[Show all top banners]

freepressnepal

More by freepressnepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Informative Article on Nepali Media
[VIEWED 6105 TIMES]
SAVE! for ease of future access.
Posted on 08-06-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.enasha.com/article.php?id=989


नेपाली
सञ्चार माध्यममा 'ग्ल्यामर' विषयसूचि वा विषयवस्तुका रुपमा शुरु निकै अघिदेखि भएको हो । तर व्यवस्थित र व्यवसायिक रुपमा 'कामना' पत्रिकाले थालनी गर्‍यो । त्यसपछि ग्ल्यामर लिएर अनेकौँ पत्रपत्रिकाहरु आए । ग्ल्यामर नेपाली चलचित्र हुँदै नेपाली म्युजिक भिडियोसम्म आएको देख्छौँ । आज विदेशी पत्रपत्रिकाको नेपालमा आगमन र पछिल्लो समयमा आएर स्याटेलाइट टेलिभिजन भित्रिएपछि यसले नेपाली समाजमा चाँडै नै स्थान बनाउन सफल भयो । तर नेपाली समाज परम्परागत मूल्य, मान्यतामा आधारित भएकाले मानिसहरुले यसलाई खुलेर स्वीकार गरेको देखिन्न, जब कि व्यवहारमा ग्ल्यामरलाई सर्वसाधारणले प्रशस्त अङ्गीकार गरेको छ । यसलाई हामी नेपालीको 'डबल स्ट्यान्डर्ड' (Double Standard) अर्थात् द्वैध चरित्रको रुपमा लिन सक्छौँ ।


नेपाल पत्रिकाको बैशाख २, २०६४ अंकको पेज ५४ मा छपिएको मोडल हिमानी संवन्धी लेख
नेपाली अधिकांश मिडियाहरु कुनै न कुनै रुपमा ग्ल्यामरमा आधारित छन् । जस्तो कान्तिपुर साप्ताहिक, कामना, मोडलिङ र फेशन सम्बन्धी अनेकन् नेपाली टेलिभिजन कार्यक्रमहरु अथवा फेशन टीभी, एमटीभी, च्यानल भी, ग्ल्यामर गीत र दृश्य भएका सिनेमाहरु आदिको लोकप्रियता ज्यादै देख्न सक्छौँ । त्यस्तै, राष्ट्रिय दैनिक अखबारहरु कान्तिपुर, समाचारपत्र, हिमालयन, अन्नपूर्ण, काठमान्डू पोष्टदेखि हिमाल खबरपत्रिका, नेपाल आदि पत्रपत्रिकाले पनि ग्ल्यामरलाई सर्वस्वीकार्य लेखनका रुपमा लिइरहेका छन् । ग्ल्यामर र सौन्दर्य प्रतियोगिता कति लोकप्रिय छन् भन्ने कुरा वार्षिक १४/१५ वटा ठूल्ठूला सौन्दर्य र ग्ल्यामर प्रतियोगिताको आयोजनबाट नै थाहा हुन्छ ।

यसरी मिडियाले अनेकौँ रुपमा ग्ल्यामरको उपयोग गर्दै आइरहेको छ । तर जब मिडियाबाट नै ग्ल्यामरको गलत परिभाषा हुन्छ, तब योसँग सम्बन्धित व्यवसायीहरुलाई ठूलो मर्का पर्छ । अरु पेशाजस्तै मोडलिङमा पनि केही खराबी हुनसक्छन्, त्यो समाजको हरेक पाटोमा देखिने कुरा हुन् । तर पत्रिकामा ग्ल्यामर लेखिँदा बढी बिकाउन सनसनीपूर्ण बनाउँदा यसको नकारात्मक प्रभाव पर्न जान्छ ।


नेपाल पत्रिकाको चैत ४, २०६३ अंकको पेज ५४ मा छपिएको मोडल स्म्रीती खड्का संवन्धी लेख
एक समय यस्तो थियो, रङ्ग पत्रकारिता भनेको अरुलाई नङ्ग्याउने पत्रकारिता हो । यसको प्रभाव कस्तो रहृयो भने सिनेमामा सधैँ भरि असल परिवारबाट असल कलाकार बन्ने व्यक्ति देखिन छाडे । अहिले अशोक शर्मा, क्वेष्ट इन्टरटेन्मेन्ट, नवीन सुब्बाजस्ता 'जेनयून्' चलचित्रकर्मीहरु चाहेजस्तो कलाकारको अभावका कारण छटपटिइरहेका छन् । नकारात्मक टिप्पणीले मात्र उद्योग सुध्रिने थियो भने शायद नेपाली चलचित्र उद्योगबाट दर्जनौँ चलचित्रहरु कान चलचित्र महोत्सवमा सहभागी भइरहेका हुने थिए । आलोचनाले मात्र उद्योग बनिने भए आज चलचित्र उद्योगको यो दशा हुने थिएन ।

नकारात्मक लेख वा टिप्पणी वा समाचारले पहिलो आक्रमणको शिकार व्यवसायीहरु हुनु पर्दछ । कसैको चरित्र हत्या हुँदा उसलाई पारिवारिक र सामाजिक समस्यामा फँस्न पुग्छ । श्रीषा कार्की काण्ड यसको जीवित प्रमाण हो । जुनसुकै व्यवसायको चरित्र हत्या हुँदा त्यस व्यवसायप्रति मानिसको दृष्टिकोण परिवर्तन हुनसक्छ । र, योग्य व्यक्तिहरु यस क्षेत्रमा आउन गाह्रो हुन्छ । यसका कारण न त राम्रा र योग्य व्यक्ति अभिनेता बन्न आउँछ, न त राम्रो व्यक्ति मिस नेपालमा भाग लिन चाहन्छ न त राम्रो मोडल नै बन्न आउँछ । उद्योगका कतिपय कुराहरु साङ्लोझैँ बेरिएका हुन्छन् । ग्ल्यामर उद्योग नफस्टाइ र त्यसले सम्भावना नदेखाई क्षमतावान् व्यक्तिहरु आउँदैनन् र क्षमतावान् व्यक्तिहरु नआई उद्योग फस्टाउँदैन ।

तसर्थ ग्ल्यामरको बारेमा नेपाली मिडियाको स्पष्ट सोच हुन ज्यादै जरुरी छ । कि त सबै किसिमका विदेशी मिडिया, सूचना प्रवाहलाई बन्द गरेर हाम्रो आधुनिकता र ग्ल्यामरलाई पनि बन्द गर्नुपर्छ कि त समाजले विस्तारै अँगाल्दै गरेका आधुनिक मूल्य, मान्यतालाई मिडियाले पनि साथ दिनु पर्छ । नत्र भने कोठे रिपोर्टिङका भरमा कुनै एउटा व्यक्तिलाई मनमा लागेको कोरा सोचले वृहद् आकारमा ठाउँ पाउनु हुँदैन ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters