highvoltage
Replies to this thread:
More by highvoltage
What people are reading
Subscribers
Please log in to subscribe to highvoltage's postings.
:: Subscribe
|
लुट लुट देशलाई लुट सबै मिलेर बलत्कार गर
|
[VIEWED 8508
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
highvoltage
Please log in to subscribe to highvoltage's postings.
Posted on 08-01-08 1:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कभरस्टोरी
गृहले बाँड्यो ११ करोड
खगेन्द्र पन्त/नयाँ पत्रिका काठमाडौं, १६ साउन
2008-08-01,Friday
| गृहको अनुदान लिनेमा
राजाका मामादेखि शान्तिमन्त्री रामचन्द्र पौडेलकी पत्नीसम्म |
गृह मन्त्रालयले वरिष्ठ मन्त्रीकी श्रीमतीदेखि सामाजिक सेवा तथा अनुदानका
नाममा एक वर्षमा करिब ११ करोड रुपैयाँ बाँडेको छ । अनुदान लिनेमा शान्तिमन्त्री (अहिले
कार्यवाहक प्रधानमन्त्री) रामचन्द्र पौडेलकी श्रीमतीदेखि पूर्वराजा ज्ञानेन्द्रका
मामा सुशीलशमशेर राणाको कम्पनीसम्म छन् ।
मन्त्रिपरिषद्बाट निर्णय नै गराएर गृहले पैसा बाँडेको छ । कांग्रेस उपसभापति तथा
शान्तिमन्त्री पौडेलकी पत्नी सविता पौडेल र पूर्वसांसद लोकराज जोशीकी श्रीमती शान्ति
जोशीलाई गृहले दुई/दुई लाख दिएको छ । कति गरिब नेपाली वीर अस्पतालमा समेत औषधोपचार
नपाएर छटपटाइरहेका छन्, तर मन्त्री पौडेलकी पत्नी सवितालाई भारतको अल इन्डिया अस्पतालमा
आँखाको उपचार गर्न भनेर सरकारले दुई लाख रकम दिएको छ । अझ जोशीलाई त रकम किन दिइएको
हो भन्नेसमेत खुलाइएको छैन ।
विराटनगरस्थित गणपति कटन मिल्सका मजदुरहरूको तलबभत्ता भनेर गृह मन्त्रालयले ३१ लाख
रुपैयाँ दिएको छ । यो उद्योग पूर्वराजा ज्ञानेन्द्रका मामा सुशीलशमशेर राणा र कोलकाता
बाजुरिया समूहले संयुक्त रूपमा चलाएका थिए । राणा निर्देशक रहेको सो उद्योग घाटामा
गएकोले बन्द भएको सात वर्षभन्दा बढी भइसक्यो । तर, कम्पनीका तर्फबाट मन्त्रिपरिषद्ले
गत ५ जेठमा निर्णय नै गरेर कर्मचारीलाई तबल भत्ता दिएको छ । गृह मन्त्रालय स्रोतका
अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत यो रकम निकासा भइसकेको छ ।
वर्तमान सरकारका विज्ञान तथा प्रविधिमन्त्री फरमुल्लाह मन्सुरको 'सञ्जीवनी बाटिका'
नामक संस्थालाई पनि गृहले पाँच लाख अनुदान दिएको छ । स्रोतका अनुसार मन्त्री मन्सुरकै
विशेष पहलमा मन्त्रिपरिषद्बाट निर्णय गराएर यो रकम दिइएको हो । विभागीय मन्त्री कृष्णप्रसाद
सिटौलाको गृहजिल्ला झापाका व्यक्तिदेखि गैरसरकारी संस्थासम्मलाई १० हजारदेखि पाँच
लाखसम्म रकम बाँडिएको पनि गृह मन्त्रालयको तथ्यांकमा छ ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला मोरङको प्रेस युनियन शाखालाई पाँच
लाख दिइएको छ । कांग्रेस नेत्री तथा प्रधानमन्त्रीकी भाउजू नोनाको स्मृतिमा पुरस्कार
स्थापना गर्ने भनेर सो रकम दिइएको हो ।
त्यस्तै, बहालवाला माओवादी सभासद् सत्या पहाडी र सद्भावना पार्टीका सभासद् महेशप्रसाद
यादवले पनि गृह मन्त्रालयबाट दुई/दुई लाख लगेका छन् । पहाडीलाई पत्थरीको उपचारका
लागि भनिएको छ भने यादवलाई दिइएको रकमको कारण खुलाइएको छैन ।
कांग्रेस नेत्री शैलजा आचार्यको उपचारका लागि गृहले करिब ११ लाख दिएको छ । गृह मन्त्रालयको
लेखा शाखाका अनुसार शैलजाको उपचार खर्चमध्ये ६ लाख ५१ हजार अस्पतालमा तिरिएको छ भने
चार लाख नगद दिइएको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्षमा जम्मा ३३ करोड ३९ लाख ४२ हजार खर्च गरेको छ । जसमध्ये
सामाजिक सेवा अनुदान शीर्षकमा मात्रै ११ करोड ४२ लाख ५४ हजार दुई सय ४६ रुपैयाँ खर्च
गरेको छ । गृह मन्त्रालयका अनुसार सामाजिक सेवा अनुदान शीर्षकबाटै मधेस आन्दोलनमा
मारिएका ३५ जनाका परिवारलाई १०/१० लाखका दरले क्षतिपूर्ति दिइएको छ । त्यस्तै, संविधानसभा
चुनावमा मारिएका तीन उम्मेदवार तथा चुनावका क्रममा मारिएका प्रहरीका परिवारलाई पनि
यही शीर्षकबाट १० लाखका दरले राहत दिइएको छ ।
त्यस्तै, औषधि-उपचार शीर्षकमा छुट्टै ६३ लाख ५६ हजार पाँच सय ४३ रुपैयाँ खर्च गरिएको
छ । यो रकम तराई आन्दोलन र संविधानसभा चुनावका क्रममा घाइते भएकाहरूको उपचारमा खर्च
गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, कर्मचारीहरूको कार्यक्रम भ्रमणमा ३३ लाख
५३ हजार तीन सय ९६ रुपैयाँ खर्च गरिएको छ ।
|
| |
|
|
|
|
amitraja
Please log in to subscribe to amitraja's postings.
Posted on 08-01-08 2:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
This one is even more interesting
What do you think why maoist kill 14000 people? Why Congress and so called democrates wasted so much time, effort and money in Janandolan, Srikes, vandalizing our property, hampering business, killing innocent people and claiming them martyrs. Do u think they did that for us, so that we Nepali will leave a better life, to eradicate poverty from Nepal, to give employments, all garbage all bullshit. Forget it. they just need to eliminate monarchy from Nepal so that there is one less power to claim the share in sarkari dhukuti.
Thats the end of the story. Period.
|
| |
|
|
nepal_republic
Please log in to subscribe to nepal_republic's postings.
Posted on 08-01-08 2:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
| माओवादी मन्त्रीलाई पचार हजारको सुट
|
:: नेपाल समाचार
|
| -
अमेरिकादर्पण सम्वाददाता |
काठमाडौं, ३१ जुलाइ, साउन १६/ठूला-ठूला क्रान्तिकारी कुरा गर्ने, आफू
मात्रै सच्चा कम्युनिष्ट हुँ भन्ने एक जना माओवादी मन्त्रीले आधा लाख
(करीब ५० हजार)को सुट किनेर आफ्नो क्रान्तिकारी र सर्वहारा वर्गको नेताको
चरित्र प्रदर्शन गरेका छन् ।
केही समयअघि सामान्य विरामी भएपछि नेपालका सांसद खरिद गरी लुकाउन प्रयोग
गरिएको बैंककमा उपचार गर्न मन्त्री यादव गएका थिए । उनले त्यहाँको
अस्पतालमा एक हप्ता बसेर उपचार गराए । त्यस पछि यादवले थाइल्याण्डको
१११/१-३, कोजी हाउसमा रहेको अति महंगो ओभरसीज टेलरमा २० हजार थाइ भाट
(लगभग ५० हजार नेपाली रुपैयाँ) को काले धर्के सुट किनेका थिए ।
सो टेलर विश्वका धनाढ्यहरुलाई बहुमल्य सुन र अन्य बुहमुल्य बस्तु निर्यात
गर्ने पसल हो । यादवले महंगो सुट किनेको पसको माथिल्लो तलामा सुविधा
सम्पन्न होटल समेत रहेको छ । उक्त टेलरबाट नेपालका राजाहरुले आफूले लगाउने
कपडा मगाउने गरेका थिए । सो होटेलको फोन नं. ००६६२२८२६५०१ रहेको छ ।
यादवले सुट किनेपछि त्यहाँको पर्यटकीय सहर tamme Road, Taladyod मा केही
दिन घुमेर बिताए । उक्त सहर बैंकको पर्यटकको लागि प्रसिद्ध र महंगो सहर हो
। सो सहरमा यादवले आफ्ना घरायसी सामान समेत खरिद गरेका थिए । काठमाडौंमा
रहँदा कुर्था र सुरुवालमा देखिने यी मन्त्री अन्य मन्त्रीलाई समेत
भ्रष्टाचारी भनेर आरोप लगाउँथे । माओवादीले ५० हजारको सुट किन्ने हैसियत
बनाएका यी मन्त्रीको आर्थिक हैसियत कसरी यतिमाथि पुग्यो खोज्छ कि खोज्दैन
त्यो भने हेर्न बाँकी छ । |
|
प्रकाशित मिति:
2008-07-31- 04:07
|
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 365 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| TPS To F-1 COS |
| Nepal TPS has been Extended !!! |
| Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years) |
| US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ? |
| Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS |
| Supreme Court allows Trump to end TPS for Venezuelans |
| Nepal TPS decision |
| TPS to F1 Status. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is. |
| 2020 : Why No Trump ! |
| Business Ideas in Nepal? |
| A legit Non-Profit organization "United For TPS Nepal " |
| Leave messages on US congressman's facebook to support TPS |
| TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|