[Show all top banners]

cornelluniversity
Replies to this thread:

More by cornelluniversity
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भोलिपल्ट सरकारी सेना घरमा आएर छोरीलाई लछार पछार गरे
[VIEWED 6581 TIMES]
SAVE! for ease of future access.
Posted on 06-12-16 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रक्ताम्मै हुनेगरी घरको भित्तामा टाउको ठोक्काइदिए  ‘खुबै नेता बन्ने रहर  हैन ?उम्रन पाएको छैन तीन पात ?’ भन्दै  कपाल भुत्ला   झापड हाने  अनि हत्कडी लगाइदिए  छोरीले गुहार मागिरहेकी थिइन्  ‘मेरी छोरीको केही गल्ती छैन  आफैपनि भूपू आर्मी हो हजुर  मेरी छोरीलाई छोडिदिनुस्  त्यो निर्दोष बच्चीलाई के गर्नुभएको ? बरु मलाई सजाय दिनुस् ’ भन्दै मैले उनीहरुलाई रोक् खोजें  तरउनीहरुले ‘बढ्ता बोल्छस्’ भन्दै मलाई पर हुत्याइदि  अनि टाउकोमा लात्ताले हाने  गुहार माग्दै रोइरहेकी छोरीको पनि मुख बाँधिदिए  हामीलाई सहयोग गर्नकोही छिमेकीहरु पनि आएनन्  बरु डरले ढोका लगाएर बसे 

           झमक्क साँझ पर्दै थियो  वरपर झयाउकिरी कराउदै थिए  उनीहरुले छोरीलाई आँगनमा लडाएर राखेका थिए  केही घरभित्र सेर सामान फुटाइरहेका थिए छोरी झण्डै बेहोस अवस्थामा थिइन्  बेलाबेलामा उनीहरुले अश्लिल शब् प्रयोग गर्दै छोरीको शरिरमा ात्ति हानिरहेका थिए  मैले आँशु बगाउदै भगवानसँग प्राथनागरें  तर केही सिप लागेन  उनीहरुको कमाण्डरले मेरी छोरीलाई घिसार्दै लैजान आफ्ना सिहाहीहरुलाई आदेश दियो  उनीहरुले छोरीलाई सरी घिसारे कि मन्दिरमाबलि दिएको पशुलाई पनि यसरी घिसारिदैन  मैले भगवानसँग हात जोड्दै भने –‘हे भगवानमान्छेका रुप धारण गरेका यी पशुहरुबाट कस्तो अत्याचार सहनु पर्यो के यीनका घरमा कोही दिदीबहिनीछोराछोरी छैनन होला  आज जीवनमा  नखाएको बि पनि लाग्यो 

          कमाण्डरको आदेशमा छोरीलाई घर नजिकैको बाहुन डाँडामा लगे   पनि हारगुहार गर्दै पछि लागें  उनीहरुले एक किलो मिटर अघि बढेर आए सिधै गोलिठोक्ने धम्की दिएका थिए  तैपनि  अलि परबाटै लुक्दै लुक्दै उनीहरुको पछि लागिरहेको थिएँ  अलिक  पुगेपछि उनीहरु रोकिए   घारीमा लुकेर सबै दृश्यहेरिरहें  पटकपटक भगवानसँग प्राथना गरें  पुरै पृथ्वीले नै थिचे जस्तो भो  सास नै रोकिएला जस्तो भो   लाचार बाबु झाडीमा लुकेर छोरीमाथि भइरहेकोअन्याय रुदै हेरिरहेको थिएँ  उनीहरुले मेरी बेहोस छोरीलाई बलात्कार गर्न थाले  मैले हेर्न सकिन  आँखा छोपे घोप्टो परेर रुन थालें    विगतमा  आर्मी भएरदेशको सेवा गर् पाउँदा आफुलाई निकै गर्व लाग्थ्यो  तर आज त्यही पेशा प्रति अत्यन्तै घृणा लाग्यो  यस्तो िन आउला भनेर मैले कल्पनासम्म नि गरेको थिइन यस्तो जागिर  ुस्मनले पनि नखाओस् जस्तो लाग्यो 

          जनाले पालैपालो बलात्कार गरेपछि पनि उनीहरुले फेरी कुटे  बन्दुकको कुन्दालेबुटले , लठ्ठीले  मेरा हातखुट्टा लुला भइसकेका थिए  मलाई भगवान प्रतिपनि घृणा जाग्यो  छोरीको प्राण अझै बाँकी थियो  सिमसिम पानी पनि पर्न लाग्यो  अब  ाडिदेलान् कि भन्ने लागेको थियो  तर उनीहरु भिरबाट धकेलेर मार्नेकि गोली ठोक्ने भन्ने विषयमा सल्लाह गर्न लागे  मैले नमनै भनें –‘छोरीउनीहरुले तिमीलाई भिरबाट फ्याकेभने तिम्रो बाबाले काँध थापेर भएपनि तिमीलाबचाउनेछ चिन्ता नगर  ’

       पानी दर्कन थाल्यो  उनीहरुले छोरीलाई भिरबाट धकेलेर मार्ने निधो गरे  त्यो सुन्नासाथ  बाहुन डाँडाको देब्रे पट्टीको भिरतिर दगुरें  पक्कै यहीबा छोरीलाईहुत्याउलान् भनेर पाँचसय फिट मुनीपट्टी पुगेर हात थापेर बसें  उनीहरुले छोरीलाई घिसार्दै भिरको माथिपट्टी ल्याए  पानी परिरहेकाले के के कुरा गर्दै थिए बुझिएन एकजनाले ‘ड्याम्म’ लात्तिले हानेर छोरीलाई भिरबाट धकेलिदियो  छोरीले ‘बाबा भनेजस्तो लाग्यो    लाचार बाबु छोरीको जीवित शरिर हातमा पर्ला कि भनेरभिरमुनी हात थापेर बसिरहेको थिएँ  तर मैले छोरीलाई बचाउन सकिन  छोरीको शरिर भिरबा तल झरेको मैले आफ्नै आँखाले ेखें   दौडदै  लडिबुडी गर्दै भिरकोखोंचमा पुगें  खोंचमा छोरीको शरिर अड्किएको रहेछ 

     मैले छोरीलाई अंगालो हालेर निकैबेर बोलाएँ  तर उनको प्राणपखेरु उडिसकेको रहेछ  यिनै हातहरुले उनलाई पालन पोषण गरेर हुर्काएको थिएँ  यिनै हातसमात्दै छोरी स्कुल जान्थिन्  यिनै हातमा  छोरीको मृत शरिर बोकेर  िकैबेर रोएँचिच्याएँपापीहरुलाई गाली गरें  घरबाट आर्मीले लिएर लछारपछार गर्दैलैजादा छोरीले ‘बाबा’ भनेर चिच्याएको मेरो कानमा गुन्जिरह्यो   केहीबेर त्यही बेहोस भएँ  पछि आकाशबाट झरेको चिसो पानीका कारण  ब्युझिएँ  अनिछोरीको लास बोकेर घर फर्किएँ 

       मध्यरात हुन लागेपनि गाउँमा त्रासदीका कारण कोही सुत्न सकेनन्   छिमेकीहरुका ढोका क्ढकाउन गएँ  केही छिमेकीले   ढोका समेत खोलेनन्  तरकेही छिमेकीहरु बाहिर आए  विहान हुनु अगाडि नै  छोरीको दाहसंस्कार गरियो  घाटमा चिसो चिसो हावा चलिरहेको थियो  वर्षात रोकिपनि आकाशमा कालो बादलमडारिरहेको थियो  प्रकृति पनि मसँगै दुखी  त्रसित भइरहेको जस्तो लाग्यो  छोरीको शरिर चिता जलिरहेको थियो  तर मलाई भने आफ्नै शरिरमा आगोगाएजस्तो भइरहेको थियो 

         रुदा रुदा   रुनै नसक्ने कमजोर भईसकेको थिए  मलाई एउटै कुराको पछुतो भइरह्यो – मैले छोरीलाई बचाउन सकिन  मलामीहरु सबै घर फर्किदै थिए   पनि उनीहरुसँगै फर्कदै थिएँ  मलाई बेलाबेलामा घाट तिरै फर्केर जाउँ जस्तो पनि लाग्थ्यो  तर पनि गह्रौं मन लिएर घर फर्कें  मलाई यो सबै कुनै भयानक सपनाजस्तो लागिरहेको थियो  भयानक सपना छि आफ्नै ओछ्यानमा ब्युझे पनि ुन्थ्यो जस्तो लाग्यो  आफैलाई पटकपटक चिमोटें  तर यो सपना थिएन  भयानकसपना भन्दा पनि भयानक विपना थियो  बेला बेलामा घाट तिर हेर्दा ‘कतै छोरी बाबा भन्दै दौडेर आइहाल्छिन् कि’ जस्तो पनि लाग्यो  तर उनी कहिल्यै फर्केरआइनन्  बरु एकजना आतंककारी भिडन्तमा मारिएको भन्ने समाचार सरकारी संचारमाध्यमहरुमा आयो 

          त्यसपछिका रात  सुत्नै सकिन  त्यहि घटनाले पिरोलिरह्यो  अलिकति निदाउन खोज्दा ोरीले  चिच्चाउदै ‘बाबा मलाई बचाउनुस्’ भनेको कानमागुन्जन्थ्यो  अनि  झस्कदै ब्युझन्थें  उटा निर्दोषलाई यसरी हत्या गर्ने शाषनप्रति मलाई तीब्र घृणा त्पन्न भयो  कमरेडहरुलाई खबर रें  उनीहरु राती घरमाआएँ  विहान नहुँदै  उनीहरुसँगै घर छाडेर हिडें  दिउसोसम्म  माओवादीमा लागेको खबर जताततै फैलियो 

        त्यसपछिका दिनहरु अत्यन्तै संघर्षपूर्ण युद्धमा बिते  सरकारी सेनाका कैयन ब्यारेक आक्रमणमा  सहभागी भएँ  पछि आन्दोलनमा रहेका राजनीतिकदलहरु  माओवादीबीच सम्झौता भयो  जनआन्दोलन उत्कर्षमा पुग्यो  आन्दोलनसामु राजा झुक्न बाध्य भए  ाओवादी नेताहरु पनि खुल्ला भए  हामीलाईअस्थायी ब्यारेकमा लगेर थन्काइयो  अब  मेरी छोरीका त्यारामाथि कारवाही होला कि भन्ने लागेको थियो  तर भएन   सबै सत्ताकै लागि मरिमेट्नै रैछन् युद्धमा एउटा हात गुमिसकेकाले  समायोजनामा पनि परिन  के सोचेको थिएँ हजुर अहिले के भयो ?

        मिष्टर डनले सोंचमग्न एर उनको कुरा सुनिरहेका थिए  न्तमा डनले भने –‘तिम्रो युद्ध अझै सकिएको छैन  किनभने अन्यायमा परेकाहरुले अझै न्यायपाएका छैनन्  त्यसैले तिमी अझै लड  तिमी माथि जसजसले अन्याय गरेको थियोउनीहरु विरुद्ध लड   सजसले यस देशका जनतामाथि अन्याय गरेका छन्उनीहरु विरुद्ध लड  हिम्मत  ?’

        उनले जवाफ दिए –‘ हिम्मत   हजुर   तर मेरो एउटा हा नै छैन  मैले धेरै लडाईहरु ितेपनि  आज पराजित खेलाडी भाको छु  यो देशको कानुन प्रशासनले मलाई केहि सहयोग गर्दैन  बरु कतै विदेशतिर जान पाए हुन्थ्यो जस्तो पनि लाग्छ  हजुर मेरो यति समस्या बुझेर यति सहयोग गरिदिनुभयो भने मेरीछोरीको आत्माले पनि तपाईलाई आशिर्वाद दिने  दया गर्नुहोस् हजुर 

        ‘अझै हिम्मत नहार  तिम्रो लडाई अझै बाँकी  ’ डनले उनको हातमा हतियार थमाइदिए  उनले त्यो हतियार लिए  डनलाई धन्यवाद दि  अनि दृढ हुँदैभने –‘होलडा अझै सकिएको छैन   सास बाँकी छउन्जेल अन्याय  अत्याचारका िरुद्ध लडिरहन्छु  जसजसले ममाथि अन्याय गरेको थियो उनीहरुविरुद्ध लड्छु जसजसले यो देशका नतामाथि अन्याय गरेका छन्उनीहरुविरुद्ध लड्छु  अनिमात्र तपाईको ढोकामा फर्कन्छु ’ यति भन्दै उनी डनको ढोकाबाट बाहिरिए 

        थाहा छैनअब उनको हतियार को विरुद्ध उठ्नेछ  उनले ेरी अर्को विद्रोहको सुरुवात गर्लान् वा उनले त्यो हतियार कुनै अपराधमा लगाउलान् ? वा आफ्नोछोरीको हत्या गर्नेहरुसँग बदला लिनका लागि त्यो हतियार प्रयोग गर्लान् ? वा त्यो हतियार उनले आफ्नो जीविकोपार्जन गर्ने साधन बनाउलान् ? वा उनकै पहिलेकानेताविरुद्ध पो हतियार उठ्ने हो कि ? उनी आफ्नो ढोकाबाट बाहिरिदा मिष्टर डनले पनि यी प्रश्नहरुको वाफ पाइसकेका थिएनन् 


 
Posted on 06-12-16 11:50 PM     [Snapshot: 264]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Fuck you for unnecessarily spamming Sajha with your copy paste gibberish.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
H1B
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters