[Show all top banners]

bigT
Replies to this thread:

More by bigT
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पवित्रा
[VIEWED 11032 TIMES]
SAVE! for ease of future access.
Posted on 07-18-14 12:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


"उसको नाम पवित्रा थियो!"

उसको रुप, सुन्दरता अनि शारीरको बनावट हेरेर म सजिलै अनुमान लगाउन सक्छु कि भगवानले उसलाई समय लगाएर जन्म दिएका हुन्।

म एउटा अनजान ठाउँमा छु। त्यहाँको हावा देखि लिएर, पानी, माटो, पन्छी, पहाड, रुख, बाटोघाटो सबै मेरो लागि अपरिचित छन््।धेरै कच्ची बाटो म हिंडेको छैन जुन आज म रातो माटोले डोर्याउने मार्गमा कदम मिलाउँदै हिंडिरहेको छु। सिमसिम पानीले मेरो चस्माको बाहिरी काँच पुरै निथ्रुक्क थियो अनि भित्र बाट बादल बनेको थियो मेरो नयनरुपी चस्मा।गन्तब्य मेरो नजिक छ छैन मलाई थाहा छैन। बस म त्यही रातो चिप्लो बाटो पछ््याइरहेको छु। बर्षा अलि तेज भएको भान हुँदा मलाई याद भयो कि मैले काँधमा भिरेको ब्यागमा केहि महत्वपुर्ण चिजहरु छन् । म एउटा चौतारीमा ओत लागें। फोनमा नेटवर्क थिएन, केहि तस्बिर लिने विचार गरें।

"हजुर गाउँमा नयाँ हो?"

म झ्स्यांग भएँ, अनि कतै कतै मुग्ध थिएँ त्यो आवाजले। त्यो बोलि सुन्दासाथ म पछाडी फर्किएँ अनि त्यो सुक्ष्म समयमा पनि मेरो मस्तिस्कमा अनेकौं प्रस्न उठे। त्यो आवाजमा म मात्र होइन, जो पनि लट्ठ हुन्छन होला। मेरो धड्कन एक्कासी बढ्न थाल्यो। नीला प्लास्टिकको चप्पल अनि पाउजु, ती सेता सुकिला खुट्टामा अत्यन्त सुहाएको थियो। बाटो खराब थियो तर पनि उनका पाउहरू सफा देखिन्थे। नीलो रंगको फुलबुट्टे जामा थियो उनको कम्मर देखि घुडासम्म। घुंडामुनि उनका खुट्टा नग्न थिए। कम्मरमाथि पनि नीलो पहिरनले उनि ढाकिएकीथिइन्। 'एन्ग्री बर्डस' लेखेको थियो उनको टी-सर्टमा अनि एउटा बिचो-बिचमा बर्ड पनि। घाँटीमा कालो रंगको पछ््यौरी थियो गलामा घुमेर दुइ टुप्पाहरू उनका दुइ हात जसरि नै झुन्डिरहेका थिए। एउटा अकाल्पनिक अनुहार अनि चमक, उज्यालो मुहार अनि ओठको मुनि कोठी थियो।कालो लामो बाटेको कपाल उनको पछ््यौरी संगै थियो।

"हजुर नयाँ हुँ।" मैले बिस्तारै आवाज खोलें।

म "सोता" जान हिंडेको खोइ कता आइपुगें। ८-९ वर्ष पहिले आएको थिएँ, अहिले धेरै फरक देख्दैछु।

मोति जस्ता दांत देखाएर उ मुसुक्क हाँसी! हाँस्दा उसको दुवै गालामा डिम्पल बस्थ्यो।
"हजुर त गलत बाटो आउनुभएछ"- मुस्कुराउदै उसले भनि।

गलत बाटो आएको थिएँ, थकाइ पनि थियो तर पनि मलाई पछुतो अनि थकान को आभास थिएन।

"हजुर म संगै हिड्नुहोस, म पनि उतै जाँदै हो" आँखाले इशारा गर्दै बताई उसले।

म खुसि हुँदै "हुन्छ" भनेर चुपचाप उसंगै हिड्न थालें।

"कहाँबाट आउनुभएको तपाईं? पहिले यता देखेको थिइन हजुरलाई" उसको मधुर आवाजले प्रस्न गरि मलाई।

"चितवनबाट आएको म" -उसको आँखामा हेर्दै जवाफ दिएँ!

" टाढाबाट आउनुभएछ ; को छ यहाँ हजुरको?" फेरि प्रस्न गरि उसले।

थाकेको आवाजमा मैले भने "आफ्नो मान्छेहरु हुनुहुन्छ।"

थोरै आशा देखाउदै उसले भनि- " हजुर नआतिनुहोस, जम्मा २ घण्टा हिड्ने हो अनि पुगिन्छ।"

मैले हिंड्दा हिंड्दै सहयोग गरेकोमा धन्यबाद भने। उसले साथीलाई धन्यबाद अनि क्षमा चल्दैन भनि।

हतारिंदै मैले सोधें- "के म तिम्रो साथी हो ?"

मुस्कुराउँदै उसले भनि- "होइन र? मैले त हजुरले मलाई साथी मान्नु भयो होला भन्ठानेको!"

उसको बोलि पुरा नहुँदै "तिमि मेरो साथी नै हो" भन्न भ्याएँ मैले।

उ मसंग मज्जासंग यसरी कुरा गर्दै थिई जसरी उ म संग धेरै पहिले देखिनै एकदम नजिक छे।

"अब हजुर यो बाटो जानुहोस, ५ मिनेट मात्र लाग्छ!" औंलाले दायाँतिर देखाउदै उसले भनि।हात हल्लाउँदै "बाई" भनेर उ खुरुखुरु हिड्न लागी।

हतारिदै मैले नाम सोधें उसको। उसले मलाई केहि सोधिन, मात्र मेरो प्रस्नको जवाफ दिई।

"उसको नाम पवित्रा थियो।"

त्यो रात निदाउंन नसक्नु कुनै बाध्यता वा विवशता थिएन। निदाउन खोंजे अनि बिचबिचमा झस्किंदै ब्युझिएँ पनि। मस्तिस्क अरु कतै नभएर उही पवित्रामा घुमिरहेको थियो। मनमनै सोचें मैले उसको फोटो खिचेको भए पनि हुन्थ्यो; दुई तीन दिनमा धमिलो हुनेछ त्यो मुहार मेरो मनमस्तिस्कमा। फोटोले त्यो क्षण अनि उ संगको मेरो यात्रा संग्लो पानीजस्तै छर्लंग हुनेथियो। मलाई अझै याद छ, हात हल्लाएर मलाई बाई भनेर आफ्नो बाटो लागेकी 'पवित्रा' हिंड्दाहिंड्दै मेरो आँखाबाट ओझेल भई। जसोतसो परेला टाँसीएछन् त्यो रात।

मँ आँफैंमा हराएको त्यो रात
निन्द्रामा नै बरबराएको त्यो रात
नमेटिने खत बनेर बस्यो मनमा
'पवित्रा' लाई मन पराएको त्यो रात ।।

सुस्साउँदै बगेको 'बढियार' खोलाको हावा घर नजिकको बाँसको घारीले चिसो सिरेठो बनाएको थियो। मन नलागेरै भएपनि तातो ओछ्यानबाट बाहिर निस्किएँ; हातखुट्टाभरि काँडा उम्रिए। तातो चिया चुस्की लगाउँदै मामासंग अघिल्लो दिनको कुरा गर्ने जमर्को गरें। नाम अनि सविस्तार उसको बर्णको चित्र बताएँ तर त्यस्तो कोहि गाउँमा नभएको मामाको अड्कल थियो। म त उसकै सुन्दरतामा रमाउदै संगै कदम जोडेर आएको अघिल्लो दिन, कसरी आफ्नै आँखामा धोका खान्थें र; मामाको अड्कलमा विश्वास गरिन। "लभ पर्यो क्याहो भान्जा?' मामाले हँसिलो मुहार बनाउंदै सोध्नुभो। म आँफुलाई थाहा नभएको तर उसलाई एकपटक भेट्ने इच्छ्या भएको बताएँ। कुनै उत्साह नदेखाई संयोगले भेट भयो अब गार्हो छ भन्दै मुखबाट खैनी पिचिक्क पार्नुभो। मेरो आश भने मरेको थिएन; केहि दिनको बसाइमा कसो फेला नपारुंला र ।

बेसिबाट उकालो चड्दै लेक हिड्दै थियौं मामा र म । बाटो साँघुरो थियो तर त्यो दिन उज्याला घामका किरणहरु छरपस्ट थिए। सल्लाको अग्लोअग्लो टुप्पोमा रहेका सियोजस्ता लामालामा सुइहरु बीचबाट आउने छड्के किरणहरुसंग लुकामारी खेल्दै थिए। ठट्टा गर्दै पवित्राको नाम लिएर मामाले उकालोबाटो चढाइरहनुभयो। धारापानीमा थकाई मेटी मुलको चिसो पानी पिएर अगाडी बढ्दा एक्कासी एक ठाउँमा मामाले पाइला रोक्नुभो। बाटोको बायाँतिर एउटा माटोको भित्ताको, हरिया झार अनि लेउले ढाकेको, बिचमा रहेको प्वालबाट मामाले एउटा गुच्चा निकाल्नु भयो। "हजुरको माइजु र मेरो लभ परेको यही गुच्चाको कारण हो!" मिठो मुस्कान दिंदै मामाले भन्नुभो, "२८ वर्षदेखि यो गुच्चा यहीं छ!" अचम्म पर्दै सोधें गुच्चाले कसरि भनेर। रमाइलो प्रेम कथा सुनाउँदै बाटो तताउनु भयो मामाले। साँच्चैनै पुराना प्रेमकथाहरु सुन्न लायकका हुन्छन, आजकालका जस्ता आडम्बरी होइन।

भोलिपल्ट सबेरै मामा बेसी झर्नुभो अनि म दिनभर घुमेर साँझ झर्ने मनसाय बनाए। साँझ परेपछि म पनि ओरालो लागें। ओरालो झर्न खासै गारो महसुस भएको थिएन तर जब दोबाटोमा पुगें, तब मेरो बाटो पहिल्याउने आशले मात खायो। कोहि आउला अनि बाटो सोधौंला भनेर कुरिरहें, सुर्यले आँखा चिम्लिन लागे, कोहि आएन। "ओरो दोरो काँसी गोरो, बनमा हिड्ने बाघको छोरो........................ " गरेर एउटा बाटो रोजें अनि बिस्तारै हिड्न लागें। वरपर घरहरु पनि थिएनन् अनि आँखामा कालो पट्टि बाँधेजस्तो अध्यारो भयो। मोबाइलको फ्लाश लाइटले बाटो पहिलाउदै हिडें। बाटोमा मेरो अगाडी कोहि हिडिरहेको देखें अनि जति पाइला लम्काउदै हिड्दा पनि सामुन्ने पुग्न सकिन।

"सुन्नोस त!" त्यो मानिस टक्क अडियो अनि म दौडिदै उ सामु पुगें। "मलाई सोत बेसी जाने बाटो बताइदिनोस न!" "हजुरले फेरि बाटो बिराउनु भो?" त्यो आवाज चिन्न मलाई कत्ति मुस्किल भएन। तर अचम्म के लाग्यो भने म तिर नहेरी उसले मलाई कसरी चिन्न पुगी? "यती राती कता हिंडेको तिमी पवित्रा?" हाँस्दै उसले हजुरलाई बाटो देखाउन हिंडेको भनि। म पनि उसको हाँसोमा हाँसो मिलाएँ। म हिडेको बाटो गलत थिएन; उसले त्येही बाटो अगाडी जाउँ भनि। उ मौन थिइ। घर कता भन्ने मेरो प्रस्नको जवाफ उसको "यतै कतै" थियो। "धारापानी आउन आँट्यो, त्यँहाबाट हजुरलाई बाटो थाहा छ होला!" म आस्वस्त भएँ। मोबाइलको फ्लाश लाइटले केहि टाढासम्म देख्न सकिन्थ्यो। यतिकैमा थोरै अगाडी बाँसको ठुलो झ्याँगबाट मस्तै बाँसका थम्बाहरु बिस्तारै बाटो छेक्दै निहुरिन थाले। म आतिएँ। नजिक पुग्दा बाटो सबै बन्द थियो; नाघेर जान सम्भव थिएन। एक पाइला सारें, मेरो पाइला संगै बाँसका थम्बाहरु पनि पछि सरे। म डराएँ; मुटुले ठाउं छोड्ला जस्तै भान भो। यत्तिकैमा पवित्राले मेरो हात च्याप्प समाई; म हकानिएँ। "हिंड्नुस्" भनि उसले अनि थम्बाहरु बिचोबिचबाट सरासर हात तान्दै अगाडी लागि उसले मलाई। थम्बाहरु एक डेग सरेनन्। एकैछिनमा उसले मेरो हात छोडी। आँखा चिम्लेर लामो सास फेरें। पछाडी फर्किएँ, बाटो सफा थियो। धारापानी अगाडी थियो मेरो। दायाँ बायाँ हेरें; फेरि पनि मेरो आँखाबाट ओझेल भई पवित्रा ।

न नम्बर सोधी, न त नाम सोधी
मैले आँफै भनिन, न त काम सोधी
पलपलमा सामु आइ, बिलाएर हराई गइ
न आराम सोधी, न त मुटुको परिणाम सोधी!!

मैले पनि यस्तै सोचेको थिएँ, कतै पवित्रा एउटा आत्मा त होइन? दुइ पटक बाटो बिराएँ; दुबै पलमा उ मेरो मार्गदर्शक बनेर मेरो सामु आइ अनि गन्तब्य चिनाएर आँखा सामु हराई। त्यो पल म अन्तर्द्वन्दमा थिएँ। एकातिर अँधेरी रात, डर, विश्वास गर्न नसकिने त्यो बाँसको झ्यांग अनि अर्कोतिर पवित्राको त्यो साथ। एक पल यस्तो पनि लग्यो कि त्यो अबिश्वस्निय घटना देखेर मेरो मुटुले साथ छोडेको भएपनि मेरो आत्माले शान्ती पाउथ्यो होला- त्यो पल जतिबेला पवित्राले मेरो हात समाएकी थिई। उसको नरम स्पर्श मेरो लागि स्वर्गीय थियो।

"हजुरको फोन मरेछ!" म झस्किएँ।
"के सोच्नुभाको? घर जानु पर्दैन?"
अाश्चर्य हुँदै मैले 'हँ' भनें।
"लौ! अब भयो त; रात भरि यहीं बस्ने भए म जान्छु।"
उसको पछि लाग्दै मैले भनें; "रोक रोक! मलाई विश्वास गर्नै गारो भैराको छ। त्यो बाँसको झ्यांग, अनि तिमी एकछिन कता गायब भयौ।
मेरो प्रश्नमा कुनै दम थिएन सायद उसले हाँस्दै भनि, "किन? अँध्यारोमा पनि सबै छर्लंग हुन्छ हजुरलाई? हजुरको फोन त मरेको छ।हजुरलाई त्यो बाँसले अलि तर्साएको जस्तो छ। त्यो झ्यांगमा मान्छेहरुलाई छल्छ रे। अर्को पटक हजुरलाई केहि हुदैन। हामी पनि यो ठाउँमा नयाँ आउदा मलाई येस्तै भएको थियो।"

उ पनि गाउँमा नयाँ भएरै होला मामाले अघिल्लो दिन चिन्न सक्नु भएको थिएन।
"हजुरको नाम के हो?" आखिरमा उसले सोधेरै छोडी। बिना कुनै संकोच मैले आफ्नो नाम बताएँ। त्यसै त्यसै भित्रै देखि खुसि भएँ म। उसले नाम मात्र त सोधेकी थिइ, मैले त येतिकैमा मनमनै सपना बुन्न थालिसकेको थिएँ। उसको आवाज, मधुरता, सुसीलता, सैली सबै मन छुने खालको थियो। यस्तो लाग्थ्यो कि त्यो आवाज अनि उसको त्यो चम्किलो मुहारमा म दिन-रात हराउन सक्थें।

"चितवन कस्तो छ ? म गएको छैन, जाने मन छ", उत्सुकताका साथ उसले सोधी मलाई। "राम्रो छ, जाने भए म संग हिंड न त म फर्किने बेलामा", कुनै सोच बिचारनै नगरी प्वाक्क बोलिहालें मैले।"नचिनेको मान्छे संग कसले जान दिन्छ र मलाई? बरु कुनै दिन आएँ भने घुमाइदिनु नि ल?"भैहाल्छ नि भन्न मलाई कत्ति बेर लागेन।

बत्तिहरु देखिन लागे अनि खोलाको सुस्साइ सुनेपछि अब घर आउन आँट्यो भन्ने भान मलाई भयो। त्यो साथ छोड्ने मन पटक्कै थिएन। पुरै रात उसंगै गफ गरेर बस्ने मन थियो मलाई।
"तिमि भोलि के गर्दै छौ पवित्रा?" मैले उसलाई अर्को भेटको निम्तो दिने विचार गरेर सोधें।
एकछिन अक्मकायेर उसले भनि,"खासै केहि छैन, किन र ?"
"तिमीलाई चितवन घुमाउने मेरो बाचा त भयो; अब तिमीले पनि त म यहाँ बस्ने बेलासम्म मलाई तिम्रो ठाउं घुमाउनु पर्यो नि।" उसले नाइँ भन्न सकिन अनि मुन्टो हल्लाउदै हुन्छ को इशारा दिई।
"तिम्रो एउटा फोटो खिच्छु ल ?"उसले मेरो क्यामेराको लेन्स तिर हात लम्काउदै भनि, "भो पर्दैन आहिले अध्यारोमा राम्रो आउदैन, भोलि दिउसो खिच्नुहोला हुदैन?”
मामाघर आइसकेको थियो तर उसलाई तेस्को पत्तो थिएन! मलाई लग्यो उसलाई पनि त्यो पलको अन्त्य नहोस भन्ने उसको मनमा लागेको होला। मसंग कुनै संकोच थिएन उसलाई बोल्न अनि त्यो समय बिताउन।
"कति टाढा हो आझै हजुरको आफ्नो मान्छेको घर?"
औंलाले इशारा गर्दै "उ त्यो हो" भनेर देखाएँ मैले। "मेरो मामाघर हो!"
ठट्टा गर्दै उसले भनि, "भान्जा बाबुलाई भनेर ८४ व्यंजन तयार होला, जानुहोस हजुर, भोलि झलुङ्गे पुलमा ११ बजे आउछु नि म!"
उसलाई रोक्न मनाउदै भनें, "भोलि त छंदै छ नि, अहिले हतार छैन भने एकछिन यहीं चौतारीमा बसेर एकछिन कुरा गरौँ न त हुन्न?"
उसले नाइँ त भनिन तर उसको हाउभाउले अड्कल काट्न कत्ति गारो भएन मलाई। एउटा कुरा भने सोध्न आवश्यक ठानें," तिमीलाई घर छोडेर आउछु नि त; राति छ केटि मान्छे एक्लै डर होला नि।"
निडर हुदै उसले भनि," त्यहीं नजिकै हो, धेरै टाढा छैन, म जान सक्छु एक्लै, हजुर पनि थाक्नु भएको छ।"
मनमा एउटा प्रस्न भने रह्यो मेरो, सोध्ने आँट पनि आएन। यति राति एक्लै लेक बाट बेसी बिना कुनै उज्यालो झर्दै थिई। खैर, उसको केहि काम थ्यो होला।
म जान्छु ल भन्दै उ बाई भनेर गइ। म पनि हिडें। अलि पर पुगेर उसले "सुन्नुस त" भनि।
म उतिर फर्किएँ ।
"एउटा कुरा भन्छु ल?"
मैले स्वीकार्दै भन्न लगाएँ।
"मलाई हजुर मन पर्यो ।"
 
Posted on 07-18-14 12:56 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या मिठो अन्त्य "मलाई हजुर मन पर्यो" !
 
Posted on 07-18-14 5:20 PM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Big T जी को यो कथा मलाई नि एकदम मन पर्यो , बीच बिचमा स्वादिलो कविता ले सुनमा सुगन्ध भन्छन नि तेस्तै भएको छ , arko
 
Posted on 07-18-14 5:29 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मोबिल बाट टाइप गरेको औता सब्द दिलित गर्दा पोस्ट पो भयेछ मेरो कुरै नसिद्दि | अ मा भन्दै थिए, कथा स्वादिलो हुदै गेरको छ , बिचमा डर पनि लाग्दै गएको थियो कतै ति मोरी भुत त होइन भनेर , अर्को भागको प्रतिछ्यामा छु
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters