[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पृय तिमीले यो पत्र नपायेपनि!!!!!!!!!!!!!!!!!!!! (भाग-२)
[VIEWED 7125 TIMES]
SAVE! for ease of future access.
Posted on 01-18-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-१

 

तिम्रो आगमनले भनेको थियो माया बानी हो भनेर ।पटक पटक ए‍कै अनुहार देखेपछी त्यहि अनुहार पहिला दिमाग अनि मनमा बस्छ भनेर ।म अहिले सम्झन्छु , तिमी सारै कम बोल्थ्यौ तर धेरै बोल्ने म पनि कम बोल्ने तिम्रा अघि कम बोल्ने देखिन्थे‍ । मलाई तिम्रो बोलि सुनिरहु लाग्थ्यो ।त्यसैले जब जब तिमी बोल्थ्यौ म सुनिरहन्थे । जब जब तिमी  चुप हुन्थ्यौ म मौनता बिचमा तिम्रा शब्दहरु केलायीरहन्थे , निफनिरहन्थे बारम्बार‍ , अनि त तिम्रा शब्दहरु साचा लाग्थे ,आफ्ना लाग्थे । अनि म सारान्श निकाल्थे त्यति धेरै काटेका पलको माया साच्चै नै बानि हो ।

मलाई याद छ राहुल जब जन्म्यो म अस्पताल आऊन सकिन त्यो दिन । बिराटनगर आउनु परेको थियो । कार्यालयको काम ,आर्थिक बर्षको अन्त्य र शाखा अधिक्रितको जिम्मेबारि शायद यी नै पर्खाल बने ।जब म हतार गरेर फर्के तिमी मेरो लागि स्विटर बुनेर बसिरहेकी थियौ । मैले सधै जस्तै तिम्रा आखा छोपे अनि तिमी सधै जस्तै मुस्कायौ अनि त्यहि हात तानेर तिमीले दिएको स्विटरले मलाई अझै न्यानो दिइरहेछ । शायद त्यो तिम्रो स्पर्शको ताप थियो जीवन भर नसेलाउने मलाई बानी परेको न्यानो ।

एक्लो छोरो सात क्लासमा एक दिन घर फर्केन । शायद जनआन्दोलनको बेला थ्यो त्यो । तिमी रोएर बाटो बाटो दगुरेकी थियौ । राति जब राहुल आयो घरमा उस्को अघि त म थिए तर पनि दगुर्दै तिम्रो काखमा बुर्कुसि मारेको थियो त्यसले ।शायद उसलाई पनि म जस्तै तिमीबाट छुट्टिन नसक्ने रोग लागेको थियो । जहा उसले मुन्टो लुकाउदा आशु परिवर्तन भएर मात्र हिक हिक रहन्थ्यो अनी तिम्रा शब्द सुन्ना साथ हिक हिक परिवर्तन भएर हासो । पक्कै पनि जादु हुनुपर्छ तिम्रो काखमा अथवा भनौ राहुल र मलाई तिम्रो काखको बानि लागेको थियो ।

एयरपोर्टमा तिमी र राहुल सारै रोएका थियौ ।म भने मर्द भयेर रुन सकिन । आशु त झरेको हो तर ट्वाईलेटमा गएर पुछेको थिये । राहुल को बिदाइ पछि तिमीले मेरो रुमाल माग्यौ अनी अन्गालो मार्यौ । तिमी मेरा आशु चिन्थ्यौ खुशि चिन्थ्यौ ।

क्रमश:

 (भाग-२)

                          

 

 

मलाई त्यो दिन झल्झलि याद आउछ जुन दिन राहुलले बाहिरैकी केटीलाई हाम्री बुहारी बनाएको खबरले म झोक्राएको थिए । साच्चै जीवन सोचे जति सजिलो छैन । नसोचेका कुराहरु बारम्बार भईरहनु नै जीवन हो जस्तो लाग्यो मलाई त्यतिखेर । राती तिमीलाई याद होला हामी धेरैबेर मौन रह्यौ । मैले राहुलको रिस सबै टिभीको रिमोटमा पोखे ।अनि धेरै बेरपछि मात्र तिम्रो काखमाँ सुस्ताएँ । तिमी भन्दा म चाडैँ नै टुक्रिन्थेँ जब जीवनले ठक्कर दिन्थ्यो , अनी निपुण तिमी मेरा टुक्रा टुक्रालाई जतन गरी गरी जोड्थ्यौ एउटा दरो म बनाउने प्रयासमाँ ।

भाग्य कठोर निस्केकै हो । उसलाई मेरो बानी पचेन ।तिमीलाई निको नहुने बिमार लागेको पनि मेरो कानले सुन्नु पर्यो ।जब जब तिमी विवश आँखाले मलाई हेर्थ्यौ , म तिम्रो आँखाबाट तिमी आफु जानुको भन्दा म एक्लो रहनुको पीर छछल्किएको पाउँथे । राहुलले एक चोटि उतै लगेर उपचार गरौँ भन्दा पनि तिमी मानिनौ ।तिमीलाई अन्तिम पटक ओढेको सेतो घुम्टो उठाएर हेर्नुको पिडा पोख्ने काख मैले भेटिन किनकि मलाई बानि परेको काख त मात्र तिम्रो थियो ।राहुल त्यतिखेर यहि थियो । उस्ले मलाई जाउँ नभनेको पनि होईन तर मलाई बिदेशी बुहारिको देशभन्दा आफ्नि प्रियेको गाउँ प्यारो लाग्यो ,चसक्क बिझ्ने भए पनि तिम्रो याद आफ्नो लाग्यो अनि तिमी पछी अँध्यारो कोठाको एकान्त आफ्नो लाग्यो ।मैले त्यहि नै रोजे ।राहुलले पनि आफ्नो कर्तब्य निभाउने बाटो निकाल्यो ।मेरो खाना र स्याहारसुसार रेश्माले गर्ने भई । रेश्मा तिमी चिन्छौ ,हाम्रो अफिसको घनश्याम काकाकी छोरी ।

सचिवको प्रबल दावेदार हुँदाहुँदै पनि मैले तिन वर्ष अघिनै जागिर छोडे । खोई किन हो मलाई खाएका नमस्कारहरु खोक्रा लाग्थे , भिड देख्दा पनि ति सबै समय समात्न एक्लाएक्लै ,छुट्टाछुट्टै दगुरिरहेको भान हुन्थ्यो । अनि म मेरो त्यो दौडको औचित्य देख्दिनथेँ । तिम्रो साथ एउटा लत बनेर बसेछ जीवनमा मलाई गारो पर्दैथ्यो त्यो छुटाउन । स्वीटर थियो तर तिम्रो स्पर्श हराएको थियो ,मेरा आँशुहरु थिये तर तिम्रो अँगालो हराएको थियो , म थिएँ ,,,,,,,,,,,,,,,,,खोई म थिएँ पनि के भनौँ तिमी हराएकी थियौ ।

क्रमश:

 


 
Posted on 01-20-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"...तिमी भन्दा म चाडैँ नै टुक्रिन्थेँ जब जीवनले ठक्कर दिन्थ्यो , अनी निपुण तिमी मेरा टुक्रा टुक्रालाई जतन गरी गरी जोड्थ्यौ एउटा दरो म बनाउने प्रयासमाँ ।......."

".......स्वीटर थियो तर तिम्रो स्पर्श हराएको थियो ,मेरा आँशुहरु थिये तर तिम्रो अँगालो हराएको थियो , म थिएँ ,,,,,,,,,,,,,,,,,खोई म थिएँ पनि के भनौँ तिमी हराएकी थियौ ।....."

कति मीठा र प्यारा हुन तपाईका शब्द हरु।।।। कस्तो कस्तो भयो ....  पुरा भाग को आशामा कुरिरहेको छु।।। छिट्टै टाँस्नु होला।।


 
Posted on 01-20-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो  के के नानाभाँति  लेखेर रुवाउने काम गर्दोरहेछौ.  हुनत क्रमस: रहेछ  तर अन्तिम लाइन पढिसक्दा किबोर्डमाथिको मेरो हातमा आँशुको थोपा पो टप्कियो त।

 


 
Posted on 01-24-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "...तिमी भन्दा म चाडैँ नै टुक्रिन्थेँ जब जीवनले ठक्कर दिन्थ्यो , अनी निपुण तिमी मेरा टुक्रा टुक्रालाई जतन गरी गरी जोड्थ्यौ एउटा दरो म बनाउने प्रयासमाँ ।......."

".......स्वीटर थियो तर तिम्रो स्पर्श हराएको थियो ,मेरा आँशुहरु थिये तर तिम्रो अँगालो हराएको थियो , म थिएँ ,,,,,,,,,,,,,,,,,खोई म थिएँ पनि के भनौँ तिमी हराएकी थियौ ।....."

Wow! 

 


 
Posted on 01-24-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


12:45 am we two have been reding all ur postings. we can wait till 12:45 the next day without sleeping to read ur posting under the same topic.

good work, keep it on.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters