माघ फाल्गुण को महिना, जाडो भए नि के गर्ने रोज बिहे बर्तमनको भोज। दिक्क लाग्छ कहिले काहिं त। चिल्लो पिरो खांदा खांदा अनेक रोगले भोग गरि सके। फल्गुण को महिना पहिलो साता मै न बिराई भोज भतेर धाउंदा बिनोतीको पेट खराब भयो र आज को भोज न जान नसक्ने भयो। उफ्! नगैइ पनि न हुने पार्टी पर्यो। हाकिम साहेबकी कान्छी छोरीको बिहे अनि आफ्नै छोरीकी सहपाठी। जान त मलाई मात्र कहाँ मन लाग्या हो र, चिल्लो दिन दिनै खाएछ। देश बिग्रेको कुरा गरिएछ। कस्ले कति भाग बुझाएर कुन चाहि मालदार अड्डा पड्काएछ। कस्ले कति हसुर्यो, कस्ले कस्लाई कति बुझायो। आदि इत्यादि कुनै उपलब्धीमुलक कुरा हुने हैन।
तै पनि जानै पर्ने भए पछि, छोरी र मात्र जाने निधो गरें। नयाँ बानेश्वर् घर हकिम साहेबको, घर कम्पाउण्ड ठुलै थियो त्यहीं पार्टी गरे हुनेमा एभरेष्ट होटलमा गरे छ, बुढाले। इज्जतको सवाल भनेका होला बुढाले, अकुट सम्पति जोडेको हल्ला पुष्टी गरेका होलान् भन्दै हामी बाबु छोरी बानेश्वर तिर् लाग्यौं। भब्य पार्टी माहौल, गन्यमान्य देखि सामान्य सबै देखिन्थे। हाकिम साहेब दम्पती ढोकैमा दुइहात जोडेर बसेका, मानौं चुनावमा भोट माग्न बसे जस्तो। औपाचारिक भलाकुसारी गरेर मुख्य पार्टी हलमा के पसेको थिएं, पछाडीबाट कसैले बोलाएको जस्तो लाग्यो। "राहुले! ओहे राहुले" पक्का कुन चाहिँ स्कूले लौका पर्यो भन्थाने र फर्केर हेरें। बोलाउने त लौका होइन "आलु" रैछ। आलु अर्थात रमेश। स्कूलको साथी। डल्ले मोटे भाकोले सबैले उस्लाई आलु नै भन्थे। ओह आलु !कहाँबाट्? "आलु न भन न मुला, यस्तो ठाउंमा" हा हा हा! एक् छिन् हास्यौं, दुबै जना।
एक् छिन हामी दुबै अवाक भयौं। आलु संग भेट न भएको नि जुग बिति सक्यो। काठमाडौंकै साथी भए पनि स्कूल सके पछि बिरलै भेट हुन्थ्यो। २० बर्ष पछि भेट हुँदा हामी दुबै खुशी त भयौं तर मनमा यसले केही न केही गड्बड् गर्छ कि भन्नेर चिसो पसि सकेकोथ्यो। कुरा हजार थाह हुने, तर केही पनि पुरा थाह नहुने। अनि कहिले कुन परिस्थितिमा के कुरा गर्नु हुन्छ हुंदैन हेक्का नराख्ने आलुको बानी। अब २ साथीको पुनर्मिलन कार्यक्रम केही बेर चल्यो, छोरीलाई के गरम् के भै सकेको चाल पाइसकेको थिएं । र मैले परिचय गराइदिने हिसाब ले भनें। "छोरी, यी हुन रमेश अन्कल, १० सम्म सङै पढेका हामी" नमस्ते अन्कल- छोरीले आफ्नो संस्कार मुताबिकको अभिबादन गरी। "ओहो मुला ( त्यो आलुको मुखमा झुंडिने शब्द नै मुला), छोरी पनि कति ठुली भै सकेछ, बिहेको भोज नि खुवाउनु न पर्ने?"
"कस्ती राम्री रैछ छोरी त ठ्याक्कै अनुराधा जस्तै, कस्तो काटिकुटी मिलेको भाउजु सङ? अनुराधा भाउजु खै त मुला?"
अघि जे कुरा को डर थियो त्यही भयो। मेरो को सित बिहे भयो, कस्तो छ दाम्पत्य जीवन केही न बुझी बोली हाले आलु। मैले कसरी संझाउं अब त्यो आलुलाई। बुझेन् भए पो। बिनोती मेरो जिन्दगी हुन्। अनुराधा मेरो जीवन सङ गाँसिएको नाम त पक्कै हो तर कुन सम्बन्धमा त्यो आलुले बुझ्ने छैनन्। छोरीको मुखराब्रिन्दमा मैले जिज्ञासाका रेखाहरु पढिसकेको थिएं। हामी दुइको ( बाउ छोरीको) केमिष्ट्री मिल्छ र हामी दुबैले एक अर्काको भाव छिट्टै बुझ्छौ। "अनुराधा" उनले पनि सुनेको नाम हो। तर आज एक जनाले अनुराधाको छोरी नै भने पछि शंका उपशंकाका ज्वारभाटा चल्नु स्वभाबिक नै हो। मनमा अनेक पकवान पाके, छोरीले के के सोध्ने हुन, मिस-अन्डर्स्टान्डिङ् हुने चान्स् नै हुने। बडो बेमज्जा भो, हाकिम साहेबको पार्टी। जसो तसो उम्के र फर्किने बिचार गरें। होटल बाहिर् लहरै ट्याक्सी थिए र एुटा सङ मोलतोल गरी घर तिरे लागें। मलाई थाह थियो, छोरीलाई नि राम्रो लागेको छैन, आलुको कुराले अझै मथिंगल घुमि राख्या होला। चुपचाप् बस्यौं केही बेर। उकुसमुकुस धेरै बेर लुकाउन सकिन्न र छोरीले मुख खोली । ड्याडी! त्यो रमेश (आलु) अन्कलले किन मलाई अनुराधा जस्तै भनेको? अनुराधा भाउजु किन भनेको? हाम्रै अनुराधा अन्टी त होइन अन्कल् ले भन्न खोजेको? ड्याडी ! हजुरलाई अप्ठेरो हुंदैन भने, हाम्रो सुन्दर संसार भँडिदैन भने भनिस्योस न अनुराधा अन्टीको बारेमा। हो, छोरी, उनै अनुराधा अन्टिको कुरा गरेका हुन आलु अन्कल् ले। अनुराधा र मेरो सम्बन्ध के थियो र के छ , पुरै कथा कसैलाई भनेको छैन। मम्मिलाई जो थाहा छ, त्यो पुरै होइन। घर भाडिन्छ कि भन्ने डर सधैं हुन्छ मलाई। तर आज म भन्छु पूर्ण सत्य। बोर्ड फस्ट छोरी हो मेरो, बुझ्ने र बिष्लेषण गर्ने क्षमतामा छ तिमीमा। आज बिसौं बर्ष देखि यो सत्य कसैलाई न भन्नु भन्ने कसम खुवाएकी थीइ अनुराधाले। आज त्यो कसम तोड्दै छु। अनुराधा! मलाई माफ गर, आज तिम्रो कथा भन्दै छु। क्रमश: *********************************************************************** भाग २
ट्याक्सी घर छेउमै रोकियो । छोरी अब ड्रेस चेन्ज गरौं अनि चिया खांदै" अनुराधा " भनौला हुन्न ? छोरीकोले बाबाको कुरा हुन्न भन्न जानेकै छैन र भावबिभोर् भएर टाउको मात्र हल्लाई। सन्चो न भएकीले बिनोती निदाइ सकेकीले मलाई केही सजिलो भए जस्तो लाग्यो। हुन त अनुराधा बिनोतीको लागि पनि खुल्ला किताब सरि नै थिई। तै पनि प्रसंग र बिषयनै अलि असहज हुन्थो नै। चिया पकाई मेरो अध्ययन कक्षमा भेला हुने संकेत गरें। खाना खाइसके पछि चिया खानै पर्ने अनौठो बानी मेरो। छोरीको हातको चिया, स्वादले भन्दा पनि स्नेहले मीठो हुने हुन्छ। 'चिया तयार भो ड्याडी' "अब सुनाइस्योस् कथा अनुराधाको" भाषा र शैली नक्कल गर्छे अचेल मेरो। लौ सुन कथा अनुराधाको- अनुराधा संग मेरो कस्तो कुन किसिमको संबन्ध थियो-थिएन,छ छैन तिमी आफै निर्क्यौल गन सक्छौ, यो कथा सुने पछि। अनुराधा, मेरो बाल्यकाल देखिको सहपाठी। मैले कक्षा १ पढ्दा देखि चिनेको, देखेको। निकै जेहेन्दार र प्रतिभाशाली छात्रा। एक् कक्षा देखि लगातार प्रथम भएकी ७ सम्म। हामी सम्पूर्ण सहपाठीहरु उनको प्रतिभा संग नतमस्तक थियौं। म त क्लास भरिका डेन्जर जोन मा पर्ने, नितान्त कमजोर् र गुमनाम थिएं। आफू पढाइमा कमजोर भएर हो कि अथवा अलि भावुक भएर हो कि पढ्ने होनहार मित्रहरुमा मेरो आदरयुक्त संबन्ध हुन्थ्यो। मनको कुनामा त्यो बार्षिक उत्सबमा दिइने पुरस्कार आफुले नि थाप्न पाए हुन्छ जस्तो लाग्थ्यो। ५-६ पढ्दा अलि पढाईमा राम्रो जस्तो के भाथ्यो, गरिबी माथी आपत्तिले नमीठो लात हान्यो। भात जोड्न पनि गाह्रो भयो। "यो कथा त मैले पहिले नै भनी सकें नि याद होला नि?" ""हो ड्याडी याद छ, अहिले पनि पढ्ने गर्छु, पिताजीको सुनको तक्मा, साझा ब्लग मा, प्रेरणाको पुन्ज हो त्यो।" (http://sajha.com/guild/read.cfm?guildid=440, http://sajha.com/guild/read.cfm?guildid=441) म फेरि अगाडि बढें। त्यो स्कूलमा पढ्ने अधिकांस बिद्यार्थीहरु त्यही टोल् वरिपरिका नै हुन्थे। अनुराधा पनि हाम्रै टोलका। एउटै क्लासका। तै पनि कुनै खास संबन्ध थिएन। मात्र मेरो लागि फस्टगर्ल, भयन्कर पढन्चे।
७ सम्म पुरानो टोलको स्कूलमा पढियो, कहिलेइ स्याबासी पाउने बिद्यार्थी हुन सकिन। अनुराधा हमेसा झै पहिला नै भइन। अब माध्यमिक तह पढ्न अर्को स्कूल भर्ना हुने क्रममा परम्परा अनुसार बिश्वनिकेतन जाने मैले नि निधो गरेको थिएं। दाइले अन्तै भर्ना गरिदिने सूर कसे नि मैले त्यो स्कूल झूर छ भनेर बिश्व निकेतन रोजें। संयोग बस भर्ना हुने क्रम:मा मैले आफ्नो नाम दर्ता गराउंदा म भन्दा ठिक अगाडी अनुराधा भर्ना भएकी । मलाई थाह थिएन। नयाँ स्कूल नयाँ साथीहरु, अनि पुराना केही मित्रहरु। पहिलो दिन को पहिलो हाजिर् पछि थाहा पाएं अनुराधा ७२, म ७३ रोल क्रम मा। पाप न लुकाई भन्नु पर्छ, मैले। म अलिकति यसमाने मा खुशी थिएं कि हाम्रो स्कूलको सबै भन्दा पढ्न सक्नेको पछाडी बसेर जाँच दिंदा म जस्तो चानचुने स्टुडेन्टलाई बम्पर् उपहार परे जस्तो हुने भो भनेर। भयो त्यसतै। त्रैमासिक परीक्षाहरु देखि फाइनल सम्म जांचको सीट प्लानमा म उन्कै पछाडी परें। मैले "अनु" ( सबै जनाले नौ मात्र भन्ने गर्थे अनुराधालाई), मलाई त्यो आएन देखाउ न भन्थें। देखाउंथी, म सार्थें। के गर्नु, भात जोड्ने उपक्रममा पढ्ने फुर्सद बिरल्लै पाउनु अनि त्यसमाथी महा गोबरगणेश मार्का बिद्यार्थि। सार्नै पर्यो। चीट चोरेको चाहिँ होइन नि फेरि। छोरी हास्छे, एकै छिन। यस्तो मार्मिक कुरालाई नि कति सहज पाराले भनिसिन्छ, ड्याड्डिले। "यो सबै तिम्रो मम्मिको कमाल् हो" अर्को कुरा त्यो क्लास भरि बिभिन्न स्कूलबाट प्रथम द्वीतिय भएर आएका होनहारको भरमार उपस्थिती थियो। तर ती मध्ये "अनु" लाई नै सबै मास्टरहरुले प्रथम हुने भबिष्यबाणी गरेका थिए। रिजल्ट भो। अचम्म भो। "अनु" यसपल्ट प्रथम भइनन्। क्रमश: *********************************************************************** भाग ३
यसपाली "अनुराधा" प्रथम भइनन्। एक अंकको झिनो अन्तरले राहुले प्रथम भयो। सात बर्ष सम्मको लगातार प्रथम हुने क्रम रोकियो। दुखित पक्कै भइन होली, म बुझ्न सक्थें। कहिं न कहिंको झारपात अघि बढ्यो। मैले दाइको तर्फबाट एक् जोर सुट हात पारें।
नयाँ सत्र सुरु भयो। हिजो को राहुले आज फस्टब्वाय भयो। भाउ बढ्यो। हिजोको निर्बाचित मनिटर अब आजीवन मनिटर भयो। सबै सर् मिस् हरुको केन्द्र बन्यो।
हेडसर् बाट् बोलावट भयो, तिनै सेक्सनका प्रथम र द्वितीय हुने सबैलाई। ज्ञान गुणका कुरा गर्नु का साथै सक्दो सहयोग गर्ने वचन दिनु भयो। स्कूलको इज्जतको लागि र आफ्नो भबिष्यको लागि अझ मेहनत गर्नु पर्ने सुझाब दिनु भयो।
स्कूल भरि हामी दुइ को चर्चा हुन थाल्यो। चर्चा यस मानेमा हामी कि दुइजनाले आर्जित अंकको परिमाण अरु सेक्सनका प्रथम द्वितीय हुनेहरु भन्दा निकै भारी थियो र बोर्ड हान्न सक्ने प्रारम्भिक आंकलन गरियो। तर मलाई भने त्यो प्रथम पदवी बोझ हुन थाल्यो। पहिलो कुरा त म आफूलाई त्यो प्रथम स्थानको लागि योग्य मानेको थिएन। अनुराधा मेरो अगाडि धेरै नै योग्य र प्रथम हुने प्रतिभा भएकी एक मात्र थिइन। उनैको सहयोगमा परीक्षा पार गरेको मात्र न भई अन्तर पनि १ अंकको झिनो थियो। त्रास, भयले आक्रान्त थिएं। भोलिको प्रथम पद सुरक्षित छैन । यसरी अनिश्चित मन र अध्यारो भबिष्यका साथ दिनहरु बिते। आफ्नो इज्जत जोगाउने प्रयास गर्दै रहें। तै पनि पर्याप्त समय म संग थिएन। लाग्थ्यो दिन २४ घण्टाको होइन, ४८ घण्टा को भए कति जाती हुंदो हो। भात जोर्नलाई हात जोड्ने बाध्यता थियो। त्यो जिम्मेवारीबाट उम्किन सकिन्नथ्यो र मिल्दैनथ्यो।
सोचेको थिएं, अनुराधा म संग चिढिएकी हुनु पर्दछ, अजय यात्रामा पूर्ण बिराम लगाउने ध्रिष्टता जो म बाट भयो। तर मेरो सोचाइ बिपरीत अनुराधा निकै शालिन र सहयोगी भेट्टाएं। उन्मा कुनै किसिम को बैर भाव देखिन। प्रथम गुमाएकिमा कुनै किसिम को नैराश्यता देखिन। डर् थियो, प्रतिस्पर्धी को रुपमा अझ बढी आक्रमक हुने हो कि भनेर। निश्चय पनि उनको बौद्धिक क्षमता म भन्दा अब्बल दर्जाकै थियो। मेरा कम्जोर पक्षहरुलाई उघारि दिन्थी र यसो गरे राम्रो होला भनेर सुझाब् दिन्थी। यसरी हामी प्रतिस्पर्धी होइन कि सहयोगीको रुपमा अघि बढ्यौं।
शैक्षिक सत्र सकियो। पुन: अनुराधा दोस्रा भइन तर उच्च अंकका साथ। यसरी अनुराधा संग घनिष्टता बढ्दै गयो। स्वाभाबिक छ, स्कूलको प्रतिनिधित्व गर्दै कतै जानु पर्यो भने हामी दुइ जना नै हुन्थ्यौं। नजिकका प्रतिस्पर्धीहरु हामी भन्दा एक बित्ता पर नै थिए। त्यसले पनि धेरै को मुटु जल्न थालेको थियो। एक अर्कामा सहयोगी भएकोमा पोल्न थालेको थियो। संगै हिड्छन् रे, एक ले अर्कोलाई सिकाउने गर्छन् रे। चर्चा ले बजार गरम भयो। तर हामी दुइमा त्यसको कुनै असर भएन। पाप चिताए पो पस्चाताप गर्नु? निस्वार्थ सहयोगीलाई नाम, उपनाम, सर्बनाम धेरै दिए। कसैले यिनीहरुको "लभ" परे भने, कसैले के के? भन्नेहरुको मुख थुन्न सकिन्न र मनको कालो धुन सकिन्न। अनुराधाको लक्ष कहाँ सम्म थियो मलाई थाहा थिएन तर मेरो लक्ष एस् एल सीको बोर्ड भैसकेको थियो र त्यही लक्षको प्राप्ति तिर मेरो तन मन थियो। कसै सित मन दिने लिने न त मसंग फुर्सद थियो न त आफ्नो लक्ष थियो। संभवत एस् एल् सीमा ३ उत्क्रिष्ट छात्राहरुमा अनुराधाको आँखा थियो। त्यसैले यी बाजारु हल्लाहरुलाई बेवास्ता गर्दै हामी सल्लाह गर्दथ्यौं। तर पकाउने ले अनेक खिचडी पकाइ सकेका रैछन्। बेखबर थियौं हामी। हाम्रै क्लासमा अनुराधाका भाइहरु पनि थिए। घरमा उजुरी हाली सकेका रैछन्। घर टोल एक, स्कूल एक, स्कूल लाग्ने समय एक भए पछि बाटोमा भेट हुनु पनि नियोजित भएछ। सधै भेट हुने अनुराधा त्यो दिन भेटबाटोमा देखिन मैले। सोचें चाँडो गइन होली। स्कूल पुगें, अनुराधा आइनन्। सोचें, सन्चो भएन होला। कहिलेइ अनुपस्थित भएको रेकर्ड न भएकी, उनी क्लासमा नहुंदा सर मिस हरुले मलाई सोध्न थाले। मलाई कुनै जानकारी थिएन। केही बिषेश पर्यो होला भनें। भोलिपल्ट पनि "अनुराधा" स्कूल आइनन्। क्रमश:
मिति- जनवरी ३, १९.......... ९१ पटेल होस्टल, इलाहबाद ।
"अनुराधा"
तिमीले तिम्रा कुनै पत्रको प्रतिउत्तर नलेख्नु भने पनि आज लेख्ने ध्रिष्टता गर्दै छु। तिम्रो वचन तोड्ने दुस्साहस मैले गरेको होइन, म भित्रको चेतन-अबचेतन मान्छेले लेख्न कर गर्यो। र लेख्दै छु।
सर्बप्रथम त मेरो हाल बेहाल छ। अर्को हफ्ता देखि सेमेस्टरको फाइनल छ। अझै पनि इन्जिनियरिङ पढ्दै छु भनी स्विकार्न सकेको छैन। मनलाई पटक पटक, धेरै पटक सम्झाए, सम्झेको छैन। बल्ल तल्ल भात जोड्न सजिलो भएको घरमा अलिकति पनि आर्थिक बोझ थप्ने काम गर्न सक्दिन र मन मारी मारी बंगलादेशको मेडिसिनको सीटबाट नाम् झिकें। तै पनि मन जिद्दी छ। तर यथार्थ यही हो, इन्जिनियर हुनु छ। मन नलागे पनि पढ्नु छ। अलिकति जोहो गरेको इज्जत लिलामी हुनु बाट जोगाउनु छ। यस्तै छ यहाँको हाल। खानपिनको कुनै चिन्ता छैन। भात भन्दा बढी रोटी लागेको छ। सिन्का जस्तो शरीर डटपेन जस्तो भएको छु। गर्मीले हाफ ब्वाइल भै सकें अब जाडोमा बरफ बन्दै छु।
अनु! मलाई थाह छ, राम्ररी थाह छ, तिमीले भोगिरहेका ब्यथाहरु। अझ यो पनि थाह छ, त्यस्ता आँधीबेरीबाट बिचलित हुने मन तिम्रो होइन। र पनि किन यति छिट्टै जिन्दगी संग हार मान्यौ? सबैलाई प्रेरणा दीरहने तिम्रो ब्यक्तित्व, अझै पनि जिवन्त हुनु पर्दछ। आदर्शमा बाच्न सकिंदैन। कहिं न कहिं सम्झौता गर्नै पर्दछ। थोरै गुमाएर धेरै पाउने संझौतामा रमाउन मैले सिकाउन पर्दैन। हो हामीले गल्ति नै गरेका छैनौ भन्दिन म। दुनियाले कुरा काट्दा, जिन्दगी नै काटिन्छ भनेर सोच्न सकेनौ हामीले। पाप गरेका छैनौ भनी बस्यौं, श्राप दिनेहरुलाई रोक्न सकेनौ।
जे हुनु भै सकेक्यो। जिन्दगी हामीले सोचे भन्दा सुन्दर छ, बाच्ने दिनहरु अझै अनगिन्ती छ। त्यसैले बिन्ती छ, जिन्दगीलाई हारले होइन जितले स्वागत गरौं। तिमी भित्रको अथाह क्षमतालाई उजिल्याउ। हर पाइलामा जित हुन्छ। आस्था र बिस्वासलाई अझ मजबुतीका साथ अघि बढ। अझ पढ्नु छ, धेरै माथि पुग्नु छ। बाधा अड्चनहरु अैरहन्छन् नै, पन्छाउदै जाउ। प्राणी मात्रको कल्याण र मुक्तिको खोजीमा हिडेको भगवान बुद्धको बाटोमा त अनेक अंगुलिमारहरु तेर्सिए, अप्सराहरुले मन डोलाउन आए। राक्षसहरुले शारीरिक आक्रमन गरे। आफ्नो तपस्या भंग हुन दिएन र सांसारिक मुक्तिको बाटो देखाई छाडे।
जस जस्ले तिमीलाई पीडा र अपमान दिए, तिनलाई सफलता र उपल्ब्धीको उपहार दिनु पर्दछ। छिनो ले लगातार खोपे पछि ढुंगा पनि मूर्ति बन्छ। यात्रा निरन्तर जारी राखे एक दिन गन्तब्य पुगिन्छ।
यसरी हार माने भने, चिबर ग्रहण गरे भने, ती कथित आरोप लगाउनेहरु, ती घाउ दिने हरु कै जीत हुन्छ। सत्यको हार हुन्छ। आत्म मर्छ। मरेको आत्मले मुक्ती कहिलेइ पाउने छैन। त्यसैले मेरो आग्रह छ, अझ अगाडि बढ। समय मै जीवन कर्महरु निभाउ। यो राहुले सदभाव र शुभकामना हर पाइलामा हुने छ।
यति लेख्दा लेख्दै अन्तर्देशिय हवाइ पत्रको लेख्ने स्पेश सकियो। बन्द गरें। तर त्यो रातो पत्र मंजुषामा खसाल्न अघि डर लाग्यो। यसले झन अर्को तान्ड्व मचाउने पो हो कि? तै पनि "मरता क्या नहिं करता" इलाहाबादी उक्ती संझे। र एक सासले खसालें। गन्तब्य सम्म पुग्न १५ दिन जति लाग्थ्यो। खसाली सके पछि पनि मन मा डर रहिरह्यो। मनलाई दह्रो बनाएं। पोजिटिभ भए बेशै हुन्छ, नेगटिव असर परे पनि मन भित्रको ठुलो बोझ हट्यो। यसमानेमा स्वार्थी छु नै। स्वार्थ न बोकेको मानिस शायद नै हुंदो हो। मान्छेले पुज्दै आएका, रामक्रिष्ण भगवानहरुमा त स्वार्थ थियो। म मा किन नहुनु। भगवान बन्ने रहर पनि थिएन। जिन्दगीलाई आफ्नो अनुसार जिउने इच्छा छ म मा पनि।
यसरी एुटा पत्रको अध्याय सक्याएं मैले। सेमेस्टरको फाइनल नि सकियो। रिजल्ट नि भयो तुरन्तै। आशा गरे भन्दा राम्रो रिजल्ट भयो। यस बीचमा अनुराधाको पत्र एउटा नि आएन। मैले लेखेको पत्र को असर हुन सक्दैन थ्यो, समयलाई हिसाब गर्दा। अर्को सेमेस्टर् सुरु भाको पहिलो साता मै फेरि अर्को पत्र आयो।
Rahul dai , Anuradha le nai malai sajha ma dorayo bhanda galat nahola.. jahile pani katha ko pratichhya ma rahanchhu. yasari nai katha agadi badhirahos ra yahan ko prastuti haru feri feri padhna payios.
I was waiting for your letter and i hope the next letter would be the final from Anuradha saying that "I want to break every relation(if any)". This hope is like watching cinema with 'positive ending'.
Anyway this is a great Novel in Sajha (not as short stories which become hit so fast and diminished in the same manner).
"छिनो ले लगातार खोपे पछि ढुंगा पनि मूर्ति बन्छ"--- यो त म पनि मान्छु लगातार खोप्दा कहिले काहीँ ढुंगामा प्वाल नि त पर्न सक्छ नि। फेरि त ढुंगा जोडिदैन पगालेर,
राहुलदाइ कथा सधैं झैं मन लगाएर पढेँ, अब अरु पनि पढ्ने
पुन: एक पटक सबै पाठक महोदय प्रति आभार ब्यक्त गर्न चाहन्छु।
मास्टरनी नानी, छिनोले लगातर खोपे अबश्य मूर्ति बन्छ, प्वाल त घनले ठोके, पापले खोके मात्र पर्ने हुन्छ। मुलायम हातले निष्पाप खोपे सुन्दर सिर्जना नै बन्छ, न पत्याए एकपटक खोपेर हेर्नुस्।
झिल्के ब्रो, पास भइने हो कि होइन त्यो तपाईहरुकै हातमा छ, मनमा छ, तनमा छ। इमान्दार प्रयास जारी छ।
पर्बतेजी, धन्याबाद, मन पराइ दिनुभएको मा। निस्वार्थ प्रेम कहिलेइ बियोगान्त हुंदैन। कहानीहरुमा हुन्छन् होला, तर जीवनमा कहिलेइ काहि मात्र हुने हुन्छ। जहाँ जहाँ ट्राजिक एन्ड भएको छ, कहिं न कहिं बेइमानी धावा बोलेकै हुन्छ।
pjna007 जी, ग्रेट कथा होला। कथा पढ्ने र बुझ्ने मनहरु हुन्, ग्रेट। धन्यबाद!
सुर न ताल जी, सामन्य प्रयास हो, अझ निखार्ने प्रयास जारी छ। हेरम् कथाले कुब मोड लिन्छ। कता जोड दिन्छ।
फुच्चे केटा जी, धन्यबाद , नयाँ भएर नि पढिदिनु भएको मा। अर्को कुरायो कथा आजसम्म १६ भागमा प्रकाशित भैसको छ। ३ ओटा मात्र होइन, अघिल्लो पानाहरु (page 1 to 6) सबै पल्टाउनुस्, सबै अंक भेटिने छन्।
My Views जी, तपाईलाई मेरो कथाले साझामा डोर्याको थाहपाउदा खुशी लाग्यो र आफ्नो लेखन को सानो उपलब्धी मानेको छु। साझा मा अनेक खुराक पाइन्छन्, जिन्दगीलाई सधैं मुस्कुराइ रहेको हेर्न चाहनु हुन्छ भने साझा मा समाहित हुनु होस्। अझ समयलाई मनाउन सक्नु हुन्छ भने, साझा-चौतारी मा पाल्नु होस्। जीवन्त नेपाल भेट्न सक्नु हुन्छ त्यहाँ।
चित्रे, समयमा अर्को भाग आउने नै छ। प्रतिक्षा गर्नु होला।
दीपिकाजी, अहं मान्दिन म, ढुँगा खोप्दा प्वाल बन्दैन, मूर्ति नै बन्छ। प्वाल बने त्यो आँखा हुन्छ। ढुंगा भन्दा कठोर त मन हुन्छ। इच्छा शक्तीको अगाडी फलामत पग्लिन्छ, जोडिन्छ। ढुंगा त मन भन्दा कोमल हुन्छ, मैन जस्तो, पग्लिन्छ पनि जोडिन्छ पनि।
राहुलदाइ, हजुरको शब्दकोशमा लुकेका भावनालाई हेर्न शायद मलाई दिब्य दृष्टिकै जरूरत छ होला, हजुरले भनेका कुरालाई म नकार्न त कदापी सक्दिन तर यती चै अबस्य भन्छु कुनै ढुङ्गा धेरै सारो हुन्छन् भने कुनै कोमल, तेस्तै मन पनि कुनै कठोर हुन्छन् भने कुनै मखमल जस्तै कोमल,सबै ढुङ्गा खोप्नेहरु सिल्पिकार हुँदैनन्, नजान्ने वा सिकारुले खोपे भने प्वाल पर्न सक्छ, र त्यो मन को प्वाल टालिन धेरैनै कठिन हुन्छ। तर यो केबल मेरो बिचार मात्रै हो। हुन सक्छ मैले नै नबुझेकि पनि।
ठुल्दाई, यो भाग अहिले सम्मका सबै भाग भन्दा राम्रो लाग्यो! एउटा चिठ्ठीले नै एउटा कथा बयान गरेको छ! गजब छ! त्यसमाथि तपाइँको उहि चिरपरिचीत तरिका जस्तै:- "सिन्का जस्तो शरीर डटपेन जस्तो भएको छु। गर्मीले हाफ ब्वाइल भै सकें अब जाडोमा बरफ बन्दै छु।"
एयुउटा चिठिको सहाराले तिम्रो मन जित्न चाहन्न म माया कागजमा हुन्न नी, यो दुइ आत्माको मेल हो
यसपालि भने पास भैयछ, सारै खुशि लाग्यो। यो चिट्ठि पढेपछि, अचानक मलाइ एुटा गित याद आयो, but there is no connexion between the song and letter of RahulDa,. मलाइ अहिले अतिनै मन पर्ने ब्यान्ड हो र यो गीत सारै मिठो लाग्छ, शब्द भने ठिकै छ so I jsut posted here... ल अब भावनात्मक उपन्यास अनुराधा पढ्दै, रमाइलो गित सुनौ, भिडियो पनी फरक् किसिमको छ।¨
राहुल दा यदि यो गित अनावश्यक लाग्यो भने तुरुन्त गार्बेजमा फ्याकिदिनुहोला, सर्वाधिकार तपाइमा
एयुउटा चिठिको सहाराले तिम्रो मन जित्न चाहन्न म माया कागजमा हुन्न नी, यो दुइ आत्माको मेल हो
यसपालि भने पास भैयछ, सारै खुशि लाग्यो। यो चिट्ठि पढेपछि, अचानक मलाइ एुटा गित याद आयो, but there is no connexion between the song and letter of RahulDa,. मलाइ अहिले अतिनै मन पर्ने ब्यान्ड हो र यो गीत सारै मिठो लाग्छ, शब्द भने ठिकै छ so I jsut posted here... ल अब भावनात्मक उपन्यास अनुराधा पढ्दै, रमाइलो गित सुनौ, भिडियो पनी फरक् किसिमको छ।¨
राहुल दा यदि यो गित अनावश्यक लाग्यो भने तुरुन्त गार्बेजमा फ्याकिदिनुहोला, सर्वाधिकार तपाइमा
ठुल्दाइको कलमको त के बयान गर्नु? जति गरे पनि कम हुन्छ। तर कथाका पन्नाहरु चाइ सारै छोटा भए। पढ्न सुरु गर्न न पाइ सकिने। लु अरु भाग पनि छिटै पढ्न पाइयोस।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Funny when Nepalis talk about Epstein and injustice
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.