[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 :( शिर्षक बिनाको कविता :(
[VIEWED 15138 TIMES]
SAVE! for ease of future access.
Posted on 06-08-09 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उच्च शिक्षा लिन भनी टाढा टाढा गएपनि
भविश्यमा केही बन्न परदेशी भए पनि
पौरख गर्ने तागत हुँदै घर फर्कि आउनु भन्थ्यौ
चर्किएका दलिन टाल्नु, चुहुने छानु छाउनु भन्थ्यौ

लाग्छ अब तिम्रो इच्छा पुरा गर्न सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म

हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु
विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु
दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे

आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म

  

Last edited: 08-Jun-09 07:50 AM

 
Posted on 06-08-09 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चसक्क दुख्यो छाती चेली। देब्रे पट्टी साह्रो भयो। यथार्थ अती नै हृदयबिदारक छ। सुन्दर शब्दहरुमा पीडा बोल्यौ चेली।
 
Posted on 06-08-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यथार्थ कुरा! लेख राम्रो लाग्यो तर मनलाई नरमाइलो लाग्यो

  


 
Posted on 06-08-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनै चुस्स छोयो कता कता दुख्यो कता कता, एक दम राम्रो कबिता
 
Posted on 06-08-09 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तो सम्झियो भने खुरुक्क झिटि गुन्टा बोकेर फर्कन मन लाग्छ! बेला बेलामा यस्तो सोचाईले झक्झकाउँछ अनि व्यस्ततामा बिर्सिँदै समय बित्छ, पछि ढिलो हुन्छ! थाहा छ यस्तै हुन्छ तर पनि हामि बगिरहेछौँ निरन्तर! हामिले छोडेको घर जतिबेला छाड्यौँ मन-मस्तिष्कमा त्यहि नै तस्वीर छ, तर परीवर्तन अनवरत् छ, पछि झसङ्ग हुनलाई!
राम्रो!

 
सान्नानी
Posted on 06-08-09 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गज्जब कबिता लेखेछौ चेली

<<हामिले छोडेको घर जतिबेला छाड्यौँ मन-मस्तिष्कमा त्यहि नै तस्वीर छ, तर परीवर्तन अनवरत् छ, पछि झसङ्ग हुनलाई!>>
घच्चीको कुरा गरे जिम्माल बा ले म पनि उही पुरानै काठमान्डु सम्झिन्छु र झसँग हुन्छु अहिलेको काठमान्डु देखेर

 
Posted on 06-09-09 7:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद ठुल्दाइ, पुरे, बैरे, माल्दाइ अनि सन्नानी दिदीलाई पनि, यहाँहरुका यस्तै प्रोत्शाहनहरुले मलाई लेख्ने प्रेरणा दिन्छन ! धेरै धेरै धन्यवाद !!!    

 
Posted on 06-09-09 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिदी-बहिनी डराएर कता कुना पस्या छन् रे
छिमेकीका चौकीदार पो आँगनमा बस्या छन् रे

एकदम राम्रो लेखाइ चेली !

कबिताको माध्यम बाट ब्यथा पोख्ने कला प्रशंसनीय छ !



 
Posted on 06-09-09 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have seen this poem posted in Facebook as well. It that person you, Cheli?

 
Posted on 06-09-09 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली ज्यु,


मनलाई नछुने त कुरै भएन, किनभने हामी आफ्नो मातृभूमीलाई छाडेर परदेशमा बाचिरहेका छौ।


<<<हाम्रो घर बेच्नु पर्छ भन्दै छन् रे दाइहरु
विदेशिनै लाग्या छन् रे त्यहाँ भाका भाइहरु>>>


मात्रा उच्च शिक्षा लिनलाइ बिदेशिएकाहरुलाई होइन, म जस्तै जिबिकोपार्जन गर्न बिदेसिएकाहरुलाई पनि झस्काएको छ यो कबिताले। आखिर  त्यै नराम्रो, अगतिलो, चुहिएको आफ्नो र आफन्तलाई नै सम्झाएको छ। त्यसैले त कबिता राम्रो छ।


कालेदाई  (मबिलदाई) 


 
Posted on 06-09-09 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Error occured here because of server configuration. Any inconvenience is regretted - admin
 
Posted on 06-09-09 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो कबिता चेली
बिर्सिन खोजेको वास्तविकताले फेरी झक्झकायो

 
Posted on 06-18-09 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै घरमा उसको खटन सहन नै सक्दिन म 
आमा अहिले आफ्नो घर फर्कि आउन सक्दिन म 

Ani kahile jane ta ghar?Jab gaharo huncha, sanghuro huncha tyahi bela ta pariyar, samaj, desh le hamro mukh herchan, sahyog khojchan..yeti bela na gaye kahile jane..jaba sabai thik huncha?
Tara thik kasle garne?Sabai thik kahile huncha?
:(


 
Posted on 06-18-09 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice 1, i really liked it cheli.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters