[Show all top banners]

Brain Malfunction
Replies to this thread:

More by Brain Malfunction
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 वाईसीएल र युथफोर्सबीच झडप
[VIEWED 3194 TIMES]
SAVE! for ease of future access.
Posted on 08-30-08 11:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाईसीएल र युथफोर्सबीच झडप

कान्तिपुर संवाददाता

धनकुटा, भदौ १४ - कोसी राजमार्गको मूलघाट खण्डमा ढुवानी साधनमाथि वाईसीएलले उठाएको करको युथफोर्सले विरोध गरेको निहु“मा दर्ुर्ुइ पक्षबीच शनिबार भिडन्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउ“दा आठ जना घाइते भएका छन् । घाइते अधिकांश बाटामा हि“ड्दै गरेका र्सवसाधारण छन् ।

युथफोर्सको दबाबमा स्थानीय प्रशासनले वाईसीएलका धर्मेन्द्र महतलाई बिहीबार कर उठाउ“दै गर्दा पक्राउ गरेको थियो । उनलाई प्रशासनले छाडे पनि पक्राउ गराएको प्रतिशोधमा वाईसीएलले युथफोर्सका कार्यकर्तामाथि आक्रमण गर्दा भिडन्त भएको हो । घटनापछि सदरमुकाम तनावपर्ूण्ा छ ।

दर्ुर्ुइ पक्षबीच मदनचोकदेखि त्रिवेणी मावि क्षेत्रमा ढुंगा हानाहान भएको थियो । त्यहा“ परिचालित प्रहरीमाथि आक्रमण सुरु भएपछि दर्जनौं राउन्ड हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरी निरीक्षक मोहिनी भण्डारीले बताए । उनले अधिकांश घाइते गोलीले नभई भिडन्त गर्ने पक्षले विस्फोट गराएको पेट्रोल बमले भएको दाबी गरे ।

घटनामा नेपाली सेनाका सुदी साह, हरि आचार्य, माओवादी विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका अमर नरफोक, डम्बर गिरी, लोकसेवा आयोगको परीक्षा दिन भोजपुरबाट आएका काजीराम र्राई, धनकुटा-७ का हर्कबहादुर गुरुङ, लोकबहादुर न्यौपाने, धनकुटा क्याम्पसका छात्र गोकुल दाहाल घाइते भएका छन् ।

माओवादी जिल्ला कार्यालय सचिव वासु बरालले कर असुल्दैनौं भन्दा पनि अनावश्यक आरोप लगाई युथफोर्सले आक्रमण गरेको आरोप लगाए । अर्कातिर युथफोर्स धनकुटा इन्चार्ज सुजनभाइ जोशीले भने- 'राजमार्गमा कर असुल्ने कसैलाई छुट छैन, कुनै समूहलाई प्रशासनले छाडिदिन्छ भने युथफोर्सले प्रतिकार गर्नेछ ।' झडपमा युथफोर्सतर्फजोशी, प्रवीण पोखरेल र खगेन्द्र श्रीपाली घाइते भएका छन् । गोली लागेकामध्ये पा“च जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । बा“कीको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।


 
Posted on 08-31-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This is nothing a new news. It already happened in Kathamandu and other parts of the country.

This is the best way to control the non-sense activities of YCL, otherwise they would keep on taking law in their hands. Not only Youth Force but also Tarun Dal and other youth groups should join hands together to deter such activities.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters