[Show all top banners]

champ
Replies to this thread:

More by champ
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

maxpayne

sam123453
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सन् २०१५ का लागि डिभी चिठ्ठा खुल्यो
[VIEWED 15085 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-13 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं, ९ असोज । अमेरिकाले सन् २०१५ का लागि डाइभर्सिटी भिसा चिट्ठा (डीभी) खुला गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले आइतबार सूचना जारी गर्दै आगामी १५ असोजको मध्याह्नदेखि डीभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो। दूतावासका अनुसार डीभी चिट्ठाका लागि १६ कात्तिकको मध्याह्नसम्म आवेदन दिन सकिने छ । एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेका छन् ।
‘डीभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ । आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव गर्दछ । सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्दत लिनु होला । जसको मद्दत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ । अमेरिकी दूतावासले डब्लूडब्लूडब्लू डट डीभीलटरी डट स्टेट डट जीओभीमा गएर आफैंले फाराम भर्न सकिने जनाएको हो ।
चिट्ठा खुल्न महिना दिनअघिदेखि नै विभिन्न परामर्शदाताले अग्रिम डीभी भर्ने विज्ञापन गर्न थालेपछि दूतावासले त्यस्ता विज्ञापनको पछि नलाग्न सर्वसाधारण नेपालीलाई सुझाएको हो । डीभी–२०१५ कार्यक्रममा डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्वारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरूले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रूपमा उल्लेख गरी फाराम भर्न सुझाएको छ । परिवारका सदस्य उल्लेख नगरिए आवेदन रद्द हुने भन्दै दूतावासले एक व्यक्ति या परिवारले एउटा मात्र आवेदन भर्न सुझाएको छ ।
एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्द हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ । डीभी परे/नपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने स्मरण गराउँदै दूतावासले डीभी चिट्ठाको नतिजा १ मे २०१४ मा सार्वजनिक गरिने जनाएको छ । डीभी चिट्ठा परेका व्यक्ति कम्तीमा १२ कक्षा (प्लस टु) पास गरेको हुनुपर्ने भन्दै दूतावासले सोबमोजिमको योग्यता नपुगेकाले भिसा नपाउने स्पष्ट गरेको छ । 

 
Posted on 09-26-13 2:17 AM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 yo dv sv tv sabai bhanda garde hunthyo chado bahnda chado kasta kasta lai dv parcha omg yeha sajha ma vanera saddhya chaina
 
Posted on 09-26-13 8:48 AM     [Snapshot: 150]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K garnu hamlai pardaina kere, Pareko bha auta khasi bhutlauthe yo Dasai ma, ani timlai chahi kina chak chilako ni, Khuru Khuru Afno gam garana ho [Disallowed String for - replaced word]
 
Posted on 09-26-13 9:54 AM     [Snapshot: 183]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey bhagwan !! yo DV ley garnu garyo zz... why don't US government stop this ??? yo bhanda yaha bhayeko Nepali haru lai certain criteria diyera "resident card " dinu ni baru.

No offence but as per experience , DV parera ayeka haru lai " Green Card ko " value nai tha hudaina. Plus they treat themselves that they knows everything ... Hijo ako manchey haruley ayha  barsau barsa baseka harulai they will guide  you within a month  WTH !!!! . 

I am not judging people . This is the fact which as we all know. 




 
Posted on 09-26-13 8:27 PM     [Snapshot: 350]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Word Nepalizone, you read my mind tei vaneko yeha yetro talented educated students haru huda huda tyo kheppa Nepali harulai DV diyera yeha lauchan ani birojgar badauchan
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
नेपाली वालमार्ट चोर
When will Nepali women be equal?
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Why Prachanda seems to be the smartest of them all?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters