[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

logan

ramromanchey

mno
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 यही बेला बिर्गनु पर्थ्यो र ?
[VIEWED 7489 TIMES]
SAVE! for ease of future access.
Posted on 09-19-16 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

२००९ मा नेपाल गएको बेला पशुपति गएको थिए | ठाडो टिका र चन्दन लेपेर बढो धार्मिक देखिने भट्ट भित्र बाट चन्दन दिनलाइ एता उता कसैलाई खोज्दै थियो | मैले पनि सरसर्ती आखा दौडाए कसैले पनि हात पसारेको नदेखे पछि मैले हात पसार्न पुगे | तेती भिड भाड नभएको कारण मैले उसलाई राम्ररि देख्न सक्थे अनि मेरो हात फैलाई संगै उसको अनुहार कालो मैलो हुन् पुग्यो मानौ मैले हात् फैलाएर ठुलो गल्ति गरे | अनि उसले त्यो प्रसाद कसैलाई दिएन अर्को भक्तले गैडा हालेर फूलपाती ठड्याए पछि उत्ती तिर व्यस्त भयो | कुडिएको मनले मन मनै हैन सुन्ने गरेर गालि गर्दै सिडी बाट तल झरे | मनमा डर लाग्यो कहिँ पुलिस बोलाएर लफडा लगाउने त हैन तेसैले लामा लामा खुट्टा गर्दै म उ बाट ओझल हुन् पुगे | पशुपतिको मुल ढोका बाहिर पुग्दा पनि कहिँ कुनै पुलिस त पछि लागेको छैन भनि घरि घरि पछि फर्केर हेरेको थिए |पशुपति जानु भनेको भट्टको दर्शन गर्न गएको हैन एउटा आस्था बोकेर गएको थिए मन खिन्न भएको थियो | तेस पछि २ पल्ट नेपाल पुगे पनि मैले पशुपतिमा पाइला पनि टेकिन बरु स्वयम्भु भने २ पल्ट पुगे | पुजा थालि लिएर मन्दिर जादैमा धार्मिक र अनि नजादा नास्तिक हुईदैन | नास्तिक नै भए पनि देखावटी धार्मिक मानिस भन्दा नास्तिक नै बेस हुन्छ होला | किन बेस हुन्छ होला भने नास्तिकहरु धार्मिकता देखाउने मानिस भन्दा ब्यबहारिक र नैतिकबान हुन्छन अनि शोच बिचार एकोहोरिएको हुँदैन | मेरो व्यक्ति गर बिचार मात्रै हो नै आफुलाई नैतिकवान छु भनेर ढ्वांग पिट्न खोजेको पनि हैन |
सोह्र स्राद्द सुरु भएछ | यिनै संक्रितका विद्वान जसले मातृ देबो भाव पितृ देबो भाव अथिति देबो भव जस्ता कुरा लेखे अर्का आएर ब्राम्हणलाइ दान दक्षिणा दिएर स्वर्गको ढोका खोलि दिने , पाप हरु मेटाई दिने कुरीति भित्र्याएर धर्मको सार त्वत्वनै र मानिसका दिमागनै टेढ्याइ दिए | बैबाहिक जीबनमा प्रवेश गरे पछि २-४ ओटा कुरा गराइमा नियमितता आएको छ त्यो के हो भने पित्रिदेबो भव र मात्रिदेबो भव को बिसयमा | आज बिहानै गृहलक्ष्मीले कालो दाल , चामल भिजाइ , काउली र साग तयार पारि काममा गईन मेरो काम सुद्द सात्वकी भोजन पकाएर खानु र राखी दिनु मात्रै हो | सात्वकी भोजनले केहि गर्छ गर्दैन तर बर्समा यो पनि एक दिन हो जसले पितृहरुलाई सम्झना गराउछ | मैले एसो गरेर धार्मिक हुन् खोजेको होईन र कुनै कुनै कुरा हरु वा चलन हरुको पछाडी केहि कारण हरु भएको देख्छु |

राइसकुकर लाइ जोडे , दाललाई प्रेसर कुकरमा बसाले अनि अर्को चुल्होमा काउली पकाउन सुरु गरे |आज लहसुन , प्याज र गोलभेडा बर्जित भए पनि जिम्मु झानेर पिडालु हालेर कालो दाल बसाएको हु | पिडालु किन्दा मैले सानो सानो अनि अरुले ठुलो ठुलो किनेको देखेको हु | किन ठुलो किनेको भन्ने कुरा आझै थाहा पाए | पहिले पखालेर ताछ्न खोजेको मेरो बाह्र बज्यो | भात र काउली पाकी सक्यो प्रेसरकुकरको सिठ्ठी लागेको हैन | एसो खोले हेर्छु जिउदै छन् मासका गेडी हरु | श्रीमतीलाई टेक्स्ट गरेर भने यो प्रेसरकुकुर तिमि आउदा सगै लिएर आएको हो जस्तो छ यसले काम गर्न छोड्यो नया किन्नु पर्छ | Amazon मा हेरौ ? अहिलेको साइज नै खोज भनेर टेक्स्ट गरिन | दाल लाई पानी थपेर लामो समय पकाउनु बाहेक अरु कुनै उपाय देखिन  |
अर्को ५-७ मिनेट बित्न पाएको छैन फोनको घन्टी घंकंछ अनि हेलो भन्नु अघि प्रेसर सेसर केहि खोज्नु पर्दैन बाट कुरा कानी सुरु हुन्छ | तिमी नै गरन त म  गर्दिन भने पछि त्यो पनि गर्नु परेको छैन | न्यु योर्क मा प्रेसरकुकर बम हरु पड्काएको कुरा बिर्स्यौ ? म झल्यास भए ! धन्न हो कम्पुटर तिमि नजिकै थिएनौ अनि म त्यहि कालो दालमै ब्यस्त थिए नत्र बोस्टन सहरमा बम पड्काए पछि कोही  अनलाइन प्रेसरकुकर खोज्नेको घरमा हतियार सहितका बम स्क्वाड आएको समाचार फेरी दोहोरिन पाएन |

यो मुला प्रेसर कुकरलाई पनि यही बेला बिग्रनु पर्थ्यो र ? 


Last edited: 19-Sep-16 04:00 PM
Last edited: 19-Sep-16 04:04 PM

 
Posted on 09-19-16 3:12 PM     [Snapshot: 53]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Ati uttam. Sarhai ramailo lagyo padhera, aru jawos.
Jersey city ko Patel bajaar ma sasto ma paula bhanera kaso New Jersey ko cooker bhanera type garenan MaGorkhele.
 
Posted on 09-19-16 8:51 PM     [Snapshot: 312]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल मजा आयो पढेर . धन्यबाद राम्रो लेख्नुभएको मा.
 
Posted on 09-21-16 1:20 PM     [Snapshot: 638]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिध्याबारिधि लिन गएकी मेरा मित्रका श्रीमतीले आउदा एउटा स्यानो चिटिक्कको प्रेसरकुकर बोकेर ल्याउन भ्याईछिन | चिनजानका कोहि तत्काल नेपाल बाट आउँन लाग्नु भएको भए प्रेसर कुकुर चै नल्याउने सल्लाह दिनु होला, बिनासित्ती दुख पाउलान !
Last edited: 21-Sep-16 04:22 PM

 
Posted on 11-08-16 10:09 AM     [Snapshot: 1133]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालो दाल खान नपाएर मुख ह्र्याउ ह्र्याउ भएर मार्यो | भन्छन नि जहाँ जे को कमी हुन्छ तेस्को अभाब 24 / 7 खच्किन्छ | जन्मे देखी देखेको हो प्रेसर कूकर मा पकाएको तेस्मा पकाईेएन भने मासु मासुनै होईन जस्तो लाग्दो रहेछ | प्रेसर कूकर नभएको कारण खसी मासु पनि खान पाइेको छैन | 
Last edited: 19-Nov-16 09:54 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters