैमा खुसि थिए। आज अनौठो किसिम ले रोमान्चित भएँ।

"मलाइ तिमीले तितौरी भन्नु है? मलाइ सबैले माया गरेर तितौरी भन्छन्।" उनले मेरो हात समाउदै चौतारी तिर लगिन।

चौतारीमा म प्राय आइरहन्थे अरुले खेलेको पढेको हेर्थे अनि घर फर्किन्थे। आज अलि अनौठो भयो।

"उ पर दुइजना हल्ला गरिरहनु भा'को पुन्टे दाइ अनि भउते दाइ हो। गजब को गाना अनि कबिता भन्नु हुन्छ। अनि पल्लो छेउमा सङ्गै खेलिरहेकाहरु चाहीँ चित्रे र ठुल्नानी हुन। सधैँ सङ्गै हुन्छन्। हामी नि अब देखि सधैँ सङ्गै खेल्नु पर्छ है?” उनी मलाइ हेर्दै मुस्काइन। उनको भर्खर नयाँ पलाएका दुइटा छोटा छोटा दाँतहरुले अझ उनको रूपलाइ सुनमा सुगन्ध थपेको थियो। म उनलाइ हेर्दै मख्ख परिरहेको थिएँ। उनले मलाइ हात समाउदै चौतारीको पुरा सयर गराइन।

“माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ…।” उनि चौतारी मा नाच्न थलिन।
“कुम्ले, तिमी नि आउन नाँच्न, कस्तो मान्छे होला तिमी? म चाहिँ नाँच्ने तिमी चाहिँ हेरि बस्ने?” उनले मलाइ पनि नचाउने प्रयास् गरिन्।

“मलाइ नाच्न औदैन” म लजाए।

“अहिले मिस सान्नानीलाइ घर पुर्याउन जानु भा’ छ , आएपछि तिमीलाइ भर्ना गरिदिनुस भनेर मिसलाइ भन्छु है?”

“हुन्छ।”

“कुम्ले तिम्रो बा लाइ भोली स्कूल लिएर आउनु अनि तिम्रो भर्ना गरिदिने। त्यसपछि तिमी सधैँ यहा पढ्नु है!” मिसले तितौरीको कुरो काट्न सक्नु भएन।

आज सर्है रमाइलो भयो। दिनभरी भएका यि सुन्दर घटनाहरु सम्झिदै म घर पुगे।

“यसपाली त राम्रो फसल भा'को छ साबित्री, तर के गर्ने? राम्रो फसल भा'को बेलामा भाउ नै दिन्नन ति बनियाहरुले” बा र आमा बात मारीरहनु भएको थियो।
“लौ छोरा आएछ!” आमाले मलाइ छेउमा तान्नु भयो।
“आमा, मलाइ अब देखि कुम्ले भन्नुस् है!” मैले आमाको आखाँ हेर्न सकिन। “ओह् हो! कसले रखिदियो नि यो नाम्? तलाइ मन पर्यो यो नाम्?” आमाले मेरो आँखाबाट मनको कुरो खिच्नु भयो।

“हुन्छ हुन्छ अब तलाइ कुम्ले नै भनौला”

“बा मलाइ नि तल को चौतारी को स्कूलमा भर्ना गरिदिनोस न है?” मैले उस्तै पाराले बा लाइ नि भने।

“हुन्छ छोरा, यो पल्ट को धान बेचे पछि तलाइ नि स्कूल मा भर्ना गरिदिने।”

म फुरुक्क भए।

राती सुत्न खोज्छु, आँखामा तिनै तितौरी झलझली आउछिन।
“अब धान बिक्यो भने न कुम्ले को भर्ना गरिदिने। फेरी त्यो साउ को पैसा नि त तिर्नु छ” बा र आमा सल्लाह गरिरहनु भएको थियो। मलाइ त्यसले कुनै असर पारेको थिएन। म त त्यसै भोली तितौरीलाइ भेट्ने आशामा झ्यालबाट तारा गनि रहेको थिए। धेरै बेर सम्म मलाइ निन्द्रा परेन।

“ॐ जय जगदिश हरे, स्वामि जय जगदिश हरे....” आमाको भजनले मलाइ ब्युझायो तर ढिलो सुतेकोले उठ्न सकिन।
“यो रेडियो नेपाल हो, अब हरि सरण लामिछानेबाट समाचार सुन्नु होस...” रडियो घन्कियो। म झसङ्ग भएर उठेँ।

आज मेरो मन त्यसै फ्रफुल्लित छ।

“आमा! आज नि म तल चौतारी स्कूल मा जान्छु है?”
“हुन्छ छोरा”
“आमा, त्यो दराज भित्र को दशैँ को लुगा लाएर जान्छु है?” मैले थपेँ। आमा मलाइ छक्क परेर हेर्न थाल्नु भयो। अनि दराज बाट नयाँ शर्ट पाइन्ट झिकीदिनु भयो।

तितौरी मलाइ पर्खि रहेकी थिइन्।

“कुम्ले तिमी किन ढिलो आएको नि? मिसले तिमीलाइ खोजीरहनु भएको छ” उनि हिजो भन्दा राम्री देखिएकी थिइन।
“आहा!! कस्तो राम्रो लुगा तिम्रो” उनको तारिफ गर्ने तरिका पनि कति राम्रो। मेरो हात समाउदै उनले फेरि मलाइ मिस भा’ठाउँ मा लगिन।

“मिस, कुम्ले आयो” उनले मलाइ मिस सङ्ग भेटाइन्।
“कुम्ले म तिमीलाइ एउटा प्रश्न सोध्छु, अनि तिमीले सहि उत्तर दियौ भने तिमीलाइ कक्षा १ मा भर्ना गरिदिन्छु है” मिस ले प्रश्न गर्नु भयो अनि बल्ल बल्ल उत्तर दिए।

मेरो भर्ना भयो।

क्लासमा ठुल्नानी र चित्रे सङ्गै बसेका थिए। “कहिले नि नछुट्टिने रहेछन् तिनीहरु” मैले उनिहरुलाइ हेर्दै मनमनै भने। अनि मेरो आँखा तितौरी तिर गयो। उनले मलाइ हेरि रहेकी रहिछन। म नि उनलाइ हेरि रहेँ। उता मिस ले “कपुरी क, खरायो ख” भन्दै हुनुन्थ्यो।

एक्कासी मलाइ कसैले पछाडि बाट धक्का दियो।

“ओइ, कत्ति सुतेको, उठ! यो ग्यास स्टेसनमा ग्यास हालेपछि त ड्राइभ गर्नु है, मैले कन्टिनिअस ४ घन्टा ड्राइभ गरिसके। कस्तो मज्जाले सुतेको तँ!” सुनिल दा ले मलाइ हफ्काउन थाले।
“ओहो! राती को एक बजी सकेछ! क्या मिठो सपना देखि रा'को थिए, ह्या सुनिल दा पनि किन बिँउझा'को होला!!”

“जा गएर ग्यास हाल” सुनिल दा ले मलाइ फेरि हप्काए।

“सुनिल दा, मैले ड्राइभ गर्दा, तपाइ पनि म जस्तै पोजिसन मा सुत्नुस है, अनि चौतारीमा गएर तितौरीलाइ कुम्लेले धेरै धेरै सम्झेको छ भन्दिनु है?” मैले आँखा मिच्दै भने।

सुनिल दा ले केहि बुझेनन। मलाइ टोलाएर एकोहोरो हेरीरहे।

म भने मुँसु मुँसु हाँस्दै गाडी मा ग्यास भर्न थाले।

समाप्त :पि
 
Posted on 07-17-06 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

it is so beeeeaauuuuuutiiiiiiiful :-) kumle .
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters