[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

ramromanchey

logan
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नानीमैया दाहाल vs Trump
[VIEWED 9191 TIMES]
SAVE! for ease of future access.
Posted on 09-16-15 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नानीमैया दाहाल र ट्रम्प बिच के के समानता छन ?

 
Posted on 09-17-15 10:06 AM     [Snapshot: 207]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म धेरै सानो थिए जब मेरो दाइहरु नानी मैया दाहालले काठमाडौँमा कसरि चुनाब जिती भनेर हासो गर्नु हुन्थ्यो. नानी मैया धेरै समय सम्म एउटा ठट्टा को पात्र हुनु भयो . तल्लो स्तर मा गाली गरिहाल्ने वोहाको बिशेषता थियो. जुन ट्रंप संग मिल्छ .
 
Posted on 09-17-15 10:18 AM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लेख मेरो हैन २०७० अशोज १३ को Onlinekhabar.com बाट साभार गरिएको हो लिंक अन्त्य मा छ .


अहिलेको नेकपा एमाले अर्थात् पञ्चायतकालको नेकपा (माले) अहिलेको वैद्य माओवादीभन्दा बढ्ता उग्र थियो । ०३७ सालमा जनमत संग्रह मालेले बहिस्कार नगरेको भए ४ लाख भोटको अन्तरले एकदलीय पञ्चायतले जित्ने थिएन र ०३७ साल जेठ १ गते नै बहुदल आउने थियो । तर, जनमत संग्रहको नतिजाबाट रन्थनिएको मालेले ०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन बहिस्कार मात्रै गरेन, वीरगञ्ज, झापा र काठमाडौंमा ‘नकारात्मक भोटिङ’को अभ्यास समेत गर्‍यो ।

यसरी भेटिइन् नानीमैया

तत्कालीन मालेको स्थानीय नेतृत्वले ०३८ सालको चुनावमा काठमाडौंबाट जनपक्षीय उमेद्वारका रुपमा पद्मरत्न तुलाधरलाई उठाउने विचार गरेको थियो । तर, पार्टीले जनमत संग्रहमा जस्तै राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिस्कारको नीति लियो । पार्टीले चुनावमा भाग लिन नपाउने भएपछि मालेका युवा नेताहरुले उट्पट्याङ मान्छेलाई चुनाव लडाउने र पञ्चायतलाई व्यंग्य गर्ने निश्कर्ष निकाले ।

यो उट्पट्याङ कार्यमा तत्कालीन अखिल पाँचौं सक्रियतापूर्वक लाग्यो । त्यतिबेला सीताराम मास्के, केशव स्थापित, गौरी प्रधान, राजेन्द्र श्रेष्ठ लगायतका युवा नेताहरुले पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्न शुरु गरे । र, यहीक्रममा भेटिइन् नामनीमैया दाहाल । नानीमैया दाहाललाई त्यसबेला गोल्चे सार्कीले फेला पारेर असनमा रहेको पार्टी अफिसमा पुर्‍याएका थिए । बहुदल आएपछि राजनीतिको केन्द्र भागमा आएका सार्की तिनै व्यक्ति हुन्, जसले प्रतिनिधिसभामा कांग्रेस नेता रामचन्द्र पौडेललाई मुक्का हानेका थिए ।

नानीमैया त्यसबेला पनि अहिलेजस्तै थिइन् । मान्छेलाई छाडा शब्द प्रयोग गरेर गाली गर्नु अनि रिस उठ्यो भने साडी उचालेर देखाइदिनु नानीमैयाको न्युनतम योग्यता ठहरियो माले नेताहरुका लागि । आजभोलि डिल्लीबजार र चावहिलको मालपोत कार्यालय वरिपरि भेटिने नानीमैया ०३८ सालतिर पनि यसैगरी अरुकै काम गरिदिने र सरकारी कार्यालयमा भनसुन गर्दै हिँड्थिन् । एमाले नेताका अनुसार त्यसबेला राष्ट्रिय पञ्चायतमा उमेद्वार बनाउन माले नेताहरुले फकाउँदा उनले खुशी हुँदै सहजै स्वीकारेकी थिइन् ।

मैयासँग हारे चित्रकार
०३८ साल बैसाख २७ गते भएको राष्ट्रिय पञ्चायतको चुनावमा काठमाडौंका दुई सीटमध्ये एउटामा जोगमेहर श्रेष्ठले जिते भने अर्को सीटमा उट्पट्याङ उमेद्वार नानीमैयाले जितिन् । नानीमैयासँग काठमाडौं नगर पञ्चायतका मेयर कमल चित्रकारले प्रतिश्पर्धा गेका थिए । तर, पञ्चायतलाई बेइज्यत गर्न भन्दै काठमाडौंका बासिन्दाले पञ्चलाई हराई नानीमैयालाई जिताएर नकारात्मक भोटिङको पहिलो अभ्यास गरे ।

पुहातुलाई राष्ट्रिय पञ्चायतबाट हटाइयो

त्यसबेला तत्कालीन मालेले काठमाडौंमा मात्रै होइन, झापा र वीरगञ्जमा पनि यसै गरी निर्वाचनलाई ठट्टाको रुपमा उपयोग गरेको थियो । झापामा पुहातु चौधरीलाई माले कार्यकर्ताले राष्ट्रिय पञ्चायतको चुनावमा जिताएका थिए । चप्पल मात्रै लगाएर संसद भवनमा प्रवेश गर्न पठाइएका पुहातुले एउटा कार्यक्रममा भाषण गर्नेक्रममा ०१७ सालमा राजा वीरेन्द्र (महेन्द्र भन्नु पर्ने) ले निरंकुश व्यवस्था लादेको भनेपछि उनलाई राष्ट्रिय पञ्चायतबाटै बर्खास्त गरिएको गरियो । नानीमैया भने बर्खास्तीमा परिनन् । नानीमैयाले आफ्नो काम नगरिदिएको भन्दै सूर्यबहादुर थापालाई साडी उचालेर देखाएको तत्कालीन माले नेताहरु सम्झन्छन् । मालेले वीरगञ्जमा उठाएका एकजना कुचीकारले भने चुनाव जितेनन् ।

http://www.onlinekhabar.com/2013/09/121946/
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters