[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 २ लाख नहुँदा मृत्युको मुखमा
[VIEWED 9576 TIMES]
SAVE! for ease of future access.
Posted on 03-18-12 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वत, चैत्र ५ - पाङ गाविस-७ की महेश्वरी विक हरक्षण रुने गर्छिन् । जन्मँदै टाउकोमा पानी जमेका ९ वर्षे नाति समुद्र परियारको उपचार खर्चले ऋण धान्नै नसकेपछि घरबारी सबै वैशाखदेखि लिलाम हुँदैछ । उनको मुटु क्षण-क्षणमा त्यसकारण छिया-छिया हुन्छ कि, दुई लाख रुपैयाँको अभावमा नाति समुद्रको उपचार हुन सकेको छैन । डाक्टरहरूले 'अपरेसन नगरे १० वर्षभन्दा बढी बाँच्दैन' भनी घोषणा गरेको नातिको 'बाँच्ने म्याद' अब एक वर्ष मात्र बाँकी छ ।  

२०६१ सालमा काठमाडौंको शिक्षण अस्पतालका चिकित्सकले टाउकोको पानी पिसाब नलीमा जाने गरी पाइप राखिदिएका थिए । 'अपरेसन गरेमा ३५/३७ वर्षसम्म बाँच्ने डाक्टरले भनेका थिए,' महेश्वरीले भनिन्, 'तर २ लाख रुपैयाँ जुटाउनसमेत सकिएन, सहयोगी पनि कोही भटिएनन् ।'

उनले छोरालाई विदेश पठाउन ठिक्क पारेको ऋण काढेको सबै पैसा पनि नातिको उपचारमा खर्चिइन् । 'सय कडा ३' ले लिएको १ लाख ४५ हजार रुपैयाँ उपचार गर्दागर्दै सकियो, तर पनि नाति स्वस्थ बनेन । बरु साँवामा ब्याज थपिँदै गएर ऋण चार लाख रुपैयाँ पुग्यो ।

नातिको उपचार खर्चको त्यही ऋण तिर्न नसक्दा पुर्खौंदेखि बस्दै आएको घरबारी वैशाखबाट लिलाम हुन लागेको हो । महेश्वरीको १८ जनाको परिवारमा घरबारी लिलामसँगै कहाँ गएर बस्ने भन्ने पीर पनि उस्तै छ । 'नाति ठीक होला र केही गर्ला भन्दै घरबारीको माया नगरी ऋण लिएर उपचार गर्न काठमाडौंसम्म पुर्‍याएँ,' महेश्वरीले -आँखा आँसुले भरिएको थियो भने गला अवरुद्ध) भनिन्, 'पानी पर्दा ओत लाग्ने घर थियो, त्यो पनि लिलाममा पर्‍यो ।' उनले गाउँकै विभिन्न व्यक्तिहरूसँग ऋण लिएकी थिइन् । ऋणको ब्याज तिर्नकै लागि घरमा छाएको ढुंगासमेत बिक्री गरिसकिएको छ ।

समुद्र महेश्वरीकी जेठी छोरी सरस्वतीतर्फका नाति हुन् । जन्मँदै शरीरभन्दा टाउको ठूलो भएका समुद्रको पटक-पटक प्रयास गर्दा पनि बागलुङ र पोखरामा उपचार सम्भव नभएपछि २०६१ माघ १० गते काठमाडौंको कान्ति अस्पताल पुर्‍याइएको थियो ।

कान्ति अस्पतालले त्यही दिन शिक्षण अस्पतालमा अप्रेसन गर्नुपर्ने भन्दै रिफर गरेको थियो । भोलिपल्ट सिटिस्क्यान गरेका शिक्षणका चिकित्सकहरूले पछि उनको टाउकामा जमेको पानी पिसाबमा जाने गरी शरीरभित्र पाइप राखिदिएका थिए । त्यतिबेला नै चिकित्सकहरूले अप्रेसन गरेमा ३५/३७ वर्षको उमेरसम्म बचाउन सकिने 'नत्र १० वर्षको उमेरभन्दा बढी नबाँच्ने' भन्दै दुई लाख खर्च जुटाउन सुझाएका थिए ।

अप्रेसन खर्च जुटाउन भनेर घरबाट निस्किएका बालक समुद्रका बाबु गगन अर्कैसँग बिहे गरेर घर नफर्केपछि उनी आमा सरस्वतीसँगै मामलीमा बस्दै आएका हुन् । 'छोराको उपचार खर्च खोज्न जान्छु भनेर श्रीमान्ले अर्कै केटीसँग बिहे गरेर र्फकनु भएन,' सरस्वतीले भनिन्, 'त्यही भएर ९ वर्षदेखि माइतीमै बस्दै आएकी छु ।' आफू बेसहारा हुने डरले म्याग्दीका शंकर विकसँग बिहे गरेर बिरामी छोराको हेरचाह गर्दै आएको पनि उनले बताइन् । शंकरले डकर्मीको काम गरेर बिहान-बेलुकाको छाक जुटाउने गर्छन् ।

घरको एक जना सदस्य भने समुद्रको रेखदेखमा बस्नुपर्छ । उनी चिसोयाममा हिँडडुल गर्न सक्ने भए पनि गर्मीमा सक्दैनन् । घाम लाग्नासाथ फनफनी घुमेर बेहोस हुन्छन् । 'एकछिन ख्याल गरेन भने घरि दिसा ल्याएर खान्छ, घरि अँगेनामा बलिरहेको आगोमा बस्छ,' हजुरआमा महेश्वरीले भनिन्, 'कसैले सहयोग गरिदिए उपचार हुने थियो । नभए १० वर्ष पुगेपछि मृत्यु हुने डाक्टरले बताएका छन् । नातिको मायाले दिनहुँ रुँदै बस्छु ।'

'उपचार गर्न घरबारी बेच्यौं भने पनि ऋणको ब्याज तिर्न नसक्दा लिलाम भएकाले नातिको मृत्यु पर्खनुको विकल्प भएन,' उनले दुःखेसो पोखिन् । नातिले उपचार पाएमा घर लिलामी भए पनि अर्काको घरमा गई कामदार बनेर जीविका चलाउने आमा सरस्वतीले बताइन् ।





 
Posted on 03-18-12 8:32 PM     [Snapshot: 314]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@dot net programmer.. kasari paiso uthaune soch banaunu bho ta?
 
Posted on 03-18-12 8:42 PM     [Snapshot: 328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo thread lai facebook ma post garau ani share garau. nepalko sarkar lai sagarmatha chadne jane harulai chutyayako 2 crore bata 2-3 lakh yo sanu babu lai bachauna sahayog gar bhannu paryo. la sathiharu yeso agadi badau ta. aja hajurharuko facebook lai ramro kaam ko lagi upayog garau ta> plzzzzzzzzzzz
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Why Oli must go for the UML to survive?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters