davidcollins
Replies to this thread:
More by davidcollins
What people are reading
Subscribers
Please log in to subscribe to davidcollins's postings.
:: Subscribe
|
यस्ता छन् १२ घण्टाका चर्चित ६ समाचार
|
[VIEWED 5394
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
davidcollins
Please log in to subscribe to davidcollins's postings.
Posted on 02-09-16 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्री ओली कोइराला निवास महाराजगन्ज पुगेर कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरेका हुन् । कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सिपी मैनाली तथा गृहमन्त्री शक्तिबहादुर बस्नेत महाराजगन्ज पुगेका थिए । त्यस्तै उपराष्ट्रपति नन्दबहाुर पुन पनि कोइराला निवास पुगेर श्रद्धाञ्जली अर्पण गरे । वीरगन्ज नाकाबाट धमाधम इन्धन भित्रिन थाल्यो, आजमात्रै ४२ ट्यांकर भित्रियो वीरगन्ज– मधेसी मोर्चाको अवरोध हटेसँगै वीरगन्ज नाकाबाट धमाधम इन्धन भित्रिन थालेको छ । आजमात्रै यो नाकाभएर ४२ ट्यांकर इन्धन भित्रिसकेको छ । आज भित्रिएको इन्धनमा डिजल, पेट्रोल र हवाई इन्धन रहेको छ । जसमा २८ टयाङकर डिजल, ११ टयाङकर पेट्रोल र ३ ट्याङकर हवाई इन्धन रहेको अमलेखगन्ज डिपोका प्रमुख भानुक्त खनालले रातोपाटीलाई जानकारी दिए । यसअघि सोमबार भारतको रक्सौलबाट तीन लाख ६८ हजार लिटर अर्थात २४ टयाङकर इन्धन वीरगन्ज भित्रिएको थियो । राजकीय सम्मानका साथ कोइरालाको अन्त्यष्टि गर्ने सरकारको निर्णय, भोलि सार्वजनिक बिदा काठमाडौं, माघ २६– मन्त्रिपरिषदको केहिबेर अघि सम्पन्न आकस्मिक बैठकले दिवंगत कांग्रेस सभापति तथा पूर्वप्रधनमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बुधबार सार्वजनिक बिदा दिने समेत निर्णय गरेको छ । कोइरालाको भोलिमात्रै अन्त्येष्टि गर्ने कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठकले निर्णय गरिसकेको छ । यस्तै मन्त्रिपरिषदको बैठकले स्वदेश तथा विदेशमा रहेका सरकारी नियोगका झण्डा तीन दिन सम्म आधा झुकाउने निर्णय समेत बैठकले गरेको छ । अन्तिम स्वास लिनुअघि कोइरालाले भनेका थिए– ‘मैले बुझिसकेँ’ काठमाडौं–नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराती १२ः५० मा उनकै निवास महाराजगञ्जमा निधन भयो । उनले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा. करबीर योगीसंग संवाद गरेका थिए भने अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने रहेको कोइराला प्रधानमन्त्री हुँदा प्रेस संयोजक रहेका प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार कोइरालालाई अलिक बढी चापेपछि निजी चिकित्सक डा. योगीलाई बोलाइएको थियो । उनको पल्स कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उनले सो कुरा व्यक्त गरेका हुन् । अन्तिम समयसम्म पनि उनलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो । सागमा रजत जितेका विकास भन्छन्–राज्यले प्रशिक्षण दिए स्वर्ण पदक टाढा छैन गुवाहाटी–काठमाडौंबाट गुवाहाटीका लागि पाइला उठाउँदै गर्दा भारोत्तोलन खेलाडी विकास थापाको मनमा एउटै सपना थियो– सागमा स्वर्ण जित्ने । सपना सपनै हुँदोरहेछ, उनले मनमा साँचेको स्वर्णको सपना यसपटकको १२ औं दक्षिण एसियाली खेलकुदमा पुरा हुन सकेन् । भारतको गुवाहाटीस्थित भोगेश्वर फुकानी इन्डोर स्टेडीयमको प्लेटफर्ममा देशका लाागी स्वर्ण जित्न गएका विकास रजत पदकको माला पहिरिएर स्वदेश फर्कंदै छन् । भारतको गुवाहाटी शहरलाई दक्षिण एसियाली खेलकुदले झपक्कै छोपेको थियो । कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइयो (फोटोफिचर) काठमाडौं – पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका छन् । राजधानीको दशरथ रंगशाला पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरेका हुन् । रंगशालामा सभामुख ओनसरी घर्ती, एमाओवादी अध्यक्ष प्रचण्ड, विभिन्न पार्टीका नेता, कुटनीतिक नियोगका अधिकारीहरु, पार्टी कार्यकर्ताहरुले पुगेर श्रद्धाञ्जली अर्पण गरे । कोइरालाको अन्त्येष्टी भोली राजकीय सम्मानका साथ गरिने सरकारले निर्णय गरिसकेको छ ।
|
| |
|
|
|
|
GwachAquarian
Please log in to subscribe to GwachAquarian's postings.
Posted on 02-09-16 6:22
PM [Snapshot: 126]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
|
|
| |
|
|
hawking666
Please log in to subscribe to hawking666's postings.
Posted on 02-09-16 6:33
PM [Snapshot: 138]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
spammer alert everyone ..
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| NRN card pros and cons? |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| legal Query for married nepali girl now have taken US citizenship |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| 2020 : Why No Trump ! |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| ए १ पनि पुगेनछ ? |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| नेपाली वालमार्ट चोर |
| H1B |
| Funny when Nepalis talk about Epstein and injustice |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| EAD Filing |
| Tps decision coming or not nov 18 |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|