MR_TRUTH
Replies to this thread:
More by MR_TRUTH
What people are reading
Subscribers
Please log in to subscribe to MR_TRUTH's postings.
:: Subscribe
|
|
[VIEWED 17344
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
MR_TRUTH
Please log in to subscribe to MR_TRUTH's postings.
Posted on 05-09-09 11:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
बुभनेले कुरा नबुझेपछिशंकरबहादुर केसी  विसं २००७ को आन्दोलनका क्रममा तत्कालीन राजा त्रिभुवनको भारत प्रवासको विषयलाई लिएर अनेकथरी अडकलबाजी र हल्लाहरू चले । साथसाथै, १९९७ सालको घटनाको विषयलाई लिएर पनि त्रिभुवनलाई बदनाम गर्ने कोसिस भयो । कतिसम्म भने, शुक्रराज शास् त्री, गंगालाल, दशरथचन्द, धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य र रामहर िशर्मालाई सजायको फैसला सुनाउँदा त्रिभुवनको सल्लाह लिएको र उनको समर्थन रहेको हल्ला चलाइयो । त्रिभुवनले त उनीहरूले के अपराध गरेका छन् र यत्रो सजाय दिने भनेर जुद्धशमशेरका अगाडि प्रतिवाद गर्नुभएको थियो । तर, त्यसलाई गलत ढंगले प्रस् तुत गरयिो । कतिपयले त यसलाई पुस् तकमा पनि लिपिबद्ध गरे । यस प्रसंगमा राजा त्रिभुवनले साह्रै चित्त दुखाएको कुरा मसँगको हैदरावादको भेटमा उल्लेख गर्नुभएको थियो । ००६ सालको एउटा प्रसंग पनि यस् तै छ । इन्द्रजात्राका दिन राणाहरू हात्ती चढेर देश शयर गर्ने चलन थियो । र, त्यसैक्रममा उनीहरूमाथि गणेशमान सिंह, सुन्दरराज चालिसेलगायतको समूहले बम प्रहार गर्ने योजना बन्यो । तर, दुर्भाग्य उहाँहरू पक्राउ पर्नुभयो । पछि उहाँहरूलाई फाँसी दिने भनेर पञ्जाछापका निम्ति त्रिभुवनसमक्ष लैजाँदा उहाँले अस् वीकृत गरििदनुभयो । त्यहीबेला त्रिभुवनले मलाई भन्नुभएको थियो, "तिमीहरू पनि पक्राउ परेर मारनिुपर्ला भनेर मलाई खुबै चिन्ता लागिरहन्छ ।" कान्छा छोरा वसुन्धराको कुरामा राजा त्रिभुवन असाध्यै विश्वास गर्नुहुन्थ्यो । उहाँले नै १९९७ सालको घटनापछि फेर िगणेशमान सिंह, सुन्दरराज चालिसे, वद्रीविक्रम थापा र होमबहादुर देउजालगायतलाई फाँसी दिने हल्ला चलेको बताउनुभयो । फाँसीको कुरा सदर भयो भने मुलुकमा ठूलो संकट आउने र धान्नै नसकिने विपत्ति आइलाग्ने कुरा पनि वसुन्धराले त्रिभुवनलाई जानकारी गराउनुभयो । मैले बुझेसम्म त्रिभुवन छिटो भारत जानुमा जनता उत्तेजित भई जनजागरण र क्रान्तिका लागि वातावरण बनोस् भन्ने अभिप्राय लुकेको थियो । तर, त्यसको ठीक उल्टो ढंगले भारत पलायन भनी बद्ख्वाइँ गरयिो । पुराना कुराहरू सम्भिmँदा गणेशमान सिंहसँगको सन्दर्भ म भुल्न सक्दिनँ । उहाँले मलाई विश्वास गरेर जुन जिम्मेवारी दिनुभयो, त्यो बडो महत्त्वपूर्ण थियो । गणेशमानकै कारण मेरो पूर्णबहादुर एमएसँग सम्पर्क भयो । पार्टी कामकै सिलसिलामा मेरो भारत आउजाउ चलिरहन्थ्यो । ००५ सालतिरकै घटना हुनुपर्छ, रक्सौलबाट गणेशमानजीको पत्र लिएर म काठमाडौँ आउने निर्णय भयो । गणेशमानले भन्नुभयो, "यो चिट्ठी सुरक्षितसाथ काठमाडौँ पुर्याउनू र पूर्णबहादुर एमएलाई दिनू ।" हामी त्यहाँ आर्यसमाजको मन्दिरमा बसेका थियौँ । काठमाडौँतर्फ लाग्ने अघिल्लो दिन एक जना जुत्ता सिउने व्यक्तिलाई बोलाएर गणेशमानले भन्नुभयो, "यस औषधिमा कसैको आँखा पर्नु हुँदैन । यसलाई प्लास् िटकमा बेरेर जुत्ताको तलुवाभित्र राखी राम्रोसँग काँटी ठोकिदेऊ ।" त्यही जुत्ता लगाएर म काठमाडौँ आएँ । जब मैले त्यो चिट्ठी पूर्णबहादुरलाई सुम्पिएँ, हाम्रो राजनीतिक घनिष्टता बढ्न थाल्यो । ००७ सालको आन्दोलनको चर्चा गररिहँदा कमलपोखरीमा रहेको कपडा छाप्ने प्रभात कम्पनीलाई बिर्सिन मिल्दैन । भोजराज प्याकुरेल त्यसका सञ्चालक थिए । जब ००६ जेठ १९ गते काठमाडौँ उपत्यकाका विभिन्न स् थानमा पर्चा छर्नुपर्ने भयो, रातारात प्रभात कम्पनीमा नै लिथो गरेर आलुको छाप बनाई पर्चा तयार गरेका थियौँ । त्यसबखत सानै भए पनि सुन्दरराज चालिसेका छोरा सुरेशराज चालिसेले रातभर बसेर त्यस काममा सहयोग पुर्याए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सुन्दरराजको परविारलाई बिर्सियो भने त्यो अधुरो हुन्छ । प्रभात कम्पनीका भोजराज मात्र होइन, उनका छोरा पुरुषोत्तम प्याकुरेलले पनि ००७ सालको आन्दोलनका क्रममा पुर्याएको योगदानलाई बिर्सिन मिल्दैन । राजनीतिका साथसाथै आर्थिक क्षेत्रमा पनि उनको उल्लेख्य योगदान रह्यो । प्रभात कम्पनी एक किसिमको राजनीतिक प्रशिक्षणको थलो पनि बनेको थियो । बद्रीविक्रम थापाजस् ता धेरैले सुन्दरराज चालिसेबाट त्यहीँ राजनीतिक प्रशिक्षण लिएका थिए । इमानदारीपूर्वक भन्ने हो भने पुराना धेरै कांग्रेस नेताहरूले त्यसलाई बिर्सिन सक्दैनन् । तर, अहिले त्यसको कुनै नामोनिसान छैन । जेठ १९ गतेको आन्दोलनका लागि मैले नै काठमाडौँ उपत्यकाका धेरै स् थानमा भाषण र पर्चा वितरणका लागि कार्यकर्ता खटाएको थिएँ । पक्राउ र धरपकड चर्कै भयो । त्यसका बाबजुद हाम्रो आन्दोलन सफल रह्यो । मैले इन्चार्ज भएर काम गरेको कुरालाई धर्मरत्न यमीले आफ्नो पुस् तक नेपालका कुरामा यसरी उल्लेख गर्नुभएको छ, "शंकरबहादुर केसी त्यसताका कोइराला ग्रुपका समर्थक भई काठमाडौँका प्रमुख कार्यकर्ता र हामीहरू पक्राउ परेपछि संगठनको इन्चार्ज भएर काम गरे ।" पुराना कुराहरू उल्लेख गररिहँदा धेरै मानिसमा अविश्वास पनि उत्पन्न हुन्छ । अहिलेको पुस् ता त्यस किसिमको आन्दोलनबाट बेखबर रहेकाले पनि त्यस् तो लाग्नु स् वाभाविक हो । तर, पुरानो पुस् ता पनि सही कुरा बताउन आनाकानी गररिहेको देख्दा मलाई अचम्म लाग्छ । सत्य कुरा लुकाउनु आवश्यक छैन । कमसे कम इतिहासका कुरा नढाँटीकन उल्लेख गरििदने हो भने आउँदो पुस् ता त्यसबाट लाभान्वित हुने थियो । मैले नेपालमा उल्लेख गरेका घटनालाई लिएर पनि धेरै मानिसहरूले मसँग जिज्ञासा राखे । मेरो उद्देश्य इतिहासको सत्यतथ्य बाहिर आओस् भन्ने मात्र थियो । घटनाक्रमहरू उल्लेख गर्ने क्रममा मैले आफूसँग जोडिएका प्रसंगहरू मात्र उल्लेख गरेको हुँ । खास व्यक्ति र घटनालाई भन्दा पनि ००७ सालको आन्दोलनकै सेरोफेरोलाई उल्लेख गर्ने मेरो ध्येय हो । किनभने, त्यसपछिका घटनाक्रमसँग अहिलेको पुस् ता पनि करबि करबि नजिक छ । तसर्थ, पुराना कुराहरू कोट्याउनुको उद्देश्य राजनीतिप्रति सबै मानिस एकै सोचले लाग्दैनन् भन्ने पनि हो । अहिले म सुन्छु, त्यसबेला राजनीतिमा लागेको पुस् ता अहिले बरोबर हन्डर र ठक्कर खाइरहेको छ । एकसरो कपडा र दुई छाकका निम्ति दरबान र कुल्ली काम गररिहेका छन् । आन्दोलनमा लागेकै कारण कतिपय मानिस हातमुख जोर्नबाट समेत विमुख छन् । कतिपयको अवस् था सुन्दा आँखा थाम्न सक्दिनँ । तर, के गर्ने ? बुझ्नेले कुरा नबुझेपछि...! प्रस् तुतिः ईश्वरी ज्ञवाली (सुन्दरराज चालिसे-सुशीलादेवी चालिसे स्मृति प्रतिष्ठानको सहयोगमा)
|
| |
|
|
|
|
Java
Please log in to subscribe to Java's postings.
Posted on 05-10-09 8:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
Nice historic artifact ! Generation-X of Nepal should know about this.
|
| |
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ए १ पनि पुगेनछ ? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| नेपाली वालमार्ट चोर |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Funny when Nepalis talk about Epstein and injustice |
| नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार |
| Sukulgunda 2.0 / www.sukulgunda.com |
| Why Prachanda seems to be the smartest of them all? |
| When will Nepali women be equal? |
| बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ? |
| When will the culture of impunity end? |
| बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !! |
| Can we really get rid of Nepotism in the government? |
| आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर |
| How many ministries do we really need? |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|