[Show all top banners]

Shantipriya
Replies to this thread:

More by Shantipriya
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लखेटिए सीकेलाल, रिकिलाले मागिन् माफी
[VIEWED 8835 TIMES]
SAVE! for ease of future access.
Posted on 09-07-13 6:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं। बोकाको जनेन्द्रिय प्रदर्शन गरेर बाख्रीको मासु बिक्री गर्ने सिलसिला धेरै दिन चल्न सक्दो रहेनछ भन्ने कुरा सीकेलालको हकमा प्रमाणित भएको छ।
घटना केही समयअघिको हो। आइडिया इन्टरनेसनल नामक इसाई संस्थाको आर्थिक सहयोगमा संसद् सचिवालयले धुलिखेल रिसोर्टमा दुईदिने कार्यशाला गोष्ठी आयोजना गरेको थियो। स्रोतव्यक्तिका रूपमा लगिएका थिए, मधेसवादी बुद्धिजीवी सीकेलाल। ‘आगामी संविधानसभा र सामाजिक सवाल′ नामको आफ्नो कार्यपत्रको मुखपृष्ठमै सीकेलालले जुत्ताको तुना फुस्कँदै गरेको तत्कालीन राजा महेन्द्रको तस्बिर राखेका थिए। महेन्द्रमाथि व्यंग्य गरिएको तस्बिर मुखपृष्ठमा राखिएका कारण कार्यपत्र लोकतन्त्रको पक्षमा होला, देशको पक्षमा होला भन्ने अनुमानसाथ सहभागीहरूले पाना पल्टाएर पढ्न थाले। सीकेलालले पनि कार्यपत्र प्रस्तुत गर्न थाले। तर सहभागीहरूले क ार्यपत्रभित्रको विकृत स्वरूप तुरुन्त थाहा पाइहाले।
‘अखण्ड नेपाल चाहना राख्ने र जातीय संघीयता मन नपराउने जति सबै महेन्द्रवादी हुन्, उनीहरूको जुत्ता खुस्किसकेको छ’ भन्ने व्यहोरा जब कार्यपत्रमा देखियो, तब सहभागीहरूले उत्सुकताका साथ प्रश्न गर्न थाले। भारतीयहरूलाई नेपाली नागरिकता दिन हुन्न भन्नु महेन्द्रवाद हो? जातीय रूपमा विभेद हुनेगरी नयाँ संविधान बनाइन हुन्न भन्नु महेन्द्रवाद हो? भन्दै प्रश्न गर्ने सहभागीहरूमध्ये धेरैजसो पत्रकारसमेत थिए। प्रश्नको उत्तर दिन नसकेपछि उनी गालीगलौजमा उत्रिए। सहभागीहरूले पनि गालीगलौजको प्रतिकार त्यही ढंगले गरेपछि रक्सीले मातेको मान्छेझैं गरी सीकेलाल प्रस्तुत भए। त्यसपछि एक्लै बर्बराउन थाले।
यसैबीच, एक पत्रकारले प्रश्न सोधे– तपाईंले अहिले हाम्रो हातमा दिएको कार्यपत्र त पहिले पनि धेरैचोटि प्रस्तुत गरिसक्नुभएको थियो। एउटै कार्यपत्र जहाँसुकै प्रस्तुत गरेर डलर पचाउन लाज लाग्दैन? नाम र कभर पृष्ठ मात्रै परिवर्तन गर्ने अरु कुरा हुबहु राख्ने गरेका सीकेलाल यसपछि भने पछाडिको ढोकाबाट भागे। अब सहभागीहरूको फन्दामा परिन्, आइडिया इन्टरनेसनलकी रिना रिकिला। उनले भने सुरुमै माफी मागिन्। रिकिलाले भनिन्– अब आइन्दा हामी सीकेलाललाई स्रोतव्यक्तिका रूपमा बोलाउँदैनौं।’
अखबारले पालना गर्नुपर्ने आचार–संहिताविपरीतका निबन्धहरू लेख्न थालेपछि हिमाल खबरपत्रिकाले पनि विगत एक महिनादेखि सीकेलालका लेखहरू नछाप्ने निर्णय गरेको छ। जातजातिबीचको सद्भाव खलबलिने सामग्री छाप्न नहुने कुरा मिडियाको विश्वव्यापी आचार–संहिता हो। जातीय सद्भाव बिथोल्ने उद्देश्यले एनजीओ तथा आईएनजीहरूले कार्यक्रम गर्न नपाइने विश्वव्यापी आचार–संहिताको भने आइडिया इन्टरनेसनललगायत कतिपयले पालना गरेका छैनन्। आईएनजीहरूले दिने डलरको लोभमा जातीय सद्भाव खलबलिने गरी कार्यपत्र लेख्ने कथित बुद्धिजीवीको सूची लामो छ। नाम चलेका तस्करहरूको भन्दा ऐयासीपूर्ण जीवनचर्या यी कथित बुद्धिजीवीको छ। सीकेलालदेखि कृष्ण हाछेथु, कृष्ण खनालदेखि विष्णु सापकोटा, कृष्ण भट्टचनदेखि नरहरि आचार्यसम्मका निवासहरू कुनै पाँचतारे होटलभन्दा कम छैनन्। http://www.weeklynepal.com/2013/09/07/ck-lal-fruad-case-no-101/#.UisTb3-wWDg
 
Posted on 09-07-13 1:10 PM     [Snapshot: 273]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कट पेस्ट गरेर एउटा पेपर तयार पर्यो , तेस्लाई  दस थाम मा बेच्यो आनी आफु सोघोसित (कु) बुद्दिजिबी.
त्यो सी के लाल को लेख मा पनि सुरु सुरु मा पढ़तेय, एक दुइटा राम्रो लेख पनि लेखेको छ तर बिस्तारै अर्थ न बर्थ क लेख लेख्न थाल्यो. तेस्पची पढ्न छोडे 
 
नेपाल का तथाकथित लुतो कन्याएर सन्चो मान्ने कुबुद्दिजीबी हरु नगर बधु भन्दा ठुला स्तर का छैनाँ, जसले पैसा दियो उसैको लागि फरिया उचाल्ने, त्यो रिकिला वन्ने फिनल्याण्ड को आइमाई पनि तेस्तै नगरबधु कुबुद्दिजीबी हरु खोज्दै सोझा साझा नेपाली हरुको सामु मिस universe  को रुप मा प्रस्तुत गर्ने काम गर्छिन.
 
तर जनता लै कति सम्म झुक्क्युना सकिन्छ ? केहि त झुक्कीयेलन पनि तर आरुले बिस्तारै बुझ्दै जान्चन. आदिबासी हरुल्को सबै भन्दा दमन भएको देश हरु अमेरिका, ऑस्ट्रेलिया हुन् , यूरोप बाट आएर गोरा हरुले तिनी हरु को कला संस्कृति , पहिचान सबै सिध्ह्याये , 
रिकिला ले नेपाल भन्दा अमेरिका अथवा ऑस्ट्रेलिया मा गएर सबै गोरा हरुलाई यूरोप फिर्ता पठाउने काम गरे ठिक होला 
 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters