cybernepali
Replies to this thread:
More by cybernepali
What people are reading
Subscribers
Please log in to subscribe to cybernepali's postings.
:: Subscribe
|
युवतीहरू कस्तो पुरुष चाहन्छन् ?
|
[VIEWED 5847
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 02-11-14 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
कुनै पनि युवतीले कुनै पुरुषमा के मन पराउँछिन् ? यो प्रश्नले पुरुषको मनलाई प्रायः चिन्तित तुल्याउँछ । एउटा सानो प्रयासले सम्भवत पुरुषको यो प्रश्नलाई केही टेवा पुग्नेछ । वास्तवमा एउटी युवतीले पुरुषहरूबाट आखिर के खोज्छिन् ?
युवतीहरू परफेक्ट पुरुष चाहन्छन् जसमा सके जति विशेषता होस् । उनीहरूलाई यस्ता पुरुष मन पर्छन् जोसँग उनीहरू आफूलाई सुरक्षित अनुभव गरून्, साथै उक्त पुरुष बुद्धिमान् र जिम्मेवार पनि होस् ।
कुरा गर्दा रोमान्टिक हुन र आफ्नो सम्बन्धलाई भावुक र परिपक्व ढंगले निर्वाह गर्न सकोस् ।
यी सबै विशेषतासँगै ह्यान्डसम र गाँठ पनि भयो भने त कुरै अर्कै भयो ।
तर यी सबै कुराभन्दा पनि आवश्यक हुन्छ - इमान्दारी । पुरुषहरू इमान्दर हुनु अति आवश्यक छ ।
अब प्रश्न उठ्छ, के यी सबै विशेषता एउटै पुरुषमा पाइन्छ ? अवश्य पनि धेरै जटिल हुन्छ । कुनै पुरुष भावुक र समझदार छ भने ऊ रोमान्टिक हुनु आवश्यक छैन, यदि कोही रोमान्टिक छ भने ऊ इमान्दार नहुन सक्छ, यदि जिम्मेवार छ भने पैसा नहुन सक्छ यदि पैसा छ भने उ ह्यान्डसम नहुन सक्छ । यस्तोमा युवतीहरूलाई के समस्या हुन्छ भने उनीहरूले आफ्ना लागि सही पुरुष कसरी प्राप्त गर्ने र पुरुषहरू पनि यही सोच्छन् कि वास्तवमा युवतीहरूले एउटा पुरुषमा के खोज्छन् ?
विभिन्न अनुसन्धानले के देखाएका छन् भने दक्षिण एसियाका युवतीहरूलाई क्लिन शेभ्ड युवकको तुलनामा अलिकति दार्ही भएका पुरुष सेक्सी लाग्छन् ।
यसको पछाडि मुख्य कारण के हो भने हल्का दार्ही परिपक्वताको सूचक हो । महिलाहरू यस्ता पुरुषलाई परिपक्व सम्झेर उनीहरूप्रति आकर्षित हुन्छन् । धैर्यवान् र रोमान्टिक पुरुषहरूलाई पनि युवतीहरूले धेरै मन पराउँछन् । यदि कुनै युवकले सधै खेलकुद वा राजनीतिको मात्र कुरा गरिरह्यो भने युवतीहरूले उनीहरूलाई मन पराउँदैनन्, बरु रोमान्टिक कुरा गर्ने पुरुषलाई मन पराउँछन् । किनभने त्यस्ता पुरुषबाट युवतीहरू प्रेमको अनुभूति गर्न थाल्छन् र त्यही पुरुषमा आफ्नो जीवनसाथी खोज्छन् ।
जिस्किने, चल्ने बानी पनि एउटा क्वालिटी हो, जसलाई युवतीहरूले पुरुषमा खोज्छन् सिरियस प्रकृतिका पुरुषहरू अलि बोरिङ खालका हुन्छन् । यस्तोमा जिस्किने, चल्ने स्वभावका पुरुषहरू उनीहरूलाई धेरै मन पर्न सक्छन् ।
युवतीहरू पुरुषहरूले आफ्नो करियरलाई कति महत्त्व दिन्छन् भन्ने कुरा पनि हेर्छन् । उनीहरू सफलता र जिन्दगीमा केही गर्ने चाहना भएका पुरुषहरूलाई प्राथमिकता दिन्छन् ।
खुला विचार भएका पुरुषहरू युवतीहरूको रोजाइमा हुन्छन् । संकुचित सोच हुने पुरुषहरूबाट युवतीहरू टाढै रहन चाहन्छन् ।
पुरुषहरूमा म्यानर कति हुन्छ ? उनीहरूले युवतीहरूलाई कति इज्जत गर्छन् ? यसमा पनि युवतीहरूको सोच निर्भर रहन्छ ।
उनीहरूलाई भद्र भलादमी पुरुष मन पर्छन्, जसले उनीहरूको इज्जत गरून् र हेरविचार पुर्याउन् ।
युवकहरूको एउटा अर्को विशेषता पनि युवतीहरूलाई मन पर्छ । त्यो हो- अरूबाट अलग स्टाइल, जुन सबैभन्दा भिन्न होस् ।
पुरुषमा हुने आत्मविश्वासले पनि युवतीहरूलाई आकर्षित गर्छ ।
विवाह र सम्बन्धमा पुरुषहरूको गम्भीरता पनि युवतीहरूले खोज्ने विषय हो ।
युवतीहरूले पुरुषमा एउटा अर्को पनि विशेषता खोज्छन्, त्यो के भने पुरुषहरू कति संवेदनशील, मित्रवत् र सहयोगी हुन्छन् ।
पुरुषहरूमा जोस-जाँगर कति छ, उनीहरू कति दयालु छन् भन्ने कुरामा पनि युवतीहरूको चासो हुन्छ । उनीहरू चाहन्छन्- पुरुषले उनीहरूलाई माया गरुन्, प्रशंसा गरुन् र सरप्राइज पनि दिऊन् ।
उपहार पनि युवतीहरूलाई धेरै मन पर्छ । उपहार नदिने पुरुषलाई उनीहरू त्यति मन पराउँदैनन् ।
पुरुषहरूले उनीहरूमाथि कति पैसा खर्च गर्छन्, त्यसबाट उनीहरूले आफ्नो साथी आफ्नो सम्बन्धलाई लिएर कति गम्भीर छ अनुमान गर्छन् ।
युवतीहरू के पनि हेर्छन् भन्ने पुरुषहरूप्रति उनीहरू कति निर्भर हुनुपर्छ, त्यसैले उनीहरूलाई आर्थिक रूपमा सक्षम पुरुष मन पर्छन् ।
युवतीहरू बोरिङ प्रकारका पुरुषबाट टाढै बस्न मन पराउँछन्, अर्थात पुरुष गम्भीर होस् तर बोर नहोस्, रोमान्टिक होस् तर सस्तो खालको नहोस्, जिस्किने होस् तर अपरिपक्व सोच भएको नहोस् ।
सबैको सार यही हो कि युवतीहरूले पुरुषमा यिनै आधारभूत कुरा खोज्छन्, जस्तो कि पुरुषहरू आफ्नो सम्बन्धलाई इमान्दारीपूर्वक निर्वाह गर्ने होस्, युवतीहरूलाई इज्जत गरोस्, परिपक्व र खुल्ला विचारको होस्, निजी जीवनमा जति रोमान्टिक, जिस्किने भए पनि व्यावसायिक जीवनमा त्यति नै गम्भिर र सफल होस् ।
- साप्ताहिक
|
| |
|
|
|
|
sanju.baba
Please log in to subscribe to sanju.baba's postings.
Posted on 02-11-14 4:59
PM [Snapshot: 343]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
| |
On the other hand.........all a man wants is a woman who would feed him and faak him.....what a difference!
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 200 days
| Recommended Popular Threads |
Controvertial Threads |
| ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION |
| NRN card pros and cons? |
| Democrat wants to run election like in India. Chaos and Confusing to voters. |
| legal Query for married nepali girl now have taken US citizenship |
| ए १ पनि पुगेनछ ? |
| 2020 : Why No Trump ! |
| नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ |
| 200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year. |
| ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE |
| Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place |
| Tps decision coming or not nov 18 |
| अब के हाेला त? |
| BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS |
| Funny when Nepalis talk about Epstein and injustice |
| NOV 18th TPS DAY |
| EAD Filing |
| मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे |
| नेपाली वालमार्ट चोर |
| Work Permit |
| H1B |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|