[Show all top banners]

infonews
Replies to this thread:

More by infonews
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दिलशोभा प्रकरण- भ्रष्ट कर्मचारीतन्त्र र जुवाडे पत्रकारिता
[VIEWED 6747 TIMES]
SAVE! for ease of future access.
Posted on 03-06-14 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पछिल्ला केहि दिनहरुमा नेपालका संचारमाध्यम तथा सामाजिक संजालहरु एउटा बिल्कुलै नौलो प्रसंगले भरिए । कोहि कसैले अनुमान पनि नगरेको, असामान्य बिषयबस्तु झट्टै प्रकाशमा आउँदा नेपाली जनमानस एकाएक तरंगित हुन पुग्यो। आधारहीन कुराहरुलाई जोडजाम गरेर एकजना सामाजिक सेवामा तल्लिन व्यक्तिको चरित्र हत्या गर्न यस समाजका कतिपय बुद्दिजिवि भनाउँदाहरु हात धोएरै लागिपरे ।

दिलशोभा श्रेष्ठ, तिनै व्यक्ति हुन् जससंग समाजसेवामा लाग्नु अघि नै काठमाडौंमा निजि घर थियो, राम्रो चल्दै गरेको ब्यापार पनि थियो । सम्भबत: उतिबेला नेपाली समाजमा आर्थिक रुपले सबलहरुको सुचिमा पर्थिन उनी । निश्चय नै पैसा कमाउने उद्देश्यले सेवाको काममा लागिनन दिलशोभा ! यदि त्यसो हुँदो हो त दिलशोभा श्रेष्ठ भन्ने नाम बर्षौंसम्म पर्दा पछाडिको नाम हुने थिएन । स्मरण रहोस केहि बर्ष अघि सम्म पनि उनलाई प्रायले चिन्दैनथे । उनले सामाजिक सेवाको नाममा डलरको खेति गरिनन्, नता मानवताभन्दा माथि औपचारिकतालाई नै कहिल्यै राखिन् । अनर्थ नलागोस; मानवता भन्ने कुरा देशको संबिधान भन्दा पनि माथिको कुरा हो ।

दिलशोभालाई कयौं आरोपहरु लगाइए, कति लगभग अप्रमाणित भैसके त कति छानबिनको चरणमा छन् । उनलाई लगाइएका आरोपहरुको बिस्तृत अध्ययन गर्ने हो भने यी सबै घटनाक्रमहरु उनीमाथि रचिएको नियोजित जाल हुन् भनेर बुझ्न जो कसैलाई पनि कठिन पर्दैन । हुनसक्छ, सामान्य मानविय कमजोरीहरु दिलशोभाबाट भए होलान पनि, त्यसलाई ठाडै नकार्न मिल्दैन । तर जुन प्रकारले उनलाई गम्भीर अपराधिका रूपमा चित्रण गर्ने काम भयो त्यो निन्दनीय छ ।Dil-Sobha

बाइबल धर्मशास्त्रको एउटा प्रसंग उल्लेख गर्न चाहें । समाजको नजरमा र तात्कालिन व्यबस्थाको नजरमा गलत काम गरेकी एउटी ब्याभिचारिणी स्त्रीलाई येशू ख्रीष्टको अगाडी उपस्थित गराइन्छ; र सोधिन्छ कि यसलाई के गर्ने? ब्यबस्थामा त यसप्रकारको मान्छेलाई ढुंगाले हानेर मार्नु भनेर लेखिएको छ ।  तब येशूले जवाफ दिनुहुन्छ: ठिकै छ, ब्यबस्था बमोजिम तिमीहरुले ढुंगाले नै हान तर पहिलो ढुंगा त्यसले हानोस्, जसले  आजसम्म एउटा पनि पाप गरेको छैन ।  आफुंलाई आजसम्म पाप नै नगरेको भनेर देखाउने हिम्मत त्यहाँ उपस्थित कसैले गरेनन् र तिनीहरु सबै फर्केर गए ।

हुनसक्छ; दिलशोभाले उचित ब्यबस्थापनमा बालबालिका राख्न सकिनन् होला, कानुन अनुसार दर्ता गरेर चलाइनन होला, तर दिलशोभालाई औंला ठड्याउदै गर्दा ति कर्मचारीहरुले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ कि पर्दैन ? के उनीहरुमा दिलशोभाको नैतिकतामाथि प्रश्न उठाउने नैतिक हैसियत छ?  सेतोपाटी खबरसाइटको पछिल्लो रिपोर्टिंगमा आमाघरको विधान संशोधनमा बालगृहको अनुमति थप गर्ने मस्यौदाको पाना संस्था दर्ता शाखाका कर्मचारीले च्यातेरै फ्याँकिदिएको कुरा उल्लेख छ ।  सेवाग्राहीको कागजपत्र च्यातेर फ्याँक्ने अधिकार चाहिं कसले दियो ति कर्मचारीहरुलाई ? अहिले आएर संस्था दर्ताको बखेडा झिक्ने केन्द्रिय बालकल्याण समितिहरुले उतिबेला किन आफैंले पत्र लेखेर बच्चा ग्रहण गर्न आग्रह गरेको? यदि दिलशोभाले बालबच्चा पाल्नु अबैधानिक थियो भने किन उनीहरुले त्यतिबेला एउटा अबैधानिक संस्थालाई बैधानिक रुपमा पत्र लेखेको? दुनिंयालाई थाहा थियो कि आमाघरमा बृद्दबृद्दा मात्रै छैनन्, बालबालिका पनि छन् । त्यसैअनुसार समाज कल्याण परिषदले पनि “नि:सहाय जेष्ठ नागरिक तथा असहाय बालबालिकाहरुको संरक्षण, सम्मान र ब्यबस्थापनको क्षेत्रमा योगदान पुर्याए बापत तपाईं श्री दिलशोभा श्रेष्ठ, काठमाडौंलाई बिक्रम सम्बत २०६९ सालको समाजसेवा पुरस्कार स-सम्मान प्रदान गरिएको छ ।” भन्ने व्यहोराको सम्मानपत्र प्रदान गरेको थियो।

यदि अबैधानिक नै भएको भए उतिबेला पत्र नलेख्नुपर्ने, अबैधानिक संस्थामा बालबालिका नपठाउनुपर्ने, समाज कल्याण परिषदले पनि बालबालिका पालेको व्यहोरा समेत खुलाएर सम्मान पत्र प्रदान नगर्नुपर्ने; होइन र? दिलशोभालाई संस्था दर्ता गर्नुस, बालबालिकाहरुलाई उचित सेवासुविधा दिएर पाल्नुस भनेर एकपटक पनि लिखित रुपमा किन सचेत गराइएन ? के यी प्रश्नहरुको जवाफ छ बालकल्याण समिति अनि जिल्ला प्रशासनसंग ? यदि यो कसैको निर्देशनमा मन्चन भएको नाटक हुँदैनथ्यो भने पहिले आफैंले पत्र लेखेर बच्चा पठाएको संस्था अहिले आएर अबैधानिक बन्थ्यो होला त?

बालगृहले मापदण्ड पूरा नगरेको आरोप पनि लगाइएको छ । त्यहाँका कतिपय बालबालिकाहरु दिलशोभासँग सन्तुष्ट नरहेको कुरा पनि सुन्नमा आयो । आफ्नो बाबुआमासँग बसेको एक्लो सन्तान सधैं बाबुआमासँग सन्तुष्ट नरहन पनि सक्छ, बाबुआमाका कति कुरा उसलाई वाक्क लाग्न पनि सक्छन भने एकै ठाउँमा त्यत्तिका बालबच्चा राखेर सबैलाई सन्तुष्ट गराउन नसक्नुमा दिलशोभाको ठुलो गल्ति छ भनेर भन्न चाहिं मिल्दैन ।

हजारौंको संख्यामा बालबालिकाहरु सडकमा छन्, उनीहरुको खाने, बस्ने, खेल्ने, काम गर्ने जे भनेपनि त्यहि सडक नै हो । उनीहरु बैसाख जेठको गर्मि, असार साउनको झरीदेखि पुष माघको जाडोसम्म पनि सडकमै रात बिताउछन । उनीहरुको कुनै वास्ता नगरिकन सिधै आमाघरबाट बच्चा उद्दार गर्नुले के जनाउँछ ? यसको मतलव सडकका ति बालबालिकाहरुले चाहिं मापदण्ड अनुसारकै जीवन जिएका छन् भन्ने हो? कि यो देशमा सडक बालबालिकाहरु पनि छन् भन्ने कुरा थाहा छैन बालकल्याण समितिलाई ? सरकारी निकायले बालबालिका लगेको कुरालाई  उद्दार भन्ने शब्द प्रयोग गर्दा निश्चय नै दिलशोभाको अपमान हुन्छ, वास्तवमा यो उद्दार नभएर अपहरण भनिनयोग्य काम हो ।

यदि सरकारी निकायको नियत खराव थिएन भने मापदण्डको कुरा उठाएर बच्चा लिएर जानुभन्दा त्यहाँका बालबच्चाहरुको हेरचाह र ब्यबस्थापनमा सहयोगी भूमिका खेल्नुपर्ने थिएन र? तर उल्टै किन कुनै बिशेष आधार बिना नै लैजाने काम गरियो? यसबाट पनि प्रमाणित हुन्छ कि उनीहरुका ति गतिविधिहरु कोहिकसैबाट निर्देशित थिए । यस घटनामा मुछिएका सरकारी कर्मचारिहरु र पर्दापछाडिका अरु व्यक्तिहरुले आफ्नो भ्रष्ट छबि प्रकट गरेको स्पष्ट देख्न सकिन्छ ।

सबैभन्दा जटिल बिषय यौनदुराचारको रह्यो । प्राप्त गरेको अडियो टेपको आधारमा सरकारी निकाय छानबिनमा जुट्यो; छानबिन किन गर्यो भनेर हामीले प्रश्न उठाउन मिल्दैन । छानबिन गर्नु आफैंमा गलत कुरा होइन तर जुन प्रकारले प्रमाणित नहुँदै हचुवाको तालमा राष्ट्रिय दैनिक पत्रिकामा मुख्य पृष्ठको मुख्य समाचारको रुपमा यो खबर छापियो, त्यो भत्सर्नायोग्य छ ।

जुवा खेल्ने जुवाडेले के सोच्छ? दाउ लाग्यो भने धेरै कमाउँला, लागेन भने आफ्नो पनि जाला! सबै जुवाडेले यहि सोचेर जुवा खेल्छन । उसले पैसा जित्छ वा हार्छ भन्ने उसलाई थाहा हुँदैन । त्यसरी नै कतिपय नेपाली पत्रकारहरुमा पनि जुवाडे पत्रकारिता हाबी हुँदै गएको देखिन्छ । समाचारको बिश्वसनियता र घटनाक्रमको गाम्भीर्यताको कुनै ख्याल नगरिकन खबर सहि भए नाम कमाउला, नत्र ठिकै छ नै भन्ने हिसावले नागरिक दैनिकका पत्रकारले दिलशोभालाई यौन दुराचारको आरोप सहितको समाचार लेखे । यौन दुराचार जस्तो गम्भीर आरोप लगाउनु अघि एकपटक सम्बन्धित आरोपितको राय बुझ्ने फुर्सद पाएनन उनीहरुले । जुवाडे पाराले मत्त हुँदै भोलिको बारेमा कुनै  ख्याल नगरिकन  अन्धाधुन्द दौडे, चर्चित पत्रकार बन्ने धुनमा । तर तिनलाई के थाहा पत्रिका निस्केको केहि घन्टामै तिनले जुवा हार्नेछन र नाम बेचेर बद्नाम कमाउनेछन ।

हावा नचली कहाँ पात हल्लिन्छ र? भन्ने खालको अभिव्यक्ति पनि कतिपयबाट आयो । कुरो ठिकै पनि हो, हावा नचली पात त हल्लिदैन । सामान्य अवस्थामा नियम यहि नै हो । तर सधै पात हल्लिनलाई हावा चल्न नै पर्छ भन्ने पनि छैन, कहिले कहिले बाँदरहरु आउछन र पात मात्रै होइन हाँगासमेत हल्लाईदिन्छन । अहिले भएको त्यहि नै हो, दिलशोभा प्रकरण हावा चलेर हल्लिएको  होइन, बाँदरहरुले हल्लाएको मात्रै हो ।

बनाउन पो शीप  चाहिन्छ, कठिन मेहनत चाहिन्छ, भत्काउनलाई केको शीप  केको मेहनत? बर्षौं बर्षको कठिन त्याग र मेहनतले आर्जित भएको दिलशोभा श्रेष्ठको चरित्र क्षणभरमै ध्वस्त पार्ने प्रयास भएको छ । यो कस्तो देश हो? जहाँ हत्यारा प्रमाणित भएर अदालतले सर्वस्वसहित जन्मकैद सुनाएकाहरु खुलेआम हर्षित मुद्रामा भेटिन्छन, भ्रस्टाचारको केसमा जेल परेर निस्केकाहरु ठुलै जित हाँसिल गरेझैं गरि बडेमानको माला लगाउछन, नामी कालोबजारिहरु प्रतिष्ठित ब्यापारी कहलाइन्छन अनि दिलशोभाहरु चाहिं गहभरि आँसु लिएर बाँच्न बिबस हुन्छन । के यहि हो यहाँको न्याय? दिलशोभामाथि चाडैं उचित न्याय होस् र अब उप्रान्त अर्को कुनै दिलशोभाले यो अवस्था भोग्नु नपरोस्, यहि मेरो प्रार्थना छ  ।

- See more at: http://khabardainik.com/1339/#sthash.OXbmEc5r.dpuf
 
Posted on 03-06-14 1:17 PM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters