[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Mr. D

tragicomic

Tyo Din

jetho390
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पूर्व राजा,बाबुराम र खुमबहादुर मिलेर नयाँ पार्टी खोल्ने तयारी
[VIEWED 11444 TIMES]
SAVE! for ease of future access.
Posted on 10-16-15 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्व राजा,बाबुराम र खुमबहादुर मिलेर नयाँ पार्टी खोल्ने तयारी

काठमाडौं, २८ असोज ।
एनेकपा माअाेवादीका नेता डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहबीच निकट भविष्यमै नयाँ शक्ति वा नयाँ पार्टी खोल्ने सहमति भएको खुलासा भएको छ । यस पार्टीमा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का समेत रहने स्रोतको दावी छ । गत संविधानसभाको निर्वाचनमा एमाओवादी तेस्रो शक्ति बनेपछि डा. भट्टराई पार्टीभित्र विद्रोह गर्दै आउनुभएकाे छ । डा. भट्टराई मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री भएको बेला करका दायरा बढाउनु भएकाे र राजधानीका सडक बढाउनुभएकाे थियाे ।

उहाको कार्यशैलीले जनता खुशी भएपनि माओवादी फुटका कारण पार्टी संविधानसभाको दोस्रो निर्वाचनमा तेस्रो शक्ति बनेको उहाको ठम्याई रहेको बुझिएको छ । भारतीय शक्तिहरूको दवाव आएपछि डा. बाबुराम भट्टराई र पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतामा अब मुलुकले नयाँ शक्ति पाउने एक राजावादी पूर्व मन्त्रीले बताउनुभएकाे छ ।

डा. बाबुराम भट्टराईको नेतृत्वमा गठन हुने सो पार्टीको नाम ‘सोसलिष्ट पार्टी’ हुने भएको छ । राजा शाह त्यसको संरक्षणको पदमा बस्ने र डा. भट्टराईले पार्टीको अध्यक्ष पद लिने भित्री सहमति समेत भएको समाचार सुत्रको दावी छ ।

नेपाली कांग्रेस पार्टीको विकल्पमा बन्ने सो पार्टीले राजा राष्ट्रपतिको रुपमा रहने गरि ‘लोकतान्त्रिक गणतन्त्र’को पक्षधरहरूबीच नै लड्न सो पार्टी गठन गर्न लागिएको हो । पूर्व राजाका मुख्य सहयोगीहरू पूर्व सचिव, पूर्व राजदुत, सच्चा राजावादी, उद्योगपतिहरू र डा. भट्टराईका पक्षधर एमाओवादीका उच्च नेताहरू रहने सो पार्टीको जन्म भने माघ ८ गतेपछि हुने राजदरबार सुत्रको दावी छ ।

गणतन्त्रको स्थापना भएपछि पहिलो संविधानसभाले मुलुकलाई नयाँ संविधान दिन नसकेको महंगीले आकाश छोएको शान्ति प्रक्रिया भाँडिएको र राजसंस्थाप्रति जनताहरूको चाहना फर्किएको देखिएपछि भारतको दवावमा पूर्व राजा र डा. भट्टराईबीच भित्री सहमति भई नयाँ शक्तिको खोजी भएको राजावादीका एक नेताले बताउनुभएकाे छ ।

भट्टराई प्रधानमन्त्री भएको बेला पूर्वराजालाई नागर्जुन दरबारबाट खेद्ने अभिव्यक्ति दिनुभएका डा. भट्टराईले अहिले पूर्वराजासँग नजिक हुँदै नयाँ पार्टी निर्माण गर्नुको भित्री रहस्य फरक छ ।

कारण के छन् त ? पूर्वराजा ज्ञानेन्द्र शाहसँग केही शक्ति बाँकी नै छ । उनीसँग प्रशस्त पैसा छ, राष्ट्रपति बन्ने उच्च चाहना छ, डा. भट्टराईसँग विचार छ, संगठन गर्ने हिम्मत छ । यी दुवै मिली बनेको पार्टीले पुरानो कांग्रेस पार्टीको विकल्प दिन सक्ने सोच बनाएपछि पूर्वराजा र भट्टराई एउटै बाटोमा हिड्ने निश्चित भएको सुत्रको दावी छ ।

पूर्वराजा विरामी भएर नर्भिक अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई अस्पतालमै भेट्न डा. भट्टराई पुग्नुभएकाे थियाे । यसले थप पुष्टी गरेको छ अब पूर्वराजा र भट्टराई एउटै बाटोमा हिड्ने छन् स्रोतको दावी छ ।

डा. भट्टराई पार्टी अध्यक्ष बन्ने पार्टीमा भने पूर्वराजा शाह संरक्षक रहनुहुने छ भने पूर्वमन्त्री श्री शम्शेर जवरा, पूर्व सेनापतिहरू पूर्व राजदुतहरू भट्टराई पक्षका नेताहरू र वरिष्ठ डाक्टरहरू वरिष्ठ समाजसेवीहरू वरिष्ठ पत्रकारहरू र कांग्रेस नेता खुमबहादुर खड्काको समेत सो पार्टीमा रहने बुझिएको छ ।

डा. भट्टराई पक्षका एक माओवादी नेताले बताए अनुसार माघ ८ गतेपछि मात्रै पार्टी घोषणा गरिनेछ । संविधान जारी गरेपछि हुने चुनावमा भाग लिने गरि उक्त पार्टी दर्ता हुने भएपनि तयारी भित्री रुपमा भईरहको स्रोतको दावी छ । हाम्राे सन्देश बाट ।

- See more at: http://purbelinews.com/2015/10/%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%BE%E0%A4%AC%E0%A4%BE%E0%A4%AC%E0%A5%81%E0%A4%B0%E0%A4%BE%E0%A4%AE-%E0%A4%B0-%E0%A4%96%E0%A5%81%E0%A4%AE%E0%A4%AC/#sthash.rAitDM2P.uz25Ee6h.dpuf
 
Posted on 10-16-15 12:54 PM     [Snapshot: 82]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dr. Bhattarai is trying to use or get used here??

जे भएनी सास छउन्जेल आस भन्छन त्यहि होला!
 
Posted on 10-16-15 5:59 PM     [Snapshot: 301]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Trying to scare people in the name of ex-king?
 
Posted on 10-17-15 5:38 AM     [Snapshot: 577]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन खुम बहादुर( भ्रस्ट भएपनि ) र पुर्ब राजा तेत्ति तल चै गिरेका छैन |
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters